राजनीति

वाइसिएल नगर कमिटि अध्यक्षमा लेखबहादुर रम्तेल

वाइसिएल नगर कमिटि अध्यक्षमा लेखबहादुर रम्तेल

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १२ बैसाख । वाइसिएल दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि अध्यक्षमा लेखबहादुर रम्तेल चयन भएका छन् । दिक्तेलमा बैसाख १२ गते सम्पन्न वाइसिएलको दोश्रो नगर सम्मेलनबाट रम्तेल सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । नगर कमिटिको उपाध्यक्षमा ज्ञानेन्द्र बिक र सावित्रा बास्तोला, सचिवमा सुरेन्द्र राई, सह–सचिवमा विवेक राई, बिन्द्र किराती र गणेश रोका तथा कोषाध्यक्ष रोजिना कार्की चयन भएका छन् । नगर सम्मेलन वाइसिएलका केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीले उद्घाटन गरेका थिए । सम्मेलनले रम्तेलको अध्यक्षतामा वाइसिएलको २८ सदस्यीय नगर कमिटि गठन गरेको छ । सम्मेलन अघि वाइसिएलले दिक्तेलबजारमा जुलुस निकालेको थियो ।...
अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित

अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २५ फागुन । नेकपा माओवादी केन्द्रले अमेरिका बस्ने वडाध्यक्षलाई जिम्मेवारीबाट निलम्बन गरेको छ । माओवादी केन्द्रले खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई अनिश्चितकालका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको हो । विगत एक वर्षदेखि पार्टी र सम्वन्धित निकायलाई जानकारी नदिइ अमेरिका बसेको तथा पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दा बेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्रको प्रदेश कमिटिले कटवाललाई निलम्बन गरेको हो । उनलाई कारबाहीका लागि साकेला गाउँपालिका कमिटिले गत पुस ११ गते सिफारिस गरेको नेकपा माओवादी केन्द्र, खोटाङका अध्यक्ष दिपक पाण्डे (आकाश)ले जानकारी दिए । माओवादी केन्द्रको प्रदेश कमिटि अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) र सचिव गणेश उप्रेती (शुशील)ले हस्ताक्षर गरेको निलम्बन–पत्रमा अमेरिका बस्ने वडाध्यक्षका कारण पार्टीले आलोचना खेप्नु परेको उल...
वाइसिएल हलेसी तुवाचुङ नगरपालिकाको अध्यक्षमा बुढाथोकी

वाइसिएल हलेसी तुवाचुङ नगरपालिकाको अध्यक्षमा बुढाथोकी

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १७ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित वाइसिएलको नगर कमिटि अध्यक्षमा दिनेश बुढाथोकी चयन भएका छन् । फागुन १७ गते सम्पन्न दोश्रो नगर सम्मेलनले दिनेशको अध्यक्षतामा वाइसिएलको ४१ सदस्यीय नगर कमिटि गठन गरेको छ । नेकपा माओवादी केन्द्रनिकट वाइसिएलको नगर कमिटिको उपाध्यक्षमा त्रिचन्द्र राई, नेत्रबिक्रम राई र हिरण माझी, सचिवमा राकेश राई, सह–सचिवमा युवराज कार्की, सुगा बिश्वकर्मा, मेगजन राई, पार्वती कार्की र गौतम राई तथा कोषाध्यक्षमा एमिका राई र सह–कोषाध्यक्षमा अवसरा राई चयन भएका छन् । यस्तै, सदस्यमा भरत श्रेष्ठ, सरोज श्रेष्ठ, निता खत्री, कुमार राई, विमल कार्की, कुमार कार्की लगायत सर्वसम्मत चयन भएका छन् । वाइसिएल नेपालको फ्याक्सन इन्चार्ज एबं माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा)को प्रमुख आतिथ्यतामा वाइसिएलको नगर सम्मेलन सम्पन्न भएको हो । नगर सम्मेलनमा माओवादी ...
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन खोटाङको अध्यक्षमा बस्नेत

