मुख्य खबर

लोवर मुन्दुम ट्रेलको एक्स्प्लोरेसन सम्पन्न

लोवर मुन्दुम ट्रेलको एक्स्प्लोरेसन सम्पन्न

ताजा अपडेट, पर्यटन, मुख्य खबर, समाचार
खोटाङ, १० कात्तिक । पुर्वको चर्चित ग्रेटर मुन्दुम ट्रेल अन्तरगत लोवर मुन्दुम ट्रेलको एक्स्प्लोरेसन गरिएको छ । सप्तकोसीदेखि सगरमाथा जोड्ने ग्रेटर मुन्दुम ट्रेलको तीन वटा खण्डमध्ये लोवर मुन्दुम ट्रेलको एक्स्प्लोरेसन गरिएको हो । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको नेतृत्वमा गत असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म लगाएर लोवर मुन्दुम ट्रेलको एक्स्प्लोरेसन गरिएको हो । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राई, कार्यसमिति सदस्य बीरबहादुर राई, साल्पा पोखरी विकास समितिका अध्यक्ष बीरबहादुर राई, युटुबर करिना राई र पत्रकार पवन राईको टोलीले लोवर मुन्दुम ट्रेलको एक्स्प्लोरेसन गरेका हुन् । - (विस्तृत समाचार  Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
तीन पुस्ते सम्पत्ती विवरण बुझाउन वर्तमान मेयरदेखि पुर्वमेयरलाई पत्राचार

तीन पुस्ते सम्पत्ती विवरण बुझाउन वर्तमान मेयरदेखि पुर्वमेयरलाई पत्राचार

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, स्थानीय
खोटाङ, ३१ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पुर्व तथा वर्तमान कार्यपालिका सदस्यलाई तीन पुस्ते सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको छ । राज्यकोषबाट सेवासुविधा लिइरहेका राजनीतिकर्मी तथा जनप्रतिनिधिले आफूलाई पारदर्शी बनाउन नसक्दा नैतिक प्रश्न उठिरहेको भन्दै नगरपालिकाले वर्तमान तथा पुर्व कार्यपालिका सदस्यसहित ५५ जनालाई सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको हो । १५ वडा रहेको नगरपालिकाका २५ जना वर्तमान कार्यपालिका सदस्य र २५ जना पुर्व कार्यपालिका सदस्यलाई सम्पत्ती विवरण बुझाउनका लागि असोज २९ गते पत्राचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण खवासले बताए । नगरपालिकाले मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, पुर्वमेयर दिपनारायण रिजाल, पुर्वउपमेयर बिणादेबी राई लगायतलाई आगामी कात्तिक १५ गतेभित्र सम्पति विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । वर्तमान तथा पुर्व जनप्रतिनिधिसँगै ...
मध्यपहाडी सडकमा ट्याक्टरले जीप तान्नुपर्ने वाध्यता

मध्यपहाडी सडकमा ट्याक्टरले जीप तान्नुपर्ने वाध्यता

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २६ असोज । असोज १३ गते दिक्तेलबाट यात्रु लिएर धरान जाँदै गरेको प्र १–०२–००१ ज ४६४८ नम्बरको जीपलाई सेखुवा–चखेवाभञ्ज्याङ सडक पार गर्न हम्मे पर्‍यो । वर्षाको पानीले हिलाम्मे बनेको सडक पार गर्न जिपलाई कठिन भएको थियो । पटक–पटक फोर ह्वील लगाउँदा पनि जीपले हिलाम्मे सडक पार गर्न सकेन । यात्रुलाई ओर्‍हालेर रित्तो बनाउँदा पनि जीप ‘घ्याच्च–घ्याच्च’ मात्र भयो । अन्ततः ट्याक्टरले तानेर जीपलाई हिलाम्मे सडक पार गराइयो । त्यहीदिन ना १ ज ५३२१ नम्बरको सुमोलाई पनि ट्याक्टरले तानेर हिलाम्मे खण्ड पार गराइएको थियो । सेखुवा–चखेवा सडक पुष्पलाल मध्यपहाडी लोकमार्गको एक खण्ड हो जुन खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा पर्छ । १० किलोमिटर सेखुवा–चखेवा सडक अन्तरगत बाँझेच्यानडाँडाको बादुङ खण्डमा जीप घण्टौं अड्किनु, यात्रु अलपत्र पर्नु सामान्य जस्तै बनेको छ । सुमो बाटैमा अल्झिएपछि यात्रुको बिचल्नी हुने ग...
साकेलाका ५८२ लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण

