समाज

बायो–रेडपाण्डा थार सम्मेलनः सात बुँदे दिक्तेल घोषणा–पत्र जारी

बायो–रेडपाण्डा थार सम्मेलनः सात बुँदे दिक्तेल घोषणा–पत्र जारी

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्थानीय
खोटाङ, ६ बैसाख । खोटाङको दिक्तेलमा आयोजना गरिएको बायो–रेथा (रेडपाण्डा थार) अन्तर्राष्ट्रिय सम्मेलनले जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राखेर सात बुँदे घोषणा–पत्र जारी गरेको छ । नेपाल सहित भारत, बंगलादेश, अष्ट्रेलिया, जर्मन र अमेरिकामा जैविक विविधता तथा पर्यावरणको क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सहभागीता रहेको सम्मेलनले परम्परागत अभ्यास, वैज्ञानिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवलाई एकीकृत गर्दै जैविक विविधता संरक्षणका सवालमा दिक्तेल घोषणा–पत्र जारी गरेको हो । बैसाख ३ गतेदेखि बैसाख ६ गतेसम्म सञ्चालन भएको सम्मेलनले प्रकृतिमा आधारित जीविकोपार्जन एवं रोजगारी सृजना, दिगो विकास तथा पर्यापर्यटन प्रवद्र्धन, मानव–वन्यजन्तु द्वन्द्र व्यवस्थापन, स्थानीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता सहित घोषणा–पत्र जारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले ब...
खोटाङमा अटो दुर्घटनामा आमा छोरा घाइते

खोटाङमा अटो दुर्घटनामा आमा छोरा घाइते

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ५ बैसाख । खोटाङमा अटो दुर्घटना हुँदा आमाछोरा घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको बुवालुङदेखि दिक्तेलतर्फ जाँदै गरेको प्र ०१–०२–००४ ह ९५७४ नम्बरको अटो दुर्घटना हुँदा आमा २३ वर्षीय अस्मिता बानीयाँ र ४ वर्षीय छोरा करण बानीयाँ घाइते भएका हुन् । टाउको र अनुहारमा चोट लागेका करणको अवस्था गम्भीर छ । आमा अस्मिताको पनि हात र खुट्टामा चोट लागेको छ । अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ । घाइते आमाछोरा बुवालुङ निवासी हुन् । बुवालुङै चालक चन्द्र बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
बेहोस भएर छतबाट खसेका युवा गम्भीर, उपचारमा आर्थिक समस्या

बेहोस भएर छतबाट खसेका युवा गम्भीर, उपचारमा आर्थिक समस्या

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १ बैसाख । खोटाङमा बेहोस भएर घरको छतबाट खस्दा गम्भीर घाइते भएका युवाको उपचारमा आर्थिक समस्या भएको छ । चैत २८ गते बेहोस भएर घरको छतबाट खस्दा टाउकोमा गम्भीर चोट लागेका साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङका ३१ वर्षीय सविन सुवेदीको उपचारका लागि आर्थिक समस्या निम्तिएको हो । सुवेदीको काठमाडौं मेडिकल कलेजमा आइसियुमा राखेर उपचार भइरहेको छ । आफन्तका अनुसार गम्भीर अवस्थाका सुवेदीको चैत ३० गते टाउकोको शल्यक्रीया गरिएको छ । सुवेदीलाई उपचारका लागि लामो समयसम्म अस्पतालमा राख्नुपर्ने डाक्टरको सुझाव छ तर आर्थिक अवस्था नाजुक भएकाले परिवारले सहयोगको याचना गरेका छन् । सविनको जीवनरक्षाका लागि पीडित परिवारले क्यूआरमार्फत सहयोग गर्न आव्हान गरेका छन् । सुवेदीको अवस्था गम्भीर छ ।...
कस्मेटिक, छाला तथा यौनरोगको उपचारका लागि इटहरीमा सुविधा सम्पन्न अस्पताल

