समाज

वन उपभोक्ता समितिको अध्यक्षमा रामबहादुर चौथोपल्ट निर्वाचित

वन उपभोक्ता समितिको अध्यक्षमा रामबहादुर चौथोपल्ट निर्वाचित

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ४ फागुन । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित राम्चे बराल थुम्की सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षमा रामबहादुर राई चुनिएका छन् । राई साविकको दिप्लुङ–३ र ४ मा पर्ने सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षमा चौथोपल्ट चुनिएका हुन् । नौ सदस्यीय उपभोक्ता समितिको उपाध्यक्षमा जगत मगर, सचिवमा जमिला राई, उप–सचिव चन्द्रबहादुर नेपाली र कोषाध्यक्षमा कल्पनामायाँ राई चयन भएका छन् । २०५३ सालमा स्थापना गरिएको सामुदायीक वन उपभोक्ता समितिले केही वर्षअघि सामुदायीक वन उपभोक्ता समितितर्फ जिल्लामै चौथो पुरस्कार हात पारेको थियो । सो सामुदायीक वन उपभोक्ता समितिले आफ्नै भवन निर्माण गरेको छ । यस्तै, दिप्लुङको सोभे हुँदै खोटाङबजार जाने सडक तथा भगतपुर हुँदै जन्तेढुंगा जाने सडक निर्माण गरेको स्थानीय जगत किरातीले बताए । केही समयअघि मात्रै समितिले भानुमतीमा साँढे चार लाखमा भक्तजन वस्ने प्रतिक्षालय निर...
दक्षिणकाली मन्दिरमा खोटाङ्गेको वनभोज

दक्षिणकाली मन्दिरमा खोटाङ्गेको वनभोज

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
काठमाडौं, काठमाडौंमा खोटाङ्गेको वनभोज आयोजना गरिएको छ । खोटाङ कलाकार समाज काठमाडौंसँगको सहकार्यमा खोटाङ हलेसी सेवा समाज काठमाडौंले खोटाङ्गेको बृहत वनभोज आयोजना गरेको हो । काठमाडौं बसिरहेका खोटाङ्गे फागुन २ गते काठमाडौं दक्षिणकाली मन्दिरमा वनभोज गएका हुन् । वनभोजमा चर्चित कलाकारको सांगीतिक प्रस्तुती राखिएको थियो । वनभोजमा करिब २५० जनाको उपस्थिति रहेको थियो । वनभोजकै अवसरमा गायक सागर संसार राईलाई ‘द भ्वाइस अफ नेपाल’को उपाधि जिताउनका लागि सहयोग जुटाइएको छ । खोटाङ हलेसी सेवा समाजकोतर्फबाट २५ हजार, खोटाङ कलाकार समाजकोतर्फबाट १० हजार र वनभोजमा सहभागीबाट गरी ९७ हजार २६५ रुपैयाँ बराबरको भोट जुटाइएको खोटाङ हलेसी सेवा समाजका सचिव कुमारबाबु बस्नेतले जानकारी दिए । खोटाङ हलेसी सेवा समाजका अध्यक्ष इन्दा थापा र खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईको अध्यक्षतामा भएको कार्यक्रम टंक श्रेष्ठको प्रमुख आ...
रातो बाँदरलाई पुःन हानिकारक वन्यजन्तु घोषणा, लखेट्दा बाँदर मरे कारबाही नहुने

रातो बाँदरलाई पुःन हानिकारक वन्यजन्तु घोषणा, लखेट्दा बाँदर मरे कारबाही नहुने

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
काठमाडौं, १ फागुन । नेपाल सरकारले रातो बाँदरलाई पुःन हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले रातो बाँदरलाई दोस्रो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । माघ २९ गते राजपत्रमा प्रकाशित सूचना अनुसार सूचना प्रकाशन भएको मितिले एक वर्षसम्मका लागि रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको छ । सो घोषणा अनुसार किसानले आफ्नो निजी खेत, खला, बारीमा क्षति पुर्‍याउन आउने बाँदरलाई विनाअनुमति धपाउन, पक्रन र लखेट्न सक्नेछन् । धपाउने वा लखेट्नेक्रममा बाँदर मरेमा किसानलाई कुनै कारबाही नहुने सूचनामा भनिएको छ । पक्रिएको बाँदरलाई राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहतको कार्यालयमा बुझाउनुपर्ने छ । धपाउने क्रममा बाँदर मर्न गए सम्बन्धित वडाका कम्तीमा एक जना प्रतिनिधि सहित स्थानीय पाँच व्यक्तिको रोहबर...
६ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

६ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २७ माघ । कनककुमारी स्मृति प्रतिष्ठानले खोटाङको रावाबेँसी गाउँपालिकाका ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाकी स्वर्गीय कनककुमारी पोखरेल र छोरा डोरमणी पोखरेलको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले गाउँपालिकाको ६ वडाका एक/एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई ‘कनकुमारी पोखरेल उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेबिका’ सम्मान प्रदान गरेको हो । दुर्गम ठाउँका सर्वसाधारणको स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै प्रतिष्ठानले महिला स्वास्थ्य स्वयंसेविका सम्झना थापा मगर, इन्द्र परियार, लङ्कमायाँ मगर, शिवकुमारी पाण्डे, प्रमिला थापा मगर र निर्मला श्रेष्ठलाई सम्मान गरेको छ । माघ २६ गते शारदा मावि, खार्पामा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही सात हजार सहित सम्मान–पत्र प्रदान गरिएको छ । आर्थिक त...
भारत मेघालयस्थित कोइलाखानीमा विस्फाेट : खोटाङका एकाघरका दाजुभाइको मृत्यु

भारत मेघालयस्थित कोइलाखानीमा विस्फाेट : खोटाङका एकाघरका दाजुभाइको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
२ माघ, खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फाेटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु भएको छ । बिहीबार मेघालयको उम्साङघाटस्थित कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा लागेको आगलागीमा परी बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारी २७ वर्षीय दाजु पूर्णबहादुर खपाङ्गी र २४ वर्षीय भाई सुरेन्द्र खपाङ्गीको मृत्यु भएको हो । घटनामा बराहपोखरी भञ्ज्याङका बमबहादुर खपाङ्गी, सालघारीका कर्णबहादुर खपाङ्गी, नरबहादुर खपाङ्गी र उदयपुर साउनेका ललित मगर घाइते भएका छन् । ७ जनाको टोलीमध्ये बराहपोखरी बालम्पाका ताराबल मगर सकुशल छन् । ताराबलले नै फोनमार्फत घटनाको जानकारी गराएको छिमेकी शिवकुमार श्रेष्ठले जानकारी दिए । ताराबलका अनुसार चार जनाको अवस्था गम्भीर छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ । उनीहरू रोजगारीका लागि गत पुस ३ गते मेघालय गएका थिए । खोटाङका विभिन्न ठाउँका स्थानीय काम खोज्दै मेघालय जाने गर...
जेन–जी आन्दोलनका क्रममा भागेका कैंदी समाउने जवान ‘उत्कृष्ट प्रहरी’ घोषित

जेन–जी आन्दोलनका क्रममा भागेका कैंदी समाउने जवान ‘उत्कृष्ट प्रहरी’ घोषित

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २१ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरी जवान मनोज बुढाथोकीलाई पुस महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित अस्थायी प्रहरी पोष्ट राजापानीमा कार्यरत प्रहरी जवान बुढाथोकीलाई पुसभरीको कार्यसम्पादनका आधारमा ‘पोलिस अफ द मन्थ’ घोषणा गरिएको हो । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा काठमाडौं केन्द्रीय कारागारबाट भागेका उदयपुरका मन्दीप राईलाई पक्राउ गरेर पुःन कारागारमै पुर्‍याउन भूमिका निर्वाह गरेका कारण बुढाथोकीलाई ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । गम्भीर प्रकृतिको अपराधमा संलग्न प्रतिवादी राईलाई जवान बुढाथोकी सहितको टोलीले गत पुस ६ गते राजापानीको मंसिरेबाट पक्राउ गरेको थियो । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यवसायीक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य...
खोटाङमा सुमो दुर्घटनामा एक भुटानीसहित तीन घाइते