साकेलाका ५८२ लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ९ असोज । खोटाङको साकेला गाउँपालिकाले दशैंतिहारको छेको पारेर एक करोडभन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वापत जेष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका ५८२ लाभग्राहीहरुलाई एक करोड एक लाख ६३ हजार रुपैयाँ वितरण गरेको हो । ५ वडा रहेको गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको जनाएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका १७८ जनालाई ३८ लाख २१ हजार, साकेला गाउँपालिका–२ रतन्छाका १२३ जनालाई १८ लाख ५८ हजार, साकेला गाउँपालिका–३ खिदिमाका ८८ जनालाई १३ लाख ३७ हजार वितरण गरिएको छ । यस्तै, साकेला गाउँपालिका–४ मात्तिमका ७९ जनालाई १२ लाख ५९ हजार र साकेला गाउँपालिका–५ मात्तिमविर्ताका ११४ जना लाभग्राहीलाई १८ लाख ८८ हजार वितरण गरिएको गाउँपालिकाको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले बताए । गाउँपालिकाल...
‘माइतीघर’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट

‘माइतीघर’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
काठमाडौं, ९ असोज । असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो फिल्मको असोज ८ गते बेलुकी सेन्सर भएको हो । अब, यो फिल्मलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । दशैंको फूलपातिको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मले व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । सेन्सर बोर्डमा फिल्म हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारहरुको बिषयमा कुराकानी समेत भएको थियो । सेन्सरका अधिकांश कर्मचारीहरुले लामो समयपछि एउटा उत्कृष्ट पारिवारिक फिल्म हेर्न पाएको बताएका थिए । फिल्म कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीहरुले तारिफ गरेको निर्माणपक्षले बताएको छ । फिल्मका निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने बताउँदै आएका छन् । यो फिल्मको बुकिङ समेत खुलिसकेको छ । यो फिल्मले देशभरका हलमा सय बढी शोज ...
दुधकोसी दोश्रोका लागि जुट्यो लगानी

दुधकोसी दोश्रोका लागि जुट्यो लगानी

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, ५ असोज । ७० मेगावाट क्षमताको दुधकोसी दोश्रो अर्धजलासय जलबिद्युत आयोजनाका लागि लगानी जुटेको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको देउसा र जुबुको सिमामा बाँध तथा खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीको देम्लीटारमा पावरहाउस रहने दुधकोसी दोश्रोका लागि लगानी जुटाइएको हो । आयोजनाका लागि लक्ष्मी सनराइज बैंकको अगुवाईमा एभरेष्ट बैंक र सानीमा बैंकले साढे १० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजयविक्रम शाह र विकासकर्ता दूधकोशी हाइड्रोपावर नेपाल प्रालिका अध्यक्ष कदम केसीले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ऋण लगानी जुटेकाले अब आयोजनाको काम अघि बढ्ने कम्पनीका अध्यक्ष केसीले बताए । सो विद्युत उत्पादनको लागि विद्युत विकास विभागबाट २०७७ असोजमा इजाजतपत्र (लाइसेन्स) लिइएको थियो । आयोजनाको कुल अनुमानित लागत १५ अर्ब रुपैयाँ रहेको छ । त्यस...
नेपालीको कस्तो यो कहर ?

नेपालीको कस्तो यो कहर ?

