राजनीति

एमाले नेता खगेन्द्र राईको निधन

एमाले नेता खगेन्द्र राईको निधन

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २१ फागुन । एमाले नेता खगेन्द्र राईको निधन भएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका राईको फागुन २० गते राति निधन भएको हो । माक्पाकै च्यानटारमा आफन्तको घरमा पुजाको निम्तो मानेर फर्कने क्रममा बाटोमा बेहोस अबस्थामा भेटिएका राईको जालपा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एमाले पुर्ब केन्द्रिय सदस्य राईको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको छ । राति अबेरसम्म नआएपछि खोज्न जादा राई मलराम भन्ने ठाँउमा बेहोस अबस्थामा भेटिएको माक्पाका वडाध्यक्ष अरुण राईले बताए । वडाध्यक्ष राईका अनुसार स्टेण्ड हालिएको बाइकमाथि शरीर अडिएको अबस्थामा राई भेटिएका थिए ।...
गोकुल दाइप्रति भावपूर्ण श्रद्धाञ्जली !

गोकुल दाइप्रति भावपूर्ण श्रद्धाञ्जली !

ताजा अपडेट, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता
- तीर्थराज भट्टराई  वि.सं. २०१३ साल साउन ९ गते वुवा अविरमान र आमा मिश्रामायाको कोखबाट जन्मनु भएका गोकुल परियार खोटाङको माटोले जन्माएको त्यस्तो सन्तान हुनुहुन्थ्यो, जसले आफ्नो जीवनलाई व्यक्तिगत उन्नतिमा सीमित नराखी समग्र समाज रूपान्तरणमा समर्पित गर्नुभयो । खोटाङ जिल्ला अन्तर्गत खोटेहाङ गाउँपालिका-७, खोटाङबजार स्थायी बासिन्दा गोकुल दाइ हामीबीच जिवित नभए पनि विचार, प्रेरणा र कर्मले सधैं जीवित रहनुहुनेछ । “मान्छे मर्छ तर असल मानिसको नाम मर्दैन” यो भनाई गोकुल दाइको जीवनमा पूर्णतः सार्थक देखिन्छ। केही मानिसको अस्तित्व शरीरसँगै समाप्त हुन्छ तर केही आफ्नो कर्म, विचार र योगदानले समाजको स्मृतिमा अमर रहन्छन् । हो गोकुल दाइ त्यही अमर व्यक्तित्व मध्ये एक हुनुहुन्थ्यो । विभेदको अँध्यारो चिर्ने साहसी स्वर  हाम्रा वुवा-आमाको समयमा त्यो समयमा दलित समुदायमाथि गहिरो विभेद थियो। छुवाछूत र अपमानलाई सामान्य...
खोटाङमा मत गणना गर्ने स्थल तयार

खोटाङमा मत गणना गर्ने स्थल तयार

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १९ फागुन । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले मतगणना स्थल तयार पारेको हो । जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अदालतकै तीन कोठालाई प्रयोग गरेर मतगणना स्थल तयार पारेको छ । अदालतको तीन कोठामध्ये एक कोठामा मत पेटिका भण्डारण गर्ने र दुई कोठामा मत गणना हुने सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले बताए । मत गणनाका लागि अदालतको दुई कोठालाई तार जालीले पाटेसन गरिएको छ । तारजालीको पाटेससनमा कर्मचारी भित्रबाहिर गर्नका लागि ढोका बनाइएको छ । फागुन २१ गते देशकभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सोही दिन साँझदेखि मतगणना स्थलमा मत पेटिका आउन थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खोटाङमा १ लाख ४७ हजार १२० मतदाताले भोट हाल्दैछन् । एक ...
भाषणप्रति जनताको ‘वितृष्णा’

भाषणप्रति जनताको ‘वितृष्णा’

