समाज

डढेलोको क्षतीबाट बच्न यस्तो प्रयास

डढेलोको क्षतीबाट बच्न यस्तो प्रयास

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १४ चैत । डढेलो नियन्त्रणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सुरक्षा सावधानीका उपाय अपनाउने निर्णय गरिएको छ । डढेलो नियन्त्रण सञ्जालको चैत १४ गते बसेको बैठकले खाल्ले र लफ्याङमा पर्ने सामुदायीक वन तथा वस्तीलाई डढेलोबाट जोगाउनका लागि पुर्वसावधानीका उपाय अवलम्बन गर्ने निर्णय गरेको हो । बैठकले खाल्लेमा पर्ने चन्द्रमान राई र भाला सिरुवानी सामुदायीक वन तथा लफ्याङमा पर्ने देउले, चालिसे र जोरआँप सामुदायीक वन वरपर अग्नी रेखा निर्माण गर्ने निर्णय गरेको छ । यस्तै, डढेलोबाट जोखिमयुक्त घर पहिचान गरेर डढेलोबाट जोगाउनका लागि ‘नियन्त्रित आगलागी विधि’ अपनाउने, डढेलोबाट बच्न सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरिएको डढेलो नियन्त्रण सञ्जालका अध्यक्ष सन्तोष घिमिरेले बताए ।...
बारबरा फाउन्डेसनद्धारा खोजमुलक पत्रकारिता फेलोसिप आव्हान

बारबरा फाउन्डेसनद्धारा खोजमुलक पत्रकारिता फेलोसिप आव्हान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
काठमाडौं, ८ फागुन । बारबरा फाउण्डेसनले खोजमुलक पत्रकारिता फेलोसिप आव्हान गरेको छ । भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान तथा खोज पत्रकारिता गर्न चाहने पत्रकारलाई लक्षित गर्दै फाउण्डेसनले खोजमुलक पत्रकारिता फेलोसिप आव्हान गरेको हो । फेलोसिपका लागि इच्छुक पत्रकारहरूले आगामी चैत मसान्तभित्र प्रस्ताव पेश गर्नुपर्ने फाउण्डेसनले जनाएको छ । फेलोसिप अन्तर्गत तयार गरिने अनुसन्धान तथा खोजमूलक सामग्री २०८२ चैत मसान्तभित्र प्रकाशित भइसकेको हुनुपर्ने सूचनामा उल्लेख छ । प्रतिस्तर्धामा उक्त सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडिया वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित भएको हुनुपर्ने छ । फाउन्डेसनले खोजमूलक पत्रकारिताको विकासमा टेवा पुर्‍याउने उद्देश्यले फेलोसिप प्रदान गर्दैआएको छ ।...
खोटाङ: डढेलोले एक विद्यालय सहित नौ घर जले

खोटाङ: डढेलोले एक विद्यालय सहित नौ घर जले

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ५ चैत । डढेलोले खोटाङमा एक विद्यालय सहित नौ घर जलेको छ । चैत ४ गते सामुदायीक वनमा लागेको डढेलो वस्तीमा छिर्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका कृष्णबहादुर राई, अदमे राई, हिरासेर राई, नगेन्द्र राई, पविन्द्र राई, हिराधन राई, चैनकुमार राई, टंकबहादुर राई र रणबहादुर राईको घर जलेको हो । बाल्सीखोला पाखा सामुदायीक वनमा लागेको डढेलो बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका वस्तीमा छिर्दा घर जलेको स्थानीय हर्क राईले जानकारी दिए । डढेलोले डढेलोले वालकन्य आधारभुत विद्यालयमा पनि क्षती पुगेको छ । विद्यालयको काठबाट बनाइएको दुईकोठे भवनको अफिस कोठा जलेको छ । डढेलोमा कृष्णबहादुरको एउटा व्याउने गाई, दुई वटा बाछी र चार वाटा बाख्रा डढेर मरेको छ । अदमेको ३ वटा र हिरासेरको ३ वटा खसी बाख्रा मरेको छ । यस्तै, छोटाकुमार राईको जंगलमा चराउन छाडिएको १० वटा खसीबाख्रा पनि डढेर मरेको वडाध्यक्ष देबेन्द्र राईले बताए...
डढेलोले खोटाङमा एक विद्यालय सहित छ घर जल्यो

