शिक्षा

जालपा माविको चार वटा कोषबाट छात्रबृत्ति तथा पुरस्कार प्रदान

जालपा माविको चार वटा कोषबाट छात्रबृत्ति तथा पुरस्कार प्रदान

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २२ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित जालपा माविले चार वटा कोषबाट छात्रबृत्ति तथा पुरस्कार प्रदान गरेको छ । कात्तिक २१ गते कार्यक्रम गर्दै जालपा माविले बुलुङ तामाङ अक्षयकोषबाट कक्षा ८ मा अध्यानरत छात्रा पूर्णीमा तामाङ, प्रियाङ्का चाम्लिङ र कक्षा ७ मा अध्यानरत दीक्षा राईलाई जनही पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । यस्तै, मनबर्ण राई बाल प्रतिभा सम्मान कोषबाट कक्षा १० की सिर्जना तामाङलाई पुरस्कार स्वरुप १० हजार प्रदान गरिएको विद्यालयका पुर्वप्रधानाध्यपक हेमबिक्रम राईले बताए । जगसेर राई शिक्षक सम्मान कोषबाट जालपा माविकै निरन्तर मूल्यांकन समितिलाई नगद १० हजार प्रदान गरिएको छ । यस्तै, बीरबहादुर राई–कालीशोभा राई अभिभावक सम्मान कोषबाट कक्षा ३ का छात्र रिदम राईलाई ५ हजार प्रदान गर्नुका साथै रिदमका अभिभावक कञ्चन सुनुवार राईलाई उत्कृष्ट अभिभावक सम्मा...
विषय थप गर्ने दिक्तेल बहुमुखी क्याम्पसको योजना

विषय थप गर्ने दिक्तेल बहुमुखी क्याम्पसको योजना

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, १४ कात्तिक । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले विषय थप गर्ने योजना बनाएको छ । कात्तिक १४ गते सम्पन्न क्याम्पसको सातौं साधारणसभामा क्याम्पस प्रमुख कृष्णबहादुर राईले समयअनुकुल आवश्यक विषय थप गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । खोटाङकै ज्येष्ठ क्याम्पसमा हाल मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र र व्यवस्थापन संकायको पठन–पाठन भइरहेको छ । यस्तै, परम्परागत शिक्षण विधि र साधनहरुलाई हटाउँदै आधुनिक विधि र साधनहरुको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने, क्याम्पस भर्ना दर बढाउने र ‘ड्रपआउट’ कम गर्ने योजनाहरु बनाउने, विषयविज्ञहरुबाट भौतिक वा भर्चुअल कक्षा सञ्चालनको व्यवस्था गर्ने प्रस्ताव अघि सारिएको छ । यस्तै, कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीका लागि क्याम्पसको लर्निङ मेनेजमेन्ट सिस्टमलाई व्यवस्थित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने, विद्यार्थीको परम्परागत उपलव्धी मापन व...
अन्नपूर्ण माविको ५८ औं बार्षिकोत्सव मनाइयो

अन्नपूर्ण माविको ५८ औं बार्षिकोत्सव मनाइयो

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ३ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित अन्नपूर्ण माविको ५८ औं बार्षिकोत्सव मनाइएको छ । विभिन्न खेदकुद, वक्तृत्वकला र नृत्य प्रतियोगीता गर्दै अन्नपूर्ण माविको बार्षिकोत्सव मनाइएको हो । भदौ २४ गते समापन गर्नेगरि भदौ २२ गते उद्घाटन गरिएको बार्षिकोत्सव जेनजीको अन्दोलनका कारण असोज २ गते समापन गरिएको प्रधानाध्यपक पेशल राईले बताए । वार्षिकोत्सव अन्तरगत आयोजना गरिएको महिला भलिबल प्रतियोगीतामा बुवासुङ टोल प्रथम, अन्नपूर्ण टोल समुह दोश्रो र अन्नपूर्ण मावि तेश्रो भएका छन् । यस्तै, पुरुष भलिबलमा रमाइलो लामीडाँडा टोल समुह प्रथम, अन्नपूर्ण टोल समुह दोश्रो र अन्नपूर्ण मावि तेश्रो भएको विद्यालयले जनाएको छ । अन्तर मावि स्तरिय बक्तृत्वकला प्रतियोगीतामा सरस्वती मावि दिक्तेलका बिपासा खनाल प्रथम, शितला मावि खाल्लेका प्रनिशाहाङ्मा राई दोश्रो तथा अन्नपूर्ण माविका निक...
दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अंग्रेजी हस्तलेखन प्रतियोगिता

दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अंग्रेजी हस्तलेखन प्रतियोगिता

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, असार १७ । खोटाङको दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अंग्रेजी हस्तलेखन प्रतियोगिता आयोजना गरिएको छ । बोर्डिङ स्कुलमा क्रियासिल युवा रेडक्रस सर्कलले असार १७ गते अंग्रेजी हस्तलेखन प्रतियोगिता गरेको हो । प्रतियोगीतामा जालपा मावि नुनथलाकी छात्रा पूर्णीमा तामाङ प्रथम, दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलका सोमिया राई दोश्रो, जिसिका भुजेल तेश्रो र जालपा आवि पाथेकाका सेमीहाङमा राई शान्त्वना भएका छन् । प्रतियोगीतामा १५ विद्यालयका २६ जना विद्यार्थी सहभागी भएको दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक संयोग राईले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुने विद्यार्थीलाई युवा रेडक्रस सर्कलको वार्षिक उत्सवमा पुरस्कार प्रदान गर्ने जनाइएको छ । युवा रेडक्रस सर्कलका सभापति रितेश्ना कार्कीको सभापतित्वमा भएको कार्यक्रममा दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सि...
दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा युरेस गठन

दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा युरेस गठन

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ३ असार । खोटाङको दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा युवा रेडक्रस सर्कल (युरेस) गठन गरिएको छ । मानवीय सेवा र सामाजिक कार्यमा विद्यार्थीहरूको सहभागिता बढाउने उद्देश्यले रितेश्ना कार्कीको अध्यक्षतामा ११ सदस्यीय युरेस गठन गरिएको हो । युरेसको उपाध्यक्षमा अनुराग कट्टेल, सचिवमा सलिना सुवेदी, सह–सचिवमा रेमन खत्री, कोषाध्यक्षमा अनिस राई र सह–कोषाध्यक्षमा सुजुका विष्ट चयन भएका छन् । सदस्यहरुमा जोयल चौधरी, सर्गम राई, निराजन सिं, रचना तामाङ र स्मारिका राईलाई छानिएको छ । युरेसको संरक्षकमा शिक्षक लालप्रसाद घिमिरे, संयोजकमा हर्कबीर राई र सदस्यमा पदमबहादुर विष्ट चयन भएका छन् । यस्तै, शिक्षक नायकमा सतिना डंगोल र सह–शिक्षक नायकमा श्यामलाल चौधरीलाई चयन गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा प्रिन्सिपल धनकर्ण श्रेष्ठले युरेसको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका ...
खोटाङका तत्कालीन जिशिअ नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खोटाङका तत्कालीन जिशिअ नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
काठमाडौं, २३ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी सहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित कृष्ण उच्च माविको भवन निर्माणका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले जिशिअ नेपालसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सब इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठ विरुद्ध जेठ २३ गते मुद्दा दायर गरेको हो । यस्तै, कृष्ण उच्च माविका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई र हरिनारायण राई तथा विद्यालयको भवन निर्माण गर्ने जयप्रसाद राईलाई विपक्षी बनाएर आरोप–पत्र दायर गरिए...
दिक्तेल बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम

दिक्तेल बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ९ जेठ । खोटाङको दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम सञ्चालन गरिएको छ । बोर्डिङ स्कुलले शिक्षक र शिक्षिकालाई सहभागी गराएर जेठ ९ गते प्राथमिक उपचार तालिम सञ्चालन गरेको हो । प्रशिक्षणमा सहभागी शिक्षक शिक्षिकालाई आकस्मिक चोटपटक, रक्तश्राव, बेहोस अवस्था, मर्किएको, जलन जस्ता दुर्घटनामा परेका घाइतेलाई गर्नुपर्ने प्राथमिक उपचार सम्वन्धी ज्ञान तथा सीप प्रदान गरिएको छ । तालिममा सहभागीलाई प्रमुख प्रशिक्षकको रूपमा स्वास्थ्य सहायक सन्तोष बजिमयले प्रयोगात्मक विधिबाट प्राथमिक उपचार सम्वन्धी आधारभुत ज्ञान तथा सीप सिकाएका छन् । सामान्य दुर्घटनामा परेका व्यक्तीको उपचार गर्ने/गराउने योग्य जनशक्ती उत्पादनका लागि प्राथमिक उपचार तालिम सञ्चालन गरिएको दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताए । कार्यक्रममा विद्यालयकै स्वास्थ्य सहायक अप्सरा खड्का...
शैक्षिक सुधार कार्यदलले नगरलाई बुझायो १२६ पृष्ठको प्रतिबेदन (भिडियो सहित)

शैक्षिक सुधार कार्यदलले नगरलाई बुझायो १२६ पृष्ठको प्रतिबेदन (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २३ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गठन गरेको शैक्षिक सुधार कार्यदलले आफ्नो प्रतिबेदन बुझाएको छ । २०८० माघ १८ गतेको नगर कार्यपालिका बैठकबाट शैक्षिक अभियान्ता सुर्य राईको संयोजकत्वमा गठन गरिएको कार्यदलले १२६ पृष्ठको प्रतिबेदन बुझाएको हो । चैत २१ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रतिबेदन बुझाइएको कार्यदलका संयोजक सुर्य राईले बताए । भिडियो-...
दिक्तेल इंलिस बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित बनाउन कार्यक्रम सुरु

दिक्तेल इंलिस बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित बनाउन कार्यक्रम सुरु

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, १९ चैत । खोटाङको दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित विद्यालय बनाउने कार्यक्रम सुरु गरिएको छ । गुणस्तरिय तथा संस्कार सहितको शिक्षा प्रदान गर्ने लक्ष्यका साथ ग्लोबल क्वालिटी काउन्सिलको समन्वयमा दिक्तेल इंलिस बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित विद्यालय बनाउने कार्यक्रम सुरु गरिएको हो । स्कुललाई वर्ष दिनभित्र ‘आइएसओ’को प्रमाण–पत्र प्रदान गर्नेगरि चैत १८ गते ग्लोबल क्वालिटी काउन्सिलका प्रतिनिधि सुदिप शर्मा र दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सीपल धनकर्ण श्रेष्ठबीचमा सम्झौता गरिएको छ । अन्तर्राष्ट्रिय गुणस्तर प्राप्तीका लागि दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलले ५२ वटा सूचक पुरा गर्नेपर्ने ग्लोबल क्वालिटी काउन्सिलका प्रतिनिधि शर्माले बताए । २०४८ सालमा स्थापना गरिएको विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित विद्य...
खोटाङमा २५ वटा केन्द्रबाट एसइई परीक्षा सुरु

खोटाङमा २५ वटा केन्द्रबाट एसइई परीक्षा सुरु

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ७ फागुन । कुनैबेला ‘आइरन गेट’ मानिने एसइई परीक्षा सुरु भएको छ । खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकामा निर्धारण गरिएको २५ वटा परीक्षा केन्द्रबाट एसइई परीक्षा सुरु भएको छ । ठीक बिहान ८ बजेदेखि मर्यादित वातावरणमा परीक्षा सुरु भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तिर्थबहादुर बिश्वकर्माले बताए । खोटाङमा साधारणधारतर्फ २ हजार ४८३ र प्राविधिकधारतर्फ नियमित १७२ जनागरि कुल ३ हजार २२६ जना विद्यार्थीले एसइई परीक्षा फर्म भरेका छन् । साधारणधारतर्फ ५७१ विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिँदैछन् । एसइईमा जिल्लाका ९८ वटा सामुदायीक र ६ वटा निजी माविका विद्यार्थी सहभागी छन् ।...