मुख्य खबर

याम्खाका उत्कृष्ट तीन महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

याम्खाका उत्कृष्ट तीन महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

ताजा अपडेट, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, १९ मंसिर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित स्वास्थ्यचौकीले उत्कृष्ट कार्यसम्पादन गर्ने तीन महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने महिला स्वास्थ्य स्वयंसेविका बबिना खत्री, गंगा बिष्ट र फूलकुमारी राईलाई मंसिर १९ गते सम्मान गरिएको हो । उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई २२ औं महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर सम्मान गरिएको स्वास्थ्यचौकी याम्खाका सिनियर अहेव सौजन राईले बताए । महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा स्वास्थ्यचौकी याम्खाले आमा समुहबीचमा हाजिरी जवाफ प्रतियोगीता गरेको छ । प्रतियोगीतामा प्रगतीशिल आमा समुह खामडाँडाले प्रथम, महिला एकता आमा समुह लिलीमाले दोश्रो र चाँदनी आमा समुह खमारेले तेश्रो स्थान प्राप्त गरेको छ । सायपत्री आमा समुह डाँडागाउँले शान्त्वना स्था...
बंशिलाघाटमा बेलिब्रिज राख्न सुरु

बंशिलाघाटमा बेलिब्रिज राख्न सुरु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १८ मंसिर । खोटाङको दक्षिणी क्षेत्र र उदयपुर जोड्ने सुनकोसीस्थित बंशिलाघाटमा बेलिब्रिज राख्न सुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोसीको बंशिलाघाटमा बेलिब्रिज जडान सुरु गरिएको हो । बंशिलाघाटमा पक्की पुल निर्माणको काममा चरम ढिलासुस्ती भइरहेको अवस्थामा कोशी प्रदेश अन्तरगत भौतिक पुर्वाधार विकास मन्त्रालयले अस्थायी बेलिब्रिज राख्न सुरु गरेको हो । नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठमा निकालेर राख्नेगरी बेलिब्रिज जडान सुरु गरिएको भौतिक पूवाधार विकास कार्यालय खोटाङका प्रमुख सिनियर डिभिजन इन्जिनियर बिनम दाहालले बताए । ५१.८१ मिटर लामो र ४.१ मिटर चौंडाई भएको बेलिब्रिज पुस पहिलो सातासम्ममा जडान गर्नेगरी काम थालिएको छ । गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालि, रौतहटले मुल्याअभिबृद्धि करसहित ५७ लाखमा बेलिब्...
सुमोसँगै हराएका चालक भीरमा मृत फेला, सुमो पनि क्षतिग्रस्त अवस्थामा

सुमोसँगै हराएका चालक भीरमा मृत फेला, सुमो पनि क्षतिग्रस्त अवस्थामा

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
उदयपुर, १५ मंसिर । तीन दिनदेखि सुमोसँगै हराएका चालक उदयपुरमा मृत फेला परेका छन् । काठमाडौंबाट उदयपुरको घुर्मी हुँदै कटारी जानेक्रममा मंसिर १३ गते रातीदेखि सुमोसँगै बेपत्ता भएका ललितपुर महालक्ष्मी नगरपालिका–९ का ३८/३९ वर्षका दिपेन्द्र केसी मंसिर १५ गते मृत फेला परेका हुन् । ना १ ज ५८१२ नम्बरको टाटा सुमो लिएर एक्लै हिँडेका केसी सिद्धिचरण लोकमार्ग अन्तरगत घुर्मी नजिकै पाखेमारा भन्ने ठाउँमा मृत फेला परेको ट्राफिक प्रहरी पोष्ट घुर्मीले जनाएको छ । काठमाडौंबाट घुर्मी पुगेर सिद्धिचरण लोकमार्ग हुँदै कटारीतर्फ जानेक्रममा केसी दुर्घटनामा परेका हुन् । सडकबाट करिब पाँच सय मिटर तल खसेको सुमो क्षतीग्रस्त अवस्थामा भेटिएको छ । केसीको शव पनि क्षतबिक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । नजिकै कुनै बस्ती नभएको ठाउँबाट राती १२ बजेको समयमा सुमो भीरउँदो खसेको अनुमान गरिएको छ ।...
सुन्तलाको ‘मायाँ’ले बसायो गाउँ

