ताजा अपडेट

खोटाङको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र

ताजा अपडेट, मुख्य खबर, राजनीति
खोटाङ, ३० असोज । खोटाङबासीले खोटाङको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई गुहारेका छन् । असोज १२ गते सुनकोसीमा आएको बाढीका कारण फोक्सिङटारको पुल बगेपछि निम्तिएको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र बुझाएको हो । असोज २३ गते प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)को समन्वयमा काठमाडौंमा सम्पन्न सर्वदलीय-सर्वपक्षीय बैठकको निर्णय अनुसार असोज ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण–पत्र बुझाउँदै फोक्सिङटारमा तत्काल पुल बनाएर प्राकृतिक नाकाबन्दी तोड्न आग्रह गरिएको युवा नेता अरुण चाम्लिङले जानकारी दिए । खोटाङबासीकातर्फबाट प्रधानमन्त्रीलाई प्रतिनिधिसभा सदस्य राईले ध्यानाकर्षण–पत्र बुझाएका थिए । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज बाढीले बगाएपछि उदयपुर र खोटाङको सिधा यातायात ...

इशान बशन्तको ‘नजिक–नजिक आउन तिमी’ सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मुख्य खबर, संगीत
भिडियो-काठमाडौं, ३० असोज । संगीत सर्जक इशान बशन्त लामाको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल इशानको ‘नजिक–नजिक आउन तिमी’ बोलको गीत बजारमा आएको हो । चार मिनेट ५१ सेकेण्ड लामो गीतलाई इशान बशन्त लामा अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । रोमान्टिक लभ सङमा स्वयं इशानको शव्द, संगीत र स्वर रहेको छ । गीतको एरेञ्जर सन्जय हमाल र रेकर्डिस्ट अजय अधिकारी हुन् । मिक्सिङ/मास्टरिङ पनि अजय अधिकारीले नै गरेका छन् । केही समयपछि ‘नजिक–नजिक आउन तिमी’को म्यूजिक भिडियो तयार पार्ने गायक तथा संगीतकार इशानले बताए । संगीतका क्षेत्रमा समर्पित इशानको यसअघि दर्जनौं गीत बजारमा आइसकेको छ । ‘आफु त हजुर, फेरी पनि, तिम्रो आँखामा, गीत हुँ, बुद्धम शरणम गच्छामी’ लगायतका बोलको गीत उनका रुचाइएका गीत हुन् । गायक इशान डेढ दशकदेखि औपचारिकरुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छन्...

खोटाङको पुःन निर्माणमा संयुक्त पहल गर्ने सर्वदलीय निर्णय

ताजा अपडेट, मुख्य खबर, राजनीति
काठमाडौं, २४ असोज । खोटाङका राजनीतिक दलले भिषण बाढी तथा पहिरोको कारण क्षतीग्रस्त भौतिक संरचना निर्माणका लागि सहकार्य गर्ने निर्णय गरेका छन् । गत असोज ९ गतेदेखि असोज १२ गतेसम्मको भिषण वर्षाका कारण क्षतीग्रस्त संरचना पुःननिर्माणका लागि प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)को समन्वयमा असोज २३ गते काठमाडौंमा सम्पन्न सर्वदलीय बैठकले संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको हो । ‘जस लिन’का लागि तछाडमछाड गर्ने परिपाटी विपरित सर्वदलीय बैठकले प्रतिनिधिसभा सदस्य राईको संयोजकत्वमा एक साझा समिति बनाएर पुःननिर्माण तथा दिगो बिकासका लागि आवश्यक निकायमा ध्यानाकर्षण–पत्र बुझाउने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य राईको संयोजकत्वमा प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, प्रदेश मन्त्री भुपेन्द्र राई, पिके राई, संविधानसभा सदस्यहरु, पुर्व सांसदहरु, पुर्ब प्रदेश सांसद तथा मन्त्रीहरु, खोटाङका राजनैतिक दलका प्रति...

