विचार/अन्तर्वार्ता

संवैधानिक हक र व्यावहारिक चुनौती: नेपालको निशुल्क आधारभूत स्वास्थ्य सेवा प्रवाहको वर्तमान परिदृश्य

संवैधानिक हक र व्यावहारिक चुनौती: नेपालको निशुल्क आधारभूत स्वास्थ्य सेवा प्रवाहको वर्तमान परिदृश्य

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
खेमराज आचार्य खोटाङ, ३१ बैसाख । वि.सं. २०४६ को जनआन्दोलनपछि निर्माण भएको राष्ट्रिय स्वास्थ्य नीति, २०४८ कार्यान्वयनमा आएपछि स्वास्थ्य सेवा विस्तारमा संरचनागत परिवर्तन देखिएको हो । त्यसपश्चात २०६३ को जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनसँगै जनचेतनामा आएको वृद्धि तथा नागरिक अधिकारप्रति जागरूकताका कारण स्वास्थ्यलाई मौलिक हकका रूपमा लिइएको छ । स्वास्थ्य कुनै पनि राष्ट्रको सामाजिक र आर्थिक विकासको मेरुदण्ड हो । जनताको जीवनस्तर उकास्नका लागि स्वास्थ्य सेवा अनिवार्य विषय हो । नेपालले आफ्नो संविधानमार्फत नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक सुनिश्चित गरेको छ । संविधान २०७२ को धारा ३५ मा स्पष्ट रूपमा भनिएको छ कि प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक हुनेछ । यसले राज्यलाई प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षाका लागि उत्तरदायी बनाएको छ । त्यस्तै, धारा ५७(...
राई समुदायको परम्परागत संस्कृतिमा कानेटोपी बनावटको सुनगाभाको महत्व

राई समुदायको परम्परागत संस्कृतिमा कानेटोपी बनावटको सुनगाभाको महत्व

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
✍ शुसिल चन्द्र राई “सजावट मात्र होइन, संरक्षणको चिन्ता: (Dendrobium aphyllum) सुनगाभाको कथा”  खोटाङ, ३० बैसाख । खोटाङ जिल्लाका राई समुदायमा परम्परागत संस्कार तथा धार्मिक अनुष्ठानमा प्रयोग गरिने महत्त्वपूर्ण वनस्पतिहरूमध्ये डेन्ड्रोबियम अफाइलम (Dendrobium aphyllum) पनि एक हो । यस वनस्पति विश्वब्यापी रूपमा सबैभन्दा बढी २५,००० देखि ३५,०००० फूल फूल्ने प्रजातीमा पर्दछ । यस वनस्पतिको अंग्रेजी नाम होडेड अर्किड (Hooded orchid) पनि हो । यस वनस्पतिको अंग्रेजी नाम (Hooded orchid) लाई नेपालीमा अनुवाद गर्दा कानेटोपी बनावटको सुनगाभा भनिन्छ (Mr. Lal Prasad Ghimire, Lecturer, English)। यो एक प्रकारको एपिफाइटिक सुनाखरी वा सुनगाभा हो, जसले रूखका हाँगामा टाँसिएर वृद्धि गर्छ । एपिफाइटिक वनस्पति भन्नाले कुनै पनि रूखका हाँगामा टाँसिएर वृद्धि गरेता पनि त्यस रूखका पोषण तत्व प्रयोग गर्दैन तर यस वनस्पतिको जिवन...
शिक्षामा गहिरिँदो वर्गीय विभाजन

शिक्षामा गहिरिँदो वर्गीय विभाजन

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
✍ खेमराज आचार्य खोटाङ, २१ बैसाख । नेपालको संविधान २०७२ को धारा ३१ मा प्रत्येक नागरिकलाई शिक्षा सम्बन्धी मौलिक अधिकार सुनिश्चित गरिएको छ । सो धारा अनुसार सबै नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य रुपमा प्राप्त गर्न पाउने तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने संवैधानिक व्यवस्था छ । तर व्यवहारमा उक्त अधिकार सबै नागरिकले समान रूपमा प्राप्त गर्न सकिरहेका छैनन् । शिक्षाको पहुँच र गुणस्तरमा वर्गीय विभाजन दिनानुदिन गहिरिँदो देखिन्छ । आजको नेपालमा सम्पन्न वर्गका बालबालिकाले महँगो शुल्क तिरेर निजी विद्यालयमा गुणस्तरीय शिक्षा ग्रहण गरिरहेका छन्, भने आर्थिक रूपले कमजोर वर्गका बालबालिकाहरू सीमित स्रोतसाधन भएका सामुदायिक विद्यालयमा अध्ययन गर्न बाध्य छन् । यो प्रवृत्तिले संविधानले निर्दिष्ट गरेको समान र सर्वसुलभ शिक्षाको अधिकारमाथि प्रश्न उठाएको छ । शिक्षा तथा मानव स्रो...
गभर्नर नियुक्ति ढिलाई किन र केका लागि !

गभर्नर नियुक्ति ढिलाई किन र केका लागि !