सुन्तलाको ‘मायाँ’ले बसायो गाउँ

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, १३ मंसिर । खोटाङमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप)ले दिक्तेल–खोटाङबजार सडक निर्माण गरिरहेको थियो । घुर्‍यानको सुन्तला बगानलाई छोएर सडक बन्न थालेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका किसान रामबहादुर कुँवरलाई ‘अव सुन्तलामा भविष्य छ’ भन्ने लाग्यो । गाउँतेर्सो सडक बन्दैगर्दा उनी बाजे पदमबहादुर र बुवा तिलकबहादुर कुवरले रोपेका सुन्तलाका बोटलाई जगाउन लागे । नमूना कृषि तथा पशुपन्छी फर्म दर्ता गरे र बगानमा सुन्तलाको नयाँ बिरुवा ल्याएर थप्न थाले । करिब ६० रोपनी जग्गामा सुन्तलाको बोट संख्या आठ सय पुर्‍याए । हाँगै नुगिनेगरी लटरम्म सुन्तला फल्न थाले । बसाई सरेर जाने सोच पनि त्यही सुन्तलाले बदली दिएको कुवर बताउँछन् । ११ वर्ष लगाएर २०६९ असारमा दिक्तेल–खोटाङबजार सडकको ट्र्याक खुल्यो । सडकले छोएको बगान पनि सुन्तलाले भरियो । पसिना र लगानी खेर गएन । अहिले त्यही सडकबाट सुन्तला लिन ग्राहक घरमा ...
दूधकोसी जलबिद्युत आयोजनाका लागि ऋणको टुंगो लगाउन एडिबीलाई आग्रह

दूधकोसी जलबिद्युत आयोजनाका लागि ऋणको टुंगो लगाउन एडिबीलाई आग्रह

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, १० मंसिर । सरकारले ६७० मेगावाटको दूधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापनको टुंगो लगाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सारिएको दूधकोसी आयोजनाका लागि वित्तीय व्यवस्थापनको टुंगो लगाउन एडिबीलाई आग्रह गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आयोजनाको वित्तीय व्यवस्थापन टुंगो लगाउन एडिबीलाई आग्रह गरेका हुन् । एडिबीको दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग भएको भेटमा मन्त्री घिसिङले वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेकाले यसलाई तत्काल टुंगो लगाइनुपर्ने बताएका छन् ।...
सालपा विकास बैंकले पायो आईपीओ खुलाउने अनुमति

सालपा विकास बैंकले पायो आईपीओ खुलाउने अनुमति

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, ९ मंसिर । खोटाङमा सञ्चालित सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित २०६९ सालमा स्थापना गरिएको सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट मंसिर ८ गते अनुमति प्राप्त भएको सालपा बिकास बैंकका अध्यक्ष टंक राईले बताए । नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजत प्राप्त बैंकले आगामी दुई महिनाभित्र बाँडफाँड गरिसक्नेगरी आईपीओ खुलाउने तयारी गरेको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि बैंकले गत वैशाख २३ गते बोर्डमा निवेदन दर्ता गरेको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको बैंकल...
एकैदिन पाँच ठाउँमा श्रम संस्कृति पार्टीको श्रमदान

