मुख्य खबर

पत्रकार महासंघको भवन बनाउने बजेट विनियोजन गर्छुः मन्त्री भूपेन्द्र राई

पत्रकार महासंघको भवन बनाउने बजेट विनियोजन गर्छुः मन्त्री भूपेन्द्र राई

ताजा अपडेट, प्रदेश, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ३० मंसिर । भौतिक पुर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले नेपाल पत्रकार महासंघ शाखा खोटाङको भवन निर्माणका लागि बजेट विनियोजन गरिदिने प्रतिवद्धता जनाएका छन् । पत्रकार महासंघको नवनिर्वाचित समितिलाई मंसिर ३० गते बधाई तथा शुभकामना दिँदै मन्त्री राईले सकभर चालु आर्थिक वर्षभित्र नभए आगामी आर्थिक वर्ष पत्रकार महासंघको भवन निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिदिने प्रतिवद्धता जनाएका हुन् । बधाई तथा शुभकामना प्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखाका नवनिर्वाचित अध्यक्ष हरिबोल आचार्यले भवन निर्माणका लागि बजेट व्यवस्थाको माग गर्दै मन्त्री राईलाई ज्ञापन–पत्र बुझाएका थिए । ज्ञापन–पत्र बुझेपछि मनत्री राईले सकभर यही वर्ष बहुवर्षेमा पार्न कोसिस गर्ने नभए आगामी वर्ष भवन पूर्ण हुनेगरी बजेट व्यवस्थापन गरिदिने प्रतिवद्धता जनाएका हुन् । अन्य जिल्लामा पत्रकार महासंघले आफ्नै भवनमा कार...
नेपाल पत्रकार महासंघ शाखा खोटाङको अध्यक्षमा आचार्य निर्विरोध

नेपाल पत्रकार महासंघ शाखा खोटाङको अध्यक्षमा आचार्य निर्विरोध

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, समाज
खोटाङ, २९ मंसिर । नेपाल पत्रकार महासंघ शाखा खोटाङको अध्यक्षमा हरिबोल आचार्य निर्विरोध निर्वाचित भएका छन् । महासंघको सातौं जिल्ला अधिबेसन तथा ११ औं साधारणसभा अन्तरगतको चुनावी प्रकृयाबाट आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको अन्य पदका उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत वरिष्ठ पत्रकार कृष्ण आचार्यले बताए । महासंघको उपाध्यक्षमा चिसाङ शेर्पा, महिला उपाध्यक्षमा सविना अछामे, सचिवमा राजकुमार भट्टराई, सह–सचिवमा मनोज आचार्य, समावेसी सह–सचिवमा राजन ठटाल र कोषाध्यक्षमा उजुर राई निर्विरोध भएका छन् । सदस्यमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेल निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद सदस्यमा दिलीप खत्री, प्रदेश परिषद सदस्यमा केदार मगर, उत्तम चौंलागाई र लोकमणी रिजाल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता ओमप्रकाश घिमिरेले बताए । हालस...
जलवायु परिवर्तन सम्वन्धी सप्ताहव्यापी कार्यक्रम समापन

जलवायु परिवर्तन सम्वन्धी सप्ताहव्यापी कार्यक्रम समापन

ताजा अपडेट, मुख्य खबर, विज्ञान प्रविधि, शिक्षा
खोटाङ, १८ मंसिर । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले जलवायु परिवर्तन सम्वन्धी सप्ताहव्यापी कार्यक्रम गरेको छ । क्याम्पसको हेल्थकेयर एण्ड नेचर सेलको आयोजनामा मंसिर ९ गतेदेखि मंसिर १८ गतेसम्म विभिन्न कार्यक्रम गर्दै जलवायु परिवर्तन सम्वन्धी सप्ताहव्यापी कार्यक्रम गरिएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत मंसिर ९ गतेदेखि ११ गतेसम्म जलवायु परिवर्तन सम्वन्धी प्रशिक्षण, मंसिर १२ र १३ गते क्याम्पस परिषर सरसफाई तथा बृक्षारोपण गरिएको हेल्थकेयर एण्ड नेचर सेलका संयोजक सहायक प्राध्यपक लिलाबहादुर खत्रीले बताए । मंसिर १७ र १८ गते दिक्तेलबजार सरसफाईपछि जलवायु परिवर्तन सम्वन्धी सामुहिक प्रतिवद्धता–पत्रमा हस्ताक्षर गर्दै सप्ताहव्यापी कार्यक्रम समापन गरिएको छ । जलवायु परिवर्तन सम्वन्धी प्रशिक्षण कार्यक्रममा सहजीकरण गरेका सहायक प्राध्यपक लक्ष्मीकुमार राई र सुवाशचन्द्र राईलाई कार्यक्रम समापनको अवसरमा प्रशंस...
प्रभावन्यूज डटकमको प्रवन्ध निर्देशकमा आचार्य

