दिक्तेलमा फागुन १५, १६ र १७ गते बाँस सम्मेलनको तयारी
खोटाङ, १५ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाले प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी गरेको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित आगामी फागुन १५, १६ र १७ गते दिक्तेलमा बाँस सम्मेलन गर्न लागिएको हो ।
नगरपालिका, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोसी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन, ललितपुरको संयुक्त आयोजनामा बाँस सम्मेलन गर्न लागिएको मंसिर १४ गते आयोजित पत्रकार सम्मेलनमा मेयर तीर्थराज भट्टराईले जानकारी दिए ।
हालसम्म खेर गइरहेको बाँसबाट विभिन्न उपयोगी सामग्री तयार पारेर बजारीकरण गर्दै आम्दानीको श्रोतको रुपमा विकास गर्नका लागि प्रोत्साहित गर्न नगरपालिकाले बाँस सम्मेलन गर्ने निर्णय गरेको हो । बाँसबाट उपयोगी सामग्री तयार पार्ने उद्योग सञ्चालन गरेर स्थानीयलाई स्वरोजगार र समृद्ध बनाउने लक्ष्यमा टेवा पुर्याउने प...

