ताजा अपडेट

‘सुनपहेंले’को बिहेले ‘खुइली’लाई तनाव

‘सुनपहेंले’को बिहेले ‘खुइली’लाई तनाव

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
काठमाडौं, ३ साउन । नयाँ हास्य शृंखला ‘गावैं रमाइलो’लाई पछिल्लो समय दर्शकले निकै रुचाएका छन् । सात हप्ता अघिको बिहिबारदेखि सुरु भएको सो सिरियल सातौं भागसम्म आउदा धेरै दर्शकले मन पराउन थालेका हुन् । हरेक बिहीबार साँझ आउने उक्त सिरियल हेर्नेको ग्राफ बढ्दै गइरहेको निर्देशक नेत्र राउतले बताए । सातौं भागमा ट्विस्ट आएपछि दर्शकहरुलाई आठौं भाग कस्तो होला भनेर प्रतिक्षा गर्न उत्साहित बनाएको छ । सातौं भागमा भर्खरै जेलबाट छुटेका सुवास घिसिङ ‘सुनपहेंले’सँग नवीना सिलवाल ‘खुइली’ बिहे गर्न राजी हुन्छिन् । तर, जब खुइलीको साथीको भूमिकामा पत्रकारको इन्ट्रि हुन्छ । त्यसपछि बिहेको लागि तयार भएको खुइलीलाई धोका दिन्छिन् । ‘सुनपहेंले’ खराब हुन् भन्दै खुइलीलाई भड्काउछन् । लास्टमा पत्रकारले नै ‘सुनपहेंले’सँग बिहे गर्छिन् । अनि तनावमा हुन्छिन् खुइली । यो सिरियल सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य ग...
दिक्तेलमा एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन गर्ने योजना

दिक्तेलमा एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन गर्ने योजना

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, ३१ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालयमा एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन गर्ने योजना बनाएको छ । १५ वडा रहेको नगरपालिकाले २०८३ सालदेखि प्राथमिक तहबाटै एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको हो । २०८२ सालभित्र विद्यालयमा एआई तथा आइसिटी बेस्ड लर्निङ, वैज्ञानिक खोज तथा अनुसन्धानमा आधारित प्रोग्रेसिभ एजुकोसनको अभ्यास गर्ने र २०८३ सालमा ‘एक वडा एक रोबोटिक्स तथा एआई ल्याव’ स्थापना सँगै एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन लक्ष्य तय गरेको हो । रोबोटिक्स, एआई तथा इन्जिनियरिङ परामर्श सेवामा प्राविधिक सहकार्यकालागि नगरपालिका र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसबीच गत असार १२ गते समझदारी कायम गरिसकिएको छ । नगरपालिकाले असार २१ गते आयोजना गरेको वृहत शैक्षिक सम्मेलनले पनि सो समझदारी अनुसार २०८३ सालमा रोबोटिक्स तथा एआई ल्...
खोटाङका सिडियोको सरुवा, नयाँ सिडियोको रुपमा कल्पना श्रेष्ठ आउँदै

खोटाङका सिडियोको सरुवा, नयाँ सिडियोको रुपमा कल्पना श्रेष्ठ आउँदै

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३१ असार । खोटाङका सिडियो नरहरि घिमिरेको सरुवा भएको छ । गृह–मन्त्रालयले हाल प्रमुख जिल्ला अधिकारीकोरुपमा कार्यरत घिमिरेको सरुवा गर्दै सह–सचिव कल्पना श्रेष्ठलाई नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा खटाउने निर्णय गरेको छ । मन्त्रालयले असार ३१ गते घिमिरेलाई अध्यगमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थलमा सरुवा गर्ने निर्णय गरेको छ । गृह–मन्त्रालयमै कार्यरत सह–सचिव श्रेष्ठलाई नयाँ प्रमुख जिल्ला अधिकारीकोरुपमा खोटाङ पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत रहेको अवस्थामा घिमिरे खोटाङको प्रमुख जिल्ला अधिकारीकोरुपमा खटाइएका थिए ।...
‘क्या मिठो बोली मैच्याङ्ग’ सार्वजनिक (भिडियो सहित)

