मुख्य खबर

बराहपोखरीः ६७ वटा योजना सम्झौता, ४१ वटा सम्पन्न

बराहपोखरीः ६७ वटा योजना सम्झौता, ४१ वटा सम्पन्न

ताजा अपडेट, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, २५ बैसाख । खोटाङको बराहपोखरी गाउँपालिकामा ६७ वटा योजना सम्झौता गरिएकोमा ४१ वटा योजना सम्पन्न भएको छ । बैसाख २५ गते सार्वजनिक सुनुवाई गर्दै बराहपोखरी गाउँपालिकाले सम्झौता गरिएकोमध्ये २६ वटा योजना सम्पन्न हुन बाँकी रहेको जानकारी दिएको छ । गाउँपालिकाका लेखा अधिकृत छत्रबहादुर बानियाँका अनुसार आर्थिक २०८१/०८२ मा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १८ वटा योजना सम्झौता गरिएकोमा ८ वटा योजना सम्पन्न भइसकेको छ । यस्तै, बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा १० वटा योजना सम्झौता गरिएकोमा ८ वटा सम्पन्न, बराहपोखरी गाउँपालिका–३ साउनेचौंरमा ११ वटा योजना सम्झौता गरिएकोमा ७ वटा योजना सम्पन्न भएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा १२ योजना सम्झौता भएकोमा ८ वटा, बराहपोखरी गाउँपालिका–५ पौवासेरामा ८ योजना सम्झौता गरिएकोमा ४ वटा र बराहपोखरी गाउँपालिका–६ मौवाबोटेमा ८ योजना सम्झौता गरिएकोमा ६ योजना सम्पन्...
करेन्ट लाग्दा कांग्रेस वडा सभापतिको मृत्यु, कांग्रेसद्धारा दुःख व्यक्त

करेन्ट लाग्दा कांग्रेस वडा सभापतिको मृत्यु, कांग्रेसद्धारा दुःख व्यक्त

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २४ बैसाख । करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका ४१ वर्षीय विकास राईको मृत्यु भएको हो । बैसाख २३ गते माक्पास्थित ट्रान्सफर्मरबाट करेन्ट लाग्दा राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका सेवा करारका कर्मचारी रामकाजी वनको आग्रहमा विद्युत चेक गर्न ट्रान्सफर्मरमा पुग्दा राईको करेन्ट लागेर मृत्यु भएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए । विद्युत चालु भए/नभएको चेक गर्नका लागि गएका विकासले घण्टौं फोन नउठाए पनि वनले पुःन इन्द्रबिनोद निरौलालाई फोन गरेर ट्रान्सफर्मरमा गएर हेर्न आग्रह गरेका थिए । ट्रान्सफर्मर रहेको ठाउँमा निरौला पुगेपछि मात्रै राईलाई करेन्ट लागेको थाहा भएको हो । मृतक नेपाली कांग्रेसका माक्पा सभापति हुन् । ट्रान्सफर्मरमा विद्युत सुचारु भए/नभएको चेक गर्नेक्रममा राईला...
‘माइतीघर’को सेटबाट माग्ने बुढाको ‘मुखिया’ लुक्स बाहिरियो

‘माइतीघर’को सेटबाट माग्ने बुढाको ‘मुखिया’ लुक्स बाहिरियो

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
इटहरी, २३ बैसाख । बहुप्रतिक्षित फिल्म ‘माइतीघर’को धमाधम छायांकन भइरहेका बेला सेटबाट अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’को एक विशेष लुक्स सार्वजनिक भएको छ । सार्वजनिक तस्विरमा घिमिरे खाटमा बसेर मोबाइल चलाइरहेको देखिएका छन् । उनको हाउभाउ र पहिरनले गर्दा धेरैले यो लुक्स गाउँको मुखियाको हुनसक्ने अड्कल काट्न सक्छन्, यद्यपि निर्माण पक्षले भने यस विषयमा केही खुलाएको छैन । मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्म तामाङ समुदायको संस्कृति र जीवनशैलीलाई नजिकबाट पस्किने जनाइएको छ । ‘माइतीघर’ लाई दशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमले गरिसकेको छ । हाल म्याग्दीको रमणीय ताकम गाउँमा फिल्मको छायांकन चलिरहेको छ । निर्माण टिमका अनुसार, ताकम गाउँमा करिब २० दिन र त्यसपछि दरबाङको तातोपानी क्षेत्रमा थप २० दिन छायांकन गरिनेछ । रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस ...
शिक्षामा गहिरिँदो वर्गीय विभाजन

