खोटाङका दुई वडाबाट दुई/दुई जना उम्मेदवार
खोटाङ, १२ माघ । खोटाङका दुई वडाबाट दुई/दुई जना उम्मेदवार उठेका छन् । केपिलासगढी गाउँपालिका–१ फेदी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाबाट दुई/दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फेदीबाट नेपाली कांग्रेसका बीरकाजी राई र श्रम संस्कृति पार्टीका आरेन राई उम्मेदवार बनेका छन् ।
यस्तै, बुईपाबाट नेकपा एमालेका देवबिक्रम राई र जनता समाजवादी पार्टीका राकेश राई उठेका छन् । एकै वडाबाट दुई/दुई जना उम्मेदवार उठेपछि वडामै मत बाँडिने देखिएको छ । उम्मेदवारसँग नजिकको साईनो सम्वन्ध भएका मतदातालाई भने भोट हाल्नका लागि निर्णय गर्न कठिन भएको चर्चा चल्न थालेको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा दुई स्वतन्त्र सहित १५ उम्मेदवार उठेका छन् । मुख्या निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्थशास्त्र...









