राजनीति

वैज्ञानिक समाजवादीमा आहुतीकै निरन्तरता

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
काठमाडौं, २६ पुस । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको महासचिवमा आहुतीले निरन्तरता पाएका छन् । काठमाडौंमा पुष १९ गतेदेखि २१ गतेसम्म चलेको प्रथम राष्ट्रिय सम्मेलनले आहुतीलाई महासचिवमा निरन्तरता दिएको हो । आहुती दुई वर्षअघि सम्पन्न राष्ट्रिय भेलाबाट महासचिव चयन भएका थिए । अव दुई वर्षपछि हुने महाधिबेसनबाट भने आहुती वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवबाट अनिवार्य बाहिरिने छन् । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको चार वर्षमा एउटा महाधिबेसन गर्ने व्यवस्था छ । वैज्ञानिक समाजवादीले राष्ट्रिय भेला वा सम्मेलनले पनि नेतृत्व परिवर्तन गर्न सक्छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीमा ‘एक महाधिबेसन काल’ बाहेक नेतृत्वमा बस्ने व्यवस्था नभएको केन्द्रीय सदस्य राजकुमार हिङमाङले जानकारी दिए । राष्ट्रिय सम्मेलनले आहुतीको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । प्रवक्तामा म...

दिप्रुङः निजामती कर्मचारी संगठनको अध्यक्षमा गेलाल, स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा प्रधान

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, स्थानीय
खोटाङ, २० पुस । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेपाल निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी महासंघ नेपालको नेतृत्व चयन गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी महासंघको पुस २० गते सम्पन्न प्रथम पालिका अधिबेसनबाट नयाँ कार्य समिति बनाइएको हो । अधिबेसनबाट मुकेस गेलालको अध्यक्षतामा ११ सदस्यीय नेपाल निजामती कर्मचारी संगठनको पालिका समिति चयन गरिएको छ । कर्मचारी संगठनको पालिका उपाध्यक्षमा एल्बी मगर, सचिवमा यमनलाल श्रेष्ठ, सह–सचिव भुपराज कटुवाल र कोषाध्यक्षमा मिना तामाङ चयन भएका छन् । यस्तै, सौरव राई, प्रतिभा राई, हरिहर दाहाल, शान्ता बिक, जीवन घिमिरे र मणिराज मगर सदस्य चुनिएका छन् । अधिबेसनले शुवास राईको संयोजकत्वमा दिनेश बस्नेत र युवराज भट्टराई सदस्य रहेको तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पालिका अध्यक्षमा सुरेश प्...

खोटाङमा बल्ल ब्युँझियो कांग्रेस–एमाले संयन्त्र

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १९ पुस । केन्द्र र प्रदेशमा कांग्रेस र एमालेको सत्ता सहकार्य भएको लामो समयपछि खोटाङमा दुई दलीय संयन्त्र क्रियासिल बनेको छ । केन्द्रमा कांग्रेस र एमालेको सत्ता सहकार्य भएको झण्डै छ महिनापछि जिल्लामा कांग्रेस र एमालेको दुई दलीय संयन्त्रको बैठक बसेको छ । पुस १८ गते पुष्पलाल स्मृति भवनमा बसेको बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको दुई दलीय संयन्त्रका अध्यक्ष एबं नेकपा एमाले खोटाङका ईन्चार्ज बिशाल भट्टराईले जानकारी दिए । दुई दलीय संयन्त्रको बैठकले जिल्लाको समसामयीक राजनिती र अन्य विषयमा समिक्षा गर्दै जिल्लाका स्थानीय तहमा कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई समन्वय गरेर काम गर्न निर्देशन दिने, स्थानीय तहहरुसँग समन्वय गर्दै त्यहाँ भएका कामहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ । यस्तै, जिल्लाका विविध समस्या र विकास निर्माणका सवालमा केन्द्र र प्रदेशमा डेलीगेसन जान परे अन्य पक्...
पत्रकार महासंघको भवन बनाउने बजेट विनियोजन गर्छुः मन्त्री भूपेन्द्र राई

