मुख्य खबर

बाँदरको वन्ध्याकरण खोटाङबाट सुरु हुने

बाँदरको वन्ध्याकरण खोटाङबाट सुरु हुने

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ११ पुस । नेपाल सरकारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट बाँदरको वन्ध्याकरण कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ । पुस ९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बसेको बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट बाँदरको वन्ध्याकरण गर्ने कार्यक्रमलाई ‘पाइलटिङ’को रुपमा अघि बढाउने निर्णय गरेको हो । नेपालमै पहिलोपल्ट बाँदरको वन्ध्याकरणको पाइलटिङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गर्ने निर्णय भएको मेयर तीर्थराज भट्टराईले बताए । बाँदर नियन्त्रण सम्वन्धी कार्यक्रम, कार्ययोजना र सोसँग सम्वन्धित कार्यविधि तथा एसओपी तयारी वारे छलफल गर्न मन्त्रालयले बैठक बोलाएको थियो । बाँस प्रवद्र्धन गर्नुपर्ने लगायतका माग गर्दै मेयर भट्टराई गत साउन १४ गतेदेखि साउन १८ गतेसम्म माइतीघर मण्डलामा ‘सत्याग्रह’मा बसेका थिए । सरकारसँग १६ बुँदे समझदारी भएपछि मेयर भट्टराईले आमरण अनसन ...
राप्रपा खोटाङद्धारा उम्मेदवार सिफारिस

राप्रपा खोटाङद्धारा उम्मेदवार सिफारिस

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ७ पुस । आगामी फागुन २१ गते तोकिएको निर्वाचनका लागि राप्रपा खोटाङले उम्मेदवार सिफारिस गरेको छ । राप्रपाले प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो । निर्वाचनका लागि प्रत्यक्षतर्फ गुणराज राजभण्डारी, सर्जु श्रेष्ठ र आदिवासी जनजाती महिलातर्फ कृष्णकुमारी राईलाई सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए । यस्तै, समानुपातिकतर्फ आदिवासी जनजाती महिलातर्फ बिजयकला राई, खस आर्यतर्फ शिवकुमार खत्री र दलित महिलातर्फबाट भरुमायाँ बिश्वकर्मालाई सिफारिस गरिएको छ ।...
बाईक दुर्घटनामा खोटाङमा एक जनाको मृत्यु

बाईक दुर्घटनामा खोटाङमा एक जनाको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ४ पुस । बाईक दुर्घटनामा खोटाङमा एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बाईक दुर्घटना हुँदा गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका दिनेश आचार्यले चलाएको प्र १०५००१ प १७६४ नम्बरको बाईकको पछाडि बसेका खड्कालाई गम्भीर अवस्थामा उद्धार गरेर जिल्ला अस्पतालमा पुर्‍याइएको थियो । पुस ४ गते साँझ ६ बजे बाईकसँगै सडकबाट करिब १५० मिटर तल खसेका खड्कालाई ८.३४ बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको विषयमा आचार्य आफैले प्रहरीलाई जानकारी दिएका थिए । आचार्यले मापसे सेवन गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
खोटाङमा नेपाली कम्यूनिष्ट पार्टीको एकता सन्देश सम्प्रेषण

खोटाङमा नेपाली कम्यूनिष्ट पार्टीको एकता सन्देश सम्प्रेषण

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १ पुस । केन्द्रमा भएको एकता अनुसार खोटाङमा नेपाली कम्यूनिष्ट पार्टीले ‘एकताको’ सन्देश प्रवाह गरेको छ । कात्तिक १९ गते केन्द्रमा भएको एकता अनुसार जिल्लामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको विद्रोही समुहबीच एकता भएको सन्देश प्रवाह गरेको हो । नेपाली कम्यूनिष्ट पार्टीले पुस १ गते दिक्तेलमा ‘एकता सन्देश सम्प्रेषण कार्यक्रम’ गर्दै जिल्लामा हालसम्म फरक–फरक दलमा रहेका नेता कार्यकर्ताहरु एक भएको सन्देश दिएको जनाएका छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको विद्रोही समुहका नेताहरु एउटा मञ्चमा देखिएका थिए । जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा प्रमुख अथितिको रुपमा नेता हरिबोल गजुरेल र विशेष अथितिको रुपमा कोशी प्रदेशका पुर्व मुख्यामन्त्री राजेन्द्र राईले सम्बोधन गरेका थिए । यस्तै, नेपाली कम्यूनिष्ट पार्टीका नेताहरु सनबहादुर राई, रामकुमार...
करातेमा दिक्तेल डोजो र तेक्वान्दोमा खोटाङ तेक्वान्दो डोजाङ प्रथम