डढेलोले खोटाङमा एक विद्यालय सहित छ घर जल्यो

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ४ चैत । डढेलोले खोटाङमा एक विद्यालय सहित छ घर जलेको छ । सामुदायीक वनमा लागेको डढेलो वस्तीमा छिर्दा चैत ४ गते हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका ६ घर जलेको हो । (विस्तृत समाचार भ्युज अफ नेपालको पेजमा )
हलेसीः आगोले खायो ७ करोड ३० लाख

हलेसीः आगोले खायो ७ करोड ३० लाख

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ५ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारमा भएको आगलागीमा ७ करोड ३० लाखको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । फागुन ४ गते साँझ ६.४९ बजे पदमसेर राईको घरबाट सुरु भएको आगोबाट करोडौंको धन सम्पत्ती नष्ट भएको हो । आगलागीमा पदमसेरको ४ करोड, ऐराख राईको २ करोड ५० लाख, भरणसेर राईको ५० लाख र प्रकाशचन्द्र गिरीको ३० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले बताए । पदमसेरको काठ र जस्ताले बनेको तीन तले घरको पहिलो तलामा हार्डवेर पसल र दोश्रो तलामा निर्धन उत्थान लघुवित्तको कार्यालय सञ्चालनमा रहेको थियो । ऐराखको न्यू कल्याण होटल सञ्चालन भइरहेको चार तले पक्की घर र सँगै रहेको दुई तले घर जलेको छ । यस्तै, प्रकाशचन्द्रको हलेसी दर्शन होटलको फलामे ट्रष्टले बनेको एक ताले भान्छा घर र दुई तले पक्की घरमा आंशिक क्षती पुग...
‘बाँदर मार्ने कि बिचौलियालाई जेल हाल्ने ?’

‘बाँदर मार्ने कि बिचौलियालाई जेल हाल्ने ?’

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २३ माघ । प्राध्यपक डा. युवराज संग्रौलाले किसानको समस्या बाँदर नभएर ‘बिचौलिया’ भएको बताएका छन् । जिल्ला समन्वय समिति खोटाङले माघ २२ गते दिक्तेलमा आयोजना गरेको ‘कृषि सम्वन्धी बृहत अन्तरक्रिया तथा छलफल’ कार्यक्रममा डा. संग्रौलाले बाँदरले भन्दा बिचौलियाले किसानको धेरै नोक्सान गरिरहेको उल्लेख गरेका छन् । ‘हामी बाँदरलाई गाली गरिरहेका छौँ । बाँदर त छ्यापछ्याप्ती छन् अरु नै । मान्छे बाँदरले सिध्याएको छ । बाँदरले तपाई हाम्रो दुईटा फल खाएर केही पनि सिध्याउँदैन । म त त्यी बाँदरहरुलाई नमारौं नमस्ते गरौं भन्छु,’ डा. संग्रौलाले भने, ‘बिचौलिया बाँदरले देश सिध्याएको छ, त्यसलाईचैं के गर्ने, त्यो चैं सोचौं न ।’ संग्रौलाले बाँदर मार्ने कानुन भन्दा बिचौलियालाई जेलभित्र हाल्ने कानुन बनाउनुपर्नेमा जोड दिए । ‘किसानलाई बाँदरले सिध्यायो’ भनेर बिचौलियाले नै हल्ला फिँजाएर सबैको ध्यान बाँदरतिर केन्द्रित गराएक...

खोटाङबाट घाइते बोकेर काठमाडौं जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १७ माघ । आगोले जलेका घाइते बोकेर काठमाडौं जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । माघ १६ गते राती खोटाङबाट घाइते बोकेर काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको जीप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित भँडारे खोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा केपिलासगढी गाउँपालिका–३ बासपानीका ५६ वर्षकी मायाँदेबी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४५ वर्षका तारा गुरुङको मृत्यु भएको हो । आगोले जल्दा गम्भीर घाइते भएकी मायाँदेबीलाई बोकेर काठमाडौं जाँदै गरेको जीप सडकबाट करिब सय मिटर तल खस्दा तीन जनाको घट्नास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक मोहन पोखरेलले बताए । जीप चालक सुनसरी इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार छन् । उनको खोजी भइरहेको प्रहर...