‘क्या मिठो बोली मैच्याङ्ग’ सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, संगीत, समाचार
काठमाडौं, २९ असार । गायक दिलिप तामाङको ‘क्या मिठो बोली मैच्याङ्ग’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । खोटाङको दिक्तेल स्थायी घर भई हाल बेलायत बस्दै आएका गायक तामाङको अफिसिलय युट्ब च्यानलमार्फत गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । स्टेजमा आफ्नो सांगीतिक प्रस्तुती दिँदैआएका तामाङ ‘क्या मिठो बोली मैच्याङ्ग’मार्फत औपचारिकरुपमा नेपाली संगीत जगतमा प्रवेश गरेका छन् । प्रवासबाट औपचारिकरुपमा संगीतमा ‘डेव्यु’ गरेका तामाङलार्ई गायिका लिला गोम्देनले साथ दिएकी छिन् । श्रुतीमा श्रेष्ठ तामाङको प्रस्तुति रहेको गीतमा डिल्लीराम राईको शब्द र आशुसेन लामाको संगीत रहेको छ । सेलो विटमा रहेको गीतले नेपाली संगीतको परम्परागत मिठासलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको गायक तामाङले बताए । ‘क्या मिठो बोली मैच्याङ्ग’ को म्युजिक भिडियोमा मोडल डोना थापा र याङजी दोङलगायतले अभिनय गरेका छन् । भिडियोले गीतक...
जन्तेढुंगा गाउँपालिकाले उत्पादन गर्‍यो ६ हजार केजी आलु

जन्तेढुंगा गाउँपालिकाले उत्पादन गर्‍यो ६ हजार केजी आलु

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, २८ असार । खोटाङको जन्तेढुंगा गाउँपालिकाले करिब ६ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवद्र्धन अन्तरगत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा उपलव्ध गराएको सशर्त बजेटबाट गाउँपालिकाले अनुमानित ६ हजार केजी आलु फलाएको हो । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा गत फागुनमा करिब ६१ रोपनी सार्वजनिक जग्गामा आलु खेती लगाइएको थियो । गत असार १२ गतेदेखि असार २७ गतेसम्म लगाएर आलु खनिएको गाउँपालिकाका सूचना अधिकारी प्रवेश निरौलाले बताए । उत्पादित आलुलाई गाउँपालिकाले चिसापानीबजारमा निर्माण गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेलीघरबाटै प्रतिकेजी ५५ रुपैयाँका दरले आलु बिक्री भइरहेको जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले बताए । कृषि शाखाबाट कुपन लिएर कुपनको आधारमा आलु किन्ने व्यवस्था मिलाइएको छ । हालसम्म १ हजार १०६ केजी आलु ...
साहित्यकार एवं पत्रकार श्रीराम राईलाई गोधूलि साहित्य सम्मान

साहित्यकार एवं पत्रकार श्रीराम राईलाई गोधूलि साहित्य सम्मान

ताजा अपडेट, मुख्य खबर, समाचार, साहित्य
काठमाडौं, २८ असार । खोटाङका साहित्यकार एवं पत्रकार श्रीराम राईलाई ‘गोधूलि साहित्य सम्मान–२०८२’ प्रदान गरिएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वद्र्घन र संरक्षण पुर्‍याएको योगदानको कदर गर्दै गोधूलि साहित्य प्रतिष्ठान, काठमाडौंले साहित्यकार एवं पत्रकार राईलाई ‘गोधूलि साहित्य सम्मान’ प्रदान गरेको हो । २१२ औं भानुजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान (लेखनाथ प्रवचन कक्ष)मा असार २८ गते आयोजित कार्यक्रममा प्रतिष्ठानले साहित्वकार एवं पत्रकार राईलाई सम्मान गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा सिर्जनाकुञ्ज निवासी राईले यसअघि इडन व्रिज एकेडेमी बाल पत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघ, स्वर्ण महोत्सव (२०८०) लगयातका सम्मान तथा पुरस्कार पाइसकेका छन् । १० वर्षे शिक्ष...
पाँच जनालाई पुरस्कार र दुई जनालाई सम्मान गर्ने किरात राई साँस्कृतिक कलाकार संघको निर्णय

पाँच जनालाई पुरस्कार र दुई जनालाई सम्मान गर्ने किरात राई साँस्कृतिक कलाकार संघको निर्णय