शिक्षामा गहिरिँदो वर्गीय विभाजन

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
✍ खेमराज आचार्य खोटाङ, २१ बैसाख । नेपालको संविधान २०७२ को धारा ३१ मा प्रत्येक नागरिकलाई शिक्षा सम्बन्धी मौलिक अधिकार सुनिश्चित गरिएको छ । सो धारा अनुसार सबै नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य रुपमा प्राप्त गर्न पाउने तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने संवैधानिक व्यवस्था छ । तर व्यवहारमा उक्त अधिकार सबै नागरिकले समान रूपमा प्राप्त गर्न सकिरहेका छैनन् । शिक्षाको पहुँच र गुणस्तरमा वर्गीय विभाजन दिनानुदिन गहिरिँदो देखिन्छ । आजको नेपालमा सम्पन्न वर्गका बालबालिकाले महँगो शुल्क तिरेर निजी विद्यालयमा गुणस्तरीय शिक्षा ग्रहण गरिरहेका छन्, भने आर्थिक रूपले कमजोर वर्गका बालबालिकाहरू सीमित स्रोतसाधन भएका सामुदायिक विद्यालयमा अध्ययन गर्न बाध्य छन् । यो प्रवृत्तिले संविधानले निर्दिष्ट गरेको समान र सर्वसुलभ शिक्षाको अधिकारमाथि प्रश्न उठाएको छ । शिक्षा तथा मानव स्रो...
‘जहाँ फूल उहीँ भमरा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

‘जहाँ फूल उहीँ भमरा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, संगीत
काठमाडौं, २१ बैसाख । ‘जहाँ फूल उहीँ भमरा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक केशव भाबुक र अस्मीता अधिकारीको स्वर रहेको गीतको म्यूजिक भिडियो सनराईन म्यूजिकको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो । शुभ मरहट्ठाको शव्द र तोरेम्पा हाङको संगीत रहेको गीतको म्युजिक अरेञ्जर राजु अधिकारी छन् । राजकुमार घिमिरेको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा मिस पवी, विकसित शर्मा, सुरेश देवल, प्रविना खड्का लगायतको अभिनय रहेको छ । खोटाङका गायक भाबुकको गत कात्तिकमा ‘यो जुनि यस्तै भो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको थियो । सन् २०१७ देखि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका भावुकले दर्जनौं आधुनिक, फिल्मी र दोहोरी गीत गाइसकेका छन् । उनका ‘भन को थियो, म मजदुर मायाँको, ए मायाँ, दुख्छ मुटु, फूल फुल्यो, तिम्रो मायाँले, हिन्दी गीत मेरे इस दिलपे’ लगायत दर्शक/श्रोताले रुचाएको गीत हुन...
गभर्नर नियुक्ति ढिलाई किन र केका लागि !

गभर्नर नियुक्ति ढिलाई किन र केका लागि !

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
✍ लोकनाथ घिमिरे काठमाडौं, १७ बैसाख । राष्ट्र बैंक ऐन २०५८ मा बहालवाला गभर्नरको कार्यकाल एक महिना बाँकी छँदै नयाँ गभर्नर नियुत्ति गर्नुपर्ने प्रावधान छ । राष्ट्र बैंक ऐनको दफा २५ अनुसार नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा एक महिना अगावै नयाँ गभर्नर नियुक्त गरेर त्यसको सार्वजनिक सूचना समेत प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सरकारले गठन गरेको सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेसँगै सिफारिस गरिएकामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर पदमानियुक्तगर्न सक्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ । कानुनी संरचनालाई लत्याउदै सरकारले औपचारिकताकालागि मात्रै गर्भनर सिफारिस समिति बनाउनुले सरकार कति निरंकुश बन्न खोजेको भनेर उजगार गर्दछ तर, गठबन्धन सरकार यो ऐन पालनागर्न गम्भीर देखिएको छैन् । यसबाट सरकार अर्थतन्त्र र वित्तीय क्षेत्रप्रति गम्भीर र समवेदनसिल छैन् ...
सामुहिक खेतीमा माओवादी केन्द्रको वडा कमिटि