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
✍ लोकनाथ घिमिरे काठमाडौं, १७ बैसाख । राष्ट्र बैंक ऐन २०५८ मा बहालवाला गभर्नरको कार्यकाल एक महिना बाँकी छँदै नयाँ गभर्नर नियुत्ति गर्नुपर्ने प्रावधान छ । राष्ट्र बैंक ऐनको दफा २५ अनुसार नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा एक महिना अगावै नयाँ गभर्नर नियुक्त गरेर त्यसको सार्वजनिक सूचना समेत प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सरकारले गठन गरेको सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेसँगै सिफारिस गरिएकामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर पदमानियुक्तगर्न सक्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ । कानुनी संरचनालाई लत्याउदै सरकारले औपचारिकताकालागि मात्रै गर्भनर सिफारिस समिति बनाउनुले सरकार कति निरंकुश बन्न खोजेको भनेर उजगार गर्दछ तर, गठबन्धन सरकार यो ऐन पालनागर्न गम्भीर देखिएको छैन् । यसबाट सरकार अर्थतन्त्र र वित्तीय क्षेत्रप्रति गम्भीर र समवेदनसिल छैन् ...
यो सरकार, के सरकार !

यो सरकार, के सरकार !

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
लोकनाथ घिमिरे काठमाडौं, १२ बैसाख । सरकार गठन हुने र भत्किने, फेरि बन्ने प्रकृया राजनीतिक परिघटना नै हो । यही क्रममा २०८१ साल असार १७ गते संविधान संशोधनको मूल उद्देश्यसहित भन्दै नेपाली जनताको जनादेश प्राप्त दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरे । गठबन्धनको फलस्वरुप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अति शक्तिशाली सरकार गठन भयो । संविधानमा रहेका यावत कमिकमजोरीको पहिचान गरीसंविधान संशोधनको मूल एजेन्डासहित यो सरकार बने पनि झण्डै दश महिनाको समय बितिसक्दा पनि संविधान संशोधनका लागि ‘स’ समेत उच्चारण हुन सकेन । संशोधनको लागि कार्यदल पनि बन्न सकेको छैन । आम नागरिकहरू शिशिर वसन्तको कथा जस्तो त्यही संविधान संशोधनको प्रतीक्षामा रहेका छन् । व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको, सरकार तथा राजनीतिक दलहरूले नागरिकलाई सुशासन दिन नसकेको, आर्थिक तथा नीतिगत अनि...
शिक्षक आन्दोलन रोक, सरकार अब मौन नबस !

शिक्षक आन्दोलन रोक, सरकार अब मौन नबस !

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
अर्जुन फुयल  खोटाङ, ९ बैसाख । नेपालमा अहिले भइरहेको शिक्षक आन्दोलनले देशभरका हजारौँ विद्यार्थीको शिक्षा प्रभावित बनाइरहेको छ । विशेष गरी अहिले १२ कक्षाको परीक्षा नजिकिँदै गर्दा शिक्षालयहरू बन्द हुनु, पठनपाठन अवरुद्ध हुनु र विद्यार्थी मानसिक तनावमा पर्नु गम्भीर विषय हो । शिक्षकहरूको माग जायज हुनसक्छ, तर त्यसको मूल्य विद्यार्थीले तिर्नु नपर्ने हो । शिक्षालाई राष्ट्र निर्माणको आधार भन्ने सरकार नै शिक्षाको धज्जी उडाउने आन्दोलनलाई बेवास्ता गरेर कुन भविष्यको ग्यारेन्टी दिन खोज्दैछ ? सरकार अझै मौन बस्ने हो भने, यसले देशको सम्पूर्ण शैक्षिक प्रणालीमा गम्भीर असर पार्नेछ । हामी चाहन्छौं–वार्तामार्फत समाधान होस्, शिक्षकको न्यायोचित माग पूरा होस्, तर शिक्षाको कुनै पनि हालतमा क्षति नहोस् । अब सरकार जिम्मेवार बनोस् । आन्दोलनको चपेटामा विद्यार्थीको भविष्य जल्न दिनु अमानवीय हो । शिक्षक पनि जनताको सेवक ...
तीनकुने घटनाः मानव अधिकार आयोगको मौनता र नागरिकको कौतुहलता

तीनकुने घटनाः मानव अधिकार आयोगको मौनता र नागरिकको कौतुहलता

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
लोकनाथ घिमिरे काठमाडौं, २९ चैत । यस वर्षको प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा एक सन्देश जारी गर्दै राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन सबैलाई आह्वान गरे । उनले जारी गरेको संदेशमा देश र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ रहरिहने, राष्ट्रको रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनु पर्ने उल्लेख थियो । उनले आफूले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भन्ने उद्देश्यले त्याग गर्नु परेको उल्लेख गरेका थिए । उनको संदेशमा नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो आफू तयार रहेको भनी एउटा भिडियो सन्देशमा भनेका थिए । ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई साथ दिन आह्वान गर्दछौँ।’ ‘हाम्रो यो नेपाल देशभक्त पूर्खाहरूले फलाएको र...
जीवन अबिरल बहिरहन्छ – थेम्ससँगसँगै (भाग-२)