करातेमा दिक्तेल डोजो र तेक्वान्दोमा खोटाङ तेक्वान्दो डोजाङ प्रथम

खेलकुद, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, १ पुस । खोटाङमा १६ औं जिल्ला स्तरिय कराते तथा चौथो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला स्तरिय कराते प्रतियोगितामा दिक्तेल डोजोले प्रथम र हलेसी कराते डोजोले दोश्रो स्थान प्राप्त गरेको छ । दिक्तेल डोजोले ८ स्वर्ण, ६ रजत र १५ कास्य सहित प्रथम स्थान प्राप्त गरेको हो । यस्तै, ३ स्वर्ण, ५ रजत र ७ कास्य सहित हलेसी कराते डोजो दोश्रो स्थान प्राप्त गरेको हो । जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा खोटाङ तेक्वान्दो डोजाङ प्रथम, बाक्सिला तेक्वान्दो डोजाङ दोश्रो र ऐसेलुखर्क तेक्वान्दो डोजाङ तेश्रो भएको छ । ८ स्वर्ण, १० रजत र १५ कास्य सहित खोटाङ तेक्वान्दो डोजाङले प्रथम, २ स्वर्ण, १ रजत र ३ कास्य सहित बाक्सिला तेक्वान्दो डोजाङले दोश्रो र २ स्वर्ण, १ रजत र २ कास्य सहित ऐसेलुखर्क तेक्वान्दो डोजाङले तेश्रो स्थान प्राप्त गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजन...
खोटाङबाट हर्क साम्पाङ सिफारिस

खोटाङबाट हर्क साम्पाङ सिफारिस

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २८ मंसिर । आउँदो निर्वाचनका लागि उम्मेदवार सिफारिसमा पुराना दलभन्दा नयाँ दल अगाडि देखिएका छन् । खोटाङमा पुरानो पार्टीहरु चुपचाप बसिरहेकोबेला नयाँ पार्टीले भने धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले खोटाङमा स्वयं हर्क साम्पाङलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । मंसिर २७ गते दिक्तेलमा आयोजित सभामा श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामाले खोटाङ र सुनसरीबाट हर्क साम्पाङलाई उम्मेदवारको रुपमा सिफारिस गर्ने घोषणा गरेका हुन् । जेनजी आन्दोलनपछि खुलेको राष्ट्रिय परिवर्तन पार्टीले पनि २५ वर्षे युवा मिरेस राईलाई उम्मेदवार सिफारिस गरिसकेको छ ।...
खोटाङमा दलित समुदायले गरे महायज्ञ

खोटाङमा दलित समुदायले गरे महायज्ञ

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २७ मंसिर । खोटाङका दलित समुदायले श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरेको छ । सदियौंदेखि समाजमा जातीय विभेद खेप्दै आएका हिङमाङ समुदायले सहयोग उठाएर महायज्ञ आयोजना गरेको हो । हिङमाङ एकता समाज खोटाङले कौशिक गोत्रीय हिङमाङ बन्धुहरुको उद्धार तथा पुर्वज पितृको सम्झना गर्दै महायज्ञ गरेको जनाएको छ । यसलाई खोटाङमै पहिलोपल्ट दलित समुदायले आयोजना गरेको महायज्ञ मानिएको छ । मंसिर २७ गते समापन गरिएको महायज्ञ मंसिर २१ गते कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्घाटन गरेका थिए । हालसम्म जातीय विभेद खेप्दैआएका दलित समुदायको मनोवल उच्च बनाउनका लागि महायज्ञ आयोजना गरिएको हिङमाङ एकता समाज खोटाङका सहसचिव दिनेश हिङमाङले बताए ।...
अजम्बरी साना किसान कृषि सहकारी संस्थाद्धारा २४ लाख ऋण लगानी

