मुख्य खबर

श्रीमाबि बाँसबोटेको ६४ औं वार्षिकोत्सव चार दिन मनाइयो

ताजा अपडेट, मुख्य खबर, शिक्षा
खोटाङ, २९ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेको ६४ औं वार्षिकोत्सव मनाइएको छ । भलिबल, लोक नृत्य प्रतियोगीता, छात्रवृत्ति वितरण, विद्यार्थीको आँखा जाँच, रक्त समुह पहिचान, उत्कृष्ट शिक्षकलाई पुरस्कृत लगायतका कार्यक्रम गर्दै कात्तिक २६ गतेदेखि कात्तिक २९ गतेसम्म विद्यालयको वार्षिकोत्सव मनाइएको हो । नगरपालिकाको अन्तर माबि स्तरिय भलिबल प्रतियोगीतामा सरस्वती माबि दिक्तेल प्रथम, दिक्तेल बहुमुखी क्याम्पस दोश्रो र सरस्वती माबि पाथेकाले तेश्रो स्थान प्राप्त गरेको छ । भलिबलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पाएका छन् । यस्तै, नगर स्तरिय लोक नृत्य प्रतियोगीतामा ज्योती माबि जालपा प्रथम, सरस्वती माबि पाथेका दोश्रो र चम्पावती माबि बुईपा तेश्रो भएको छ । लोक नृत्य प्रतियो...

केशव भाबुकको ‘यो जुनि यस्तै भो’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, संगीत
काठमाडौं, २५ कात्तिक । गायक केशव भाबुकको ‘यो जुनि यस्तै भो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । खोटाङका गायक भाबुकको स्वर, बबी सुव्वा लिम्बुको शव्द र हरी लम्सालको संगीत रहेको म्यूजिक भिडियो ट्वेल्भ नोट्स् नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘यो जुनि यस्तै भो’मा १७ वर्षअघिको चलचित्र दर्पणछायाँ चलचित्रका जोडी निरुता सिं र उत्तम प्र्रधानलाई प्रमुख भूमिकामा उभ्याइएको छ । म्यूजिक भिडियोमा यशोदा रुचाल, आलोक अर्याल लगायतको पनि अभिनय देख्न सकिन्छ । मिराज अर्यालको निर्देशनमा बनेको म्यूजिक भिडियोमा एरेन्ज उदयराज पौडेल, रेकर्डिष्ट राजाबाबु चौधरी, मिक्सिङ/मास्टरिङ चन्द्र चौधरी रहेका छन् । म्यूजिक भिडियोमा अभिनेत्री सिंह र अभिनेता प्रधानको जोडीलाई दर्शकले रुचाएको भावुकले बताए । सन् २०१७ देखि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका भावुकले दर्जनौं आधुनिक, फिल्मी र दोहोरी गीत गा...

एमाले खोटाङको तीन दिने भेला तथा प्रशिक्षण सम्पन्न

ताजा अपडेट, मुख्य खबर, राजनीति
खोटाङ, २४ कात्तिक । नेकपा एमाले खोटाङको तीन दिने भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । एमालेले कात्तिक २२ गते जनसंगठन समन्वय संयन्त्रको भेला तथा प्रशिक्षण, कात्तिक २३ गते सचिवालय बैठक र कात्तिक २४ गते एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कात्तिक २२ गतेको जनसंगठन समन्वय संयन्त्रको भेला तथा प्रशिक्षण एमाले स्थायी कमिटि सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा गरिएको एमाले खोटाङका प्रचार–प्रसार बिभाग प्रमुख खेमराज राईले जानकारी दिए । जनसंगठन समन्वय संयन्त्रको भेला तथा प्रशिक्षण कार्यक्रमले एमाले सम्वद्ध २३ वटा संगठनको अधिबेसन÷सम्मेलन यथाशिघ्र गर्ने, गाउँ तथा वडासम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ । जनसंगठन समन्वय संयन्त्रको भेला तथा प्रशिक्षण एमाले जिल्ला उपाध्यक्ष कुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै, सचिवालय बैठकले मंसिरमा श्रमशिबिर सञ्चालन गर्ने, पुसभित्र ...