प्रभावन्यूज डटकमको प्रवन्ध निर्देशकमा आचार्य

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, समाचार, सुचना प्रबिधी
खोटाङ, १८ मंसिर । खोटाङबाट सञ्चालित प्रभावन्युज डटकमको प्रवन्ध निर्देशकमा विराज आचार्यलाई नियुक्त गरिएको छ । प्रभावन्यूज नेटवर्कद्वारा संचालित प्रभावन्यूज डटकमको प्रवन्ध निर्देशकमा आचार्यलाई नियुक्त गरिएको हो । दिक्तेलबजारको भवनगैरास्थित प्रभावन्यूजको कार्यालयमा मंसिर १८ गते एक कार्यक्रमकोबीच आचार्यलाई प्रवन्ध निर्देशकको जिम्मेवार प्रदान गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी तथा सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्यमार्फत नवनियुक्त आचार्यलाई पुष्पगुच्छा दिएर जिम्मेवारी प्रदान गरिएको छ । नवनियुक्त आचार्यलाई नेटवर्कका अध्यक्ष उत्तम चौलागाईं, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, अन्नपूर्ण पोस्ट दैनिकका सम्वाददाता रत्न आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्वर–१ का वडासदस्य बलराम आचार्य, निर्माण व्यवसायीद्वय प्रकाश थापा, फडिन्द्र आचार्य लगायतले नवनियुक्त आचार्यल...
साह्रै बेखुश छैनन् नेपाली

साह्रै बेखुश छैनन् नेपाली

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाज
काठमाडौं, १७ मंसिर । निराश भएर युवा विदेश पलायन भइरहेका छन् भन्ने कथन छ, तर हालैको एक सार्वजनिक मत सर्वेक्षणले झन्डै आधा नेपाली गत निर्वाचनयता देशको दिशातर्फ अझै सकारात्मक रहेको देखाएकाे छ। देशको स्थिति पछिल्ला दुई वर्षमा बिग्रियो, सुधारियो वा उस्तै रह्यो भन्ने प्रश्नमा देशव्यापी सर्वेक्षणका ४५.४ प्रतिशत उत्तरदाताले सन्तुष्टि व्यक्त गरेका छन्। जसमध्ये १३.९ प्रतिशत उत्तरदाताले ‘उल्लेख्य रूपमा सकारात्मक’ र ३१.५ प्रतिशतले ‘केही हदसम्म सकारात्मक’ भएको बताएका छन्। अधिकांश उत्तरदाता (३४.६ प्रतिशत)ले पछिल्ला दुई वर्षमा देशको स्थितिमा कुनै परिवर्तन नभएको महसूस गरेका छन्। “यदि हामी ‘कुनै परिवर्तन छैन’ भन्नेहरूलाई असन्तुष्ट मान्छौं र त्यसमा देशको दिशाप्रति नकारात्मक दृष्टिकोण राख्नेहरूलाई जोड्छौं भने ५५ प्रतिशत मानिस असन्तुष्ट छन्,” मत सर्वेक्षण गरेको शेयरकास्ट इनिसिएटिभ नेपालका अध्यक्ष मधु आचार्य...
नेर्पा स्पोर्टस क्लवको अध्यक्षमा पुःन शरद राई

नेर्पा स्पोर्टस क्लवको अध्यक्षमा पुःन शरद राई

खेलकुद, ताजा अपडेट, मुख्य खबर
खोटाङ, १५ मंसिर । खोटाङको नेर्पा स्पोर्टस क्लवको अध्यक्षमा शरद राई दोहोरिएका छन् । मंसिर १५ गते सम्पन्न क्लवको दोश्रो साधारणसभा तथा अधिबेसनबाट शरद दोश्रो कार्यकालका लागि पुःन अध्यक्षमा दोहोरिएका हुन् । १५ सदस्यीय क्लवको उपाध्यक्षमा बिशाल राई र गौतम राई, महासचिवमा बिरेन गुरुङ, सचिवमा रनजङ राई र कोषाध्यक्षमा सावित्रा बास्तोला दाहाल चयन भएका छन् । क्लवको प्रवक्ता डिजेन गुरुङलाई चयन गरिएको छ । सदस्यमा कबिराज रिजाल, गणेश रोक्का, युवराज राई (मुना), सुनिल पराजुली, रमेश रिजाल, प्रेमकुमार राई, प्रभुराम राई र सिर्जना गुरुङ चयन भएका छन् । एक सदस्य अध्यक्षले मनोनयन गर्ने क्लवले जनाएको छ । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष रमेश राई (महेश)को प्रमुख आतिथ्यतामा क्लवको साधारणसभा तथा अधिबेसन सम्पन्न भएको हो । दिक्तेल रुपाकोेट मझुवागढी नगरपालिका–६ नेर्पाका युवाले २०७६ सालमा स्थापना गरेको क्लवले ग्रामिण क...
दिक्तेलमा फागुन १५, १६ र १७ गते बाँस सम्मेलनको तयारी

