समाचार

बाँदर धपाउने ‘बाली हेरालु’ राख्न ४५ लाख बिनियोजन

बाँदर धपाउने ‘बाली हेरालु’ राख्न ४५ लाख बिनियोजन

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, ९ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउने हेरालु राख्नका लागि बजेट बिनियोजन गरेको छ । बाँदरको आतंकबाट पीडित किसानलाई राहत दिलाउने लक्ष्यका साथ नगरपालिकाले बाली हेरालु परिचालनका लागि बजेट बिनियोजन गरेको हो । असार ९ गते सम्पन्न नगरसभामा उपमेयर बिसन राईले बार्षिक बजेट तथा कार्यक्रममार्फत बाँदर लगायतका हानिकारक वन्यजन्तुबाट कृषि बालिमा हुने क्षति न्यूनिकरणका लागि ४५ लाख विनियोजन गरेको जानकारी दिए । नगरसभामा मेयर तीर्थराज भट्टराईले बाँदरको समस्यलाई निराकरण गर्नका लागि बाली हेरालु राख्ने निती तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै उपमेयर राईले सोका लागि बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । बाँदरको समस्यलाई हल गर्नका लागि संघीय सरकार एवं छिमेकी पालिकाहरुसँगको समन्वयमा अल्पकालिन र दीर्घकालिन योजना बनाउने बार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ । बाँदरबाट आजित किसानले...
मन्दुम ट्रेलको प्रवेशद्धारमा साकेला शिली

मन्दुम ट्रेलको प्रवेशद्धारमा साकेला शिली

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ५ असार । खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित मन्दुम ट्रेलको प्रवेशद्धारमा साकेला शिली प्रतियोगीता गरिएको छ । मौलिक संस्कृतिको संरक्षण एवं मुन्दुम पदमार्गको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ वडा कार्यालय खिदिमाले तावाभञ्ज्याङमा साकेला शिली प्रतियोगीता गरेको हो । तावाभञ्ज्याङलाई मन्दुम ट्रेलको प्रवेशद्धार मानिन्छ । असार ४ र ५ गते आयोजना गरिएको प्रतियोगीतामा किरात राई यायोक्खा पथरी, शनिश्चरे नगर समिति, मोरङले प्रथम स्थान प्राप्त गरेको छ । यस्तै, किरात राई यायोक्खा साकेला गाउँपालिका–२ रतन्छा, पिनालाखा दोश्रो, किरात राई यायोक्खा दोर्पा तृतीय र पारुहँ सेवा समाज रतन्छा, साल्मेले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना स्थान प्राप्त गर्ने टिमले क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार र १० हजारको साथमा कठुवा र प्रमाण–पत्र प्राप्त गरेका छन् । प्रतियो...
लघुवित्तको कर्जा ‘झ्वाम’ पार्ने पक्राउ

लघुवित्तको कर्जा ‘झ्वाम’ पार्ने पक्राउ

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ४ असार । जिल्ला प्रहरी कार्यालय खोटाङले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, साँगाको कर्जा दुरुपयोग गरेको कसुरमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २७ वर्षीय सरोज राईलाई पक्राउ गरेको हो । लघुवित्तको रामेछाप खाँडादेबी गाउँपालिका–७ गाल्पास्थित शाखाका तत्कालिन कनिष्ठ सहायक राईसहित तीन जनामाथि कार्यविधि विपरित ७२ लाख ३७ हजार ३३५ कर्जा दुरुपयोग गरेको अभियोग छ । बेलुमायाँ मगरले जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएको जाहेरीको आधारमा राईलाई असार ३ गते डिकुवाको दाम्लीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले जानकारी दिए । बैंकिङ कसुर मुद्धामा हालसम्म फरार रहेका प्रतिवादी राईलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई थप अनु...
रास्वपा खोटाङको सभापतिमा थापा निर्वाचित