अजम्बरी साना किसान कृषि सहकारी संस्थाद्धारा २४ लाख ऋण लगानी

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, २४ मंसिर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालित अजम्बरी साना किसान कृषि सहकारी संस्थाले २४ लाख बढी ऋण लगानी गरेको छ । स्थापनाको वर्ष दिनमै कुल पुँजी २५ लाख २८ हजार ७९९ रुपैयाँ पुर्‍याएको कृषि सहकारी संस्थाले २४ लाख १० हजार २५० रुपैयाँ ऋण लगानी गरेको हो । सहकारीको प्रारम्भिक साधारणसभामा लेखा संयोजक खगेन्द्र राईले शेयरवापत ६ लाख ३ हजार, जगेडा कोषमा ५ हजार ९०३, सम्पूर्ण बचतमा १८ लाख ५६ हजार ७०७, अन्य दायित्वमा ५ हजार ६५० र आम्दानी ५६ हजार ५३९ रुपैयाँ भएको जानकारी दिएका छन् । सहकारीसँग हाल १ लाख १८ हजार ५४९ रुपैयाँ बाँकी रकम रहेको छ । बाँकी रकमबाट विभिन्न शिर्षकमा खर्च भएको लेखा संयोजक राईले जानकारी दिए । २०८१ पुस ४ गते सागर तामाङको अध्यक्षतामा गठन गरिएको सहकारीको कार्यक्षेत्र गाउँपालिकाबा सबै वडामा रहेको छ । साधारणसभाले तामाङ अध्यक्ष रहेको पुरानो समितिलाई यथावत राख्दै भ...
श्रीरामको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

श्रीरामको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

ताजा अपडेट, मुख्य खबर, संगीत, समाचार
काठमाडौं, २१ मंसिर । गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ बोलको गीत सार्वजनिक भएको छ । खोटाङ घर भइ हाल काठमाडौंमा संघर्षरत राईको गीतको अडियो ओसियन म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सो गीतमा गायिका पेमा शेर्पा राईको स्वर र संगीतकार ओमप्रकाश राईको संगीत रहेको छ । गीतको एरेञ्ज सन्तोष प्रगाढ राई, इडिट वीरेन्द्र भाट, विपिन र मिक्सिङ गोविन्द सोनीले गरेका छन् । गीतमा मायाँले पारेको चोट र टाढिए पनि ‘फूल जस्तै हाँसीखुसी रहनु’ भन्ने आत्मीय भाव प्रस्तुत गरिएको गीतकार राईले बताए । गीतकार राईको यो तेस्रो गीत हो । यसअघि राईका दुई गीत वटा बजारमा आइसकेको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ र २०७९ सालमा मनमा बी राईको स्वरमा ‘सञ्चो छौ बिसञ्चो’ बोलको गीत रेकर्ड भएको थियो । ‘सञ्चो छौ बिसञ्चो’लाई २०८१ सालमा नवराज पराजुलीले पनि गाएका ...
शिक्षकलाई स्थानीय भत्ता दिने हलेसी तुवाचुङको निर्णय

शिक्षकलाई स्थानीय भत्ता दिने हलेसी तुवाचुङको निर्णय

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार, स्थानीय
खोटाङ, २० मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरेको छ । शिक्षक तथा कर्मचारीको लागि नेपाल सरकारको कार्यक्रम कार्यान्वयन कार्यविधि पुस्तिका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षदेखि शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरेको हो । मंसिर २० गतेको कार्यपालिका बैठकबाट स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी/करार र प्राविधिक धारमा कार्यरत प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...