राई समुदायको परम्परागत संस्कृतिमा कानेटोपी बनावटको सुनगाभाको महत्व
✍ शुसिल चन्द्र राई
“सजावट मात्र होइन, संरक्षणको चिन्ता: (Dendrobium aphyllum) सुनगाभाको कथा”
खोटाङ, ३० बैसाख । खोटाङ जिल्लाका राई समुदायमा परम्परागत संस्कार तथा धार्मिक अनुष्ठानमा प्रयोग गरिने महत्त्वपूर्ण वनस्पतिहरूमध्ये डेन्ड्रोबियम अफाइलम (Dendrobium aphyllum) पनि एक हो । यस वनस्पति विश्वब्यापी रूपमा सबैभन्दा बढी २५,००० देखि ३५,०००० फूल फूल्ने प्रजातीमा पर्दछ । यस वनस्पतिको अंग्रेजी नाम होडेड अर्किड (Hooded orchid) पनि हो । यस वनस्पतिको अंग्रेजी नाम (Hooded orchid) लाई नेपालीमा अनुवाद गर्दा कानेटोपी बनावटको सुनगाभा भनिन्छ (Mr. Lal Prasad Ghimire, Lecturer, English)।
यो एक प्रकारको एपिफाइटिक सुनाखरी वा सुनगाभा हो, जसले रूखका हाँगामा टाँसिएर वृद्धि गर्छ । एपिफाइटिक वनस्पति भन्नाले कुनै पनि रूखका हाँगामा टाँसिएर वृद्धि गरेता पनि त्यस रूखका पोषण तत्व प्रयोग गर्दैन तर यस वनस्पतिको जिवन...