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन खोटाङको अध्यक्षमा बस्नेत

ताजा अपडेट, मुख्य खबर, राजनीति
खोटाङ, १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन खोटाङको अध्यक्षमा नन्दबहादुर बस्नेत चयन भएका छन् । फागुन १६ गते सम्पन्न जिल्ला अधिबेसनबाट बस्नेत राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अध्यक्ष चयन भएका हुन् । संगठनको उपाध्यक्षमा सविन राई, सचिवमा बिष्णु राई, सह–सचिवमा धनकुमार परियार र कोषाध्यक्षमा मिना मुगराती सर्वसम्मत चयन भएका छन् । सदस्यमा शिव भट्टराई, हरि खत्री, रेवन राई, बन्दना राई, मिना निशाङ्खे, एलस खतिवडा लगायत चयन भएका छन् । यस्तै, प्रविन भट्टराई, तेजबहादुर राई, कर्णबहादुर बस्नेत, गीता खड्का, प्रकाश भट्टराई, केदार कटुवाल, असमिन राई, राजन खत्री, सुनिता राई, बिपना राई, डिल्ली निरौला, विपना राई, मिरा थापा, अनिल राई लगायत सदस्यमा चुनिएका छन् । राप्रपाका केन्द्रीय प्रवक्ता सगुन सुन्दर लावतीको प्रमुख आतित्यतामा राष्ट्रिय प्रजातान्त...
दिरुमनपामा राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन गठन

दिरुमनपामा राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन गठन

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ७ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठन विस्तार गरिएको छ । राप्रपाको फागुन ७ गते भएको भेलाबाट सन्तोष खत्रीको अध्यक्षतामा २५ सदस्यीय राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन गठन गरिएको हो । संगठनको उपाध्यक्षमा बन्दना राई, सचिवमा अनिल भट्टराई, सह–सचिवमा रबिना राई र कोषाध्यक्षमा शर्मिला थापा (खड्का) चयन भएका छन् । राष्ट्रिय प्रजातन्त्रिक युवा संगठनको सदस्यमा नन्द बस्नेत, बिष्णु राई, अनिता खड्का, मोबिहाङ राई, बिपी राई, अनिल राई लगायत छन् । रापप्राले पहिलोपल्ट नगरपालिकामा युवा संगठन गठन गरेको राप्रपाका प्रवक्ता शिवकुमार भट्टराईले जानकारी दिए । राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राईको प्रमुख आतिथ्यता तथा राष्ट्रिय प्रजातन्त्रिक युवा संगठनका जिल्ला अध्यक्ष नन्द बस्नेतको विशेष आतिथ्यतामा युवा संगठन गठन गरिएको हो ।...
प्रजातन्त्र दिवसमा नेबिसंघले गर्‍यो दिप प्रज्वलन

प्रजातन्त्र दिवसमा नेबिसंघले गर्‍यो दिप प्रज्वलन

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ७ फागुन । खोटाङमा प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघले दिप प्रज्वलन गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति र दिक्तेल बहुमुखी क्याम्पस इकाई कमिटिले फागुन ७ गते साँझ दिप प्रज्वलन गरेको हो । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुस र हुकुमी शासनलाई अन्त्या गर्दै मुलुकका प्रजातन्त्रको दियो बालिएको सम्झनामा शुभकामना आदान प्रदानसँगै दिप प्रज्वलन गरिएको हो । नेविसंघका विद्यार्थी नेताहरुको उपस्थितिमा दिक्तेलको त्रिबेणीचोकमा दिप प्रज्वलन गरिएको नेपाल नेपाल विद्यार्थी संघ दिक्तेल बहुमुखी क्याम्पस इकाई कमिटिका अध्यक्ष सोनामहाङ राईले बताए । दिप प्रज्वलनका क्रममा खियामा राईले कविता बाचन गरेर सुनाएकी थिईन् ।...

यस कुराले नेपाल बन्दैन: बिशाल भट्टराई

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १३ माघ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले ‘धेरै लाईक र कमेन्ट’ पाउनेहरुबाट समाजलाई गैर–जिम्मेवार र अराजकतातर्फ लैजाने काम भइरहेको बताएका छन् । माघ १३ गते प्रेस चौतारी नेपाल खोटाङको छैठौं जिल्ला अधिबेसन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य भट्टराईले रबि लामिछाने र बालेन शाहलाई लक्षित गर्दै ‘नकरात्मक’ लेख्नेहरुकै स्टाटसमा लाखौं मान्छेहरुले लाईक र कमेन्ट गर्नेगरेको चर्चा गरेका छन् । ‘काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाउँछु भनेर स्टाटस लेख्नु भो । लाखौं मान्छेहरु लाईक र कमेन्ट गर्छन् । सिंहदरबारमा आगो लगाउँछु वा त्यो देशको हेडक्वाटरमा आगो लगाउँछु भनेर यो दुनियाको कुनै पनि जनप्रतिनिधिले लेख्दैन । त्यो स्तरमा झरेर लेख्नु भो । तर त्यसैमा वाहवाही छ,’ भट्टराईले भने, ‘यो किसिमको गैर–जिम्मेवार काम र अराजकतातर्फ लैजाने काम महत्वपूर्ण भनिएका र सबैभन्दा...

