मुख्य खबर

रुस–युक्रेन युद्धमा ज्यान गुमाएका क्षितिज बस्नेतको काजकिरिया

रुस–युक्रेन युद्धमा ज्यान गुमाएका क्षितिज बस्नेतको काजकिरिया

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ११ भदौ । रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा ज्यान गुमाएका खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतको काज किरिया थालिएको छ । रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापातेलका क्षितिजको भदौ ११ गतेदेखि काज किरिया सुरु गरिएको हो । रुसी सेनामा भर्ती हुने भन्दै दुबईबाट २०८० असोज १५ गते रुस गएका क्षितिजको रुस–युक्रेन युद्धमा २०८० कात्तिक ६ गते मृत्यु भएको थियो । दुबईमा सेक्युरिटी गार्डको काम गरिरहेका क्षितिज आकर्षक तलव पाइने आशामा रुसी सेनामा भर्ती हुन रुस गएका थिए । रुसी सेनामा भर्ती भएको करिब तीन हप्तामै क्षितिजले ज्यान गुमाएको छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले बताए । क्षितिजकी श्रीमती भीमकला आचार्य र ११ वर्षका छोरा आदित बस्नेत सामाजिक परम्परा अनुसार काज किरियामा बसेका छन् । भीमकला रुस पुगेर काठमाडौं हुँदै भदौ १० गते घर आइपुगे लगत्तै काज...
भूमि सम्बन्धी विधेयकको विरोधमा उत्रियो जसपा खोटाङ

भूमि सम्बन्धी विधेयकको विरोधमा उत्रियो जसपा खोटाङ

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ९ भदौ । जनता समाजवादी पार्टी नेपाल, खोटाङ भूमि सम्बन्धी विधेयकको विरोधमा उत्रिएको छ । सरकारले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते भूमि विधेयकको प्रक्रिया अगाडि बढाएपछि जनता समाजवादी पार्टी, नेपाल बिरोधमा उत्रिएको हो । भदौ ९ गते जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै जनता समाजवादी पार्टी नेपालले भूमी विधेयक मुलुक र जनताको हितमा नभै भू–माफिया र जग्गा दलालको हितमा ल्याउन लागिएको दावी गरेको छ । भूमि सम्वन्धी विधेयकले वन जङ्गल विनाश गराउने र तराई/मधेश मरुभूमिकरण हुने जनता समाजवादी पार्टी नेपाल, खोटाङका अध्यक्ष सुनिल चाम्लिङले बताए । जनता समाजवादी पार्टी नेपालले भूमि विधेयकको बिरुद्ध भदौ ९ देखि भदौ १५ गतेसम्म देशका विभिन्न शहरहरूमा आयोजना हुने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ । वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणक...
‘माइतीघर’को शीर्ष गीतलाई ‘सरप्राइज’को रुपमा ल्याइँदै

‘माइतीघर’को शीर्ष गीतलाई ‘सरप्राइज’को रुपमा ल्याइँदै

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
काठमाडौं, ७ भदौ । प्रतीक्षित फिल्म ‘माइतीघर’को शीर्ष गीतलाई लिएर निर्माणपक्षले दर्शकमाझ ‘सरप्राइज’ ल्याउन लागेको छ । निर्माता रोहित अधिकारीका अनुसार ‘प्राणभन्दा प्यारो माईतीघर’ बोलको शीर्ष गीतलाई आउँदो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । भारतीय गायिका सञ्जिवनीको स्वरमा रि-रेकर्ड गरिएको गीतको दृश्यालाई ५० लाख बढीको लगानीमा ११ दिन लगाएर छायांकन गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पासँगै ठूलो कोरस टोलीको नृत्य देख्न पाइनेछन् । निर्माता अधिकारीका अनुसार बाग्लुङमा खिचिएका पुराना दृश्यलाई प्रयोग नगरी सम्पूर्ण भिडियो नयाँ रुपमा खिचिएको छ । आगामी असोज १३ गते रिलिज हुने फिल्म माईतीघरको प्रचारलाई थप सशक्त बनाउन यही गीत महत्वपूर्ण हतियार हुने विश्वास निर्माणपक्षले लिएको छ । निर्माणपक्षले यही गीतमा आधारित भिडियो प्रतियोगिता समेत ...
समाजवादी विद्यार्थी युनियन खोटाङको आयोजक समिति गठन

समाजवादी विद्यार्थी युनियन खोटाङको आयोजक समिति गठन

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ६ भदौ । जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन खोटाङको आयोजक समिति गठन गरिएको छ । १० औं स्थापना दिवसको अवसर पारेर भदौ ६ गते आश्रय राईको संयोजकत्वमा २१ सदस्यीय आयोजक समिति गठन गरिएको हो । दिवसकै अवसरमा जनता समाजवादी पार्टीको प्रांगणमा बस्नका लागि फलैंचा निर्माण एवं सरसफाई गरिएको समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव बिरेन्द्र दर्नालले जानकारी दिए । कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष निर्मल राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई लगायतको उपस्थिति रहेको थियो ।...
धनीको मात्र शहर !

