समाचार

एकैदिन पाँच ठाउँमा श्रम संस्कृति पार्टीको श्रमदान

एकैदिन पाँच ठाउँमा श्रम संस्कृति पार्टीको श्रमदान

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ७ मंसिर । श्रम संस्कृति पार्टीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा सडक मर्मत गरेको छ । श्रम संस्कृति पार्टीको हलेसी तुवाचुङ नगर कमिटिले सल्लेमा श्रमदानबाट करिब पाँच किलोमिटर सडक मर्मत गरेको हो । करिब ४० जना श्रमदाताको सहभागीतामा सल्लेदेखि महादेवबेँसीसम्मको सडक मर्मत गरिएको श्रम संस्कृति पार्टीको हलेसी तुवाचुङ नगर कमिटि सदस्य सन्तोष श्रेष्ठले बताए । वर्षाको समयमा सो सडकको विभिन्न ठाउँमा ढिस्को खसेर थुप्रिएको थियो । सामान्य मर्मत गरेर बाईक मात्रै हिँडाउने गरिएको सडकमा चार पाङ्ग्रे गाडी हिड्न मिल्नेगरी मर्मत गरिएको श्रम संस्कृति पार्टीले जनाएको छ । श्रमदानमा जिल्ला कमिटि सदस्य कौशिला राई, रमेश पौडेल, नगर कमिटि संयोजक महाबीर राई लगायतको सहभागीता रहेको थियो । श्रमदातालाई आवत–जावत गर्नका लागि दयन्द्र राईले गाडी उपलव्ध गराएको सदस्य श्रेष्ठले जानकारी दिए । यस्तै, श्रम संस्कृति पार...
हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, स्थानीय
खोटाङ, ६ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटगैरामा निर्माण गर्न लागिएको प्रशासकीय भवन मंसिर ६ गते मेयर बिमला राईले शिलान्यास गरेकी छन् । हाल नगरपालिका सञ्चालन हुँदै आएकै ठाउँमा ५ करोड ८७ लाख १८ हजार १३० रुपैयाँको लागतमा सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । आकाश निर्माण सेवा सिन्धुपाल्चोकले १८ महिनामा सम्पन्न गर्नेगरी प्रशासकीय भवन निर्माणको ठेक्का लिएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए । (थप समाचार Views Of Nepal को पेजमा हेर्न सक्नुहुनेछ ।) ...
खोटाङका करदातामध्ये सबैभन्दा बढी कर तिर्नेमा सालपा विकास बैंक

खोटाङका करदातामध्ये सबैभन्दा बढी कर तिर्नेमा सालपा विकास बैंक

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, २ मंसिर । खोटाङको सालपा विकास बैंकले उत्कृष्ट करदाताको सम्मान पाएको छ । खोटाङका सात हजार करदातामध्ये आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी आयकर तिर्ने सालपा बिकास बैंकलाई सम्मान गरिएको हो । सबैभन्दा बढी कर तिर्ने बैंकलाई करदाता सेवा कार्यालय, खोटाङले १४ औं राष्ट्रिय कर दिवसको अवसर पारेर मंसिर १ गते सम्मान गरेको हो । आयकर दाखिला गर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएकाले सालपा विकास बैंकलाई सम्मान गरिएको करदाता सेवा कार्यालय खोटाङका प्रमुख कर अधिकृत कुमारी सैंजुले बताएकी छन् । (थप समाचार Views Of Nepal को पेजमा राखिएको छ ।) ...
सोलुखुम्बुको फाप्लु विमानस्थलमा ‘पावर’ र ‘पहुँच’बिना पाइन्न टिकट

सोलुखुम्बुको फाप्लु विमानस्थलमा ‘पावर’ र ‘पहुँच’बिना पाइन्न टिकट

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
सोलुखुम्बु, ३० कात्तिक । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई कात्तिक २९ गते अचानक काठमाडौँ झर्नुपर्ने बाध्यता आइलाग्यो । जरूरी काम परेपछि उहाँले विमान टिकटका लागि फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गर्नु भयो, तर जवाफ सँधैझैँ पाउनु भो, “टिकट छैन” । यही छोटो वाक्यले कार्कीको मात्रै होइन, अहिले समग्र तल्लो सोलुखुम्बुका सर्वसाधारणको वास्तविक अवस्था उजागर गरेको छ । कार्कीलाईजस्तै धेरैलाई अत्यावश्यक काम परे पनि सामान्य फोन, सामान्य शैली र सामान्य नागरिकको हैसियतमा जहाजको टिकट पाइन्छ भन्ने विश्वास लाग्न छाडिसकेको छ । अन्ततः कार्की काठमाडौँ जान सडकमार्ग नै रोज्न बाध्य हुनुभयो । “यो घटना व्यक्तिगत पीडा मात्र होइन, सोलुखुम्बुमा विमान सेवा कति अव्यवस्थित, कति पहुँचवाला व्यक्तिको कब्जामा र कति सर्वसाधारणविरोधी बनिरहेको छ भन्ने कठोर यथार्थ हो” सल्लेरीका रस्विन मगरले भन्नुभयो । अहिले...
नेपाली सेनामा भर्ना हुने अवसर, खोटाङका युवाले मुढे व्यारेकमा दरखास्त दिन सक्ने