अखिल (क्रान्तीकारी)को केन्द्रीय उपमहासचिवमा रबिन खम्बूको उम्मेदवारी

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ८ माघ । खोटाङका विद्यार्थी नेता रबिन खम्बूले अनेरास्ववियु क्रान्तीकारीको केन्द्रीय उपमहासचिवमा उम्मेदवारी दिएका छन् । अखिल क्रान्तीकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तरगत नेतृत्व चयनका क्रममा खम्बूले उपमहासचिवमा उम्मेदवारी दिएका हुन् । जिल्लामा जुझारु युवाको पहिचान बनाएका खम्बूले प्रदेश नम्बर १ बाट उपमहासचिव पदमा मनोनयन दर्ता गरेका हुन् । शैक्षिक बिकृति, विसंगति एवं शैक्षिक दलालहरुको अन्त्या गर्दै शिक्षा क्षेत्रको आमुल परिवर्तनमा योगदान दिने लक्ष्यका साथ उपमहासचिवमा उम्मेदवारी दिएको खम्बूले बताए । खम्बूले २०६२/०६३ को जनआन्दोलनको उपलब्धिको रक्षा गर्दै शिक्षा–स्वास्थ्य लगायतका आधारभूत र संवेदनशिल विषयलाई पूर्णरूपमा निःशुल्क गराउन सशक्त रूपमा पहल गर्ने घोषणा–पत्र अघि सारेका छन् । अखिल क्रान्तीकारीको नयाँ नेतृत्व चयनका लागि माघ १२ गते निर्वाचन हुँदैछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

हलेसी तुवाचुङमा जनता समाजवादी पार्टीको नगर समिति

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २९ पुस । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको नगर समिति बनेको छ । अशोक राई र उपेन्द्र यादव अलग हुनुअघि राजन राईको अध्यक्षतामा बनेको नगर कार्य समितिलाई नै जनता समाजवादी पार्टीको नगर समितिमा रुपान्तरण गरिएको हो । जनता समाजवादी पार्टीको नगर समिति उपाध्यक्षमा राजेश राई, सचिवमा दुर्गा राई, कोषाध्यक्षमा गिरीराज राई लगायत छन् । नगरका अधिकांश नेता जनता समाजवादी पार्टीमा रुपान्तरण भएको उपाध्यक्ष राईले बताए । रुपान्तरण कार्यक्रममा जिल्ला तथा केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।...

‘के हामी साँच्चै जनताको नोकर भयौं त ?’: धिरेन

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २९ पुस । नेकपा माओवादी केन्द्र खोटाङका इन्चार्ज ध्रुब बुढाथोकी (धिरेन)ले गलत काम गर्ने आफ्नै पार्टीका नेताविरुद्ध पत्रकारले लेख्न सक्नुपर्ने धारणा राखेका छन् । प्रेस सेन्टर नेपाल खोटाङको पाँचौं जिल्ला अधिबेसन उद्घाटन गर्दै इन्चार्ज बुढाथोकीले पत्रकारलाई ‘राइट टु रिभोलुसन’को विधि प्रयोग गर्न पत्रकारको ध्यानाकर्षण गराएका छन् । ‘राइट टु रिभोलुसनको विधि सबैले प्रयोग गरौं । मैले गलत काम गरेको छु भने प्रेस सेन्टरका साथीहरुले लेख्न सक्नुपर्छ, बोल्न सक्नुपर्छ र जनतालाई मेरो विरुद्धमा सु–सज्जित ढंगले संघर्ष गर्ने वातावरण बनाउनुपर्छ,’ बुढाथोकीले भने, ‘त्यसो भयो भने जनताले चासो र उत्साहका साथ अध्ययन गर्छ र चेतना पनि त्यही ढंगले सुसज्नित गर्छ ।’ बैकल्पिक केन्द्रीय सदस्य समेत रहेका बुढाथोकीले अर्को प्रशंगमा वर्तमान राजनीति व्यवसाय बन्दै गएको टिप्पणी गरे । ‘राजनीति व्यवसाय बन्दैगएको छ । खास राज...