खोटाङमा १ हजार २८२ जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी
खोटाङ, २६ पुस । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा १ हजार २८२ जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचनको शान्ति सुरक्षार्थ परिचालनका लागि निर्वाचन प्रहरी भर्ना तथा नियुक्ति समितिले निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको हो । निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक व्यक्तिले पुस २५ गतेदेखि माघ १ गतेसम्ममा दरखास्त दिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले बताईन् ।
१८ वर्ष पुरा भइ ५४ वर्ष ननाघेका तथा साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिन सक्नेछन् । उमेर हद र आवश्यक योग्यता भएका इच्छुक नेपाली नागरिकले जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरी वलको कार्यालयमा दरखास्त दिन पाउने व्यवस्था मिलाइएको छ । दरखास्त दिनका लागि पासपोर्ट साइजको ५ प्रति फोटो तथा नागरिकताको सक्कल र फोटोकपी लिएर जानु पर्ने छ । विदाको दिन समेत...









