समाचार

सोनाम सज्जन किरातीलाई तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गर्ने घोषणा

सोनाम सज्जन किरातीलाई तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गर्ने घोषणा

ताजा अपडेट, मुख्य खबर, समाचार, साहित्य
खोटाङ, २२ बैसाख । खोटाङबाट प्रकाशन हुँदैआएको तुवाचुङ साप्ताहिकले कवि, लेखक तथा पत्रकार सोनाम सज्जन किरातीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । हलेसी तुवाचुुङ नगरपालिकालाई आधारभूमि बनाएर प्रकाशन हुँदैआएको पत्रिकाले १५ हजार १५ रुपैयाँ राशीको तुवाचुङ साप्ताहिक पुरस्कार कवि, लेखक तथा पत्रकार किरातीलाई प्रदान गर्ने निर्णय गरेको हो । तुवाचुङ साप्ताहिक प्रकाशन समितिको वैशाख १७ गते बसेको बैठकबाट कवि, लेखक तथा पत्रकार किरातीलाई तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गर्ने निर्णय गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दिपेन्द्र राईले जानकारी दिए । घोषित पुरस्कार पत्रिकाको वार्षिकोत्सव अर्थात ‘तुवाचुङ डे’को दिन आगामी साउन ४ गते प्रदान गर्ने तयारी गरिएको विज्ञाप्तीमार्फन जानकारी दिइएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा दाम्ली निवासी किरातीका संस्मरणात्मक पुस्तक ‘जनयुद्धमा वितेका पल (२०८०)’ र ...
२८ वर्षअघि छुटेको आमा खोज्दै शालिकराम

२८ वर्षअघि छुटेको आमा खोज्दै शालिकराम

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २१ बैसाख । स्याङजाको अर्जुनचौपारी गाउँपालिका–६ का शालिकराम अधिकारी २८ वर्षअघि छुटेको आमाको खोजीमा निस्किएका छन् । २०५४ सालमा मेघालय गएपछि सम्पर्कविहिन बनेका आमा धनुमायाँ अधिकारीको खोजीमा शालिकराम भौतारिरहेका छन् । मेघालय, आसाम र गुहावटीमा पुगेर सोधखोज गर्दा खोटाङ दिक्तेलतिरका बिक थरका पुरुषसँग विवाह गरेको जानकारी पाएको शालिकरामले बताए । शालिकरामले तीन वर्ष यता नियमित खोजी गर्दा पनि आफ्नो आमालाई भेट्न सकेका छैनन् । जन्मदिने आमालाई एक पटक भेट गर्नका लागि पुर्वी नेपालको विभिन्न जिल्लामा सोधीखोजी सुरु गरेको शालिकराम बताउँछन् । ‘अहिलेसम्म आमा जीवित हुनुहुन्छ वा हुनुहुन्न थाहा छैन,’ उनले भने, ‘जीवित हुनुहुन्छ भने एक पटक भेट गर्ने मन छ । हामीलाई भेटाइदिएर सहयोग गर्नु भए आभारी हुनेछौँ ।’ घरमा खानलाउन धौधौ थियो । श्रीमान एकनाथ अधिकारी रोजगारीकालाथि सिलोङ गए । तर एकनाथ ५÷६ वर्षसम्म सिलोङमै ...
ढकालेखोला भीरबाट लडेर दुई जनाको मृत्यु

ढकालेखोला भीरबाट लडेर दुई जनाको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १९ बैसाख । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । अग्लो भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको मृत्यु भएको हो । बैसाख १९ गते दिउँसो स्थानीय ढकालेखोला भीरबाट खस्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए । बमबहादुरले घाँस गोठालो जाँदा हराएको खुकुरी खोज्नेक्रममा उनीहरुको भीरबाट खसेर मृत्यु भएको हो । बैसाख १८ गते घाँस गोठालो गएकाबेला बमहादुरले खुकुरी हराएका थिए । हराएको खुकुरी खोज्नका लागि बमबहादुरले छिमेकी मनीकुमारलाई साथी लिएर ढकालेखोला भीर पुगेका थिए । खुकुरी खोज्दै जाँदा भीरमा एक जना चिप्लिएपछि एकलेअर्कालाई समाउँदा दुबै जना भीरबाट खसेको अनुमान गरिएको वडाध्यक्ष राईले बताए । दुबै जनाको शवलाई उदयपुरको बेलटार लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।...
प्रशासकीय भवन निर्माणका क्रममा मापदण्ड विपरितको इँटा प्रयोग

