मुख्य खबर

‘के हामी साँच्चै जनताको नोकर भयौं त ?’: धिरेन

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २९ पुस । नेकपा माओवादी केन्द्र खोटाङका इन्चार्ज ध्रुब बुढाथोकी (धिरेन)ले गलत काम गर्ने आफ्नै पार्टीका नेताविरुद्ध पत्रकारले लेख्न सक्नुपर्ने धारणा राखेका छन् । प्रेस सेन्टर नेपाल खोटाङको पाँचौं जिल्ला अधिबेसन उद्घाटन गर्दै इन्चार्ज बुढाथोकीले पत्रकारलाई ‘राइट टु रिभोलुसन’को विधि प्रयोग गर्न पत्रकारको ध्यानाकर्षण गराएका छन् । ‘राइट टु रिभोलुसनको विधि सबैले प्रयोग गरौं । मैले गलत काम गरेको छु भने प्रेस सेन्टरका साथीहरुले लेख्न सक्नुपर्छ, बोल्न सक्नुपर्छ र जनतालाई मेरो विरुद्धमा सु–सज्जित ढंगले संघर्ष गर्ने वातावरण बनाउनुपर्छ,’ बुढाथोकीले भने, ‘त्यसो भयो भने जनताले चासो र उत्साहका साथ अध्ययन गर्छ र चेतना पनि त्यही ढंगले सुसज्नित गर्छ ।’ बैकल्पिक केन्द्रीय सदस्य समेत रहेका बुढाथोकीले अर्को प्रशंगमा वर्तमान राजनीति व्यवसाय बन्दै गएको टिप्पणी गरे । ‘राजनीति व्यवसाय बन्दैगएको छ । खास राज...

वडा कार्यालयको छाप पसलमा लगाएपछि …

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
सोलुखुम्बु, २८ पुस । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बका सिडिओमाथि सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको आरोप लागेको छ । स–साना गल्ती औंल्याएर प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले हैरान पारेको सेवाग्राहीको गुनासो छ । सेवा लिन पुगेकाहरुलाई झिनामसिना कुरामा जिल्ला प्रशासनबाट फर्काइदिने गरेको सेवाग्राहीहरु बताउँछन् । तर, प्रशासनिक प्रक्रियामा कुनै पनि विधि र कागजात झिनामसिनो नहुने सिडिओ कार्यालयको दाबी छ । टाढा–टाढाबाट प्रशासन कार्यालय पुगेका सेवाग्राहीले छुटपुट कागजात ह्वाट्सएप, इमेललगायत सामाजिक सञ्जालको माध्यमबाट मगाउँदा पनि नमानेपछि स्थानीयले उक्त आरोप लगाएका हुन् । काठमाडौंबाट नागरिकता बनाउन सोलुखुम्बु पुगेका एक परिवारको एउटा सदस्यलाई सेवा दिएपछि अन्यलाई त्यसै फर्काइदिएका छन् । सोताङ गाउँपालिका–५ का मनोजकुमार राई श्रीमती सोममाया र छोरा सक्षमलाई लिएर नागरिकता बनाउन प्रशासन पुगे । ...
दिक्तेल रुपाकोट मझुवागढीमा हुर्काइँदै कफीको १७ लाख बिरुवा

दिक्तेल रुपाकोट मझुवागढीमा हुर्काइँदै कफीको १७ लाख बिरुवा

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, २८ पुस । बिहानदेखि अबेर साँझसम्म खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ स्थित नेर्पामा चहलपहल हुन्छ। स्थानीय बासिन्दासँगै स्थानीय सरकारका प्रतिनिधि र कर्मचारीको आवतजावत भइराख्छ। अझ कृषि प्राविधिक पनि ओहोरदोहोर गरिराख्छन्। यसको कारण हो, नेर्पामा हुर्किँदै गरेका १२ लाख कफीका विरुवा। नरपालिकाले स्थानीय कृषकलाई वितरण गर्न नेपालमा कफीका विरुवा हुर्काइरहेको छ। “कफी खेतीको माध्यमबाट रोजगार सिर्जना र पुँजी निर्माणका लागि बेर्ना उत्पादन शुरू गरेका छौं,” उपमेयर बिसन राई भन्छन्। नेर्पाजस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ स्थित बुईपामा पनि कफीका विरुवा हुर्किँदै छन्। बुईपामा कफीका पाँच लाख विरुवा छन्। स्थानीय सरकारले दुवै ठाउँमा बेर्ना बनाएर कफीका १७ लाख विरुवा हुर्काइरहेको छ। बेलायतको टेराम्रिदा कम्पनीले नगरपालिकालाई कफीका बिउ निःशुल्क उपलब्ध गराएको थियो। पाँच महीनाअघि छरेको बि...

