‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)
काठमाडौं, २४ साउन । ‘हरि ओम विष्णु विष्णु ! नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु !’ यो कुनै वैदिक मन्त्र होइन, चर्चित हाँस्या कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ‘ड्यामड्याम’ को एक झल्को हो, जसले यतिबेला सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।
‘जसो–जसो जजमान, तसो–तसो स्वाहा’ भन्दै श्राद्ध ब्रह्मणको भेषमा देखिएका रुपाखेती, संसदमा बोल्न नसक्ने नेता, निदाउने नेता र उफ्रिने नेतामाथि तिखो कटाक्ष गर्दै ‘सिस्नु पानीले हान्नु नम’ भन्न समेत पछि परेका छैनन् ।
रुपाखेतीका अनुसार, ‘ड्यामड्याम’ केवल हाँसोको लागि होइन, राजनीतिक चेतना र दलगत स्वार्थविरुद्धको व्यंग्यात्मक घनघोर प्रहार हो । व्यंग्यत्मक प्रस्तुतिमार्फत नेपालका नेतादेखि दलगत प्रवृतिमाथि तिखो प्रहार गरिएको छ । ‘नेताहरूको नाम होइन, प्रवृत्तिमाथि झटारो हो यो,’ उनी भन्छन् ।
दमन रुपाखेतीले निर्देशन गरेका उक्त गाइजात्रे भ...









