भूमि सम्बन्धी विधेयकको विरोधमा उत्रियो जसपा खोटाङ
खोटाङ, ९ भदौ । जनता समाजवादी पार्टी नेपाल, खोटाङ भूमि सम्बन्धी विधेयकको विरोधमा उत्रिएको छ । सरकारले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते भूमि विधेयकको प्रक्रिया अगाडि बढाएपछि जनता समाजवादी पार्टी, नेपाल बिरोधमा उत्रिएको हो ।
भदौ ९ गते जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै जनता समाजवादी पार्टी नेपालले भूमी विधेयक मुलुक र जनताको हितमा नभै भू–माफिया र जग्गा दलालको हितमा ल्याउन लागिएको दावी गरेको छ । भूमि सम्वन्धी विधेयकले वन जङ्गल विनाश गराउने र तराई/मधेश मरुभूमिकरण हुने जनता समाजवादी पार्टी नेपाल, खोटाङका अध्यक्ष सुनिल चाम्लिङले बताए । जनता समाजवादी पार्टी नेपालले भूमि विधेयकको बिरुद्ध भदौ ९ देखि भदौ १५ गतेसम्म देशका विभिन्न शहरहरूमा आयोजना हुने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ ।
वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणक...









