समाचार

दिक्तेल बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम

दिक्तेल बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ९ जेठ । खोटाङको दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम सञ्चालन गरिएको छ । बोर्डिङ स्कुलले शिक्षक र शिक्षिकालाई सहभागी गराएर जेठ ९ गते प्राथमिक उपचार तालिम सञ्चालन गरेको हो । प्रशिक्षणमा सहभागी शिक्षक शिक्षिकालाई आकस्मिक चोटपटक, रक्तश्राव, बेहोस अवस्था, मर्किएको, जलन जस्ता दुर्घटनामा परेका घाइतेलाई गर्नुपर्ने प्राथमिक उपचार सम्वन्धी ज्ञान तथा सीप प्रदान गरिएको छ । तालिममा सहभागीलाई प्रमुख प्रशिक्षकको रूपमा स्वास्थ्य सहायक सन्तोष बजिमयले प्रयोगात्मक विधिबाट प्राथमिक उपचार सम्वन्धी आधारभुत ज्ञान तथा सीप सिकाएका छन् । सामान्य दुर्घटनामा परेका व्यक्तीको उपचार गर्ने/गराउने योग्य जनशक्ती उत्पादनका लागि प्राथमिक उपचार तालिम सञ्चालन गरिएको दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताए । कार्यक्रममा विद्यालयकै स्वास्थ्य सहायक अप्सरा खड्का...
इलाका प्रशासनबाट पुःन नागरिकता वितरण रोकियो

इलाका प्रशासनबाट पुःन नागरिकता वितरण रोकियो

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ८ जेठ । सरकारले शाखा अधिकृत पठाउन नसक्दा खोटाङको इलाका प्रशासन कार्यालय खोटाङबजारको नागरिकता वितरण लगायतका सेवा रोकिएको छ । गृह–मन्त्रालयले शाखा अधिकृत वा कायम मुकायम शाखा अधिकृतको व्यवस्था गर्न नसक्दा जेठ ६ गतेदेखि ईलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित जनजाती प्रमाणिकरण एवं सिफारिस गर्ने, नावालक परिचय–पत्र प्रदान लगायतका सेवा रोकिएको हो । गृह–मन्त्रालयले ईलाका प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई ६ महिनाका लागि दिएको कायम मुकायम अवधि सकिएपछि इलाका प्रशासन कार्यालयको सेवा प्रभावित भएको हो । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको ईलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका छन् ।...
साकेलाको मौलिकता ध्वस्त पारियोः किक अभियान

साकेलाको मौलिकता ध्वस्त पारियोः किक अभियान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३ जेठ । ‘स्वर्गिक मार्ग संघ नेपाल’ले साकेलाको मौलिकता ध्वस्त पार्ने काम गरेको भन्दै किरात अन्तर्राष्ट्रिय साँस्कृतिक (किक) अभियानले ध्यानाकर्षण भएको जनाएको छ । स्वर्गिक मार्ग संघले प्रकृति पुजक राईको साकेला चाडमा पुजा गर्ने साँस्कृतिक परम्परा बिगारिरहेको भन्दै किरात अन्तर्राष्ट्रिय साँस्कृतिक अभियानले आपत्ती जनाएको हो । किक अभियान का संयोजक भद्रगोल किराती (मनोजकुमार राई)ले जेठ १ गते विज्ञाप्ती जारी गर्दै साकेलाको मौलिक संस्कृति, परम्परा र पूजा पद्धतिलाई नक्कल गर्दै विकृत गर्ने, भ्रम फैलाउने तथा सांस्कृतिक अतिक्रमण गर्ने जघन्य कार्य गरिरहेको उल्लेख गरेका छन् । स्वर्गिक मार्ग संघको अगुवा भक्तकुमार राई (सुप्रिम मास्टर गडएञ्जल) हुन् । गडएञ्जल र उनका समर्थले साकेला थानलाई तोडमोड गर्दै त्यस स्थानमा नक्कली रंगीन झिल्के पुतली थान निर्माण गरी पूजा गर्ने जस्ता कार्यहरूले साकेलाको मौलिकतालाई...
‘फूलै पहेँली’ बोलको लोक गीत बजारमा (भिडियो सहित)