सिमपानीमा श्रमदानमार्फत सडक मर्मत

ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, २४ असोज । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा सडक मर्मत गरिएको छ । गत असोज १२ गतेको भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सिमपानी–कात्तिके सडक नेकपा एमाले वडा कमिटि सिमपानीको अगुवाईमा श्रमदान मार्फत मर्मत गरिएको हो । जताततै पहिरो खसेका कारण र खाल्डाखुल्डी भएका कारण अवरुद्ध सडकमा कम्तीमा बाईक हिँडाउन मिल्नेगरि मर्मत गरिएको छ । बजार र गाउँबिचको टुटेको सम्पर्क पुःन जोड्नका लागि सडक मर्मत गरिएको नेकपा एमाले वडा कमिटिका अध्यक्ष सुवास खड्काले बताए । दशैंतिहार भित्रिँदा समेत स्थानीय सरकारले सडक मर्मत नगरेका कारण श्रमदान जुटाएर मर्मत गरिएको एमाले वडा कमिटिले जनाएको छ । एमाले पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, एमाले खोटाङका उप–सचिव राजन बञ्जारा, पालिका कमिटि अध्यक्ष बिकास राई लगायत ५०/६० जनाको सहभागीतामा सडक मर्मत गरिएको हो । यस्तै, स्थानीयले सिमपानी बजार र स्वास...

बाढीले क्षतीग्रस्त धाप्लाङघाट झोलुङ्गे पुल मर्मत

ताजा अपडेट, मुख्य खबर, स्थानीय
खोटाङ, २२ असोज । खोटाङमा सुनकोसीमा आएको बाढीले क्षतीग्रस्त बनेको झोलुङ्गे पुल मर्मत गरिएको छ । गत असोज १२ गते आएको बाढीले क्षतीग्रस्त बनेको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसीस्थित धाप्लाङघाटको झोलुङ्गे पुल मर्मत गरिएको हो । बाढीले आवत–जावत गर्नै नमिल्नेगरि पुलको लट्ठा चुँडिनुका साथै दायाँ–वायाँको तार जाली बगाएर भ्वाङ परेको थियो । पुलको बिच भागको तारजाली बगाएपछि हिँडडुल नै ठप्प भएको थियो । असोज १४ गते सामान्य मर्मत गरेर आवत–जावत गर्न मिल्ने बनाइएको पुल असोज १९ गते थप मर्मत गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले बताए । पुल मर्मतका लागि गाउँपालिकाले तार उपलव्ध गराएको थियो । मिस्त्री लगाएर तारजाली मर्मत गर्न भनिए पनि धाप्लाङघाटका स्थानीयले श्रमदान गरेर भ्वाङ परेको तारजाली टालटुल गरेका छन् । पुलको तारजाली टालटुल पारेपछि बाईक हिँडाउन ...

‘गाडी भासिने’ चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत

ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, २१ असोज । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा खण्ड मर्मत गरिएको छ । भारी वर्षाका कारण हिलाम्मे हुँदा सवारी साधनलाई आवत–जावत गर्न कठिन भएपछि जिल्ला समन्वय समिति खोटाङको समन्वय र नेतृत्वमा मर्मत गरिएको हो । असोज १८ गतेदेखि २० गतेसम्म चखेवाभञ्ज्याङ–सेखुवा खण्डको अधिक समस्या भएको ठाउँमा माटो सहितको ढुंगा रोडा राख्नुका साथै हिलो फालिएको छ । कतिपय ठाउँमा सडकमा जमेको पानी कटाइएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । दशैं तिहारमा गाउँ आउने नागरिकलाई लक्षित गर्दै विपद व्यवस्थापन समितिको केही समयअघिको निर्णय अनुसार संयुक्त रुपमा सडक मर्मत गरिएको हो । ६ वर्षअघि कालोपत्रे भइसक्नुपर्ने सडक निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीको ढिलासुस्तीका कारण अलपत्र परेको हो । चखेवाभञ्ज्याङ–सेखुवा खण्ड साकेला गाउँपालिकाभित्र पर्छ । हाल सो सडकबाट भोजपुरक...

