ताजा अपडेट

अन्तिम संस्कारका लागि हेलीकोप्टरबाट गाउँमा ओर्लन लाग्दा दुर्घटना

अन्तिम संस्कारका लागि हेलीकोप्टरबाट गाउँमा ओर्लन लाग्दा दुर्घटना

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ४ चैत । महिना दिनअघि युकेमा खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा बालाबेँसीकी मनलक्षी राईको मृत्यु भयो । मनलक्षीको शवलाई युकेबाट गाउँमा लैजाने र सदगद गर्ने पारिवारिक योजना बन्यो । चैत ३ गते शवलाई काठमाडौं ल्याइयो र चैत ४ गते हेलीकोप्टरमार्फत गाउँ लैजाने तयारी गरिए तर हेलीकोप्टरमा कफन बक्स अटेन । चार्टर गरिएको हेलीकोप्टरमा नअटेको कफनलाई एम्बूलेन्समार्फत गाउँ पुर्‍याउने व्यवस्था मिलाइयो । त्यसपछि मृतक परिवार सहित पाँच जनाको टोली हेलीकोप्टरमा चढे । शवलाई काठमाडौंमै छाडेर उँडेको तिनै एयर डाइनेष्टि हेलीकोप्टर बिहान ११ बजेर ५१ मिनेटमा बालाबेँसीमा दुर्घटनामा परेको छ । हेलीकोप्टरमा सवार मनलक्षीका श्रीमान डाकमणी राई, छोरा बालकुमार राई, छोरी लक्ष्मी राई र आफन्त समला राई सशुकल रहेको खार्ताम्छाका वडाध्यक्ष मिलन राईले बताए । पाइलट सविन थापा पनि सकुशल छन् । डाकमणी पुर्व यूके लाहुरे हुन् । ...
खोटाङको खार्ताम्छामा हेलीकोप्टर दुर्घटना

खोटाङको खार्ताम्छामा हेलीकोप्टर दुर्घटना

ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, ४ चैत । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलीकोप्टर दुर्घटना भएको छ । चैत ४ गते काठमाडौंबाट बालाबेँसी पुगेर ल्याण्ड गर्नेक्रममा एयर डाइनेष्टिक हेलीकोप्टर दुर्घटनामा परेको हो । सुरुमा बारीको डिलमा बसेको हेलीकोप्टरलाई पुःन उठाएर अलि बिचमा सार्न खोज्दा हेलीकोप्टर जमिनमा जोतिदै उछिट्टिएर माथिल्लो गर्‍हामा पुगेको जानकारी आएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए । उछिट्टएको हेलीकोप्टर क्षतविक्षत भएको देखिन्छ । युकेमा फागुन ५ गते मृत्यु भएका मनलक्षी राईको शवलाई दाहसंस्कार गर्न गाउँ आएका मृतक परिवार चढेको हेलीकोप्टर दुर्घटनामा परेको खार्ताम्छाका वडाध्यक्ष मिलन राईले बताए । शव प्याक गरिएको बाकस हेलीकोप्टरमा नअटेपछि मृतक परिवार मात्रै गाउँ आएका थिए । शवलाई भने गाडीमार्फत गाउँ पु¥याउने व्यवस्था मिलाइएको वडाध्यक्ष राईले बताए । दुर्घटनामा पाइलट तथा डाकमणी राई, ...
हावाहुरीले खोटाङको हलेसी एफमएको रिपिटर टावरर भाँचियो, प्रशारण बन्द

हावाहुरीले खोटाङको हलेसी एफमएको रिपिटर टावरर भाँचियो, प्रशारण बन्द

ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, ३ चैत । हावाहुरीले खोटाङको हलेसी एफमए १०२.४ मेगाहर्जको रिपिटर टार भाँचिएको छ । चैत २ गते साँझ सामान्य वर्षासँगै आएको हावाहुरीले एफएमको रिपिटर टावर भाँचिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँचिएपछि रेडियोको प्रशारण रोकिएको छ । हावाहुरी सुरु हुने वित्तिकैदेखि प्रशारण बन्द गरिएको हलेसी एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले बताए । तिव्र गतिको हावाहुरीले रेडियोको टावर भाँचिएर भुइँमा थुप्रिएको छ । यस्तै एफएमको टावर सँगै रहेको दुई भवनमध्ये एक भवनको जस्ताको छाना पनि हावाहरीले उडाएको छ । हावाहुरीले टावर नजिकै रहेको विद्युतको दुई वटा पोल पनि ढालेको छ । हावाहुरीले खोटाङका विभिन्न ठाउँमा दर्जनौं घर र विद्यालयको छाना उढाएको छ । क्षतीको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।...
पारिजात सम्मान पाउने प्रतिभाको नाम घोषणा