खोटाङमा सुमो दुर्घटनामा एक भुटानीसहित तीन घाइते

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २० माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लाकुरीभञ्ज्याङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । माघ २० गते केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाडौं जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो दुर्घटनामा भुटानका एकसहित तीन यात्रु घाइते भएका हुन् । मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएको सुमो सडकको भित्तातर्फ पल्टिँदा भुटान थिम्बुका ७२ वर्षीय वृद्धा कार्दुङ, डोटीको पुर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३५ वर्षीय लोकराज जोशी र गोरखाको चुमनुब्री गाउँपालिका–८ का ५८ वर्षीय लोप्साङ लामा घाइते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि उदयपुरको जनसेवा क्लिनिक घुर्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । भुटानी नागरिक कार्दुङको टाउको र जोशीको काँधमा भित्री चोट लागेको छ । उनीहरु हलेसीमा दर्शन गरेर फर्कनेक्रममा दुर्घटनामा परेका हुन् । हा...
वृद्धवृद्धालाई सशस्त्र प्रहरीको सम्मान

वृद्धवृद्धालाई सशस्त्र प्रहरीको सम्मान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २ माघ । खोटाङमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर हलेसीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । २५ औं शसस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीले माघ २ गते ३५ जना ज्येष्ठ नागरिकलाई न्यानो टोपी वितरण गर्दै सम्मान गरेको हो । चिसो मौसममा लगाउने उनीको टोपी वितरण गर्दै वृद्धवृद्धालाई सम्मान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । ज्येष्ठ नागरिकको दिक्तेलस्थित कार्यालयमा ज्येष्ठ नागरिकलाई न्यानो टोपी वितरणसँगै खाजा खुवाइएको छ । सशस्त्र प्रहरी बल नम्बर ७ हलेसी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपाने र सशस्त्र प्रहरी निरीक्षक समराज खड्काले ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए । सम्मान पाएका वृद्धवृद्धाले सशस्त्र प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै थप उन्तती प्रगतीको कामना गरेका छन् ।...
माघे संक्रान्तीको अवसरमा बराहपोखरीमा भलिबल प्रतियोगीताको तयारी

माघे संक्रान्तीको अवसरमा बराहपोखरीमा भलिबल प्रतियोगीताको तयारी

खेलकुद, ताजा अपडेट, मुख्य खबर, समाज
खोटाङ, १८ पुस । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा साविक वडास्तरिय पुरुष भलिबल प्रतियोगीताको तयारी गरिएको छ । माघे संक्रान्तीको अवसर पारेर जनजागृति युवा क्लवको आयोजनामा पुस २७ गतेदेखि माघ १ गतेसम्म भलिबल प्रतियोगीता गर्न लागिएको हो । भञ्ज्याङ खेलमैदानमा सञ्चालन हुने प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने संयोजक प्रकाश खपाङ्गी मगरले जानकारी दिए । एमाले बराहपोखी गाउँपालिका–१ वडा कमिटिको प्रायोजनामा जनजागृति युवा क्लवले प्रतियोगीताको तयारी गरेको हो । प्रतियोगीताका लागि पुस २६ गतेसम्ममा टिम दर्ता गरिसक्नुपर्ने छ । सहभागी हुने खेलाडीहरु साविकको वडाको भएको खुल्ले कागजात पेश गर्नुपर्ने क्लवले जनाएको छ । प्रतियोगीता संविधानसभा सदस्य एबं एमाले केन्द्रीय कमिटि सदस्य बिशाल भट्टराईको प्रमुख आतिथ्यत...
नगरमा लोकसेवा आयोगको तयारी कक्षा सुरु

नगरमा लोकसेवा आयोगको तयारी कक्षा सुरु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १८ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लोकसेवा आयोगको तयारी कक्षा सुरु गरेको छ । लोकसेवा सारथी प्रालि, दिक्तेल शाखाको सहजीकणमा नगरपालिकाले खरदार र नासुको लिखित दोश्रो र तेश्रो पत्रको तयारी कक्षा सुरु गरेको हो । ६० दिन सञ्चालन हुने लोकसेवा तयारी कक्षा पुस १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका छन् । (थप समाचार  Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...