खोटाङमा सुमो दुर्घटनामा एक भुटानीसहित तीन घाइते
खोटाङ, २० माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लाकुरीभञ्ज्याङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । माघ २० गते केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाडौं जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो दुर्घटनामा भुटानका एकसहित तीन यात्रु घाइते भएका हुन् ।
मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएको सुमो सडकको भित्तातर्फ पल्टिँदा भुटान थिम्बुका ७२ वर्षीय वृद्धा कार्दुङ, डोटीको पुर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३५ वर्षीय लोकराज जोशी र गोरखाको चुमनुब्री गाउँपालिका–८ का ५८ वर्षीय लोप्साङ लामा घाइते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि उदयपुरको जनसेवा क्लिनिक घुर्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । भुटानी नागरिक कार्दुङको टाउको र जोशीको काँधमा भित्री चोट लागेको छ । उनीहरु हलेसीमा दर्शन गरेर फर्कनेक्रममा दुर्घटनामा परेका हुन् । हा...