रास्वपा खोटाङको सभापतिमा थापा निर्वाचित

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २४ जेठ । रास्वपा खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा चयन भएका छन् । जेठ २४ गते दिक्तेलमा सम्पन्न प्रथम जिल्ला अधिबेसनबाट थापा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । थापाले ७८ मत पाउँदा अध्यक्षका अर्का उम्मेदवार ओजोनबाबु आचार्यले २८ मत पाएका छन् । २०८१ पुस १३ गतेको प्रथम जिल्ला भेलाबाट सभापति बनेका थापाले प्रथम जिल्ला अधिबेसनबाट पुःन जिम्मेवारी पाएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी थापा सिभिल इन्जिनियर हुन् । उपसभापतिमा गोबिन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएका छन् । सचिवमा पर्शुराम थापा (आशिष) विजयी भएका छन् । थापाले ७१ मत पाउँदा सचिवका अर्का उम्मेदवार उद्धवप्रसाद आचार्यले २८ मत पाएका छन् । सह–सचिवमा ६४ मत पाउँदै राजन अधिकारी निर्वाचित भएका छन् । सह–सचिवका उम्मेदवार दुर्वासा गेलालले २८ र भक्तबहादुर गिरीले ९ मत पाएका छन् । सदस्यमा चन्द्रबहाद...
बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवा सडक सुचारु

बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवा सडक सुचारु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २३ जेठ । खोटाङमा बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवा सडक नौ घण्टापछि सुचारु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने पंखु खोलामा आएको बाढीले अवरुद्ध सडक सुचारु भएको हो । भारी वर्षापछि पंखु खोलामा आएको बाढीका कारण जेठ २३ गते बिहान साँढे ५ बजेदेखि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक मर्मतपछि दिउँसो २ बजेदेखि सवारी साधन एकतर्फी वारपार गर्न थालेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले बताए । बाढीका कारण अवरुद्ध बनेको सडक मर्मतका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जेसिभि पठाएको थियो । यस्तै, श्रमदानका लागि रणभीम गण मुढे व्यारेकबाट नेपाली सेनाको टोली पनि पंखु खोला पुगेको थियो । (विस्तृत समाचार Views Of Nepal को पेजमा प्रकाशित छ ।) ...
खोटाङमा विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

खोटाङमा विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १८ जेठ । खोटाङका विद्यार्थी संगठनले प्रधानमन्त्री बालेन्द्र शाहको पुत्ला जलाएका छन् । प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्दै दिएको अभिव्यक्ती विरुद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तीकारी) र अनेरास्ववियूले जेठ १८ गते साँझ दिक्तेलमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विद्यार्थी संगठनले दिक्तेलको किरातचोकमा प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी गर्दै पुत्ला जनाएका छन् । विद्यार्थी नेताहरुले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई कमजोर बनाउने गरि अभिव्यक्ती दिने प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । विद्यार्थी संगठनले जेड १७ गते दिउँसो जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै नेपाल–भारतको सीमाको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ती आपत्तिजनक, गैर–जिम्मेवार, आत्मसमर्पणवादी तथा राष्ट्रहितविपरीत रहेको प्रतिक्रीया...
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १२ जेठ । खोटाङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ परेका छन् । २७ वर्षीय श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा प्रहरीले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा धारिमका ३३ वर्षीय राजकुमार राईलाई पक्राउ गरेको हो । जेठ ८ गते राती श्रीमती शान्ति चर्मकारको कर्तव्य गरि हत्या गरेको अनुसन्धानबाट खुलेपछि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक निराजन बस्नेतले बताए । जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप अनुमति लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।...
परिक्षार्थी दुई जना, उत्तरपुस्तिका तीन थान !

परिक्षार्थी दुई जना, उत्तरपुस्तिका तीन थान !

