यस कुराले नेपाल बन्दैन: बिशाल भट्टराई
खोटाङ, १३ माघ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले ‘धेरै लाईक र कमेन्ट’ पाउनेहरुबाट समाजलाई गैर–जिम्मेवार र अराजकतातर्फ लैजाने काम भइरहेको बताएका छन् ।
माघ १३ गते प्रेस चौतारी नेपाल खोटाङको छैठौं जिल्ला अधिबेसन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य भट्टराईले रबि लामिछाने र बालेन शाहलाई लक्षित गर्दै ‘नकरात्मक’ लेख्नेहरुकै स्टाटसमा लाखौं मान्छेहरुले लाईक र कमेन्ट गर्नेगरेको चर्चा गरेका छन् । ‘काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाउँछु भनेर स्टाटस लेख्नु भो । लाखौं मान्छेहरु लाईक र कमेन्ट गर्छन् । सिंहदरबारमा आगो लगाउँछु वा त्यो देशको हेडक्वाटरमा आगो लगाउँछु भनेर यो दुनियाको कुनै पनि जनप्रतिनिधिले लेख्दैन । त्यो स्तरमा झरेर लेख्नु भो । तर त्यसैमा वाहवाही छ,’ भट्टराईले भने, ‘यो किसिमको गैर–जिम्मेवार काम र अराजकतातर्फ लैजाने काम महत्वपूर्ण भनिएका र सबैभन्दा...


