रास्वपा खोटाङको सभापतिमा थापा निर्वाचित
खोटाङ, २४ जेठ । रास्वपा खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा चयन भएका छन् । जेठ २४ गते दिक्तेलमा सम्पन्न प्रथम जिल्ला अधिबेसनबाट थापा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । थापाले ७८ मत पाउँदा अध्यक्षका अर्का उम्मेदवार ओजोनबाबु आचार्यले २८ मत पाएका छन् । २०८१ पुस १३ गतेको प्रथम जिल्ला भेलाबाट सभापति बनेका थापाले प्रथम जिल्ला अधिबेसनबाट पुःन जिम्मेवारी पाएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी थापा सिभिल इन्जिनियर हुन् ।
उपसभापतिमा गोबिन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएका छन् । सचिवमा पर्शुराम थापा (आशिष) विजयी भएका छन् । थापाले ७१ मत पाउँदा सचिवका अर्का उम्मेदवार उद्धवप्रसाद आचार्यले २८ मत पाएका छन् । सह–सचिवमा ६४ मत पाउँदै राजन अधिकारी निर्वाचित भएका छन् । सह–सचिवका उम्मेदवार दुर्वासा गेलालले २८ र भक्तबहादुर गिरीले ९ मत पाएका छन् ।
सदस्यमा चन्द्रबहाद...









