वडा कार्यालयको छाप पसलमा लगाएपछि …
सोलुखुम्बु, २८ पुस । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बका सिडिओमाथि सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको आरोप लागेको छ । स–साना गल्ती औंल्याएर प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले हैरान पारेको सेवाग्राहीको गुनासो छ । सेवा लिन पुगेकाहरुलाई झिनामसिना कुरामा जिल्ला प्रशासनबाट फर्काइदिने गरेको सेवाग्राहीहरु बताउँछन् । तर, प्रशासनिक प्रक्रियामा कुनै पनि विधि र कागजात झिनामसिनो नहुने सिडिओ कार्यालयको दाबी छ ।
टाढा–टाढाबाट प्रशासन कार्यालय पुगेका सेवाग्राहीले छुटपुट कागजात ह्वाट्सएप, इमेललगायत सामाजिक सञ्जालको माध्यमबाट मगाउँदा पनि नमानेपछि स्थानीयले उक्त आरोप लगाएका हुन् । काठमाडौंबाट नागरिकता बनाउन सोलुखुम्बु पुगेका एक परिवारको एउटा सदस्यलाई सेवा दिएपछि अन्यलाई त्यसै फर्काइदिएका छन् ।
सोताङ गाउँपालिका–५ का मनोजकुमार राई श्रीमती सोममाया र छोरा सक्षमलाई लिएर नागरिकता बनाउन प्रशासन पुगे । ...