पत्रकार महासंघको भवन बनाउने बजेट विनियोजन गर्छुः मन्त्री भूपेन्द्र राई

ताजा अपडेट, प्रदेश, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ३० मंसिर । भौतिक पुर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले नेपाल पत्रकार महासंघ शाखा खोटाङको भवन निर्माणका लागि बजेट विनियोजन गरिदिने प्रतिवद्धता जनाएका छन् । पत्रकार महासंघको नवनिर्वाचित समितिलाई मंसिर ३० गते बधाई तथा शुभकामना दिँदै मन्त्री राईले सकभर चालु आर्थिक वर्षभित्र नभए आगामी आर्थिक वर्ष पत्रकार महासंघको भवन निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिदिने प्रतिवद्धता जनाएका हुन् । बधाई तथा शुभकामना प्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखाका नवनिर्वाचित अध्यक्ष हरिबोल आचार्यले भवन निर्माणका लागि बजेट व्यवस्थाको माग गर्दै मन्त्री राईलाई ज्ञापन–पत्र बुझाएका थिए । ज्ञापन–पत्र बुझेपछि मनत्री राईले सकभर यही वर्ष बहुवर्षेमा पार्न कोसिस गर्ने नभए आगामी वर्ष भवन पूर्ण हुनेगरी बजेट व्यवस्थापन गरिदिने प्रतिवद्धता जनाएका हुन् । अन्य जिल्लामा पत्रकार महासंघले आफ्नै भवनमा कार...
नेपाल पत्रकार महासंघ शाखा खोटाङको अध्यक्षमा आचार्य निर्विरोध

नेपाल पत्रकार महासंघ शाखा खोटाङको अध्यक्षमा आचार्य निर्विरोध

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, समाज
खोटाङ, २९ मंसिर । नेपाल पत्रकार महासंघ शाखा खोटाङको अध्यक्षमा हरिबोल आचार्य निर्विरोध निर्वाचित भएका छन् । महासंघको सातौं जिल्ला अधिबेसन तथा ११ औं साधारणसभा अन्तरगतको चुनावी प्रकृयाबाट आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको अन्य पदका उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत वरिष्ठ पत्रकार कृष्ण आचार्यले बताए । महासंघको उपाध्यक्षमा चिसाङ शेर्पा, महिला उपाध्यक्षमा सविना अछामे, सचिवमा राजकुमार भट्टराई, सह–सचिवमा मनोज आचार्य, समावेसी सह–सचिवमा राजन ठटाल र कोषाध्यक्षमा उजुर राई निर्विरोध भएका छन् । सदस्यमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेल निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद सदस्यमा दिलीप खत्री, प्रदेश परिषद सदस्यमा केदार मगर, उत्तम चौंलागाई र लोकमणी रिजाल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता ओमप्रकाश घिमिरेले बताए । हालस...
साह्रै बेखुश छैनन् नेपाली

साह्रै बेखुश छैनन् नेपाली

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाज
काठमाडौं, १७ मंसिर । निराश भएर युवा विदेश पलायन भइरहेका छन् भन्ने कथन छ, तर हालैको एक सार्वजनिक मत सर्वेक्षणले झन्डै आधा नेपाली गत निर्वाचनयता देशको दिशातर्फ अझै सकारात्मक रहेको देखाएकाे छ। देशको स्थिति पछिल्ला दुई वर्षमा बिग्रियो, सुधारियो वा उस्तै रह्यो भन्ने प्रश्नमा देशव्यापी सर्वेक्षणका ४५.४ प्रतिशत उत्तरदाताले सन्तुष्टि व्यक्त गरेका छन्। जसमध्ये १३.९ प्रतिशत उत्तरदाताले ‘उल्लेख्य रूपमा सकारात्मक’ र ३१.५ प्रतिशतले ‘केही हदसम्म सकारात्मक’ भएको बताएका छन्। अधिकांश उत्तरदाता (३४.६ प्रतिशत)ले पछिल्ला दुई वर्षमा देशको स्थितिमा कुनै परिवर्तन नभएको महसूस गरेका छन्। “यदि हामी ‘कुनै परिवर्तन छैन’ भन्नेहरूलाई असन्तुष्ट मान्छौं र त्यसमा देशको दिशाप्रति नकारात्मक दृष्टिकोण राख्नेहरूलाई जोड्छौं भने ५५ प्रतिशत मानिस असन्तुष्ट छन्,” मत सर्वेक्षण गरेको शेयरकास्ट इनिसिएटिभ नेपालका अध्यक्ष मधु आचार्य...

