समाचार

हलेसी मन्दीर क्षेत्रबाट चिनिया नागरिक पक्राउ

हलेसी मन्दीर क्षेत्रबाट चिनिया नागरिक पक्राउ

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १६ पुस । गैर–कानुनी रुपमा बस्दै आएका चिनिया नागरिक खोटाङको हलेसीबाट पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी मन्दीर क्षेत्रमा गैर–कानुनी रुपमा बसोबास गर्दैआएका जियायो जियायीन नाम बताउने चिनिया महिला पक्राउ परेकी हुन् । हलेसीमा गैर–कानुनी रुपमा बसोबास गर्दैआएको गोप्य सूचनाको आधारमा चिनिया महिलालाई पुस १५ गते इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक आकाश उप्रेतीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका महिलालाई अध्यगमन विभाग कालिकास्थान, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार चिनिया महिलाले सेन्झेन ग्वाङडोङ प्रदेश नन्याङ रोड जिङसुइ जिल्लाबासी भएको बताएकी छन् ।...
राप्रपाको नगर समितिको अध्यक्षमा चन्द्रकुमारी राई ‘तारा’ निर्वाचित

राप्रपाको नगर समितिको अध्यक्षमा चन्द्रकुमारी राई ‘तारा’ निर्वाचित

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १४ पुस । राप्रपाको दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको अध्यक्षमा चन्द्रकुमारी राई ‘तारा’ निर्वाचित भएका छन् । पुस १४ गते सम्पन्न तेश्रो अधिबेसनबाट ताराको अध्यक्षतामा राप्रपाको ७५ सदस्यीय नगर समिति गठन गरिएको हो । नगर समितिको उपाध्यक्षमा सौराज राई, सचिवमा राजकुमार खड्का र कोषाध्यक्षमा भरुमायाँ बिश्वकर्मा चयन भएका छन् । राप्रपाको केन्द्रीय कार्य सम्पादन सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य बिजयकला राई, जिल्ला अध्यक्ष ललितकुमार राई, युवा विभागको विभागीय सदस्य गुणराज राजभण्डारी, युवा संगठनका केन्द्रीय सह–संयोजक सर्जु श्रेष्ठ, राप्रपाका जिल्ला सचिव मिनुहाङ राई लगायतको उपस्थिति रहेको थियो ।...
सडक मर्मतमा श्रम संस्कृति पार्टी

सडक मर्मतमा श्रम संस्कृति पार्टी

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १२ पुस । श्रम संस्कृति पार्टीमा आवद्ध श्रमदाताले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा सडक मर्मत गरेका छन् । श्रम संस्कृति पार्टीमा आवद्ध श्रमदाताले साविकको सल्ले–६ निसंखेको टर्निङबाट साविकको सल्ले–९ तल्लोचिचिङ्गा जोड्ने करिब चार किलोमिटर सडकखण्ड मर्मत गरेका हुन् । तल्लो चिचिङ्गा टोल कमिटिको आग्रहमा पुस १२ गते सडक मर्मत गरिएको श्रम संस्कृति पार्टीका जिल्ला सदस्य सन्तोष श्रेष्ठले जानकारी दिए । तल्लोचिचिङ्गा टोल कमिटिका संयोजक देउराज राईको नेतृत्वमा श्रमदानबाट कच्ची सडकको नाली निर्माण गरिएको छ । वर्षाको समयमा सडकको ठाउँठाउँमा खसेको पहिरो पन्छाइएको छ । यस्तै, सडकको साँघुरो भएको ठाउँमा डिलमा पर्खाल हालिएको श्रेष्ठले बताए । श्रमदानमा श्रम संस्कृति पार्टीका जिल्ला कोषाध्यक्ष कौशिला राई, जिल्ला कमिटि सदस्य खगेन्द्र राई, नगर संयोजक महाबीर राई लगायत ५० जनाको सहभागीता रहेको थियो ।...
नेपाली कम्यूनिष्ट पार्टी खोटाङले टुंग्यायो उम्मेदवार