सामुहिक खेतीमा माओवादी केन्द्रको वडा कमिटि

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १६ बैसाख । हरेक पार्टी तथा तिनका नेताहरु जनतालाई उत्पादनसँग जोड्न असफल छन् । उनीहरु उत्पादनका पाठ पढाउँछन् तर सिन्को भाँच्दैनन् । ‘कुराजस्तै काम’ नगर्दा नेताहरुले जनताको बिश्वसनीयता गुमाइरहेका छन् । यही परिवेसका बिच खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा भने नेकपा माओवादी केन्द्रको वडा कमिटिले सामुहिक खेतीको अभ्यास थालेका छन् । ‘कृषकसँग माओवादी’ कार्यक्रम तया गरेर माओवादी केन्द्रको वडा कमिटिले खुर्साली र सुन्तलाको बेर्ना उत्पादन गरेका छन् । साविकको बाक्सिला–६ डाँडागाउँमा खुर्सानी र साविकको बाक्सिला–५ गैरीगाउँ (वाखा)मा सुन्तलाको बेर्ना उत्पादन गरिएको नेकपा माओवादी केन्द्र वडा कमिटि अध्यक्ष कोशीकुमार राईले बताए । (थप समाचार  Views Of Nepal को पेजमा उपलव्ध छ ।)...
वाइसिएल नगर कमिटि अध्यक्षमा लेखबहादुर रम्तेल

वाइसिएल नगर कमिटि अध्यक्षमा लेखबहादुर रम्तेल

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १२ बैसाख । वाइसिएल दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि अध्यक्षमा लेखबहादुर रम्तेल चयन भएका छन् । दिक्तेलमा बैसाख १२ गते सम्पन्न वाइसिएलको दोश्रो नगर सम्मेलनबाट रम्तेल सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । नगर कमिटिको उपाध्यक्षमा ज्ञानेन्द्र बिक र सावित्रा बास्तोला, सचिवमा सुरेन्द्र राई, सह–सचिवमा विवेक राई, बिन्द्र किराती र गणेश रोका तथा कोषाध्यक्ष रोजिना कार्की चयन भएका छन् । नगर सम्मेलन वाइसिएलका केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीले उद्घाटन गरेका थिए । सम्मेलनले रम्तेलको अध्यक्षतामा वाइसिएलको २८ सदस्यीय नगर कमिटि गठन गरेको छ । सम्मेलन अघि वाइसिएलले दिक्तेलबजारमा जुलुस निकालेको थियो ।...
यो सरकार, के सरकार !

यो सरकार, के सरकार !

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
लोकनाथ घिमिरे काठमाडौं, १२ बैसाख । सरकार गठन हुने र भत्किने, फेरि बन्ने प्रकृया राजनीतिक परिघटना नै हो । यही क्रममा २०८१ साल असार १७ गते संविधान संशोधनको मूल उद्देश्यसहित भन्दै नेपाली जनताको जनादेश प्राप्त दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरे । गठबन्धनको फलस्वरुप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अति शक्तिशाली सरकार गठन भयो । संविधानमा रहेका यावत कमिकमजोरीको पहिचान गरीसंविधान संशोधनको मूल एजेन्डासहित यो सरकार बने पनि झण्डै दश महिनाको समय बितिसक्दा पनि संविधान संशोधनका लागि ‘स’ समेत उच्चारण हुन सकेन । संशोधनको लागि कार्यदल पनि बन्न सकेको छैन । आम नागरिकहरू शिशिर वसन्तको कथा जस्तो त्यही संविधान संशोधनको प्रतीक्षामा रहेका छन् । व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको, सरकार तथा राजनीतिक दलहरूले नागरिकलाई सुशासन दिन नसकेको, आर्थिक तथा नीतिगत अनि...
अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई सम्मान

अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई सम्मान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १० बैसाख । खोटाङको खोटेहाङ गाउँपालिकामा अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई सम्मान गरिएको छ । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका सुदेश राई र रिता खड्का, शम्भुजित कट्वाल र अम्बिका राई, बिजय सार्की र मुना श्रेष्ठ तथा बिनोद राई र ममता तामाङ दम्पत्तीलाई सम्मान गरिएको हो । फरक–फरक समुदायका भए पनि विवाह गरेर घरजम बसाएका जोडीलाई बैसाख १० गते सम्मान गरिएको हो । – (भिडियो सहितको समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...