दिक्तेल रुपाकोट मझुवागढीमा हुर्काइँदै कफीको १७ लाख बिरुवा
खोटाङ, २८ पुस । बिहानदेखि अबेर साँझसम्म खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ स्थित नेर्पामा चहलपहल हुन्छ। स्थानीय बासिन्दासँगै स्थानीय सरकारका प्रतिनिधि र कर्मचारीको आवतजावत भइराख्छ। अझ कृषि प्राविधिक पनि ओहोरदोहोर गरिराख्छन्।
यसको कारण हो, नेर्पामा हुर्किँदै गरेका १२ लाख कफीका विरुवा। नरपालिकाले स्थानीय कृषकलाई वितरण गर्न नेपालमा कफीका विरुवा हुर्काइरहेको छ। “कफी खेतीको माध्यमबाट रोजगार सिर्जना र पुँजी निर्माणका लागि बेर्ना उत्पादन शुरू गरेका छौं,” उपमेयर बिसन राई भन्छन्।
नेर्पाजस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ स्थित बुईपामा पनि कफीका विरुवा हुर्किँदै छन्। बुईपामा कफीका पाँच लाख विरुवा छन्। स्थानीय सरकारले दुवै ठाउँमा बेर्ना बनाएर कफीका १७ लाख विरुवा हुर्काइरहेको छ।
बेलायतको टेराम्रिदा कम्पनीले नगरपालिकालाई कफीका बिउ निःशुल्क उपलब्ध गराएको थियो। पाँच महीनाअघि छरेको बि...