धनीको मात्र शहर !

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
✍लोकनाथ घिमिरे काठमाडौं, ६ भदौ । शहरहरू विकास र अवसरको केन्द्रका रूपमा देखा पर्दछन। तर, साँच्चिकै ती शहरहरु सबै नागरिककालागि समान अवसर दिने स्थल बनेका छन त ? वर्तमान अवस्था हेर्दा, शहर बिस्तारै धनीकालागि मात्र रमणीय स्थल बन्दै गएको देखिन्छ । धनीकालागि शहर जीवनको सुविधा, विलासिता र रोजगारीको प्रतीक बनेको छ । उच्चस्तरीय सुविधा सम्पन्न अस्पताल, प्रतिष्ठित विद्यालय, विश्वविद्यालय, प्राविधिक र व्यावसायिक प्रशिक्षण केन्द्र, विभिन्न व्यापारिक अवसरहरू धनीको पहुँचभित्र छन् । महँगो बजार, रिसोर्ट, शपिङ मल र रमाइला बनभोजस्थलहरूले शहरी जीवनलाई सहज र सुविधा सम्पन्न बनाउँछ। शहरहरुको सडक, पार्क र अन्य सार्वजनिक स्थलहरू धनीकालागि सुन्दर र सुरक्षित अनुभव दिन्छन् । तर गरीब र मजदुर वर्गका लागि शहर त्यस्तो रमणीय स्थल होइन। दैनिक जीवनयापनकालागिउ नीहरू न्यूनतम ज्यालामा महँगो भाडा, महँगो खाना र अत्यावश्यक सेवाक...
रास्वपाको खोटाङ–काठमाडौं सम्पर्क विभागको सभापतिमा घिमिरे, पालिका संयोजक पनि तोकियो

रास्वपाको खोटाङ–काठमाडौं सम्पर्क विभागको सभापतिमा घिमिरे, पालिका संयोजक पनि तोकियो

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
काठमाडौं, १ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले खोटाङ–काठमाडौं सम्पर्क विभाग गठन गरेको छ । साउन ३१ गते काठमाडौंमा सम्पन्न भेलाबाट भरतराज घिमिरे सभापति रहेको १९ सदस्यीय सम्पर्क विभाग गठन गरेको हो । सम्पर्क विभागको उपसभापतिमा एलिसा खड्का र सचिबमा यज्ञबहादुर वन चयन भएका छन् । यसअघि रुद्र जोशीको संयोजकत्वमा बनाइएको सम्पर्क विभाग निष्क्रिय भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको पहलमा विधान अनुसार अर्को विभाग बनाइएको हो । सम्पर्क विभागको सदस्यमा पर्शुराम बिष्ट, बलराम कार्की, लोकबहादुर कटवाल, विनोद दाहाल, कृष्णबहादुर थापा, विजय थापा, फडिन्द्र खवास, तिलकबहादुर राउत, नवीन फुयाँल, सोमबहादुर गिरी, कालुराम राई, प्रेमकुमार राई, बिरेन्द्र घिमिरे, खवराज (हरि) गिरी, तिलामायाँ पुरी र नरेन्द्र खनाल छन् । यस्तै, ऐसेलुखर्क गाउँपालिकाको संयोजकमा दिपक गिरी, रावाबेसी गाउँपालिकाको संयोजकमा बलराम कार्की, दिक्ते...
हर्क साम्पाङको आमालाई ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गर्ने घोषणा

हर्क साम्पाङको आमालाई ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गर्ने घोषणा

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २९ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आमालाई ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गर्ने घोषणा गरिएको छ । खोटाङका साहित्यकार डा. पुरण राईले आफ्नो आमाको नाममा स्थापना गरेको ५० हजार राशीको ‘मौलशोभा राई आमा सम्मान–२०८२’ मेयर साम्पाङको आमा जसमायाँ राईलाई प्रदान गर्ने घोषणा गरिएको हो । साहित्य, कला, संस्कृति, अर्थ र राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई जन्म दिने आमालाई प्रदान गरिने सम्मान यस वर्ष मेयर साम्पाङ मातालाई प्रदान गर्ने निर्णय गरिएको हो । श्रम अभियान तथा सुशासनको माध्यमबाट मेयर साम्पाङले नगर र देशमा पुर्‍याएको योगदानको कदर स्वरुप उनकी आमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरिएको डा. राईले बताए । ‘मौलशोभा राई आमा सम्मान’ निर्णायक समितिले डा. राईको जन्मदिनको अवसर पारेर साम्पाङ माता जसमायाँलाई सम्मान प्रदान गर्ने घोषणा गरेको हो । खोटाङको केपिलासगढी गा...
‘माइतीघर’को प्रचार रणनीतिः ५ लाख राशीको नृत्य प्रतियोगीता घोषणा

