श्रमदानबाट सडक मर्मत गर्दै गाउँपालिका अध्यक्ष राई
खोटाङ, १६ असार । खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रबिप्रकाश राई वर्षाका कारण बिग्रेको सडक मर्मतमा जुटेका छन् । गाउँपालिका अध्यक्ष राई वर्षाका कारण बिग्रेको साप्सुखोला–मात्तिम–मानेभन्ज्याङ–पाँचधारे सडक, बाँझेच्यानडाँडा–रतन्छा–मानेभन्ज्याङ सडक, कात्तिके–सोस्तुङ–रतन्छा लगायतका सडक मर्मतमा जुटेका हुन् । वर्षाको भलपानीको कटानका कारण ठाउँ–ठाउँमा खाल्डाखुल्डी हुँदा, पहिरो जाँदा र हिलाम्मे हुँदा यात्रुलाई आवतजावत गर्न कठिन भएपछि गाउँपालिका अध्यक्ष राई श्रमदानमार्फत सडक मर्मतमा जुटेका हुन् ।
गाउँपालिका अध्यक्ष राई गत असार १३ गतेदेखि कर्मचारी सहित मेसिन र ट्याक्टर लिएर बिहानदेखि बेलुकासम्म सडक मर्मतमा खटिइरहेका छन् । वर्षाका कारण बिग्रिएका अन्य सडकलाई पनि क्रमशः मर्मत गर्दै सुचारु गराइने गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाभित्र हुने विकासका कार्यहरु, पालिकाले सञ्चालन गरेको पूर्ण सरसफाई तथ...