कस्मेटिक, छाला तथा यौनरोगको उपचारका लागि इटहरीमा सुविधा सम्पन्न अस्पताल

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १ बैसाख । सुनसरीको इटहरीमा कस्मेटिक, छाला, यौनरोग तथा कुष्ठरोगको उपचारका लागि स्पेशल एस्थेटिक अस्पताल सञ्चालनमा ल्याइएको छ । छाला, सौन्दर्य, यौन स्वास्थ्य लगायतको उपचार सेवा प्रदान गर्ने उद्धेश्यका साथ इटहरी उपमहानगरपालिका–९ बसपार्कको उत्तरतर्फ अत्याधुनिक प्रविधि सहितको अस्पताल सुरु गरिएको हो । सौन्दर्य, छाला तथा यौन स्वास्थ्य सम्वन्धी समस्याको विश्वस्तरीय प्रविधिबाट निदान तथा उपचार गर्ने लक्ष्यका साथ कोशी प्रदेशमै पहिलो सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याइएको हो । अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ र विश्वसनीय सेवा सहित पुर्वमै पहिलो अस्पताल स्थापना गरिएको मार्केटिङ म्यानेजर तिलकबहादुर महतले बताए । गत मंसिरदेखि सेवा प्रवाह सुरु गरेको अस्पतालले विशेषज्ञद्धारा छाला, यौन रोग तथा कुष्ठरोगको उपचार, स्थायी कपाल हटाउने, कपाल रोपण तथा कपाल उमार्ने, डण्डीफोर, दाग, खत, चायाँ, पोतो, तिल, ...
कोरिया पठाउने वाहनामा ठगी गर्ने सुजन विरुद्ध प्रहरीमा जाहेरी

कोरिया पठाउने वाहनामा ठगी गर्ने सुजन विरुद्ध प्रहरीमा जाहेरी

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३० चैत । कोरिया पठाउने वाहनामा ठगी गर्ने गोरखाको गोरखा नगरपालिका–७ का सुजन उपरकोटी विरुद्ध प्रहरीमा जाहेरी परेको छ । भिजिट भिसामा कोरिया पठाउने भन्दै धरानकी अनुसा तामाङलाई एक लाख ठगी गर्ने उपरकोटी विरुद्ध प्रहरीमा जाहेरी परेको हो । भनेको समयमा कोरिया नपठाएपछि पैसा फिर्ता माग्दा ‘दिन्छु–दिन्छु’ भन्दै झुलाएपछि पीडितले उपरकोटी विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका हुन् । ठगी गर्ने उपरकोटीलाई पक्राउ गरी आवश्यक कारवाही गर्न र रकम फिर्ता दिलाइदिन माग गर्दै जाहेरी दिइएको अनुशाका बुवा पहलमान तामाङले बताए । खोटाङको बाक्सिला पुर्खौली थलो भएका अनुशाबाट उपरकोटीले कोरिया पठाइदिने भन्दै गत साउनमा एक लाख लिएका थिए । हाल मनमैजु बस्दैआएका उपरकोटीले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको अनुशाले गुनासो गरिन् । कोरिया जान...
बाम्राङका १० महिलाले पाए तीन महिने सिलाइकटाइ तालिम

बाम्राङका १० महिलाले पाए तीन महिने सिलाइकटाइ तालिम

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
योगीन राई  खोटाङ, २५ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा तीन महिने सिलाइकटाइ तालिम आयोजना गरिएको छ । उद्यमशीलताको विकासका लागि स्थानीय सिर्जना महिला कल्याण कोषको आयोजनामा सिलाइकटाइ तालिम आयोजना गरिएको हो । गत पुस १५ गते सुरु गरिएको तालिम चैत २४ गते समापन गरिएको छ । व्यवसायीक सीप सिकाएर महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजना गरिएको तालिममा १० महिलाको सहभागीता रहेको थियो । बाम्राङकै स्थानीय एवं कांग्रेस नेता राजेन्द्र राई र मंगीता राईको पहलमा जनसुधार युवा उत्थान तथा युकेमा रहेका जयकला राई र हरि राईको प्रायोजनमा सिलाइकटाइ तालिम आयोजना गरिएको हो । तालिममा कान्छी टेलर्स एण्ड ट्रेनिङ सेन्टर, दिक्तेलका नवमती तामाङले प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिईन् । जनसुधार युवा उत्थानका उपाध्यक्ष शंकर राईको सभापतित्वमा भएको समापन कार्यक्रममा सहभागीलाई बाम्र...
‘किमजोङ’ सहित खोटाङका तीन युवा काठमाडौंबाट पक्राउ

‘किमजोङ’ सहित खोटाङका तीन युवा काठमाडौंबाट पक्राउ

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २१ चैत । गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले खोटाङका तीन युवालाई काठमाडौंबाट पक्राउ गरेको छ । राजधानीका विभिन्न क्षेत्रमा भएको गुण्डागर्दीमा संलग्न भएको भन्दै प्रहरीले खोटाङका तीन सहित १८ युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका ‘किमजोङ’ भनिने सुरेश गुरुङ, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका संजिव राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका राहुल राई लगायत छन् । प्रहरीले चलाएको ‘अपरेशन सेफ्टी काठमाडौं’ अन्तरगत उनीहरुलाई अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंले चैत २० गते राती पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयले १३ जना र जिल्ला प्रहरी परिसले ५ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।...
हैदरावादमा ज्यान गुमाएका तिलकको घरबाट खर्च पठाएर दाहसंस्कार