मष्तिष्कघातका कारण सिकिस्त एल्जिनालाई ३ लाख २३ हजार प्रदान

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, स्वास्थ्य
खोटाङ, २० असोज । मष्तिष्कघातका कारण सिकिस्त बिरामी परेकी ६ वर्षीय एल्जिना परियारको उपचारका लागि तीन लाखभन्दा बढी आर्थिक सहयोग जुटाइएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी, कात्तिकेकी एल्जिनाको उपचारका लागि १४१ जना दाताबाट ३ लाख २३ हजार ४४० रुपैयाँ सहयोग जुटाइएको हो । मष्तिष्कघातका कारण देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट पिडित एल्जिनाको सहयोगका लागि बराहापोखरी सेवा समाज काठमाडौंको ‘ब्यानर’मा सहयोग अभियान सञ्चालन गरिएको थियो । विपन्न परिवारका एल्जिनाको उपचार गर्ने खर्च अभाव भएपछि भदौ ९ गतेदेखि सुरु गरिएको ‘एल्जिना परियार बचाऔं अभियान’ असोज १७ गते समापन गरिएको छ । एल्जिनाको उपचारार्थ संकलन भएको रकम बुवा मनोज परियारको खातामा जम्मा गरिएको अभियानका संयोजक एबं बराहापोखरी सेवा समाजका सल्लाहकार इन्द्रबहादुर लिमेलले जानकारी दिए । एल्जिनाको ‘जीवन बचाउ’का लागि बराहापोखरी सेवा समाजमा...

फोक्सिङटार पुल निर्माणका लागि प्रचण्डलाई ध्यानाकर्षण–पत्र

ताजा अपडेट, मल्टिमिडिया, राजनीति, समाचार
खोटाङ, २० असोज । वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारी खोटाङले बाढी पहिरोका कारण क्षतीग्रस्त भौतिक संरचना तत्काल निर्माणका लागि पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । प्रचण्डलाई संयुक्त ध्यानाकर्षण–पत्र बुझाउँदै वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारीले जिल्लाको क्षतीग्रस्त पुल, सडक लगायतका भौतिक संरचना तत्काल निर्माणका लागि पहल कदमी उठाउन आग्रह गरेका हुन् । वाइसिएल नेपाल र अखिल क्रान्तीकारीले खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारको मोटरेल पुल, मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड, विभिन्न नदी तथा खोलामा बनाइएको झोलुंगेल पुल क्षतीग्रस्त भएको जानकारी गराएको छ । विपदको समयमा प्रदेश सरकार र स्थानीय सरकारले चासो दिए पनि पर्याप्त हुन नसकेको भन्दै दुई संगठनले राज्यको संयन्त्रहरुको साथ र हातेमालोको आव...

ठाउँ–ठाउँमा पहिरो खसेपछि हलेसी–जयराम सडक अवरुद्ध

ताजा अपडेट, मल्टिमिडिया, समाचार, समाज, स्थानीय
खोटाङ, १८ असोज । खोटाङ, १८ असोज । ठाउँ–ठाउँमा पहिरो खसेपछि खोटाङको हलेसी–जयराम सडक अवरुद्ध भएको छ । १७ गते राती परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने हलेसी–जयराम सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अहिले जेसिभि प्रयोग गरेर बडहरेतर्फबाट सडकको पहिरो पन्छाउन थालिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । बडहरेबाट च्यास्मीटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ । दशैंका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा रातभर अलपत्र परेका थिए । करिब ३ बजेसम्ममा पहिरो पन्छाइसकेर सडक सुचारु गराइने इलाका प्रहरी...

फोक्सिङटारमा बेलिब्रिज राख्न मन्त्रीको निर्देशन

ताजा अपडेट, प्रदेश, मल्टिमिडिया, समाचार
खोटाङ, १८ असोज । कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा तत्काल बेलिब्रिज राख्न निर्देशन दिएका छन् । असोज १२ गते सुनकोसीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएपछि स्थलगत निरिक्षणपछि मन्त्री राईले सो स्थानमा तत्काल बेलिब्रिज राख्न गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरलाई निर्देशन दिएका हुन् । सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अवरुद्ध भएको छ । पुल नहुँदा खोटाङ र तराईसँगको छोटो यातायाता सम्वन्ध टुटेको छ । पुल बगेसँगै रसुवाघाटको झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने वाध्यता दोहोरिएको छ । निरिक्षणमा असोज १७ गते फोक्सिङटार पुगेका मन्त्री राईले पानीको वहाव घटेसँगै बेलिब्रिज राख्नेगरि प्रकृया थाल्न निर्देशन दिएका हुन् । मन्त्री राईले बेलिब्रिज नराखेसम्मका लागि उदयपुरतर्फ फोक्सिङट...