ताजा अपडेट, मुख्य खबर, संगीत, समाचार
खोटाङ, २७ असार । किरात राई साँस्कृतिक कलाकार संघले पाँच जनालाई पुरस्कार र दुई जनालाई सम्मान गर्ने निर्णय गरेको छ । २० औं स्थापना दिवसको अवसर पारेर कलाकार संघले चलचित्र निर्देशक मिलन चाम्स, प्राज्ञ धनु याक्खा, कवि तथा गीतकार शुभ मुकारुङ, गायक तथा संगीतकार कन्काइष्ट राई र गायीका इन्द्रकला राईलाई नगद सहित पुरस्कृत गर्ने तयारी गरेको हो । यस्तै, वरिष्ठ गायक तथा संगीतकार सुर्य थुलुङ र सँस्कृतिकर्मी गंगाराज राईलाई सम्मान गर्ने निर्णय गरिएको किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिका महासचिव पदम थुलुङले जानकारी दिए । चलचित्र निर्देशक चाम्सलाई युवराज राईले २०७१ सालमा स्थापना गरेको २२ हजार २२२ रुपैयाँ राशीको नरमायाँ–सबिरमान राई भिडियो निर्देशन पुरस्कार प्रदान गर्न लागिएको हो । प्राज्ञ याक्खालाई समाजसेवी मनिकुमार राईले २०६८ सालमा स्थापना गरेको १८ हजार ८८८ रुपैयाँ राशीको हर्कजङ–छलिशोभा किरात ...
सदैव खोटाङ्गे कांग्रेसीहरुका साथ रहनेछुः बिष्णुकुमार राई

सदैव खोटाङ्गे कांग्रेसीहरुका साथ रहनेछुः बिष्णुकुमार राई

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २५ असार । वर्ष दिनका पार्टीबाट निष्कासित भएका नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले आगामी दिन ‘सदैव स्वाभिमानी निष्ठावान खोटाङ्गे कांग्रेसीहरुको साथमा रहने’ बताएका छन् । २०७९ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीबाट निष्कासनमा परेका राईले फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस केन्द्रीय अनुशासन समितिको असार १७ गते बसेको बैठकले राईलाई एक वर्षको लागि कांग्रेसको सदस्यताबाट निस्काशन गर्ने निर्णय गरेको थियो । चुनावी तालमेल र टिकट वितरणमा केन्द्रिय नेतृत्वबाट भएको अन्याय र अपमान विरुद्ध डटेर लागेको चर्चा गर्दै राईले कांग्रेस केन्द्रीय अनुशासन समितिको निर्णयलाई सहर्ष ग्रहण गरेको उल्लेख गरेका छन् । ‘२०७९ सालको गठबन्धनका क्रममा खोटाङ कांग्रेसलाई केन्द्रिय नेतृत्...
तीन दिनसम्म सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङको आग्रह

तीन दिनसम्म सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङको आग्रह

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २४ असार । भारी वर्षाका कारण हुने सम्भावित खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले तीन दिनसम्म सजगता अपनाउन आग्रह गरेको छ । खोटाङमा पनि नदी तथा खोलाको वहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सतर्कता अपनाउन आव्हान गरेको हो । प्रशासनले असार २४ गते सूचना जारी गर्दै सवारी साधन सञ्चालन गर्ने, आवतजावत गर्ने तथा यात्रा गर्ने क्रममा सजगता अपनाउन, अत्यावश्यक परे बाहेक रातको समयमा यात्रा नगर्न र ढिस्को खस्न सक्ने तथा पहिरोको जोखिम क्षेत्रमा हिडडुल गर्दा विशेष सजगता अपनाउन अनुरोध गरेको छ । (थप समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
विनापुर्वाधार जिल्ला अस्पतालबाट ५० बेड सेवा विस्तार शुभारम्भ

विनापुर्वाधार जिल्ला अस्पतालबाट ५० बेड सेवा विस्तार शुभारम्भ

ताजा अपडेट, प्रदेश, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, २२ असार । जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नतीको शुभारम्भ गरिएको छ । कोशी प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णय अनुसार १५ शैयाको अस्पताललाई ५० शैयामा स्तरोन्नतीको शुभारम्भ गरिएको हो । असार २२ गते जिल्ला अस्पतालको परिषरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पुर्वाधार विकास एबं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले स्तरोन्नतीको शुभारम्भ गरेका छन् । २०४८ सालमा स्थापना गरिएको १५ बेडको अस्पताललाई तीन दशकपछि मात्रै ५० बेडको बनाउने कार्य शुभारम्भ गरिएको हो । तामझामका साथ आयोजना गरिएको कार्यक्रमसँगै जिल्ला अस्पतालमा ५० शैयाको सेवा विस्तारको शुभारम्भ भएको छ । कार्यक्रममा मन्त्रालयकातर्फबाट मन्त्री राईले जिल्ला अस्पताललाई करिब २८ लाख पर्ने इको डप्लर सहितको यूएसजी मेसिन, औषधिजन्य सामग्री हस्तान्तरण गरेका छन् । जिल्ला अस्पतालमा क्रमशः विशेषज्ञ चिकित्सक, आवश्यक उपकरणको व्यवस्था हुने जिल...