ताजा अपडेट, मुख्य खबर, साहित्य
पर्शुराम धिमाल (खोटाङे) इटहरी-१८ सुनसरी, ५ असोज । देशै छोडी जानुपर्ने, नेपालीको कस्तो यो कहर ? रोजगार खोज्न हिँडेका हामी युवाको हेर लहर । देश टाट पल्टिसक्यो, सबले यसै भन्दैछन् रे बुढै गोरु जोतिइरहे खै देश हाक्ने युवा बहर । सन्धी गरे सम्झौता गरे, ईतिहास साँक्षी छँदै छ नि बेचिसके मेची, कोशी, काली अनि चन्द्र नहर । बिकास, निर्माण, वास्ता, खोजी कसलाई छ यहाँ ? देशको चिन्ता छैन कोहीलाई, सुतेका छन् चारै प्रहर । बेला भयो आराम गर्ने, ए हजुरबा नेताहरु एकजुट भै देश बिकास गर्ने युवाहरुको रहर । हाल: पोल्यान्ड...
अन्नपूर्ण माविको ५८ औं बार्षिकोत्सव मनाइयो

अन्नपूर्ण माविको ५८ औं बार्षिकोत्सव मनाइयो

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ३ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित अन्नपूर्ण माविको ५८ औं बार्षिकोत्सव मनाइएको छ । विभिन्न खेदकुद, वक्तृत्वकला र नृत्य प्रतियोगीता गर्दै अन्नपूर्ण माविको बार्षिकोत्सव मनाइएको हो । भदौ २४ गते समापन गर्नेगरि भदौ २२ गते उद्घाटन गरिएको बार्षिकोत्सव जेनजीको अन्दोलनका कारण असोज २ गते समापन गरिएको प्रधानाध्यपक पेशल राईले बताए । वार्षिकोत्सव अन्तरगत आयोजना गरिएको महिला भलिबल प्रतियोगीतामा बुवासुङ टोल प्रथम, अन्नपूर्ण टोल समुह दोश्रो र अन्नपूर्ण मावि तेश्रो भएका छन् । यस्तै, पुरुष भलिबलमा रमाइलो लामीडाँडा टोल समुह प्रथम, अन्नपूर्ण टोल समुह दोश्रो र अन्नपूर्ण मावि तेश्रो भएको विद्यालयले जनाएको छ । अन्तर मावि स्तरिय बक्तृत्वकला प्रतियोगीतामा सरस्वती मावि दिक्तेलका बिपासा खनाल प्रथम, शितला मावि खाल्लेका प्रनिशाहाङ्मा राई दोश्रो तथा अन्नपूर्ण माविका निक...
गजल

गजल

ताजा अपडेट, मुख्य खबर, साहित्य
पर्शुराम धिमाल पोल्याण्ड, २९ भदौ । उकालीमा हात समाइ, सँगैसँगै जाउँला प्रिय मानेभञ्ज्याङ चौतारिमै मिठो मायाँ लाउला प्रिय । तारेभिर देबिस्थान शिरमा साची राखी जुनिभर सँगै बाँच्ने बाचा कसम खाउँला प्रिय । हाम्रो मायाँ सफल हुँदै टेम्के सेल्मे चुमोस सफल जोडि भनुन् सबले वाहवाही पाउला प्रिय । असल मार्ग रोज्नुपर्छ खराबलाई त्यागी उदाहरणिय जोडि भै समाज हसाउँला प्रिय । मात्तिम एउटा उर्बर भूमी भुल्ने छैन कहिल्यै पुर्खाकै भुमिमा प्रेमको जग बसाउँला प्रिय । (जन्मभुमीको सेरेफेरोमा लेखिएको गजल) ...
जनताको नेतृत्व

जनताको नेतृत्व

ताजा अपडेट, मुख्य खबर, साहित्य
अर्जुन फुयल खोटाङ, २८ भदौ । हाम्रो जीवन हाम्रो तरिकाले चल्छ, हाम्रो पसिना, हाम्रो आँशु, हाम्रो सपना । गोलि खाएर ढलेका कसै राजा-महाराजाका सन्तान थिएनन्, उनीहरू त आम सर्वसाधारणका छोराछोरी थिए । किन चाहियो राजा ? रक्त र वंशको भरमा देश चलाउने अधिकार कसरी हुन्छ ? राजाले कहिल्यै बोकेका छैनन् इटा र ढुङ्गा, कहिल्यै झारेका छैनन् पसिनाका थोपा खेतमा । धरहरा उठाएको हात किसानको हो, भोकलाई लडाएको साहस मजदुरको हो । देश चलाउने अधिकार त्यो मान्छेले पाउँछ जो जनताको पीडा बुझ्छ, जनताको भोक र दुखसँग बाँच्छ, जनताको लागि, जनताको बीचमा, जनताको हितमा लड्छ ।...