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २७ बैसाख । खोटाङमा शिक्षक छनौटका लागि सञ्चालन गरिएको परीक्षा विवादका कारण अनिर्णीत बनेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित राम्चे निकेतन मावि, इजाराको बाली विज्ञान सहायक प्रशिक्षक छनौट परीक्षा विवादका कारण भाँडिएको हो । विद्यालयका लागि एक जना आइएससी एजी शिक्षक छनौटका लागि बैसाख २४ गते गाउँपालिकाको कार्यालयमा परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक जना र जन्तेढुंगा गाउँपालिकाका एक जना परिक्षार्थी सहभागी भएका थिए तर नतिजा प्रकाशन अगावै परीक्षा विवादित बनेको हो । दुई जना परीक्षार्थी सहभागी भएको परीक्षामा तीन वटा उत्तर पुस्तिका भेटिएकाले परीक्षामा विवाद निस्किएको परीक्षा सञ्चालन समितिका संयोजक एबं विव्यास अध्यक्ष मेघराज दंगालले बताए । दंगालका अनुसार पहिलो पेपरको परीक्षा सकिएपछि उत्तरपुस्तिका संकलन गरेर गाउँपालिकाको शिक्षा शाखालाई बुझाइएको थ...
काँडाघारी आँखा शिबिर तथा बृहत रक्तदान

काँडाघारी आँखा शिबिर तथा बृहत रक्तदान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, २६ बैसाख । खोटाङ हलेसी सेवा समाज काठमाडौं लगायतका संस्थाले काठमाडौंमा आँखा शिबिर तथा बृहत रक्तदान कार्यक्रम गरेको छ । कान्तिपुर अस्पतालसँगको सहकार्यमा खोटाङ हलेसी सेवा समाज, लायन्स क्लव अफ काठमाडौं, न्यु ग्रिन सिटी/मिराकल सिटीको संयुक्त आयोजनामा बैसाख २६ गते आँखा शिबिर तथा बृहत रक्तदान कार्यक्रम गरिएको हो । अर्किड स्कुल काँडाघारी काठमाडौंमा आयोजना गरिएको शिविरमा ३५३ जनाको आँखा जाँच गर्नुका साथै १५१ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । यस्तै, ५१ जनाले रक्तदान गरेको खोटाङ हलेसी सेवा समाज काठमाडौंका सचिव कुमारबाबु बस्नेतले जानकारी दिए । शिबिरमा खोटाङ तथा अन्यत्र जिल्लाका गरि करिब साँढे पाँच सयको उपस्थिति रहेको थियो । खोटाङ हलेसी सेवा समाजका अध्यक्ष इन्दा थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेता रोजन राई, लुम्बिनी बिकास कोषका सदस्य राजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो । नेत्...
पोलबाट ‘लिक’ भएर जमिनमा झरेको करेन्टले एकको मृत्यु

पोलबाट ‘लिक’ भएर जमिनमा झरेको करेन्टले एकको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २४ बैसाख । विद्युतको पोलबाट ‘लिक’ भएर जमिनमा झरेको करेन्टबाट खोटाङमा एकको मृत्यु भएको छ । तारबाट ‘लिक’ भएर पोल हुँदै जमिनमा झरेको करेन्टले दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको मृत्यु भएको हो । मल बोक्न गएकोबेला पोलबाट ‘लिक’ भएर जमिनसम्म झरेको करेन्टका कारण राईको घट्नास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले बताए । राईले नेपाल विद्युत प्राधिकरणको प्राविधिकको सल्लाहमा बेलाबेलामा ट्रान्समिटरको फ्युँज फेर्ने काम गर्दैआएका थिए । बैसाख २३ गते भने पोलबाट ‘लिक’ भएको विद्युतका कारण राईलाई करेन्ट लागेको वडाध्यक्ष राईले बताए । हावाहुरीले तार चुडाएका कारण करेन्ट ‘लिक’ भएको अनुमान गरिएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी भइरहेको छ । मृतकको तीन छोरा र एक छोरी छन् ।...