नेपाली सेनामा भर्ना हुने अवसर, खोटाङका युवाले मुढे व्यारेकमा दरखास्त दिन सक्ने

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २९ कात्तिक । नेपाली सेनामा भर्ना हुने अवसर खुलेको छ । नेपाली सेनाले कात्तिक २८ गते सूचना प्रकाशित गर्दै विभिन्न सैन्य पदमा दरखास्त आव्हान गरेको हो । खोटाङका इच्छुक युवाले रणभीम गण, मुढे व्यारेकमा दरखास्त दिन सक्ने नेपाली सेनाले जनाएको छ । भर्नाका लागि कात्तिक २८ गतेदेखि मंसिर २७ गतेसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । विलम्ब दस्तुरमा भने पुस ५ गतेसम्म दरखास्त दिन सकिने रणभीम गण, मुढे व्यारेकले जनाएको छ । योग्यता पुगेका युवा युवतीलाई नेपाली सेनाको आधिकारिक वेबसाइट www.vacancy.nepalarmy.mil.np मा दरखास्त फाराम भरेर सोको प्रिन्ट सहित भर्ना केन्द्रमा सम्पर्क गर्न आव्हान गरिएको छ । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
जालपा माविको चार वटा कोषबाट छात्रबृत्ति तथा पुरस्कार प्रदान

जालपा माविको चार वटा कोषबाट छात्रबृत्ति तथा पुरस्कार प्रदान

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २२ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित जालपा माविले चार वटा कोषबाट छात्रबृत्ति तथा पुरस्कार प्रदान गरेको छ । कात्तिक २१ गते कार्यक्रम गर्दै जालपा माविले बुलुङ तामाङ अक्षयकोषबाट कक्षा ८ मा अध्यानरत छात्रा पूर्णीमा तामाङ, प्रियाङ्का चाम्लिङ र कक्षा ७ मा अध्यानरत दीक्षा राईलाई जनही पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । यस्तै, मनबर्ण राई बाल प्रतिभा सम्मान कोषबाट कक्षा १० की सिर्जना तामाङलाई पुरस्कार स्वरुप १० हजार प्रदान गरिएको विद्यालयका पुर्वप्रधानाध्यपक हेमबिक्रम राईले बताए । जगसेर राई शिक्षक सम्मान कोषबाट जालपा माविकै निरन्तर मूल्यांकन समितिलाई नगद १० हजार प्रदान गरिएको छ । यस्तै, बीरबहादुर राई–कालीशोभा राई अभिभावक सम्मान कोषबाट कक्षा ३ का छात्र रिदम राईलाई ५ हजार प्रदान गर्नुका साथै रिदमका अभिभावक कञ्चन सुनुवार राईलाई उत्कृष्ट अभिभावक सम्मा...
वर्तमान सरकारले नेपाली समाजको अन्तर्विरोध हल गर्न सक्दैनः आहुति

वर्तमान सरकारले नेपाली समाजको अन्तर्विरोध हल गर्न सक्दैनः आहुति

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
काठमाडौं, १८ कात्तिक । वर्तमान सरकारले नेपाली समाजको अन्तर्विरोध हल गर्न नसक्ने आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले निष्कर्ष निकालेको छ । महासचिव आहुतिको संयोजकत्वमा कात्तिक १२ गतेदेखि कात्तिक १५ गतेसम्म काठमाडौंमा सञ्चालन भएको बैठकले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार ‘वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार’ भएकाले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष निकालेको हो । ‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उम्रिएको सरकार होइन । बरु ‘जेनजी विद्रोह’लाई अपहरण गरी वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार मात्र हो,’ प्रवक्ता राजेश्वरी सुवेदीले कात्तिक १७ गते जारी गरेको विज्ञाप्तीमा भनिएको छ, ‘तसर्थ, यसले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष बैठकले निकालेको छ ।’ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले ‘ज...
कतारमा हर्क साम्पाङ समर्थक टिम विस्तार