वडा कार्यालयको छाप पसलमा लगाएपछि …

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
सोलुखुम्बु, २८ पुस । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बका सिडिओमाथि सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको आरोप लागेको छ । स–साना गल्ती औंल्याएर प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले हैरान पारेको सेवाग्राहीको गुनासो छ । सेवा लिन पुगेकाहरुलाई झिनामसिना कुरामा जिल्ला प्रशासनबाट फर्काइदिने गरेको सेवाग्राहीहरु बताउँछन् । तर, प्रशासनिक प्रक्रियामा कुनै पनि विधि र कागजात झिनामसिनो नहुने सिडिओ कार्यालयको दाबी छ । टाढा–टाढाबाट प्रशासन कार्यालय पुगेका सेवाग्राहीले छुटपुट कागजात ह्वाट्सएप, इमेललगायत सामाजिक सञ्जालको माध्यमबाट मगाउँदा पनि नमानेपछि स्थानीयले उक्त आरोप लगाएका हुन् । काठमाडौंबाट नागरिकता बनाउन सोलुखुम्बु पुगेका एक परिवारको एउटा सदस्यलाई सेवा दिएपछि अन्यलाई त्यसै फर्काइदिएका छन् । सोताङ गाउँपालिका–५ का मनोजकुमार राई श्रीमती सोममाया र छोरा सक्षमलाई लिएर नागरिकता बनाउन प्रशासन पुगे । ...

खोटाङबाट काठमाडौं जाँदै गरेको टाटा सुमो तोडफोड गर्ने ११ जना पक्राउ

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २६ पुस । खोटाङबाट काठमाडौं जाँदै गरेको टाटा सुमोलाई तोडफोड गर्ने ११ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । पुस २४ गते भोजपुरबाट यात्रु लिएर दिक्तेल हुँदै काठमाडौं जाँदै गरेको तुवाचुङ मारातिका यातायात प्रालिको ना १ ज ६१७२ नम्बरको टाटा सुमोलाई काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा तोडफोड गर्ने युवालाई प्रहरीले पक्राउ गरेको हो । टाटा सुमो तोडफोड गरेर फरार रहेका काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० का राजेश परियार, इन्द्रावती गाउँपालिका–११ का सुनिल माझी, नरेन्द्र माझी, पाँचखाल नगरपालिका–८ का विजय तामाङ, महाभारत गाउँपालिका–३ का छोइकु दोङ, घ्याङेख गाउँपालिका–४ का प्रेम श्रेष्ठ, तेमाल गाउँपालिका–७ का तेन्जिङ तामाङ, दाङ घोराही उपमहानगरपालिका–११ घर भइ हाल बनेपा नगरपालिका–८ बस्ने टेकबहादुर पुन, तेमाल गाउँपालिका–७ का भिसान तामाङ, बेथानचोक गाउँपा...

भूकम्पका कारण सोलुखुम्बुमा ७ घरमा क्षति

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २३ पुस । चिनमा गएको शक्तिशाली भूकम्पको धक्काका कारण सोलुखुम्बुमा ७ घरमा क्षति पुगेको छ । पुस २३ गते बिहान ६.५० बजे तिब्बतको डिङ्गी काउन्टी नजिक गएको ६.९ रेक्टरको भूकम्पको धक्काले माप्य दुधकोसी गाउँपालिका–१ जुभिङका पञ्चबहादुर कामी, निङ्गानुरु शेर्पा, थुलुङ दुधकोसी गाउँपालिका–७ देउसाका हर्कबहादुर खत्री र खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङका आङङिमा शेर्पाको घरमा क्षति पुगेको हो । यस्तै, सोताङ गाउँपालिका–३ का चेतन बस्नेत, जनक बस्नेत र लिखुपिके गाउँपालिका–४ का कमलकिशोर कार्कीको घरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा प्रहरी नायव उपरीक्षक द्धारिकाप्रसाद घिमिरेले बताए । भूकम्पले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेत्याङस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको मातहतमा रहेको थामे पोष्टको कार्यालय भवन पनि चर्किएको छ । यस्तै, थुलुङ दुधकोसी गाउँपालिका–४ लाफ्लास्थित सुर्यदय आधा...