समाचार

चार श्रष्टालाई मुक्तक प्रतिष्ठान, कोशी प्रदेशको पुरस्कार

चार श्रष्टालाई मुक्तक प्रतिष्ठान, कोशी प्रदेशको पुरस्कार

ताजा अपडेट, मुख्य खबर, समाचार, साहित्य
विराटनगर, १९ माघ । नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले चार जना श्रष्टालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले साहित्य तथा अन्य क्षेत्रमा योगदान पुर्‍याइरहेका चार श्रष्टालाई मुक्तक दिवसको अवसर पारेर पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानले यस वर्ष १५ हजार रुपैयाँ राशीको नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार नेपाली साहित्य, समालोचना, अनुवाद र प्राज्ञिक क्षेत्रमा क्रियासिल प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरेको छ । यस्तै, १५ हजार रुपैयाँ राशीकै नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार नेपाली कविता, समालोचना, वालसाहित्य र अनुसन्धानको क्षेत्रमा क्रियाशील साहित्यकार प्राज्ञ डा. कौशिला रिसाललाई प्रदान गरिएको छ । पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन र संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका वरिष्ठ साहित्यकार मधु पोखरेललाई ११ हजार राशीको छमनादेवी रामप्रसाद प...
निर्वाचन प्रहरीका लागि १० दिने तालिम सुरु

निर्वाचन प्रहरीका लागि १० दिने तालिम सुरु

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १८ माघ । खोटाङमा निर्वाचन प्रहरीका लागि १० दिने तालिम सुरु भएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटाइने निर्वाचन प्रहरीका लागि माघ १८ गतेदेखि तालिम सुरु गरिएको हो । निर्वाचन प्रहरीको तालिम माघ २७ गतेसम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । खोटाङमा कुल १ हजार २८२ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । नेपाल प्रहरीमार्फत १ हजार १८६ जना र शसस्त्र प्रहरी अन्तरगत ९६ जना निर्वाचन प्रहरी भर्ना भएका हुन् । नेपाल प्रहरी अन्तरगत भर्ना भएका निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय, प्रहरी निरिक्षक कार्यरत रहेको इलाका प्रहरी कार्यालय हलेसी, ऐसेलुखर्क, खोटाङबजार र चिसापानी लगायतका इकाईमा तालिमको व्यवस्था मिलाइएको छ । शसस्त्र प्रहरी अन्तरगत भर्ना भएका निर्वाचन प्रहरीलाई भने शसत्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक...
खोटाङका दुई वडाबाट दुई/दुई जना उम्मेदवार

खोटाङका दुई वडाबाट दुई/दुई जना उम्मेदवार

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १२ माघ । खोटाङका दुई वडाबाट दुई/दुई जना उम्मेदवार उठेका छन् । केपिलासगढी गाउँपालिका–१ फेदी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाबाट दुई/दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फेदीबाट नेपाली कांग्रेसका बीरकाजी राई र श्रम संस्कृति पार्टीका आरेन राई उम्मेदवार बनेका छन् । यस्तै, बुईपाबाट नेकपा एमालेका देवबिक्रम राई र जनता समाजवादी पार्टीका राकेश राई उठेका छन् । एकै वडाबाट दुई/दुई जना उम्मेदवार उठेपछि वडामै मत बाँडिने देखिएको छ । उम्मेदवारसँग नजिकको साईनो सम्वन्ध भएका मतदातालाई भने भोट हाल्नका लागि निर्णय गर्न कठिन भएको चर्चा चल्न थालेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा दुई स्वतन्त्र सहित १५ उम्मेदवार उठेका छन् । मुख्या निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्थशास्त्र...
वृद्धवृद्धालाई सशस्त्र प्रहरीको सम्मान

वृद्धवृद्धालाई सशस्त्र प्रहरीको सम्मान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २ माघ । खोटाङमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर हलेसीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । २५ औं शसस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीले माघ २ गते ३५ जना ज्येष्ठ नागरिकलाई न्यानो टोपी वितरण गर्दै सम्मान गरेको हो । चिसो मौसममा लगाउने उनीको टोपी वितरण गर्दै वृद्धवृद्धालाई सम्मान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । ज्येष्ठ नागरिकको दिक्तेलस्थित कार्यालयमा ज्येष्ठ नागरिकलाई न्यानो टोपी वितरणसँगै खाजा खुवाइएको छ । सशस्त्र प्रहरी बल नम्बर ७ हलेसी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपाने र सशस्त्र प्रहरी निरीक्षक समराज खड्काले ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए । सम्मान पाएका वृद्धवृद्धाले सशस्त्र प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै थप उन्तती प्रगतीको कामना गरेका छन् ।...
खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २ माघ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लामा निर्वाचन सम्वन्धी सम्पूर्ण गतिविधि सञ्चालनदेखि निर्वाचन गराउने प्रयोजनका लागि जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायधिस मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ । सो व्यवस्था अनुसार न्यायाधिश फणिन्द्रप्रसाद पराजुलीले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गते स्वयं जिल्ला न्यायाधिश पराजुलीले उद्घाटन गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनको अवसरमा आसन्न निर्वाचन कार्यक्रम कार्यतालिका वारे जानकारी दिइएको छ । माघ ६ गते उम्मेदवारको मनोनयपत्र दर्ता, सोही दिन मनोनयनपत्र दर्ता भएका उम्मेदवारको नामावली सूचि प्रकाशन, माघ ७ गते...
स्वर्गीय पदमध्वज राईको सम्झनामा फुटसल प्रतियोगीता हुने