नेपाली कम्यूनिष्ट पार्टी खोटाङले टुंग्यायो उम्मेदवार

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १२ पुस । नेपाली कम्यूनिष्ट पार्टी खोटाङले फागुन २१ गते तोकिएको निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ । नेपाली कम्यूनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरेको हो । पुस ११ गतेको बैठकबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पुर्वसांसद टंक राई, देवान चाम्लिङ, प्रतीक कार्की, भीम राई, रामकुमार राई, शम्भु घिमिरे र हरि रोकाको नाम सिफारिस गरिएको छ । यस्तै, समानुपातिकतर्फ टंकनाथ तामाङ, तेजमायाँ राई, देवराज राई, दुर्गाजयन्ती राई, पर्शु बिक, मिलन श्रेष्ठ, रमिला गुरुङ, शुभलाल राई, समिता कार्की र हरिश्चन्द्र गिरीलाई सिफारिस गरिएको छ । पार्टी एकीकरणका क्रममा नेपाली कम्यूनिष्ट पार्टीमा भित्रिएका नेताहरु पनि उम्मेदवारका रुपमा सिफारिसमा परेका छन् ।...
बाँदरको वन्ध्याकरण खोटाङबाट सुरु हुने

बाँदरको वन्ध्याकरण खोटाङबाट सुरु हुने

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ११ पुस । नेपाल सरकारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट बाँदरको वन्ध्याकरण कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ । पुस ९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बसेको बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट बाँदरको वन्ध्याकरण गर्ने कार्यक्रमलाई ‘पाइलटिङ’को रुपमा अघि बढाउने निर्णय गरेको हो । नेपालमै पहिलोपल्ट बाँदरको वन्ध्याकरणको पाइलटिङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गर्ने निर्णय भएको मेयर तीर्थराज भट्टराईले बताए । बाँदर नियन्त्रण सम्वन्धी कार्यक्रम, कार्ययोजना र सोसँग सम्वन्धित कार्यविधि तथा एसओपी तयारी वारे छलफल गर्न मन्त्रालयले बैठक बोलाएको थियो । बाँस प्रवद्र्धन गर्नुपर्ने लगायतका माग गर्दै मेयर भट्टराई गत साउन १४ गतेदेखि साउन १८ गतेसम्म माइतीघर मण्डलामा ‘सत्याग्रह’मा बसेका थिए । सरकारसँग १६ बुँदे समझदारी भएपछि मेयर भट्टराईले आमरण अनसन ...
राप्रपा खोटाङद्धारा उम्मेदवार सिफारिस

राप्रपा खोटाङद्धारा उम्मेदवार सिफारिस

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ७ पुस । आगामी फागुन २१ गते तोकिएको निर्वाचनका लागि राप्रपा खोटाङले उम्मेदवार सिफारिस गरेको छ । राप्रपाले प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो । निर्वाचनका लागि प्रत्यक्षतर्फ गुणराज राजभण्डारी, सर्जु श्रेष्ठ र आदिवासी जनजाती महिलातर्फ कृष्णकुमारी राईलाई सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए । यस्तै, समानुपातिकतर्फ आदिवासी जनजाती महिलातर्फ बिजयकला राई, खस आर्यतर्फ शिवकुमार खत्री र दलित महिलातर्फबाट भरुमायाँ बिश्वकर्मालाई सिफारिस गरिएको छ ।...
बाईक दुर्घटनामा खोटाङमा एक जनाको मृत्यु

बाईक दुर्घटनामा खोटाङमा एक जनाको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ४ पुस । बाईक दुर्घटनामा खोटाङमा एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बाईक दुर्घटना हुँदा गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका दिनेश आचार्यले चलाएको प्र १०५००१ प १७६४ नम्बरको बाईकको पछाडि बसेका खड्कालाई गम्भीर अवस्थामा उद्धार गरेर जिल्ला अस्पतालमा पुर्‍याइएको थियो । पुस ४ गते साँझ ६ बजे बाईकसँगै सडकबाट करिब १५० मिटर तल खसेका खड्कालाई ८.३४ बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको विषयमा आचार्य आफैले प्रहरीलाई जानकारी दिएका थिए । आचार्यले मापसे सेवन गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
खोटाङमा नेपाली कम्यूनिष्ट पार्टीको एकता सन्देश सम्प्रेषण