किरात राई कलाकार संघ खोटाङको अध्यक्षमा युवराज

ताजा अपडेट, मुख्य खबर, संगीत
खोटाङ, २४ कात्तिक । किरात राई कलाकार संघ खोटाङको अध्यक्षमा युवराज राई चयन भएका छन् । कात्तिक २३ गते शुभम फाउण्डेसनको सभाहलमा सम्पन्न पाँचौं जिल्ला अधिबेसनबाट युवराजको अध्यक्षतामा १३ सदस्यीय किरात राई कलाकार संघको जिल्ला कार्य समिति गठन गरिएको हो । संघको उपाध्यक्षमा दशरथ राई, सचिबमा अन्योल राई, सह–सचिवमा रोहिनी राई र कोषाध्यक्षमा प्रकृति राई चयन भएका छन् । लक्ष्मी राई, नेस्मी राई, सिमा राई, योगिन राई, स्नेहा राई, आकृति राई, उदिक्षा राई र मनिषा राई सदस्य चयन भएका छन् । अधिबेसन किरात राई कलाकार संघका केन्द्रीय अध्यक्ष शालिक राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...

प्रधानाध्यपकको निधनमा नगरपालिकामा झण्डा झुकाइयो

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २३ कात्तिक । प्रधानाध्यपकको निधनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आधा झण्डा झुकाएको छ । हृदयघातका कारण निधन भएका प्रधानाध्यपक मेघराज धमलाको निधनमा नगरपालिकाले कात्तिक २३ गते आधा झण्डा झुकाएको हो । सरस्वती आधारभुत विद्यालय, दिक्तेलका प्रधानाध्यपक धमलाको कात्तिक २१ गते हृदयघातका कारण शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो । अनुशासित, मर्यादित र कर्तव्यनिष्ठ शिक्षकको भूमिका निर्वाह गरेका धमलाको सम्मानमा झण्डा आधा झुकाउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले शोक बक्तव्यमार्फत जानकारी दिएका छन् । यस्तै, नगरभित्रका विद्यालय खुलेको दिन शोक धुनसहित एक मिनेट मौन धारण गर्ने/गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । काठमाडौंबाट खोटाङ फर्कनेक्रममा धमलालाई बाटैमा हृदयघात भएपछि अस्पताल लगिएको थियो । (more…)...
रावा क्याम्पसः महिला र दलित विद्यार्थीलाई ५० प्रतिशत छुट, अन्यलाई २५ प्रतिशत

रावा क्याम्पसः महिला र दलित विद्यार्थीलाई ५० प्रतिशत छुट, अन्यलाई २५ प्रतिशत

ताजा अपडेट, मुख्य खबर, शिक्षा
खोटाङ, २२ कात्तिक । खोटाङको रावा क्याम्पसले महिला तथा दलित विद्यार्थीलाई ५० प्रतिशत छुटमा पढाउने व्यवस्था मिलाएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पास्थित क्याम्पसले महिला तथा दलित विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिएर पढाउन थालेको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रावा क्याम्पसमा शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहको पठन–पाठन भइरहेको छ । स्नातक तहका सबै वर्षका प्रत्येक विद्यार्थीबाट वर्षमा १० हजार शुल्क उठाउने गरिएको थियो । यस वर्षबाट महिला र दलित विद्यार्थीका लागि पाँच हजार मात्रै शुल्क लिन थालिएको क्याम्पस प्रमुख दिपक पोखरेलले बताए । क्याम्पसले अन्य विद्यार्थीलाई पनि शैक्षिक शुल्कमा २५ प्रतिशत छुट दिएको छ । अन्य विद्यार्थीबाट सात हजार पाँच सय मात्र शुल्क उठाउन थालिएको क्याम्पसले जनाएको छ । क्याम्पस व्यवस्थापन समिति अध्यक्ष एवं रावाबेसी गाउँपालिकाका अध्यक्ष फ...