‘माइतीघर’को प्रचार रणनीतिः ५ लाख राशीको नृत्य प्रतियोगीता घोषणा

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
इटहरी, २७ साउन । आगामी दशैंको फूलपाती अर्थात असोज १३ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’ले दर्शकलाई आकर्षित गर्नका लागि प्रचार रणनीति सार्वजनिक गरेको छ । ‘माइतीघर’को प्रचार–प्रसारका लागि आगामी भदौ दोस्रो सातादेखि फिल्मको ‘प्राण भन्दा प्यारो माईतीघर’ बोलको गीतको रि–क्रिएसन संस्करणमा आधारित नृत्य प्रतियोगिता गर्ने तयारी गरिएको छ । नृत्य प्रतियोगीताका एक जना विजेतालाई नगद ५ लाख रुपैयाँ पुरस्कार तोकिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । यो रकमलाई कुनै पनि नेपाली फिल्मको प्रचारका लागि राखिएको प्रतियोगिताको पुरस्कार राशिमध्ये अहिलेसम्मकै ठूलो दावी गरिएको छ । निर्माता अधिकारीका अनुसार समयमै सो गीत सार्वजनिक गर्ने र प्रतियोगिता सुरु हुनेछ । नृत्य प्रतियोगीतामा देशभरका जोसुकैले सहभागी हुन पाउनेछन् । प्रतियोगितामा सहभागीताका लागि सो गीतको अडियो क्लिप प...
साकेला गाउँपालिकामा गाडीको भाडादर निर्धारण

साकेला गाउँपालिकामा गाडीको भाडादर निर्धारण

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, २७ साउन । खोटाङको साकेला गाउँपालिकाले गाडीको भाडादर निर्धारण गरेको छ । साउन २६ गते गाउँपालिका र यातायात व्यवसायीबीच बसेको बैठकले साकेलाबाट छुट्ने छोटो तथा लामो दुरीमा चल्ने बस तथा जीपको भाडा तोकेको हो । गाउँपालिका अध्यक्ष रबिप्रकाश राईको अध्यक्षतामा बसेको बैठकले साकेलाबाट दिक्तेल, गाईघाट, काठमाडौं, धरान, इटहरी लगायतका स्थानमा जाने–आउने जीप तथा वसको भाडा तोकेको हो । बसमा साकेला गाउँपालिकाबाट दिक्तेलसम्मका लागि प्रतिव्यक्ती ४८०, गाईघाटका लागि १५००, इटहरी, धरान र बिराटनगरका लागि १८०० रुपैयाँ भाडा लाग्ने निर्धारण गरिएको छ । यस्तै, जीप तथा सुमोको लागि साकेला गाउँपालिकाबाट दिक्तेलका लागि जनही ६००, साकेलाबाट गाईघाटका लागि १७००, साकेलाबाट काठमाडौंका लागि २५००, साकेलाबाट धरान र इटहरीका लागि २२०० रुपैयाँ तोकिएको छ । (भिडियो समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
मृत फेला परेका दिदीभाईको चिहान प्रहरीको नियन्त्रणमा

मृत फेला परेका दिदीभाईको चिहान प्रहरीको नियन्त्रणमा

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २५ साउन । खोटाङमा मृत फेला परेका दिदीभाईको चिहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत फेला परेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका एकैघरका ११ वर्षीय मेनिषा बस्नेत र ६ वर्षका मेगराज बस्नेतको शव गाडिएको स्थानलाई प्रहरीले सुरक्षित राखेको हो । कानुनी प्रकृया पुरा नगरी शव गाडिएको भन्दै प्रहरीले चिहानलाई नियन्त्रणमा लिएको हो । साउन २२ गते बस्नेत दिदीभाई सहित ६ जना बालबालिका घरमा जानकारी नदिइ वेपत्ता भएका थिए । पौडी खेल्न साप्सुखोला पुगेको जानकारी पाइएपछि खोज्नेक्रममा राती १२ बजे दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडाडाउँको चेपाभिरबाट करिब एक हजार मिटर तल खरुवा खोलामा खसेर पानीमा डुबेर मृत्यु भएको अवस्थामा दिदीभाईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । लडेर मृत्यु भएको यकिन भएको दावी सहित शवलाई साउन २३ गते घरबाट ३ किलोमिटर दक्षिणमा पर्ने लाफेटारमा गाडिएको थियो । ...