एमाले खोटाङको तीन दिने भेला तथा प्रशिक्षण सम्पन्न

ताजा अपडेट, मुख्य खबर, राजनीति
खोटाङ, २४ कात्तिक । नेकपा एमाले खोटाङको तीन दिने भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । एमालेले कात्तिक २२ गते जनसंगठन समन्वय संयन्त्रको भेला तथा प्रशिक्षण, कात्तिक २३ गते सचिवालय बैठक र कात्तिक २४ गते एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कात्तिक २२ गतेको जनसंगठन समन्वय संयन्त्रको भेला तथा प्रशिक्षण एमाले स्थायी कमिटि सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा गरिएको एमाले खोटाङका प्रचार–प्रसार बिभाग प्रमुख खेमराज राईले जानकारी दिए । जनसंगठन समन्वय संयन्त्रको भेला तथा प्रशिक्षण कार्यक्रमले एमाले सम्वद्ध २३ वटा संगठनको अधिबेसन÷सम्मेलन यथाशिघ्र गर्ने, गाउँ तथा वडासम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ । जनसंगठन समन्वय संयन्त्रको भेला तथा प्रशिक्षण एमाले जिल्ला उपाध्यक्ष कुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै, सचिवालय बैठकले मंसिरमा श्रमशिबिर सञ्चालन गर्ने, पुसभित्र ...

जसपाको दिरुमनपा कमिटि गठन, अध्यक्षमा मुगाधन

ताजा अपडेट, मुख्य खबर, राजनीति
खोटाङ, १२ कात्तिक । जनता समाजवादी पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्य समिति गठन गरिएको छ । मुगाधन राईको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति गठन गरिएको हो । जनता समाजवादी पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रुपान्तरण कार्यक्रममार्फत जनता समाजवादी पार्टीको नगर समिति गठन गरिएको हो । नगर कार्य समितिको उपाध्यक्षमा हरि राई, नगेन्द्रराज चाम्लिङ, सचिवमा प्रेम राई, सह–सचिवमा देवराज राई र कोषाध्यक्षमा कौशिला राई चयन भएका जसपाका जिल्ला सचिब विरेन्द्र दर्नालले जानकारी दिए । कार्यक्रम जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष सनबहादुर राईको प्रमुख आतिथ्यता एबं संघीय परिषद सदस्य राकेश राईको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष प्रकाश चाम्लिङ, जसपाका खोटाङ अध्यक्ष निर्मल राई, समाजवादी महिला संघका जिल्ला अध्यक्ष रेनुका राई, ...

वडाध्यक्षले फिर्ता गरे दोहोरो यातायात सुविधा वापत लिएको ४७ हजार

ताजा अपडेट, मुख्य खबर, राजनीति
खोटाङ, ४ कात्तिक । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष तुलाराम राईले दोहोरो यातायात सुविधा वापत लिएको रकम फिर्ता गरेका छन् । महालेखा परीक्षकको कार्यालयले दोहोरो यातायात सुविधा लिएको औंल्याएपछि वडाध्यक्ष राईले दोहोरो यातायात सुविधा वापत लिएको रकम फिर्ता गरेका हुन् । बेरुजु रकम ‘सुटुक्क’ असुल उपर गर्ने/गराउने जनप्रतिनिधिहरु माझ वडाध्यक्ष राईले भने सामाजिक सञ्जालमार्फत दोहोरो यातायात सुविधा वापत लिएको ४७ हजार ५२० रुपैयाँ राजश्व शाखामा जम्मा गरेको जानकारी दिएका छन् । राई २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । महालेखाले आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिबेदनमा दोहोरो यातायात सुविधा लिएको भन्दै वडाध्यक्ष राई सहिन नौ जना गाउँ तथा नगरसभाका सदस्यहरुबाट दोहोरो सुविधा वापत लिएको रकम असुल गर्नुपर्ने औंल्याएको थियो । ग...

खोटाङको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र

ताजा अपडेट, मुख्य खबर, राजनीति
खोटाङ, ३० असोज । खोटाङबासीले खोटाङको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई गुहारेका छन् । असोज १२ गते सुनकोसीमा आएको बाढीका कारण फोक्सिङटारको पुल बगेपछि निम्तिएको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र बुझाएको हो । असोज २३ गते प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)को समन्वयमा काठमाडौंमा सम्पन्न सर्वदलीय-सर्वपक्षीय बैठकको निर्णय अनुसार असोज ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण–पत्र बुझाउँदै फोक्सिङटारमा तत्काल पुल बनाएर प्राकृतिक नाकाबन्दी तोड्न आग्रह गरिएको युवा नेता अरुण चाम्लिङले जानकारी दिए । खोटाङबासीकातर्फबाट प्रधानमन्त्रीलाई प्रतिनिधिसभा सदस्य राईले ध्यानाकर्षण–पत्र बुझाएका थिए । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज बाढीले बगाएपछि उदयपुर र खोटाङको सिधा यातायात ...