जीवन अबिरल बहिरहन्छ – थेम्ससँगसँगै (भाग-२)

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
✍ भीम राई अक्सफोर्ड (बेलायत), १२ फागुन । वास्तवमा यात्रा यात्रा नै हो । अझै थेम्सको यात्रा भनेपछि अलिक पृथक खालको र बढि मनोरन्जनात्मक पनि हुने गर्छ । खै किन हो किन, जलयात्रा भनेपछि म हुरुक्कै हुने गर्छु । हुनत जुनसुकै जलयात्रामा निस्केता पनि हामी पानीजहाजको सबैभन्दा माथिलो तलामा पुग्छौं । अनि त्यस तलाको एउटा कुनामा पुगेर थपक्कै यसरि नै बस्छौं रत्यहाँदेखि देखिने रमाइला ठाउँहरुको दृश्यवलोकन गर्न थालिहाल्छौं। अहिले थेम्स नदीको पानी हाम्रो जिन्दगीझै अविरल बहिरहेको छ । तिनै पानीमा देखिएका आफ्नो छायाँलाई पटकपटक नजर लगाउँदै हाम्रो समय पनि आफ्नै गतिमा अगाडि बहिरहेको हुन्छ । हामीले यात्रा गरिरहेको क्रुजभन्दा अलिक स-साना तर झन वेगमा चल्ने इन्जिन डुङ्गाहरु हाम्रा दायाँ र बायाँ स्याउँस्याउँती देखा परिरहन्छन् । तिनैले निकालेको पानीको छालहरु छिचोल्दै छिचोल्दै अगाडि बढ्दा हामीलाई खुबै रमाइलो लागिरहेको ...
जीवन अबिरल बहिरहन्छ – थेम्ससँगसँगै

जीवन अबिरल बहिरहन्छ – थेम्ससँगसँगै

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
✍ भीम राई अक्सफोर्ड (बेलायत), ५ फागुन । सन् दुई हजार चौबिसको जुलाई महिना । मध्यान्हको सूर्यको किरण बिगबेनको शीरमा टलक्कै टल्किरहेको छ । अझै यसो भनौं – यहाँदेखि तिनै बिगबेनले ग्रिनविचको समय दिउँसोको ठीक १२ बजाइ रहेको मज्जाले नजर लगाउन मिल्छ । अब यति भनिसकेपछि यहाँहरुलाई अवगत नै भयो होला ? हामी यतिबेला लण्डनमा छौ । उसो त यति चर्चित सहर लन्डनलाई एक जमानामा कहिले सूर्य नअस्ताउने राज्यको राजधानी हो भन्दा पनि खास्सै फरकपर्दैन थियो । तर अहिले त्यो सब इतिहास भैसकेको छ । बेलायतमा अहिले ग्रिष्मकालिन मौसम छ । भनौं – यो समय भनेको फिरङ्गिहरुको लागि अति उपयुक्त्त समय हो । त्यति राम्रो मौसमको फाइदा उठाउँदै उठाउँदै म तारासँग “सर्कुलर क्रुज” को माथिलो तलामा पुगेको हुन्छु । र, त्यहाँदेखि देखिने दायाँबायाँको मनोरम दृश्य नियाली रहेका छु । तर यतिबेला क्रुजलेथेम्स नदीको नाङ्गो छातीमा टेकेर पानीमाथि मज्जाले त...
मानव अधिकारको लागि खोटाङ्गवासीको सकृयता

मानव अधिकारको लागि खोटाङ्गवासीको सकृयता

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
लोकनाथ घिमिरे काठमाडौं, ४ फागुन । घटना २०५८ साल र त्यसपछिको हो । तत्कालीन श्री ५ को सरकार (पछि नेपाल सरकार भएको)ले २०५८ साल मंसिर ११ गते संङ्कटकाल घोषणा गर्‍यो । तत्पश्चात नागरिकका न्यूनतम मानव अधिकारहरू क्रमशः कुण्ठित हुन थाले । सङ्कटकालसँगै सरकारले आतङ्ककारी तथा विध्वंसात्मक गतिविधि नियन्त्रण सजाय ऐन अध्यादेशमार्फत जारी गर्‍यो । त्यसले नागरिकलाई झन आतङ्कित पार्‍यो । त्यसपश्चात सुरक्षाकर्मीहरूमार्फत सरकार आफैँ मानिसहरूलाई बलर्पूवक वेपत्ता पार्ने कार्यमा अग्रपङ्तिमा उभियो । माओवादीलाई खान, बस्न दिएको, चन्दा दिएको लगायतको आरोपमा जिल्लाका अधिकांश गाविसहरूबाट सुरक्षाकर्मीबाट नागरिकहरूलाई गिरफ्तार गर्ने, बेपत्ता पार्ने लगायतका गतिविधि सुरु भइसकेको थियो । सशस्त्र द्वन्दकालमा माओवादीका कारण गाँउमा क्रियाशील धेरै गैर–सरकारी संघसंस्थाहरूमध्ये कुनै बन्द भए भने कुनै सदरमुकाम केन्द्रित भए । कुनै मा...