‘फूलै पहेँली’ बोलको लोक गीत बजारमा (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, संगीत, समाचार
काठमाडौं, २ जेठ । खोटाङका गायक मबिन्द्र राईको ‘फूलै पहेँली’ बोलको लोक गीत बजारमा आएको छ । गायक राई र निर्मला घिसिङको स्वर रहेको मौलिक लोकभाका स्वयं राईकै नाममा खोलिएको यु–टुब च्यानलबाट सार्वजनिक गरिएको हो । राई सहितका टिकटक प्रयोगकर्ताले गत असोजमा क्रियट गरेको ‘टिकटक साझा चौतारी’को पहिलो प्रस्तुतीको रुपमा पुरानो लोक लयमा आधारित गीत तयार पारिएको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका गायक राईकै लय र शब्द संकलन रहेको गीतका म्युजिक एरेञ्जर कुमार थापा मगर र मिक्स/मास्टर राजु कार्की छन् । सुरेश पायल राई र मनोज साङसोन राई रेकर्डिष्ट रहेको गीतको प्रोडुसर प्रशान राई, पुर्ण भाट र गजेन्द्र राई छन् । राईले दुर्छिमकै साल्तेम्मा, राबु, चुमाखु भञ्ज्याङ, रातमाटे, महादेवस्थान (हलेसी)को कात्तिके लगायतका ठाउँका बुढापाकाले मादल बजाउँदै गाउने पुरानो भाकालाई संकलन गरेर गीत तयार पारेका हुन् । मुन्दुम अध्यता...
‘माईतीघर’को छायांकन ४५ प्रतिशत सम्पन्न

‘माईतीघर’को छायांकन ४५ प्रतिशत सम्पन्न

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
इटहरी, २ जेठ । चलचित्र ‘माईतीघर’को हालसम्म ४५ प्रतिशत छायांकन सम्पन्न भएको छ । आगामी दशैँको फूलपातीमा रिलिज गर्ने तयारी सहित निर्माण सुरु गरिएको ‘माईतीघर’को हालसम्म ४५ प्रतिशत छायांकन सम्पन्न भएको हो । हाल म्याग्दीको ताकम भन्ने ठाउँमा ‘माईतीघर’को छायांकन भइरहेको छ । १५ दिनको अवधिमा सोचेकोजस्तै छायांकन भइरहेको फिल्मका निर्माता रोहित अधिकारीले बताए । ‘माईतीघरका लागि हल्लाखल्ला भन्दा पनि निर्माणको गुणस्तरमा ध्यान केन्द्रित गरिएको छ,’ निर्माता अधिकारीले भने, ‘अनाबस्यक तामझाम नगरी फिल्मको उत्कृष्ठ कथा, पटकथा, सम्बाद तथा गीत र मेकिङ सँगै कलाकारहरुमा ठूलो लगानी गरिएको छ ।’ दर्शकलाई भरपूर मनोरञ्जन दिन मेहनत गरिएको निर्माता अधिकारीले स्पष्ट पारे । रोहित अधिकारी फिल्म्सको चौथो प्रस्तुतिको रुपमा ‘माईतीघर’ फिल्म निर्माण सुरु गरिएको हो । माईतीघरमा अभिनेता धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश ...
रास्वपाका पालिका सभापति एमाले प्रवेश

रास्वपाका पालिका सभापति एमाले प्रवेश

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ३१ बैसाख । खोटाङमा रास्वपाका पालिका सभापति एमालेमा प्रवेश गरेका छन् । रास्वपाको रावाबेँसी गाउँपालिका सभापति कृष्ण पाण्डे एमाले प्रवेश गरेका हुन् । बैसाख ३१ गते डुम्रेधारापानीको धैरेनीटारमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाको अवसरमा पाण्डे एमाले प्रवेश गरेका हुन् । नवप्रवेसी पाण्डेलाई एमाले पोलिटव्युरो सदस्य एबं खोटाङ इन्चार्ज बिशाल भट्टराईले अबिर र माला लगाइदिएर पार्टीमा स्वागत गरेका थिए । पाण्डेले रास्वपाको सिंगो पालिका कमिटि एमालेमा समाहित भएको बताएका छन् । नयाँ भनिएकाहरु बिभिन्न ठगीमा संलग्न भएका र राजनीतिमा अपरिपक्व रहेकोले मुलुकको नेतृत्व गर्न असमर्थ रहेको उनको भनाई थियो । कार्यक्रममा पोलिटव्युरो सदस्य भट्टराई सहित एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, एमाले नेता लिलानाथ निरौला, कौशिला गुरुङ, बाबुराम जोशी, बीरेन्द्र मगर, अनेरास्वबियुका जिल्ला अध्यक्ष बिष्णु उपरकोटी लगायतको ...
खोटाङ हलेसी सेवा समाज काठमाडौंको अध्यक्षमा थापा

खोटाङ हलेसी सेवा समाज काठमाडौंको अध्यक्षमा थापा

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २९ बैसाख । खोटाङ हलेसी सेवा समाज काठमाडौंको अध्यक्षमा इन्दा थापा चयन भएका छन् । काठमाडौं खहरेचोकस्थित सान बैंकुटमा सम्पन्न समाजको आठौं साधारणसभाबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समाजको प्रथम उपाध्यक्षमा अर्जुन गैरापिप्ली, द्धितीय उपाध्यक्षमा पर्शुराम कटुवाल, तृतीय उपाध्यक्षमा रामजी कटुवाल, महासचिवमा सुरेन्द्र कटुवाल, सचिवमा कुमारबाबु बस्नेत (टिबी), कोषाध्यक्षमा सुब्बा कटुवाल र सहकोषाध्यक्षमा प्रेम केुसी चयन भएका छन् । सदस्यमा काजी खडका, प्रकाशराज भण्डारी, लक्ष्मीप्रसाद गिरी, सीता कार्की, अन्जना थापा, दिपक पौडेल र पदम बन्जारा चयन भएका छन् । कोसी प्रदेशका भौतिक पुर्वाधार बिकास एवं स्वास्थ मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यता एवं ॐ अस्पतालका संरक्षक एवं बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको विशिष्ट आतिथ्यतामा समाजको साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा खोटाङ ज...
पत्रकार भट्टराई नगद ११ हजार सहित सम्मानित