कतारमा हर्क साम्पाङ समर्थक टिम विस्तार

ताजा अपडेट, प्रवास, मुख्य खबर, राजनीति, समाचार
कतार, १५ कात्तिक । कतारमा हर्क साम्पाङको समर्थक टिम विस्तार गरिएको छ । धरानका मेयर साम्पाङले श्रम संस्कृति पार्टी दर्ता गर्न लागेको अवस्थामा कतारमा ‘हर्क साम्पाङ’को समर्थक टिम गठन गरिएको हो । कात्तिक १४ गतेको भेलाबाट सुवास खालिङ राईको संयोजकत्वमा ११९ सदस्यीय तदर्थ समिति विस्तार गरिएको छ । समर्थक टिमको सह–संयोजकमा १२ जनालाई चयन गरिएको छ । टिमको सह–संयोजकमा भाइकाजी गुरुङ, सुजन माबो लिम्बु, मिलन थापा, सपना राई, सन्तोष बोहरा क्षेत्री, हान्सा राजबंशी, अरुण योञ्जन, दिलकुमार राई, अजय सम्बाहाम्फे लिम्बु, बिष्णुकुमार सुन्दास, रामकुमार राई र पदम गुरुङ चयन भएका छन् । सचिवमा भीम मगर, सह–सचिवमा दुर्गा गुरुङ र फुर्वा तामाङ, कोषाध्यक्षमा बिश्वकला राई, सह–कोषाध्यक्षमा नबिन राई र मन्जिल चाम्लिङलाई चयन गरिएको छ । प्रवक्तामा सुजन थुलुङ राई, प्रचार–प्रशार समिति संयोजकमा गजेन्द्र खालिङ राई, सह–संयोजकमा बिक्र...
विषय थप गर्ने दिक्तेल बहुमुखी क्याम्पसको योजना

विषय थप गर्ने दिक्तेल बहुमुखी क्याम्पसको योजना

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, १४ कात्तिक । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले विषय थप गर्ने योजना बनाएको छ । कात्तिक १४ गते सम्पन्न क्याम्पसको सातौं साधारणसभामा क्याम्पस प्रमुख कृष्णबहादुर राईले समयअनुकुल आवश्यक विषय थप गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । खोटाङकै ज्येष्ठ क्याम्पसमा हाल मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र र व्यवस्थापन संकायको पठन–पाठन भइरहेको छ । यस्तै, परम्परागत शिक्षण विधि र साधनहरुलाई हटाउँदै आधुनिक विधि र साधनहरुको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने, क्याम्पस भर्ना दर बढाउने र ‘ड्रपआउट’ कम गर्ने योजनाहरु बनाउने, विषयविज्ञहरुबाट भौतिक वा भर्चुअल कक्षा सञ्चालनको व्यवस्था गर्ने प्रस्ताव अघि सारिएको छ । यस्तै, कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीका लागि क्याम्पसको लर्निङ मेनेजमेन्ट सिस्टमलाई व्यवस्थित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने, विद्यार्थीको परम्परागत उपलव्धी मापन व...
जलवायु परिवर्तन न्यूनीकरणमा एनवाइसीए

जलवायु परिवर्तन न्यूनीकरणमा एनवाइसीए

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १२ कात्तिक । नेप्लीज युथ फर क्लाइमेट एक्सन (एनवाइसीए)ले खोटाङका दुई विद्यालयमा जलवायु परिवर्तन न्यूनीकरण सम्वन्धी कार्यक्रम गरेको छ । एनवाइसिएले कात्तिक १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सरस्वती मावि र पञ्च माविका विद्यार्थीलाई सहभागी गराएर जलवायु परिवर्तन र न्यूनीकरण सम्वन्धी कार्यक्रम गरेको हो । ‘इन्टग्रेटिङ क्लाइमेट एक्सनः दि ग्रिन स्कुल पाइलट प्रोजेक्ट’ शिर्षकमा विद्यार्थीलाई जलवायु परिवर्तन, त्यसको प्रभाव र न्यूनीकरणका उपायका विषयमा जानकारी दिइएको छ । जलवायु परिवर्तन समग्र मानव अस्तित्वका लागि प्रमुख चुनौती बनेकाले विद्यार्थीमार्फत जागरण फैलाउन कार्यक्रम गरिएको नेप्लीज युथ फर क्लाइमेट एक्सन (एनवाइसीए)का नेटवर्क कोअर्डिनेटर राजेशराज आचार्यले बताए । एनवाइसिएले डिलासैनी गाउँपालिका बैतडी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र फलेबास नगरपालिका पर्वतको सहयोगमा जलवायु परिवर...