हराइरहेका वृद्ध मृत अवस्थामा भेटिए

खोटाङ, १० असार । खोटाङमा हराइरहेका वृद्ध मृत अवस्थामा भेटिएका छन् । गत जेठ २८ गतेदेखि सम्पर्क विहिन बनेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी धिप्लुङका ७० वर्षीय लालबहादुर कार्की असार १० गते मृत अवस्थामा फेला परेको हो ।

खोजतलास गर्ने क्रममा स्थानीयले कार्कीको सडिसकेको शव धन्सार खोलामा फेला पारेको प्रहरीले जनाएको छ ।