प्रशासकीय भवन निर्माणका क्रममा मापदण्ड विपरितको इँटा प्रयोग

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, १६ बैसाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा मापदण्ड विपरितको इँटा प्रयोग भएको पाइएको छ । नगरपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का लिएको आकाश निर्माण सेवा सिन्धुपाल्चोकले मापदण्ड विपरितको इँटा प्रयोग गरेको पाइएको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटगैरामा निर्माणाधिन भवनको पर्खालमा सम्झौता विपरितको इँटा प्रयोग भएको पाइएको मेयर बिमला राईले बताईन् । भवनको भुइँ तला र दोश्रो तलाको कोठा पार्टेशन वालमा १ नम्बरको इँटा लगाउनुपर्नेमा ‘छलछाम’ गरेर २ नम्बरको इँटा मिसाएर पाटेशन वाल बनाएको पाइएको हो । २ नम्बर इँटा प्रयोग गरेर बनाइएका ८३२ स्क्वायर फिट पार्टेशन वाल बैसाख १५ गते भत्काएर पुःन १ नम्बरको इँटा प्रयोग गरेर पर्खाल बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । (भिडियो समाचार Views Of Nepal को पेजमा हेर्न सक्नुहुनेछ ।) ...
जिल्ला अस्पताल दिक्तेलमै छैन ‘एन्टी रेबिज भ्याक्सिन’

जिल्ला अस्पताल दिक्तेलमै छैन ‘एन्टी रेबिज भ्याक्सिन’

ताजा अपडेट, प्रदेश, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १६ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७७ वर्षीय वृद्ध रामनाथ आचार्य रेबिजविरुद्धको खोप लगाउनका लागि चैत ३० गते जिल्ला अस्पताल दिक्तेल पुगे तर अस्पतालमा खोप पाएनन् । चैत २९ गते कुकरले टोकेपछि वृद्ध आचार्य लट्ठी टेक्दै ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउन अस्पताल पुगेका थिए । जिल्ला अस्पतालमै ‘एन्टी रेबिज भ्याक्सिन’ नपाएपछि आचार्य हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित नगर अस्पताल पुगेर एक डोज खोप लगाए । बाँकी दुई डोज खोप दिक्तेलकै क्लिनिकमा किनेर लगाएको आचार्य बताउँछन् । यस्तै, दिक्तेलकै ७ वर्षीय बालकले पनि जिल्ला अस्पतालमा ‘एन्टी रेबिज भ्याक्सिन’ पाएनन् । बजारका क्लिनिकबाट भ्याक्सिन किनेर लगाइएको पीडित परिवारको गुनासो छ । यी केही उदाहरण हुन् । सरकारले जिल्ला अस्पतालमा ‘एन्टी रेबिज भ्याक्सिन’को व्यवस्थापन गर्न नसक्दा जिल्लाका नागरिक मारमा परिरहेका छन् । कुकुर व...
खोटेहाङमा कक्षा १२ को परीक्षामा नौ परिक्षार्थी अनुपस्थित

खोटेहाङमा कक्षा १२ को परीक्षामा नौ परिक्षार्थी अनुपस्थित

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, १४ बैसाख । खोटाङको खोटेहाङ गाउँपालिकामा सञ्चालित कक्षा १२ को परीक्षामा नौ परिक्षार्थी अनुपस्थित भएका छन् । बैसाख १४ गतेदेखि सुरु भएको परिक्षामा ४ छात्रा र ५ छात्र अनुपस्थित भएका हुन् । भगवती दिनानाथ मावि, खोटाङबजार परीक्षा केन्द्रबाट १४६ छात्रामध्ये १४२ र ७९ छात्रमध्ये ७४ छात्र मात्रै सहभागी भएको गाउँपालिकाका विद्यालय श्रोत निरिक्षक मानबहादुर पौडेलले जानकारी दिए । कक्षा १२ को परीक्षा अन्तरगत पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ । परीक्षा मर्यादित, अनुशासित, शान्त र भयरहित वातावरणमा सञ्चालन भइरहेको गाउँपालिकाका विद्यालय श्रोत निरिक्षक पौडेलले बताए । भगवती दिनानाथ मावि केन्द्रबाट खोटेहाङ, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ६ वटा माविका परीक्षार्थीले परिक्षा दिइरहेका छन् । खोटेहाङ गाउँपालिकाको सिमपानी मावि र सावाकाली मावि, जन्तेढुंगा गाउँपालिकाको चिसापानी मावि तथा दिप्रुङ...
सशस्त्र प्रहरी बल, नम्बर ७ गुल्म हेड क्वाटर हलेसीको स्थापना दिवस मनाइयो