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १८ फागुन । खोटाङमा विगतमा चुनावताका दलहरुका ठूलठूला चुनावी सभा हुन्थे । बढीभन्दा बढी जनताको उपस्थिति देखाएर ठाउँठाउँमा आमसभा गर्ने प्रतिष्पर्धा नै हुन्थ्यो । आमसभामा बाक्लो भीड लाग्थ्यो । नेताहरु भाषण गर्थे, जनता भाषण सुन्थे । कतिपय मतदाताले उम्मेदवारका भाषण सुनेर ‘कसलाई मत हाल्ने’ भनेर निर्णय लिन्थे । तर अहिले दलहरुको चुनावी प्रचारशैली फेरिदैगएको छ । अधिकांश दलका नेताहरु आमसभामा भन्दा घरदैलो र भेटघाटमा केन्द्रित छन् । दल तथा तिनका उम्मेदवारहरुले आमसभालाई भन्दा घरदैलो कार्यक्रमलाई प्राथमिकता दिइरहेका छन् । विगतमा दलहरुको शक्ती प्रदर्शनको हतियार थियो आमसभा । ‘कसले ठूलो आमसभा गरेर देखाउने’ प्रतिष्पर्धा हुन्थ्यो । आमसभामा उपस्थित भीड हेरेर दलको शक्तीको आँकलन गरिन्थ्यो तर पटक–पटक भाषण सुनेर ढाँटिएका तथा अपेक्षा पुरा नभएपछि जनता भाषण सुन्न अनिच्छुक देखिएका हुन् । अहिले बोलाए पनि जनता भा...
जसपा खोटाङमा हलचल

जसपा खोटाङमा हलचल

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १४ फागुन । अध्यक्ष लगायतको समुह श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि जनता समाजवादी पार्टी खोटाङमा हलचल भएको छ । अध्यक्ष निर्मल राईको नेतृत्वमा जिल्ला सदस्य एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, जिल्ला सदस्य राजन राई, खोटाङ–काठमाडौं सम्पर्क समितिको पुर्वअध्यक्ष प्रिथीराज राई लगायत ३७ जनाको समुह श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि जनता समाजवादी पार्टीमा हलचल भएको हो । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत चुनावी अभियान चलिरहेकोबेला अध्यक्ष नै अर्को पार्टीमा प्रवेश गरेपछि जसपाका प्रत्यक्ष उम्मेदवार राकेश राईमाथि संकट आइलागेको छ । जसपाको समानुपातिक उम्मेदवार रेणुका राई समेत श्रम संस्कृति पार्टी प्रवेश गर्ने सूचीमा छन् । श्रम संस्कृति पार्टीमा प्रवेश गरेका जसपा अध्यक्ष राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पुर्व वडाध्...
निर्वाचन आचार संहिता वारे पत्रकारलाई ‘क्लास’

निर्वाचन आचार संहिता वारे पत्रकारलाई ‘क्लास’

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १४ फागुन । नेपाल पत्रकार महासंघ शाखा खोटाङले निर्वाचन आचार संहिता वारे एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महासंघले जिल्लाका पत्रकारलाई सहभागी गराएर निर्वाचन आचार संहिता वारे अभिमुखीकरण कार्यक्रम गरेको हो । निर्वाचनको दौरान पत्रकार तथा सञ्चार माध्यमले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पालना गर्न/गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताए । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा निर्वाचन आचार संहिता अनुगमन अधिकृत एबं सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेले निर्वाचन आचार संहिता वारे पत्रकारलाई पुःर्नताजगी गराएका थिए । अभिमुखीकरण कार्यक्रममा पत्रकारले सञ्चार माध्यम वा सामाजिक सञ्जालबाट उम्मेदवारको पक्ष वा विपक्षमा स...
छात्रालाई बलात्कार गर्ने शिक्षकलाई उन्मुक्ती नदिन विद्यार्थी संगठनको माग