वैज्ञानिक समाजवादीमा आहुतीकै निरन्तरता

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
काठमाडौं, २६ पुस । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको महासचिवमा आहुतीले निरन्तरता पाएका छन् । काठमाडौंमा पुष १९ गतेदेखि २१ गतेसम्म चलेको प्रथम राष्ट्रिय सम्मेलनले आहुतीलाई महासचिवमा निरन्तरता दिएको हो । आहुती दुई वर्षअघि सम्पन्न राष्ट्रिय भेलाबाट महासचिव चयन भएका थिए । अव दुई वर्षपछि हुने महाधिबेसनबाट भने आहुती वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवबाट अनिवार्य बाहिरिने छन् । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको चार वर्षमा एउटा महाधिबेसन गर्ने व्यवस्था छ । वैज्ञानिक समाजवादीले राष्ट्रिय भेला वा सम्मेलनले पनि नेतृत्व परिवर्तन गर्न सक्छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीमा ‘एक महाधिबेसन काल’ बाहेक नेतृत्वमा बस्ने व्यवस्था नभएको केन्द्रीय सदस्य राजकुमार हिङमाङले जानकारी दिए । राष्ट्रिय सम्मेलनले आहुतीको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । प्रवक्तामा म...

खोटाङबाट काठमाडौं जाँदै गरेको टाटा सुमो तोडफोड गर्ने ११ जना पक्राउ

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २६ पुस । खोटाङबाट काठमाडौं जाँदै गरेको टाटा सुमोलाई तोडफोड गर्ने ११ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । पुस २४ गते भोजपुरबाट यात्रु लिएर दिक्तेल हुँदै काठमाडौं जाँदै गरेको तुवाचुङ मारातिका यातायात प्रालिको ना १ ज ६१७२ नम्बरको टाटा सुमोलाई काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा तोडफोड गर्ने युवालाई प्रहरीले पक्राउ गरेको हो । टाटा सुमो तोडफोड गरेर फरार रहेका काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० का राजेश परियार, इन्द्रावती गाउँपालिका–११ का सुनिल माझी, नरेन्द्र माझी, पाँचखाल नगरपालिका–८ का विजय तामाङ, महाभारत गाउँपालिका–३ का छोइकु दोङ, घ्याङेख गाउँपालिका–४ का प्रेम श्रेष्ठ, तेमाल गाउँपालिका–७ का तेन्जिङ तामाङ, दाङ घोराही उपमहानगरपालिका–११ घर भइ हाल बनेपा नगरपालिका–८ बस्ने टेकबहादुर पुन, तेमाल गाउँपालिका–७ का भिसान तामाङ, बेथानचोक गाउँपा...

भूकम्पका कारण सोलुखुम्बुमा ७ घरमा क्षति

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २३ पुस । चिनमा गएको शक्तिशाली भूकम्पको धक्काका कारण सोलुखुम्बुमा ७ घरमा क्षति पुगेको छ । पुस २३ गते बिहान ६.५० बजे तिब्बतको डिङ्गी काउन्टी नजिक गएको ६.९ रेक्टरको भूकम्पको धक्काले माप्य दुधकोसी गाउँपालिका–१ जुभिङका पञ्चबहादुर कामी, निङ्गानुरु शेर्पा, थुलुङ दुधकोसी गाउँपालिका–७ देउसाका हर्कबहादुर खत्री र खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङका आङङिमा शेर्पाको घरमा क्षति पुगेको हो । यस्तै, सोताङ गाउँपालिका–३ का चेतन बस्नेत, जनक बस्नेत र लिखुपिके गाउँपालिका–४ का कमलकिशोर कार्कीको घरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा प्रहरी नायव उपरीक्षक द्धारिकाप्रसाद घिमिरेले बताए । भूकम्पले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेत्याङस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको मातहतमा रहेको थामे पोष्टको कार्यालय भवन पनि चर्किएको छ । यस्तै, थुलुङ दुधकोसी गाउँपालिका–४ लाफ्लास्थित सुर्यदय आधा...
खोटाङमा छैन भूकम्पको असरः प्रहरी

खोटाङमा छैन भूकम्पको असरः प्रहरी

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २३ पुस । चिनमा गएको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ । नेपालमा पुस २३ गते बिहान ६.५० बजे भूकम्पको धक्का महसुस गरिएको हो । चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार तिव्वतको डिङ्गी काउन्टी नजिक ६.९ रेक्टरको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ रेक्टरको भूकम्प गएको उल्लेख गरेको छ । भूकम्पका कारण नेपालमा भएको क्षतीको विवरण आउन बाँकी छ । खोटाङमा भने हालसम्म भूकम्पीय क्षती भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले क्षती भए तत्काल नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन आग्रह गरेको छ ।...