खोटाङमा नेपाली कम्यूनिष्ट पार्टीको एकता सन्देश सम्प्रेषण

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १ पुस । केन्द्रमा भएको एकता अनुसार खोटाङमा नेपाली कम्यूनिष्ट पार्टीले ‘एकताको’ सन्देश प्रवाह गरेको छ । कात्तिक १९ गते केन्द्रमा भएको एकता अनुसार जिल्लामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको विद्रोही समुहबीच एकता भएको सन्देश प्रवाह गरेको हो । नेपाली कम्यूनिष्ट पार्टीले पुस १ गते दिक्तेलमा ‘एकता सन्देश सम्प्रेषण कार्यक्रम’ गर्दै जिल्लामा हालसम्म फरक–फरक दलमा रहेका नेता कार्यकर्ताहरु एक भएको सन्देश दिएको जनाएका छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको विद्रोही समुहका नेताहरु एउटा मञ्चमा देखिएका थिए । जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा प्रमुख अथितिको रुपमा नेता हरिबोल गजुरेल र विशेष अथितिको रुपमा कोशी प्रदेशका पुर्व मुख्यामन्त्री राजेन्द्र राईले सम्बोधन गरेका थिए । यस्तै, नेपाली कम्यूनिष्ट पार्टीका नेताहरु सनबहादुर राई, रामकुमार...
करातेमा दिक्तेल डोजो र तेक्वान्दोमा खोटाङ तेक्वान्दो डोजाङ प्रथम

करातेमा दिक्तेल डोजो र तेक्वान्दोमा खोटाङ तेक्वान्दो डोजाङ प्रथम

खेलकुद, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, १ पुस । खोटाङमा १६ औं जिल्ला स्तरिय कराते तथा चौथो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला स्तरिय कराते प्रतियोगितामा दिक्तेल डोजोले प्रथम र हलेसी कराते डोजोले दोश्रो स्थान प्राप्त गरेको छ । दिक्तेल डोजोले ८ स्वर्ण, ६ रजत र १५ कास्य सहित प्रथम स्थान प्राप्त गरेको हो । यस्तै, ३ स्वर्ण, ५ रजत र ७ कास्य सहित हलेसी कराते डोजो दोश्रो स्थान प्राप्त गरेको हो । जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा खोटाङ तेक्वान्दो डोजाङ प्रथम, बाक्सिला तेक्वान्दो डोजाङ दोश्रो र ऐसेलुखर्क तेक्वान्दो डोजाङ तेश्रो भएको छ । ८ स्वर्ण, १० रजत र १५ कास्य सहित खोटाङ तेक्वान्दो डोजाङले प्रथम, २ स्वर्ण, १ रजत र ३ कास्य सहित बाक्सिला तेक्वान्दो डोजाङले दोश्रो र २ स्वर्ण, १ रजत र २ कास्य सहित ऐसेलुखर्क तेक्वान्दो डोजाङले तेश्रो स्थान प्राप्त गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजन...
खोटाङबाट हर्क साम्पाङ सिफारिस

खोटाङबाट हर्क साम्पाङ सिफारिस

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २८ मंसिर । आउँदो निर्वाचनका लागि उम्मेदवार सिफारिसमा पुराना दलभन्दा नयाँ दल अगाडि देखिएका छन् । खोटाङमा पुरानो पार्टीहरु चुपचाप बसिरहेकोबेला नयाँ पार्टीले भने धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले खोटाङमा स्वयं हर्क साम्पाङलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । मंसिर २७ गते दिक्तेलमा आयोजित सभामा श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामाले खोटाङ र सुनसरीबाट हर्क साम्पाङलाई उम्मेदवारको रुपमा सिफारिस गर्ने घोषणा गरेका हुन् । जेनजी आन्दोलनपछि खुलेको राष्ट्रिय परिवर्तन पार्टीले पनि २५ वर्षे युवा मिरेस राईलाई उम्मेदवार सिफारिस गरिसकेको छ ।...