घोर्लेमा सिलिचोङमा युवा क्लवको सांगीतिक कार्यक्रम

ताजा अपडेट, मुख्य खबर, संगीत
खोटाङ, २१ कात्तिक । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेस्थित सिलिचोङमा युवा क्लवले शुभ दिपावली विशेष सांगीतिक कार्यक्रम गरेको छ । ‘सिलिचोङ्माको अभियान, कला, साहित्य र श्रृजनाको उत्थान’ भन्ने नारासहित २०७५ सालमा स्थापना गरिएको क्लवले कात्तिक १९ गते दिपावली विशेष सांगीतिक कार्यक्रम गरेको हो । दिपावली विशेष सांगीतिक कार्यक्रमको अवसरमा क्लवमा लामो समयसम्म अवद्ध बनेर सेवा दिएर बाहिरिएका चेली, भुपु कलाकार तथा प्रायोजकलाई सम्मान गरिएको छ । क्लवमा लामो समयसम्म आवद्ध रहि सेवा गरेका रमेश राई, बिरीममायाँ राई, निर्मला राई र जमिला राईलाई सम्मान गरिएको सिलिचोङमा युवा क्लवका अध्यक्ष जीवनकुमार राईले जानकारी दिए । यस्तै, प्रायोजक योङहाङ राई, अर्जुन राई, कोमल राई, गंगासेर राई, अञ्चला राई, धनबहादुर राई, राकेश राई र साङ्केन्मा राईलाई पनि सम्मान गरिएको छ । कार्यक्रम वडाध्यक्ष धनबहादुर राईको प...

जन्तेढुंगा: कार्यकाल सकिन लाग्दा पनि विव्यासले पूर्णता पाउन सकेन

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, १५ कात्तिक । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी माबिमा कार्यकाल सकिन लाग्दा समेत व्यवस्थापन समितिले पूर्णता पाउन सकेको छैन । तीन वर्षे कार्यकालका लागि चिसापानी माबिमा २०७९ साल भदौमै अभिभावकमध्येबाट चार सदस्य छानिएको थियो । तर चार सदस्य चयन भएपछि व्यवस्थापन समिति गठन प्रकृया अवरुद्ध छ । लामो रस्साकस्सीपछि अम्बरबहादुर राई, अमृतकुमार राई, रन्जना राई र मिश्रामायाँ राई विव्यास सदस्य छानिएका थिए । चार सदस्य छानिएपछि स्थानीय बुद्धिजिवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर १० वर्षदेखि सहयोग गर्ने वा विद्यालयलाई १० लाख वा सोभन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तीबाट दुई सदस्य मनोनित गर्नुपर्ने शिक्षा ऐनमा व्यवस्था छ । तर विव्यास गठन प्रकृया दुई सदस्य मनोनयनमा पुगेर अड्किएको हो । दुई सदस्य मनोनयन नै हुन नसकेपछि विव्यास अध्यक्ष चयन हुन नसकेको हो । व्यवस्थापन समितिका...

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा दुई घाइते

ताजा अपडेट, मुख्य खबर, समाज
खोटाङ, १३ कात्तिक । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा दुई जना घाइते भएका छन् । रावाबेँसी गाउँपालिका–५ दुबेकोलको गट्टीडाँडामा कात्तिक १३ गते दिउँसो प्र.२.०१.००१ त १०९५ नम्बरको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरका चालक २० वर्षका जीवन पाण्डे र स्थानीय नौ वर्षका अतित परियार घाइते भएका हुन् । घाइतेहरुको रावाबेँसी गाउँ अस्पताल हरमटारमा उपचार भइरहेको छ । ट्याक्टर ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ ।...

जसपाको दिरुमनपा कमिटि गठन, अध्यक्षमा मुगाधन

ताजा अपडेट, मुख्य खबर, राजनीति
खोटाङ, १२ कात्तिक । जनता समाजवादी पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्य समिति गठन गरिएको छ । मुगाधन राईको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति गठन गरिएको हो । जनता समाजवादी पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रुपान्तरण कार्यक्रममार्फत जनता समाजवादी पार्टीको नगर समिति गठन गरिएको हो । नगर कार्य समितिको उपाध्यक्षमा हरि राई, नगेन्द्रराज चाम्लिङ, सचिवमा प्रेम राई, सह–सचिवमा देवराज राई र कोषाध्यक्षमा कौशिला राई चयन भएका जसपाका जिल्ला सचिब विरेन्द्र दर्नालले जानकारी दिए । कार्यक्रम जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष सनबहादुर राईको प्रमुख आतिथ्यता एबं संघीय परिषद सदस्य राकेश राईको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष प्रकाश चाम्लिङ, जसपाका खोटाङ अध्यक्ष निर्मल राई, समाजवादी महिला संघका जिल्ला अध्यक्ष रेनुका राई, ...