दिप्रुङः निजामती कर्मचारी संगठनको अध्यक्षमा गेलाल, स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा प्रधान

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, स्थानीय
खोटाङ, २० पुस । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेपाल निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी महासंघ नेपालको नेतृत्व चयन गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी महासंघको पुस २० गते सम्पन्न प्रथम पालिका अधिबेसनबाट नयाँ कार्य समिति बनाइएको हो । अधिबेसनबाट मुकेस गेलालको अध्यक्षतामा ११ सदस्यीय नेपाल निजामती कर्मचारी संगठनको पालिका समिति चयन गरिएको छ । कर्मचारी संगठनको पालिका उपाध्यक्षमा एल्बी मगर, सचिवमा यमनलाल श्रेष्ठ, सह–सचिव भुपराज कटुवाल र कोषाध्यक्षमा मिना तामाङ चयन भएका छन् । यस्तै, सौरव राई, प्रतिभा राई, हरिहर दाहाल, शान्ता बिक, जीवन घिमिरे र मणिराज मगर सदस्य चुनिएका छन् । अधिबेसनले शुवास राईको संयोजकत्वमा दिनेश बस्नेत र युवराज भट्टराई सदस्य रहेको तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पालिका अध्यक्षमा सुरेश प्...

खोटाङमा बल्ल ब्युँझियो कांग्रेस–एमाले संयन्त्र

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १९ पुस । केन्द्र र प्रदेशमा कांग्रेस र एमालेको सत्ता सहकार्य भएको लामो समयपछि खोटाङमा दुई दलीय संयन्त्र क्रियासिल बनेको छ । केन्द्रमा कांग्रेस र एमालेको सत्ता सहकार्य भएको झण्डै छ महिनापछि जिल्लामा कांग्रेस र एमालेको दुई दलीय संयन्त्रको बैठक बसेको छ । पुस १८ गते पुष्पलाल स्मृति भवनमा बसेको बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको दुई दलीय संयन्त्रका अध्यक्ष एबं नेकपा एमाले खोटाङका ईन्चार्ज बिशाल भट्टराईले जानकारी दिए । दुई दलीय संयन्त्रको बैठकले जिल्लाको समसामयीक राजनिती र अन्य विषयमा समिक्षा गर्दै जिल्लाका स्थानीय तहमा कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई समन्वय गरेर काम गर्न निर्देशन दिने, स्थानीय तहहरुसँग समन्वय गर्दै त्यहाँ भएका कामहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ । यस्तै, जिल्लाका विविध समस्या र विकास निर्माणका सवालमा केन्द्र र प्रदेशमा डेलीगेसन जान परे अन्य पक्...
विद्यार्थीसँग विव्यास अध्यक्ष र प्रअको पिटी

विद्यार्थीसँग विव्यास अध्यक्ष र प्रअको पिटी

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, १८ पुस । तस्बीर पुस १७ गते शुभम फाउण्डेसनको प्रांगणमा देखिएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको आधारभुत तह र मावि तहका विव्यास अध्यक्ष तथा प्रधानाध्यपकहरुको एक दिवसीय कार्यशालाको सन्दर्भमा यसरी संयुक्त रुपमा पिटी खेलाइएको हो । नगरभित्रका मावि र आधारभुत तहका विव्यास अध्यक्ष र प्रधानाध्यपकले विद्यार्थीसँगै उभिएर पिटी खेलेका छन् । उमेरले सात दशक पुगिसकेका विव्यास अध्यक्षले समेत विद्यार्थीसँग लय मिलाएर पिटी खेलेको दृश्या कम रोचक थिएन । विद्यालय व्यवस्थापन सुधार, शैक्षिक गतिविधि सुधार एवं शैक्षिक उन्नयनमा अभिभावकको सहभागीता अभिवृद्धिका लागि नगरपालिकाले पुस १६ गते प्रावि तह तथा पुस १७ गते आधारभु र मावि तहका विव्यास अध्यक्ष र प्रअका लागि कार्यशाला गरेको हो । कार्यशालामा प्रवेश गर्नुअघि विव्यास अध्यक्ष र प्रधानाध्यपकलाई विद्यार्थीसँगै उभ्याएर पिटी खेलाइएको हो ...