दिक्तेलमा फागुन १५, १६ र १७ गते बाँस सम्मेलनको तयारी

अर्थ, ताजा अपडेट, मुख्य खबर, विज्ञान प्रविधि, स्थानीय
खोटाङ, १५ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाले प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी गरेको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित आगामी फागुन १५, १६ र १७ गते दिक्तेलमा बाँस सम्मेलन गर्न लागिएको हो । नगरपालिका, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोसी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन, ललितपुरको संयुक्त आयोजनामा बाँस सम्मेलन गर्न लागिएको मंसिर १४ गते आयोजित पत्रकार सम्मेलनमा मेयर तीर्थराज भट्टराईले जानकारी दिए । हालसम्म खेर गइरहेको बाँसबाट विभिन्न उपयोगी सामग्री तयार पारेर बजारीकरण गर्दै आम्दानीको श्रोतको रुपमा विकास गर्नका लागि प्रोत्साहित गर्न नगरपालिकाले बाँस सम्मेलन गर्ने निर्णय गरेको हो । बाँसबाट उपयोगी सामग्री तयार पार्ने उद्योग सञ्चालन गरेर स्थानीयलाई स्वरोजगार र समृद्ध बनाउने लक्ष्यमा टेवा पुर्‍याउने प...

मिर्गौलाको उपचारका लागि कोपिलालाई १२ लाख संकलन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ६ मंसिर । मिर्गौलाको उपचार गर्न अस्पताल भर्ना भएका बिरामीलाई १२ लाखभन्दा बढी सहयोग जुटाइएको छ । दुबै मिर्गौला फेल भएपछि टिचिङ अस्पताल भर्ना गरिएका भोजपुरको पौवादुङ्मा गाउँपालिका–२ तिवारीभञ्ज्याङका कोपिला श्रेष्ठको सहयोगार्थ १२ लाख १३ हजार ५३९ रुपैयाँ संकलन भएको हो । कोपिलाको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण हाल कतारमा रहेका अभियान्ता दिलीप श्रेष्ठले ‘कोपिला श्रेष्ठ बचाउ अभियान’ सञ्चालन गरेर उपचार खर्च जुटाइदिएका हुन् । गत कात्तिक २ गतेदेखि मंसिर ४ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा स्वदेश तथा विदेशमा रहेका ४ हजार ३७९ जना दाताबाट सहयोग जुटाइएको अभियान्ता श्रेष्ठले जानकारी दिए । संकलन भएको सहयोग रकम कोपिलाको श्रीमान महेन्द्रबहादुर श्रेष्ठको प्रभु बैंकमा खोलिएको खातामा जम्मा गरिएको छ । कोपिलाको दुबै मिर्गौलामा विगत दुई वर्षअघिदेखि समस्या सुरु भएको हो । समस्या बल्झिदै गएपछि ...

पालिका अस्पताललाई प्रदेश सरकारले दियो एम्बूलेन्स

ताजा अपडेट, प्रदेश, मुख्य खबर
बिराटनगर, २ मंसिर । कोसी प्रदेश सरकारले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मधुमल्ला पालिका अस्पताललाई एम्बूलेन्स हस्तान्तरण गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश १–०४–००१–झ–००५४ नम्बरको समुह “ख” को एम्बूलेन्स पालिका अस्पताललाई प्रदान गरेको हो । प्रदेश सरकारको भौतिक पुर्वाधार विकास, स्वास्थ्य मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता भुपेन्द्र राईले मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईलाई एम्बूलेन्स हस्तान्तरण गरेका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. राधिका थपलिया, प्रशासन महाशाखा प्रमुख प्रकाशप्रसाद पोखरेल लगायतको उपस्थितिमा पालिका अस्पताललाई मंसिर २ गते एम्बूलेन्स हस्तान्तरण गरिएको हो ।...

साहित्यकार दीपा राई पुनकी आमालाई ‘मौलशोभा राई आमा सम्मान’

ताजा अपडेट, मुख्य खबर, साहित्य
काठमाडौं, १ मंसिर । साहित्यकार दीपा राई पुनकी आमा विमला राई साम्पाङलाई ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गरिएको छ । खोटाङका साहित्यकार डा. पुरण राईले आफ्नो आमाको नाममा स्थापना गरेको ५० हजार राशीको ‘मौलशोभा राई आमा सम्मान–२०८१’बाट साहित्यकार दीपा राई पुनकी आमा विमला राई साम्पाङलाई सम्मान गरिएको हो । अनलाईन अभिलेखको आयोजनामा कात्तिक २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि वैरागी काँईला (तिलविक्रम नेम्बाङ) र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले विमला राई साम्पाङलाई दोसल्ला ओढाएर नगद र ताम्रपत्र सहित सम्मान प्रदान गरेका हुन् । साहित्यकार दीपा राई पुनको जन्मदिनको अवसर पारेर आमा बिमलालाई ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गरिएको हो । नेपाली साहित्यमा दीपा राई पुनले पुर्‍याएको योगदानको कदर स्वरूप उनकी आमालाई सो ...