पारिजात सम्मान पाउने प्रतिभाको नाम घोषणा

ताजा अपडेट, मुख्य खबर, समाचार, साहित्य
काठमाडौं, २ चैत । पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ । साहित्यकार पारिजातको ९२ औं जन्मजयन्तीको अवशरमा फागुन ३० गते पारिजात सम्मानबाट सम्मानित हुने चार जना प्रतिभाको नाम घोषणा गरिएको हो । पारिजात स्मृति केन्द्रका अनुसार बालसाहित्यकार रामबाबु सुवेदीलाई पारिजात बालसाहित्य सम्मान, गीतकार तथा सङ्गीतकार शरद पौडेललाई पारिजात कला सम्मान, नवीन विभासलाई पारिजात सृजन सम्मान र देवी खड्कालाई पारिजात सङ्घर्षशील महिला सम्मान प्रदान गर्ने घोषणा गरिएको छ । जनही २५ हजार राशी सहितको सम्मान पारिजातको स्मृति दिवसको अवसरमा आगामी बैसाख ५ गते प्रदान गर्ने पारिजात स्मति केन्द्रका महासचिव दिलसुन्दर श्रेठले जानकारी दिए । पारिजातको जन्मजयन्तीको दिन ‘प्राध्यपक डाक्टर वासुदेव त्रिपाठीसँग महेश मास्के पारिजात परिसंवाद’ गरिएको छ । पारिजात स्मृति केन्द्रले पारिजातको...
बलात्कारपछिको हत्याले उव्जाएको प्रश्न

बलात्कारपछिको हत्याले उव्जाएको प्रश्न

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
निर्मला चौलागाईं बिराटनगर, २९ फागुन । नेपाली समाजमा छोरीलाई शक्तिको रूप मानिन्छ तर विडम्बना तिनै छोरीहरू आज आफ्नै आँगन, विद्यालय र सहरका सडकहरूमा असुरक्षित छन्। बलात्कार र त्यसपछिको हत्या एउटा अपराध मात्र नभएर सबैभन्दा क्रुर र निच रूप हो। सुर्खेतकी १६ वर्षीया इनिसा विकको हालैको विभत्स हत्याले हाम्रो मनमुटु छियाछिया बनाएको छ र हाम्रो सुरक्षा व्यवस्था र सामाजिक न्यायको ऐनामा पनि  एउटा ठूलो दाग पनि लगाइदिएको छ। नेपालको इतिहासमा बलात्कारपछिको हत्याका शृङ्खलाहरू निकै पुराना र दर्दनाक छन्। २०७५ सालमा कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाले सिङ्गो देशलाई सडकमा उतार्यो तर अझै पनि त्यो घटनाको पूर्ण न्यायको पर्खाइ समाप्त भएको छैन। त्यसभन्दा अघि र पछि पनि बैतडीकी भागरथी भट्ट, सप्तरीकी सम्झना विक जस्ता कयौँ चेलीहरूले यस्तै क्रुर नियति भोगे। इतिहासका यी रक्ताम्मे पानाहरूले एउटै कुरा बारम्बार सोध...
युवाको लहरले बदलियो सत्ता: अब नयाँ नेतृत्वको अग्निपरीक्षा

युवाको लहरले बदलियो सत्ता: अब नयाँ नेतृत्वको अग्निपरीक्षा

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
- देबराज तामाङ  जापान, २७ फागुन । हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै देशको प्रमुख राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गरेको छ । प्रत्यक्षतर्फ १२५ सिट जित्दै र समानुपातिकतर्फ करिब ५० लाख मत प्राप्त गर्दै मिलेको यो जनसमर्थनलाई धेरैले नेपालको राजनीतिमा आएको ठूलो परिवर्तनको संकेतका रूपमा हेरेका छन् । लामो समयदेखि नेपाली राजनीति पुराना दलहरूको प्रभावमा रहँदै आएको थियो । तर यस पटक मतदाताहरू, विशेषगरी युवाहरूले नयाँ विकल्प खोज्दै पुराना दलहरूलाई छोडेर नयाँ, शिक्षित र सक्षम नेतृत्वलाई समर्थन गरेका छन् । युवाहरूको जागरण र सक्रियताले नै यो ऐतिहासिक परिणाम सम्भव भएको धेरैको बुझाइ छ । यो परिवर्तन केवल चुनावी परिणाम मात्र होइन, हजारौं युवाहरूको संघर्ष, आशा र विश्वासको परिणाम पनि हो । देश परिवर्तन हुनुपर्छ भन्ने सोचका साथ धेरै युवाहरूले सामाजिक सञ्जाल, अ...
पारिजातको ९२ औं जन्मजयन्ती मनाउने तयारी