छात्रालाई बलात्कार गर्ने शिक्षकलाई उन्मुक्ती नदिन विद्यार्थी संगठनको माग

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, समाज
खोटाङ, १२ फागुन । खोटाङका चार विद्यार्थी संगठनले छात्रालाई बलात्कार गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तीकारी र समाजवादी विद्यार्थी यूनियनले फागुन ११ गते जिल्ला प्रशासन कार्यालयमा संयुक्त ज्ञापन–पत्र बुझाउँदै छात्रालाई बलात्कार गर्ने दिक्तेल इंलिस बोर्डिङ स्कुलका शिक्षक टेकबहादुर खत्रीलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो । सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेले निवासी २४ वर्षीय खत्रीले फागुन ९ गते होमवर्क सिकाइदिने वाहनामा १३ वर्षीय छात्रालाई आफ्नै कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारका घटनाले सम्पूर्ण विद्यार्थी, अविभावक, शिक्षक तथा समाजलाई गहिरो मानसिक आघात पुर्‍याएको उल्लेख गर्दै विद्यार्थी संगठनले पिडितलाई आवश्यक क्षतिपूर्ति सहित शिक्षा, स्वास्थ्य र भौतिक सुरक्षाको माग गरेको छ । विज्ञाप्तीमा पिडकलाई...
निर्वाचनका लागि खोटाङमा छानियो १ हजार १७६ कर्मचारी

निर्वाचनका लागि खोटाङमा छानियो १ हजार १७६ कर्मचारी

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ९ फागुन । मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङले मतदान केन्द्रमा खटिने कर्मचारीको नामावली प्रकाशन गरेको छ । मुुख्या निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनकालागि खटिने १ हजार १७६ कर्मचारीको नामावली टुंग्याएको हो । मतदान गराउनका लागि आवश्यक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरुको नामावली र खटिने क्षेत्र टुंग्याइएको सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले बताए । एक मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा १३६ स्थायी र २ अस्थायी मतदान स्थल तथा १९५ वटा स्थायी र २ अस्थायी गरि १९७ मतदान केन्द्र निर्धारण गरिएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तोकिएका कर्मचारी निर्वाचन सामग्री बोकेर फागुन १७ गतेदेखि तोकिएको मतदान केन्द्रमा पुग्ने सहायक निर्वाचन अधिकृत मण्डलले बताए । हरेक स्थायी मतदान केन्द्रमा ६/६...
निर्वाचन प्रहरीका लागि १० दिने तालिम सुरु

निर्वाचन प्रहरीका लागि १० दिने तालिम सुरु

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १८ माघ । खोटाङमा निर्वाचन प्रहरीका लागि १० दिने तालिम सुरु भएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटाइने निर्वाचन प्रहरीका लागि माघ १८ गतेदेखि तालिम सुरु गरिएको हो । निर्वाचन प्रहरीको तालिम माघ २७ गतेसम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । खोटाङमा कुल १ हजार २८२ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । नेपाल प्रहरीमार्फत १ हजार १८६ जना र शसस्त्र प्रहरी अन्तरगत ९६ जना निर्वाचन प्रहरी भर्ना भएका हुन् । नेपाल प्रहरी अन्तरगत भर्ना भएका निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय, प्रहरी निरिक्षक कार्यरत रहेको इलाका प्रहरी कार्यालय हलेसी, ऐसेलुखर्क, खोटाङबजार र चिसापानी लगायतका इकाईमा तालिमको व्यवस्था मिलाइएको छ । शसस्त्र प्रहरी अन्तरगत भर्ना भएका निर्वाचन प्रहरीलाई भने शसत्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक...
खोटाङका दुई वडाबाट दुई/दुई जना उम्मेदवार

खोटाङका दुई वडाबाट दुई/दुई जना उम्मेदवार

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १२ माघ । खोटाङका दुई वडाबाट दुई/दुई जना उम्मेदवार उठेका छन् । केपिलासगढी गाउँपालिका–१ फेदी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाबाट दुई/दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फेदीबाट नेपाली कांग्रेसका बीरकाजी राई र श्रम संस्कृति पार्टीका आरेन राई उम्मेदवार बनेका छन् । यस्तै, बुईपाबाट नेकपा एमालेका देवबिक्रम राई र जनता समाजवादी पार्टीका राकेश राई उठेका छन् । एकै वडाबाट दुई/दुई जना उम्मेदवार उठेपछि वडामै मत बाँडिने देखिएको छ । उम्मेदवारसँग नजिकको साईनो सम्वन्ध भएका मतदातालाई भने भोट हाल्नका लागि निर्णय गर्न कठिन भएको चर्चा चल्न थालेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा दुई स्वतन्त्र सहित १५ उम्मेदवार उठेका छन् । मुख्या निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्थशास्त्र...