एकैदिन पाँच ठाउँमा श्रम संस्कृति पार्टीको श्रमदान

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ७ मंसिर । श्रम संस्कृति पार्टीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा सडक मर्मत गरेको छ । श्रम संस्कृति पार्टीको हलेसी तुवाचुङ नगर कमिटिले सल्लेमा श्रमदानबाट करिब पाँच किलोमिटर सडक मर्मत गरेको हो । करिब ४० जना श्रमदाताको सहभागीतामा सल्लेदेखि महादेवबेँसीसम्मको सडक मर्मत गरिएको श्रम संस्कृति पार्टीको हलेसी तुवाचुङ नगर कमिटि सदस्य सन्तोष श्रेष्ठले बताए । वर्षाको समयमा सो सडकको विभिन्न ठाउँमा ढिस्को खसेर थुप्रिएको थियो । सामान्य मर्मत गरेर बाईक मात्रै हिँडाउने गरिएको सडकमा चार पाङ्ग्रे गाडी हिड्न मिल्नेगरी मर्मत गरिएको श्रम संस्कृति पार्टीले जनाएको छ । श्रमदानमा जिल्ला कमिटि सदस्य कौशिला राई, रमेश पौडेल, नगर कमिटि संयोजक महाबीर राई लगायतको सहभागीता रहेको थियो । श्रमदातालाई आवत–जावत गर्नका लागि दयन्द्र राईले गाडी उपलव्ध गराएको सदस्य श्रेष्ठले जानकारी दिए । यस्तै, श्रम संस्कृति पार...
हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, स्थानीय
खोटाङ, ६ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटगैरामा निर्माण गर्न लागिएको प्रशासकीय भवन मंसिर ६ गते मेयर बिमला राईले शिलान्यास गरेकी छन् । हाल नगरपालिका सञ्चालन हुँदै आएकै ठाउँमा ५ करोड ८७ लाख १८ हजार १३० रुपैयाँको लागतमा सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । आकाश निर्माण सेवा सिन्धुपाल्चोकले १८ महिनामा सम्पन्न गर्नेगरी प्रशासकीय भवन निर्माणको ठेक्का लिएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए । (थप समाचार Views Of Nepal को पेजमा हेर्न सक्नुहुनेछ ।) ...
समान शिक्षा, रोजगारीको बाटो

समान शिक्षा, रोजगारीको बाटो

ताजा अपडेट, मुख्य खबर, साहित्य
✍ अर्जुन फुयल  खोटाङ, ५ मंसिर । नेपालको युवा सबै बेरोजगार युवा, उदास आँखाले बाटो हिँड्छन्, काम खोज्दै, सपना खोज्दै, तर देशको जवाफ भने “अवसर छैन।” धनीको बच्चा चम्किलो बोर्डिङमा, गरिबको बच्चा सरकारी स्कुलमा। तर एउटै शिक्षा छैन, सपना आधा बाटोमै हराउँछ। नेपालको घाटा यही हो। शिक्षा निःशुल्क हुनुपर्छ, पढ्न बाधा नहोस् कसैलाई। तर मात्र पढाइ पर्याप्त छैन रोजगारमुलक शिक्षा होस्, सपना साकार पार्ने उपाय होस्। जब युवा काम र ज्ञान दुवै पाउँछन्, देश अघि बढ्छ। तर जब अवसर छिमेकीको ढोकामा मात्र छ, भित्रै रोकिएर बस्छ। समान शिक्षा, रोजगारीको बाटो यही हो नेपाली युवाको अधिकार, यही बाटोले मात्र नेपाल उज्ज्वल भविष्य देख्नेछ।...
‘साकेला खोटाङ मेरो गाउँ’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

‘साकेला खोटाङ मेरो गाउँ’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, संगीत
खोटाङ, २ मंसिर । संगीतकर्मी रोशन अधिकारीको ‘साकेला खोटाङ मेरो गाउँ’ बोलको गीत सार्वजनिक भएको छ । खोटाङको साँस्कृतिक, भौगोलिक तथा सामाजिक पहिचान समेटिएको गीतको भिडियो ‘रोशन भाई’ यु–टुबमार्फत सार्वजनिक गरिएको हो । खोटाङको इतिहास, प्रकृति, जातीय विविधता तथा सामुदायिक एकतालाई जीवन्त रूपमा प्रस्तुत गरिएको गीतमा भ्वईस अफ नेपाल सिजन सेभेनका प्रतिष्पर्धी सागर संसार राई र स्वयं रोशन अधिकारीको स्वर रहेको छ । अधिकारीकै शव्द र संगीत रहेको गीतको संगीत संयोजन तथा मिक्सिङ–मास्टरिङ सागर संसार राईले गरेका हुन् । गीतको रेकर्डिङ मिस्टर डिजे मेवाहाङ राई र गीतको सम्पूर्ण काम माहोल स्टुडियोमा गरिएको हो । गीतमा खोटाङको भौगोलीक सौन्दर्य, स्थानीय जीवनशैली र सामुदायिक मौलिकतालाई केन्द्रमा राख्दै जन्मभूमिप्रतिको गहिरो प्रेमभाव व्यक्त गरिएको छ । गीतको भिडियोमा खोटाङकै टेम्के, सेल्मे, साप्सु, तावा खोला, दिप्रुङ झरन...