स्वर्गीय पदमध्वज राईको सम्झनामा फुटसल प्रतियोगीता हुने

खेलकुद, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, २९ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सामातुङमा खुल्ला पुरुष फुटसल प्रतियोगिता गर्न लागिएको छ । समाजसेवी स्वर्गीय पदमध्वज राईको योगदानको सम्मान र सम्झनामा आगामी माघ २ गतेदेखि माघ ५ गतेसम्म खुल्ला पुरुष फुटसल प्रतियोगिताको तयारी गरिएको हो । युवा पुस्तामा खेलकुदको भावना जागृत गर्दै फुटबलप्रति आकर्षित गर्नका लागि स्वर्गीय पदमध्वजकै परिवारको प्रायोजनमा स्थानीय राइजिङ्ग स्पोर्टस क्लबले प्रतियोगीता गर्न लागेको हो । खेल सामातुङस्थित पदमध्वज राई खेलमैदानमा नकआउट सिस्टममा खेलाउने तयारी गरिएको छ । प्रतियोगीमा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ४० हजारको साथमा ट्रफी र दोश्रो हुने टिमले २० हजारको साथमा मेडल र प्रमाण–पत्र पाउने छन् । प्रत्येक खेलका मेन अफ द म्याचलाई जनही पाँच सय प्रदान गरिने आयोजकले जनाएको छ । सहभागी हुने टिमले माघ १ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने छ ...
खोटाङमा १ हजार २८२ जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी

खोटाङमा १ हजार २८२ जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २६ पुस । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा १ हजार २८२ जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचनको शान्ति सुरक्षार्थ परिचालनका लागि निर्वाचन प्रहरी भर्ना तथा नियुक्ति समितिले निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको हो । निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक व्यक्तिले पुस २५ गतेदेखि माघ १ गतेसम्ममा दरखास्त दिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले बताईन् । १८ वर्ष पुरा भइ ५४ वर्ष ननाघेका तथा साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिन सक्नेछन् । उमेर हद र आवश्यक योग्यता भएका इच्छुक नेपाली नागरिकले जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरी वलको कार्यालयमा दरखास्त दिन पाउने व्यवस्था मिलाइएको छ । दरखास्त दिनका लागि पासपोर्ट साइजको ५ प्रति फोटो तथा नागरिकताको सक्कल र फोटोकपी लिएर जानु पर्ने छ । विदाको दिन समेत...
निर्वाचन (म्यादी) प्रहरीको भर्ना खुल्यो

निर्वाचन (म्यादी) प्रहरीको भर्ना खुल्यो

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २४ पुस । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना खुलाइएको छ । आसन्न निर्वाचनका लागि सरकारले म्यादी अर्थात निर्वाचन प्रहरीको भर्ना खुलाएको हो । नेपाल प्रहरीले पुस २४ गते सूचना प्रकाशित गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ । निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक व्यक्तीले पुस २५ गतेदेखि माघ १ गतेसम्ममा सम्वन्धित जिल्ला प्रहरी कार्यालयमा पुगेर आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । सार्वजनिक विदाको दिन समेत फारम भर्न सकिने सूचनामा भनिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन् । निर्वाचन प्रहरी भर्नाको अन्तिम नतिजा माघ १२ गते प्रकाशन हुनेछ ।...
शिशु माविको पर्खाल मर्मतमा जुटे श्रमदाता

शिशु माविको पर्खाल मर्मतमा जुटे श्रमदाता

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २० पुस । खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा श्रम संस्कृति पार्टीको अगुवाईमा विद्यालयको पर्खाल मर्मत गरिएको छ । श्रम संस्कृति पार्टीले श्रमदानबाट स्थानीय शिशु माविको गेटको पर्खाल तथा भवनमुनिको भत्किएको पर्खाल पुःननिर्माण गरेको हो । श्रम संस्कृति पार्टीका ऐसेलुखर्क गाउँपालिका अध्यक्ष रजिन राईको नेतृत्व एवं जिल्ला सह–सचिव भूमिनन्द राई लगायतको उपस्थितिमा पुस १९ गते विद्यालयको पर्खाल मर्मत गरिएको हो । श्रमदानसँगै शिशु मावि र वडा कार्यालय महेश्वरीको कार्यालयमा डस्टविन राखिएको श्रम संस्कृति पार्टीका जिल्ला सदस्य प्रशान्त राईले जानकारी दिए । भेलाले महेश्वरीमा छबिश्वर राईको अध्यक्षतामा श्रम संस्कृति पार्टीको २१ सदस्यीय वडा कमिटि गठन गरेको छ । वडा कमिटिको उपाध्यक्षमा निर्मल राई, अनिता बिक, सचिवमा बिजय राई, सह–सचिवमा लिजा राई र कोषाध्यक्षमा पुष्पा राई चयन भएका छन् । सदस्यमा धनकुमार र...
नगरमा लोकसेवा आयोगको तयारी कक्षा सुरु

नगरमा लोकसेवा आयोगको तयारी कक्षा सुरु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १८ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लोकसेवा आयोगको तयारी कक्षा सुरु गरेको छ । लोकसेवा सारथी प्रालि, दिक्तेल शाखाको सहजीकणमा नगरपालिकाले खरदार र नासुको लिखित दोश्रो र तेश्रो पत्रको तयारी कक्षा सुरु गरेको हो । ६० दिन सञ्चालन हुने लोकसेवा तयारी कक्षा पुस १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका छन् । (थप समाचार  Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...