केशव भाबुकको ‘यो जुनि यस्तै भो’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाडौं, २५ कात्तिक । गायक केशव भाबुकको ‘यो जुनि यस्तै भो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । खोटाङका गायक भाबुकको स्वर, बबी सुव्वा लिम्बुको शव्द र हरी लम्सालको संगीत रहेको म्यूजिक भिडियो ट्वेल्भ नोट्स् नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
‘यो जुनि यस्तै भो’मा १७ वर्षअघिको चलचित्र दर्पणछायाँ चलचित्रका जोडी निरुता सिं र उत्तम प्र्रधानलाई प्रमुख भूमिकामा उभ्याइएको छ । म्यूजिक भिडियोमा यशोदा रुचाल, आलोक अर्याल लगायतको पनि अभिनय देख्न सकिन्छ । मिराज अर्यालको निर्देशनमा बनेको म्यूजिक भिडियोमा एरेन्ज उदयराज पौडेल, रेकर्डिष्ट राजाबाबु चौधरी, मिक्सिङ/मास्टरिङ चन्द्र चौधरी रहेका छन् । म्यूजिक भिडियोमा अभिनेत्री सिंह र अभिनेता प्रधानको जोडीलाई दर्शकले रुचाएको भावुकले बताए ।
सन् २०१७ देखि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका भावुकले दर्जनौं आधुनिक, फिल्मी र दोहोरी गीत गा...



