समाज

खोटाङमा छैन भूकम्पको असरः प्रहरी

खोटाङमा छैन भूकम्पको असरः प्रहरी

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २३ पुस । चिनमा गएको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ । नेपालमा पुस २३ गते बिहान ६.५० बजे भूकम्पको धक्का महसुस गरिएको हो । चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार तिव्वतको डिङ्गी काउन्टी नजिक ६.९ रेक्टरको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ रेक्टरको भूकम्प गएको उल्लेख गरेको छ । भूकम्पका कारण नेपालमा भएको क्षतीको विवरण आउन बाँकी छ । खोटाङमा भने हालसम्म भूकम्पीय क्षती भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले क्षती भए तत्काल नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन आग्रह गरेको छ ।...

लोक सेवा परीक्षाको तनाव: तयारीसँगै चाहिन्छ सकारात्मक सोच

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
काठमाडौं, १७ पुस । सरकारी सेवामा प्रवेश गर्ने सपना देखेका धेरैलाई परीक्षाको कठिन तयारी, अनिश्चितता र असफलताका कारण मानसिक तनाव हुने भएकाले आफ्नै ढाडस तथा परिवार र समाजको हौसला, साथसहयोगको खाँचो हुन्छ। गत पुस ८ गते बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटस्थित डेराको कोठामा बाबु र छोरा मृत भेटिए। खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीणको शव राति सुतेकै ठाउँमा थियो। दुवैको कानको तल्लो भागमा चोट थियो। घटनापछि कुलप्रसादका जेठा छोरा मिलन आचार्य फरार थिए। शव भेटिएको भोलिपल्टै उनले बाबु र भाइको हत्या आफूले गरेको भन्दै प्रहरीमा आत्मसमर्पण गरे। केही वर्षयता लोक सेवा आयोगको परीक्षाको तयारी गरिरहेका उनले पटक पटक परीक्षा दिंदा पनि नाम ननिस्किएपछि मानसिक तनावमा रहेको र यस्तो बीभत्स हत्या गरेको बयान प्रहरीमा दिएका छन्। उनले बुब...
जीप दुर्घटनामा गम्भीर घाइते बृद्धको मृत्यु

जीप दुर्घटनामा गम्भीर घाइते बृद्धको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ११ पुस । खोटाङमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका बृद्धको मृत्यु भएको छ । पुस १० गते काठमाडौंबाट खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो पल्टिँदा गम्भीर घाइते भएका फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको हो । केपिलासगढी गाउँपालिकाको एम्बूलेन्समार्फत जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएका राईको उपचारको क्रममा पुस १० गते राती मृत्यु भएको प्रहरीले जनाएको छ । बेलैमा सुविधा सम्पन्न अस्पताल पुर्‍याउन सकिएको भए घाइतेलाई बचाउन सकिने सम्भावना थियो । एक जना मात्रै यात्रु बोकेको सुमो केपिलासगढी गाउँपालिका–३ बासपानीको राँटीस्थित भदौरेडाँडाबाट तापखोला किनारमा झरेको स्थानीय प्रताप राईले बताए । सडकबाट गुल्टिँदै झरेको सुमो क्षतबिक्षत बनेको छ । घाइतेलाई इलाका प्रहरी कार्यालय बाक्सिला, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयले उद्धार गरेका थिए । स...
गाडी रोकेर बाहिर निस्केर काठ निकाल्न खोज्दा दुर्घटनाः प्रहरी

गाडी रोकेर बाहिर निस्केर काठ निकाल्न खोज्दा दुर्घटनाः प्रहरी

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १० पुस । खोटाङमा सुमो दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन् । पुस १० गते काठमाडौंबाट खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो पल्टिँदा फेदीका दुर्गाप्रसाद राई गम्भीर घाइते भएका हुन् । एक जना मात्रै यात्रु बोकेको सुमो केपिलासगढी गाउँपालिका–३ बासपानीको राँटीस्थित भदौरेडाँडाबाट तापखोला किनारमा झरेको स्थानीय प्रताप राईले बताए । गुल्टिँदै करिब पाँच सय मिटर तल झरेको सुमो क्षतबिक्षत बनेको छ । घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ । घाइतेलाई ईलाका प्रहरी कार्यालय बाक्सिला, केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी एबं स्थानीयले उद्धार गरेका थिए । सुमो चालक ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका सत्रुधन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक बिष्टका अनुसार आफै सम्पर...
हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासहित मृत फेला

हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासहित मृत फेला

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ८ पुस । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्य छोरासहित मृत फेला परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय आचार्य र उनका कान्छो छोरा २२ वर्षका प्रविण आचार्य भक्तपुरको सुर्यबिनायक नगरपालिका–२ बालकोटमा कोठामा मृत फेला परेका हुन् । आचार्य खोटाङबाट केही दिनअघि मात्रै जेठो छोरो मिलन आचार्य र कान्छो छोरो प्रविण बसिरहेको बालकोट पुगेका थिए । पुस ८ गते बिहान बाहिरबाट चाँबी लगाएको कोठाभित्र बाबु छोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । बाबुछोराको मृत्युको अपुष्ट खबर आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । आफन्तहरुले भने आचार्य बाबुछोराको मृत्यु भएको पुष्टी गरेका छन् । बाबु छोराको शरीरमा चोट देखिएको छ । सँगै बसिरहेका जेठो छोरो भने सम्पर्क बिहिन छन् ।...
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम बारे अन्तरक्रिया

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम बारे अन्तरक्रिया

ताजा अपडेट, प्रदेश, मुख्य खबर, समाचार, समाज
खोटाङ, ६ पुस । खोटाङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन प्रक्रिया विषयक अन्तरक्रिया गरिएको छ । कोशी प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा अन्तरक्रिया गरिएको हो । खोटाङ र उदयपुरका सबै स्थानीय तहका उपप्रमुख र महिला शाखा प्रमुखहरुसँग हलेसीमा पुस ६ गते अन्तरक्रिया गरिएको हो । सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पिके)को प्रमुख आतिथ्यता तथा सामाजिक विकास मन्त्रालयको महाशाखाकी प्रमुख दुर्गा भण्डारी बरालको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा करुणा फाउण्डेसनको संयुक्त जिल्ला कार्यलयको संयोजक मनोज पौडेलले जन्मजात हुने अपाङ्गता रोकथाम गर्न अपाङ्गता भएको व्यक्तिसहितको समावेशी समाज निर्माण गर्न करुणा फाउण्डेसनले विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिए । सा...
तावा खोला दोभानमा पक्की पुल बनाउन डिपिआरको काम सुरु

तावा खोला दोभानमा पक्की पुल बनाउन डिपिआरको काम सुरु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २ पुस । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ जोड्ने तावाखोला दोभानमा पक्की पुल बनाउन डिपिआरको काम सुरु गरिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई दिक्तेलसँग जोड्ने छोटो दुरीको बाटो खोल्नेगरि तावाखोला दोभानमा पक्की पुल बनाउन डिपिआरको काम सुरु गरिएको हो । तावादोभानबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकातर्फ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकातर्फ कच्ची सडक बनिसकेको अवस्थामा पक्की पुल बनाउने योजना अघि सारिएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाको संगमस्थलको रुपमा रहेको तावा दोभानमा हाल झोलुङ्गे पुलबाट वारपार गर्नेगरिएको छ । पुल बनाउनका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बजेटबाट डिपिआरको काम थालिएको पहलकर्ता कांग्रेसका युवा नेता नइन्द्र राईले बताए । बिआई इन्जिनियरिङ कन्सल्टेन्सी टोखा...
नेपाल पत्रकार महासंघ शाखा खोटाङको अध्यक्षमा आचार्य निर्विरोध