पारिजातको ९२ औं जन्मजयन्ती मनाउने तयारी

ताजा अपडेट, मुख्य खबर, समाचार, साहित्य
काठमाडौं, २७ फागुन । काठमाडौंमा साहित्यकार पारिजातको ९२ औं जन्मजयन्ती मनाउने तयारी गरिएको छ । पारिजात स्मति केन्द्रको आयोजनामा फागुन ३० गते पारिजात स्मृति भवन, म्हेपी, नयाँबजारमा पारिजातको जन्मजयन्ती मनाउने तयारी गरिएको हो । पारिजातको जन्मजयन्तीको अवशसरमा पारिजातको प्रतिमामा माल्यार्पणसँगै पारिजात सम्मान पाउने व्यक्तिहरुको नाम घोषणा गरिने पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष तथा रत्न राज्य क्याम्पसका उप–प्राध्यापक डा. विन्दु शर्माले बताए । सोही अवसरमा प्राध्यपक डा. वासुदेव त्रिपाठी र डा. महेश मास्केबीचमा पारिजात परिसंवाद सँगै पारिजात स्मारिका लोकार्पण गर्ने कार्यक्रम छ । पारिजात स्मृति केन्द्रले फागुन ३० गतेको दिनलाई ‘पारिजात जन्मजयन्ती’को रुपमा मनाउँदै आएको छ । वास्तविक नाम बिष्णुकुमारी वाइवा भए पनि उनी साहित्यमा पारिजातको नामले परिचित छन् । विक्रम संवत १९९० साल फागुन ३० गते जन्मिएका पार...
कोरिया पठाउने वाहनामा गोरखाका सुजनले गरे ठगी

कोरिया पठाउने वाहनामा गोरखाका सुजनले गरे ठगी

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २६ फागुन । गोरखाको गोरखा नगरपालिका–७ का सुजन उपरकोटीले कोरिया पठाउने वाहनामा एक लाख ठगी गरेका छन् । धार्मिक सेमीनारकालागि भिजिट भिसामा कोरिया पठाउने वाहनामा उपरकोटीले धरान उपमहानगरपालिका–१५ निवासी अनुशा तामाङलाई ठगेका हुन् । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला पुर्खौली थलो भएका अनुशाबाट उपरकोटीले कोरिया पठाइदिने भन्दै गत साउनमा एक लाख लिएका थिए । हाल मनमैजु बस्दैआएका उपरकोटीले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको अनुशाले गुनासो गरिन् । कोरिया जान तत्काल एक लाख जम्मा गर्न भनेपछि अनुशाले ऋण खोजेर उपरकोटीको खातामा क्यूआर गरिदिएकी थिईन् । कोरिया पुग्ने सपनामा अनुशाले उपरकोटीलाई गत साउन १४ गते ५० हजार र साउन १९ गते ५० हजार पठाइदिएको स्टेटमेन्टमा देखिन्छ । अनुशाको खाताबाट साउन १४ गते २५/२५ हजारका दरले दुई पटक र साउन...
खोटाङमा उदायो श्रम संस्कृति पार्टी, आरेन राई विजयी

खोटाङमा उदायो श्रम संस्कृति पार्टी, आरेन राई विजयी

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २४ फागुन । खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् । एमालेका उम्मेदवार देवबिक्रम राईलाई पछि पार्दै आरेन विजयी भएका हुन् । आरेनले १६,६१२ मत पाउँदा देवबिक्रमले १२,७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भर्खरै उदाएको श्रम संस्कृति पार्टीले पुराना दललाई पाखा लगाएको हो । कांग्रेसका बीरकाजी राईले ११,९५७, नेकपाका हरि रोकाले ९,४४३, रास्वपाका रुद्र गिरीले ५,७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत पाएका छन् । यस्तै, जसपाका राकेश राईले ३३७, राप्रपाका दिपक तामाङले ४७७, नेकपा (माओवादी)का चन्द्रबहादुर बुढाथोकीले १८२, जसपा नेपालका सुनिल चाम्लिङले १११, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत पाएका छन् । स्वतन्त्रका राजकुमार राई २६ र...
खोटाङमा ४३ प्रतिशत मत खस्यो

खोटाङमा ४३ प्रतिशत मत खस्यो

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खोटाङमा ४३ प्रतिशत मत खसेको छ । कुल १ लाख ४७ हजार १२० मतदातामध्ये ६३ हजार ३५ मत खसेको हो । कुल मतदातामध्ये ३३ हजार पुरुष र ३० हजार ३५ महिलाले भोट हालेको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताए । कुल मतदाता संख्यको ४३ प्रतिशत मात्रै मत खस्नुलाई ‘अर्थपूर्ण’ रुपमा हेरिएको छ । कतिपयले दलहरुप्रतिको बितृष्णाका कारण मतदाता घटेको दावी गरिरहेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा खोटाङमा करिब ४८ प्रतिशत मत खसेको थियो । एक सिटका लागि १३ वटा दल र स्वतन्त्रका २ जनागरि १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।...