अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित
खोटाङ, २५ फागुन । नेकपा माओवादी केन्द्रले अमेरिका बस्ने वडाध्यक्षलाई जिम्मेवारीबाट निलम्बन गरेको छ । माओवादी केन्द्रले खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई अनिश्चितकालका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको हो ।
विगत एक वर्षदेखि पार्टी र सम्वन्धित निकायलाई जानकारी नदिइ अमेरिका बसेको तथा पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दा बेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्रको प्रदेश कमिटिले कटवाललाई निलम्बन गरेको हो । उनलाई कारबाहीका लागि साकेला गाउँपालिका कमिटिले गत पुस ११ गते सिफारिस गरेको नेकपा माओवादी केन्द्र, खोटाङका अध्यक्ष दिपक पाण्डे (आकाश)ले जानकारी दिए । माओवादी केन्द्रको प्रदेश कमिटि अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) र सचिव गणेश उप्रेती (शुशील)ले हस्ताक्षर गरेको निलम्बन–पत्रमा अमेरिका बस्ने वडाध्यक्षका कारण पार्टीले आलोचना खेप्नु परेको उल...