नेपाल पत्रकार महासंघ शाखा खोटाङको अध्यक्षमा आचार्य निर्विरोध

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, समाज
खोटाङ, २९ मंसिर । नेपाल पत्रकार महासंघ शाखा खोटाङको अध्यक्षमा हरिबोल आचार्य निर्विरोध निर्वाचित भएका छन् । महासंघको सातौं जिल्ला अधिबेसन तथा ११ औं साधारणसभा अन्तरगतको चुनावी प्रकृयाबाट आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको अन्य पदका उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत वरिष्ठ पत्रकार कृष्ण आचार्यले बताए । महासंघको उपाध्यक्षमा चिसाङ शेर्पा, महिला उपाध्यक्षमा सविना अछामे, सचिवमा राजकुमार भट्टराई, सह–सचिवमा मनोज आचार्य, समावेसी सह–सचिवमा राजन ठटाल र कोषाध्यक्षमा उजुर राई निर्विरोध भएका छन् । सदस्यमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेल निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद सदस्यमा दिलीप खत्री, प्रदेश परिषद सदस्यमा केदार मगर, उत्तम चौंलागाई र लोकमणी रिजाल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता ओमप्रकाश घिमिरेले बताए । हालस...
साह्रै बेखुश छैनन् नेपाली

साह्रै बेखुश छैनन् नेपाली

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाज
काठमाडौं, १७ मंसिर । निराश भएर युवा विदेश पलायन भइरहेका छन् भन्ने कथन छ, तर हालैको एक सार्वजनिक मत सर्वेक्षणले झन्डै आधा नेपाली गत निर्वाचनयता देशको दिशातर्फ अझै सकारात्मक रहेको देखाएकाे छ। देशको स्थिति पछिल्ला दुई वर्षमा बिग्रियो, सुधारियो वा उस्तै रह्यो भन्ने प्रश्नमा देशव्यापी सर्वेक्षणका ४५.४ प्रतिशत उत्तरदाताले सन्तुष्टि व्यक्त गरेका छन्। जसमध्ये १३.९ प्रतिशत उत्तरदाताले ‘उल्लेख्य रूपमा सकारात्मक’ र ३१.५ प्रतिशतले ‘केही हदसम्म सकारात्मक’ भएको बताएका छन्। अधिकांश उत्तरदाता (३४.६ प्रतिशत)ले पछिल्ला दुई वर्षमा देशको स्थितिमा कुनै परिवर्तन नभएको महसूस गरेका छन्। “यदि हामी ‘कुनै परिवर्तन छैन’ भन्नेहरूलाई असन्तुष्ट मान्छौं र त्यसमा देशको दिशाप्रति नकारात्मक दृष्टिकोण राख्नेहरूलाई जोड्छौं भने ५५ प्रतिशत मानिस असन्तुष्ट छन्,” मत सर्वेक्षण गरेको शेयरकास्ट इनिसिएटिभ नेपालका अध्यक्ष मधु आचार्य...

मिर्गौलाको उपचारका लागि कोपिलालाई १२ लाख संकलन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ६ मंसिर । मिर्गौलाको उपचार गर्न अस्पताल भर्ना भएका बिरामीलाई १२ लाखभन्दा बढी सहयोग जुटाइएको छ । दुबै मिर्गौला फेल भएपछि टिचिङ अस्पताल भर्ना गरिएका भोजपुरको पौवादुङ्मा गाउँपालिका–२ तिवारीभञ्ज्याङका कोपिला श्रेष्ठको सहयोगार्थ १२ लाख १३ हजार ५३९ रुपैयाँ संकलन भएको हो । कोपिलाको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण हाल कतारमा रहेका अभियान्ता दिलीप श्रेष्ठले ‘कोपिला श्रेष्ठ बचाउ अभियान’ सञ्चालन गरेर उपचार खर्च जुटाइदिएका हुन् । गत कात्तिक २ गतेदेखि मंसिर ४ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा स्वदेश तथा विदेशमा रहेका ४ हजार ३७९ जना दाताबाट सहयोग जुटाइएको अभियान्ता श्रेष्ठले जानकारी दिए । संकलन भएको सहयोग रकम कोपिलाको श्रीमान महेन्द्रबहादुर श्रेष्ठको प्रभु बैंकमा खोलिएको खातामा जम्मा गरिएको छ । कोपिलाको दुबै मिर्गौलामा विगत दुई वर्षअघिदेखि समस्या सुरु भएको हो । समस्या बल्झिदै गएपछि ...