हैदरावादमा ज्यान गुमाएका तिलकको घरबाट खर्च पठाएर दाहसंस्कार

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १४ चैत । पैसा कमाउनका लागि भारतको हैदरावाद पुगेकाबेला गाडीको ठक्करबाट ज्यान गुमाएका खोटाङका एक युवाको घरबाट खर्च पठाएर दाहसंस्कार गरिएको छ । रोजगारी खोज्दै हैदरावाद पुगेकाबेला गाडीको ठक्करबाट ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको हैदरावादमै दाहसंस्कार गरिएको हो । रोजगारीका लागि हैदरावाद पुगेको हप्ता दिन नवित्दै गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका परियारको चैत ११ गते मृत्यु भएको थियो । घरबाट दुई पटकगरि २८ हजार खर्च पठाएपछि परियारको विद्युतीय शवगृहमा दाहसंस्कार गरिएको स्थानीय अगुवा अमरसिं बस्नेतले बताए । हैदरावादमै रहेका आफन्तहरु भेला भएर १६ हजार भारतीय रुपैयाँ खर्च गरेर परियारको दाहसंस्कार गरेका हुन् । चैत ५ गते हैदरावाद पुगेका तिलक चैत ६ गते गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा तिलकको मृत्यु भ...
निर्वाचन प्रहरीपछि हैदरावाद पुगेका तिलकको दुर्घटनामा मृत्यु

निर्वाचन प्रहरीपछि हैदरावाद पुगेका तिलकको दुर्घटनामा मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ११ चैत । रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका एक युवाले गाडीको ठक्करबाट ज्यान गुमाएका छन् । होटलमा काम गर्नका लागि साथीहरुसँगै हैदरावाद पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको मृत्यु भएको हो । पैसा कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै परियारले ज्यान गुमाएको स्थानीय अगुवा अमरसिं बस्नेतले बताए । होटलमा काम गर्ने भन्दै तिलक गाउँकै सन्तोष परियार र कृष्ण परियारको साथमा चैत २ गते हैदरावादतर्फ हिँडेका थिए । चैत ५ गते हैदरावाद पुगेका तिलक चैत ६ गते गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनलाई सडक पार गर्नेक्रममा गाडीले ठक्कर दिएको थियो । गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा चैत ११ गते बिहान तिलकको मृत्यु भएको हैदरावादमा रहेका आफन्तले जानकारी दिएका छन् । विपन्न आर्थिक अवस्थाका तिलक र सन्तोष निर्वाचन प्रहरीको रुपमा काम गरेर फर्...
अन्तिम संस्कारका लागि हेलीकोप्टरबाट गाउँमा ओर्लन लाग्दा दुर्घटना

अन्तिम संस्कारका लागि हेलीकोप्टरबाट गाउँमा ओर्लन लाग्दा दुर्घटना

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ४ चैत । महिना दिनअघि युकेमा खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा बालाबेँसीकी मनलक्षी राईको मृत्यु भयो । मनलक्षीको शवलाई युकेबाट गाउँमा लैजाने र सदगद गर्ने पारिवारिक योजना बन्यो । चैत ३ गते शवलाई काठमाडौं ल्याइयो र चैत ४ गते हेलीकोप्टरमार्फत गाउँ लैजाने तयारी गरिए तर हेलीकोप्टरमा कफन बक्स अटेन । चार्टर गरिएको हेलीकोप्टरमा नअटेको कफनलाई एम्बूलेन्समार्फत गाउँ पुर्‍याउने व्यवस्था मिलाइयो । त्यसपछि मृतक परिवार सहित पाँच जनाको टोली हेलीकोप्टरमा चढे । शवलाई काठमाडौंमै छाडेर उँडेको तिनै एयर डाइनेष्टि हेलीकोप्टर बिहान ११ बजेर ५१ मिनेटमा बालाबेँसीमा दुर्घटनामा परेको छ । हेलीकोप्टरमा सवार मनलक्षीका श्रीमान डाकमणी राई, छोरा बालकुमार राई, छोरी लक्ष्मी राई र आफन्त समला राई सशुकल रहेको खार्ताम्छाका वडाध्यक्ष मिलन राईले बताए । पाइलट सविन थापा पनि सकुशल छन् । डाकमणी पुर्व यूके लाहुरे हुन् । ...