निर्वाचन (म्यादी) प्रहरीको भर्ना खुल्यो

खोटाङ, २४ पुस । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना खुलाइएको छ । आसन्न निर्वाचनका लागि सरकारले म्यादी अर्थात निर्वाचन प्रहरीको भर्ना खुलाएको हो । नेपाल प्रहरीले पुस २४ गते सूचना प्रकाशित गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ ।

निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक व्यक्तीले पुस २५ गतेदेखि माघ १ गतेसम्ममा सम्वन्धित जिल्ला प्रहरी कार्यालयमा पुगेर आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । सार्वजनिक विदाको दिन समेत फारम भर्न सकिने सूचनामा भनिएको छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन् । निर्वाचन प्रहरी भर्नाको अन्तिम नतिजा माघ १२ गते प्रकाशन हुनेछ ।