पत्रकार भट्टराई नगद ११ हजार सहित सम्मानित

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २७ बैसाख । खोटाङका पत्रकार राजकुमार भट्टराई सम्मानित भएका छन् । निष्पक्ष एवं स्वतन्त्र पत्रकारिताको माध्यमबाट समग्र खेलकुद तथा सामाजिक क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल खेलकुद प्रतिष्ठान, खोटाङले पत्रकार भट्टराईलाई सम्मान गरेको हो । प्रतिष्ठानले पत्रकार भट्टराईलाई दोश्रो बृहत हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव उद्घाटनको अवसरमा बैसाख २७ गते नगद ११ हजार सहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले पत्रकार मट्टराईलाई दोसल्ला ओढाएर नगद र सम्मान–पत्र हस्तान्तरण गरेका थिए । नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव भट्टराई भ्युज अफ नेपालमा आवद्ध छन् । यस्तै, गोरखापत्र दैनिकको सम्वाददाता र रुपाकोट खबर डटकमका सञ्चालक...
खिदिमा घटनाप्रति नेपाली कांग्रेस खोटाङको ध्यानाकर्षण

खिदिमा घटनाप्रति नेपाली कांग्रेस खोटाङको ध्यानाकर्षण

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २६ बैसाख । नेपाली कांग्रेस खोटाङले कोशी प्रदेशका भौतिक पुर्वाधार विकास एबं स्वास्थ्यमन्त्री भूपेन्द्र राई र साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईको समुहबीच भएको विवादप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस सभापति बिष्णुकुमार राईले बैसाख २६ गते विज्ञाप्ती जारी गर्दै उक्त घटनाले पार्टी पंक्तिको गरिमालाई धुमिल बनाउन सहयोग पुग्ने उल्लेख गरेका छन् । मन्त्री राईले बैसाख २५ गते साकेला गाउँपालिका–३ खिदिमास्थित ढाँडेमा ‘सर्वदलीय, सर्वपक्षीय नागरिकसँग भेटघाट’ कार्यक्रम आयोजना गरेको थिए तर गाउँपालिका अध्यक्ष राईको समुहले असहमती जनाउँदै कार्यक्रममा अवरोधको प्रयास गरेका थिए । दुई पक्षबीचमा झडपको सम्भावनालाई मध्यनजर गर्दै खिदिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । सुरुमा तनावको अवस्था सिर्जना भए पनि अन्तीममा सहमतीमा कार्यक्रम गरिएको थियो । कांग्रेस सभापति राईले आगामी दिनम...
बराहपोखरीः ६७ वटा योजना सम्झौता, ४१ वटा सम्पन्न

बराहपोखरीः ६७ वटा योजना सम्झौता, ४१ वटा सम्पन्न

ताजा अपडेट, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, २५ बैसाख । खोटाङको बराहपोखरी गाउँपालिकामा ६७ वटा योजना सम्झौता गरिएकोमा ४१ वटा योजना सम्पन्न भएको छ । बैसाख २५ गते सार्वजनिक सुनुवाई गर्दै बराहपोखरी गाउँपालिकाले सम्झौता गरिएकोमध्ये २६ वटा योजना सम्पन्न हुन बाँकी रहेको जानकारी दिएको छ । गाउँपालिकाका लेखा अधिकृत छत्रबहादुर बानियाँका अनुसार आर्थिक २०८१/०८२ मा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १८ वटा योजना सम्झौता गरिएकोमा ८ वटा योजना सम्पन्न भइसकेको छ । यस्तै, बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा १० वटा योजना सम्झौता गरिएकोमा ८ वटा सम्पन्न, बराहपोखरी गाउँपालिका–३ साउनेचौंरमा ११ वटा योजना सम्झौता गरिएकोमा ७ वटा योजना सम्पन्न भएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा १२ योजना सम्झौता भएकोमा ८ वटा, बराहपोखरी गाउँपालिका–५ पौवासेरामा ८ योजना सम्झौता गरिएकोमा ४ वटा र बराहपोखरी गाउँपालिका–६ मौवाबोटेमा ८ योजना सम्झौता गरिएकोमा ६ योजना सम्पन्...