सशस्त्र प्रहरी बल, नम्बर ७ गुल्म हेड क्वाटर हलेसीको स्थापना दिवस मनाइयो

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १२ बैसाख । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गुल्म हेड क्वाटर हलेसी, खोटाङको १६ औं स्थापना दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको मझुवागढीमा रहेको गुल्मको बैसाख १२ गते विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाइएको हो । आफ्नो स्थापना दिवसको अवसरमा गुल्मले विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेत, साकेला गाउँपालिका–५ मात्तिमका वडाध्यक्ष जीवन खत्री, रावाबेशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश दाहाल, जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगर र पत्रकार महासंघ खोटाङका पूर्वअध्यक्ष दमन राई सम्मानित भएका छन् । उनीहरुलाई प्रमुख अतिथिका रुपमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिरजंग थापाले सम्मान–पत्र प्रदान गर...
बायो–रेडपाण्डा थार सम्मेलनः सात बुँदे दिक्तेल घोषणा–पत्र जारी

बायो–रेडपाण्डा थार सम्मेलनः सात बुँदे दिक्तेल घोषणा–पत्र जारी

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्थानीय
खोटाङ, ६ बैसाख । खोटाङको दिक्तेलमा आयोजना गरिएको बायो–रेथा (रेडपाण्डा थार) अन्तर्राष्ट्रिय सम्मेलनले जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राखेर सात बुँदे घोषणा–पत्र जारी गरेको छ । नेपाल सहित भारत, बंगलादेश, अष्ट्रेलिया, जर्मन र अमेरिकामा जैविक विविधता तथा पर्यावरणको क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सहभागीता रहेको सम्मेलनले परम्परागत अभ्यास, वैज्ञानिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवलाई एकीकृत गर्दै जैविक विविधता संरक्षणका सवालमा दिक्तेल घोषणा–पत्र जारी गरेको हो । बैसाख ३ गतेदेखि बैसाख ६ गतेसम्म सञ्चालन भएको सम्मेलनले प्रकृतिमा आधारित जीविकोपार्जन एवं रोजगारी सृजना, दिगो विकास तथा पर्यापर्यटन प्रवद्र्धन, मानव–वन्यजन्तु द्वन्द्र व्यवस्थापन, स्थानीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता सहित घोषणा–पत्र जारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले ब...
वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा आइकार गाडी

वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा आइकार गाडी

अर्थ, ताजा अपडेट, मुख्य खबर, विज्ञान प्रविधि, समाचार
खोटाङ, ५ बैसाख । खोटाङमा आयोजना गरिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा आइकार ईभी गाडी प्रदर्शनमा राखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित हिमालय माविको आयोजनामा बैसाख ३ गतेदेखि बैसाख ७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गत आइकार कम्पनीको भीटुथ्री गाडी प्रदर्शनमा राखिएको हो । सोल्मामै रहेको शुभम फाउण्डेसनको प्रांगणमा आयोजना गरिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा बिराटनगरबाट आइकार गाडी प्रदर्शनमा ल्याइएको हो । विद्युतीय सवारी (ईभी) सम्बन्धी अत्याधुनिक प्रविधि प्रदर्शन गरी स्वच्छ, स्मार्ट र दिगो यातायात बारे जनचेतना फैलाउन गाडी प्रदर्शनमा राखिएको एसपीजी अटोमोबाइल्स प्रालिको बिराटनगर शाखाका सिनियर सेल्स एम्जुकेटिभ धिरेन्द्र प्रधानले बताए । प्रदर्शनीमा ग्राहकलाई एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गतका प्रिमियम अटोमोब...
खोटाङमा अटो दुर्घटनामा आमा छोरा घाइते

खोटाङमा अटो दुर्घटनामा आमा छोरा घाइते

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ५ बैसाख । खोटाङमा अटो दुर्घटना हुँदा आमाछोरा घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको बुवालुङदेखि दिक्तेलतर्फ जाँदै गरेको प्र ०१–०२–००४ ह ९५७४ नम्बरको अटो दुर्घटना हुँदा आमा २३ वर्षीय अस्मिता बानीयाँ र ४ वर्षीय छोरा करण बानीयाँ घाइते भएका हुन् । टाउको र अनुहारमा चोट लागेका करणको अवस्था गम्भीर छ । आमा अस्मिताको पनि हात र खुट्टामा चोट लागेको छ । अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ । घाइते आमाछोरा बुवालुङ निवासी हुन् । बुवालुङै चालक चन्द्र बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...