मुख्य खबर

बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा छलफल गर्न वार्ता टोली गठन

बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा छलफल गर्न वार्ता टोली गठन

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, १० साउन । बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सरकारसँग छलफल गर्नका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्ता टोली गठन गरेको छ । बाँसलाई प्रयोग गरेर आर्थिक आम्दानी लिने नीति निर्माणकालागि दवाव सिर्जना गर्न मेयर तीर्थराज भट्टराई हड्तालमा उत्रिएपछि वन तथा वातावरण मन्त्रालयको आव्हानमा वार्ता टोली गठन गरिएको हो । साउन १० गतेको नगर कार्यपालिकाको बैठकले उपमेयर एवं कार्यवाहक मेयर बिसन राईको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीको सदस्यमा पुर्व वन सचिव डा. अन्नपूर्ण दास, वडाध्यक्ष दिनेश घिमिरे, दानबहादुर राई, दिनेश राई, बाँसविज्ञ प्रणव प्रधान र एकजना कानूनविज्ञलाई चयन गरिएको छ । मन्त्रालयले छलफलका लागि साउन ८ गते पत्र पठाएपछि नगरपालिकाले वार्ता टोली गठन गरेको हो । मेयर हड्तालमा बसेको बेला सरकारसँग वार्ता गर्नेगरी वार्ता टोली गठन गरिएको कार्यवाहक मेयर...
कुटपिटबाट पाथेकाका एक युवा घाइते

कुटपिटबाट पाथेकाका एक युवा घाइते

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ९ साउन । खोटाङमा कुटपिटबाट एक युवा घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ६८ वर्षीय हजुरमणि राईको कुटपिटबाट सोही ठाउँका १९ वर्षीय राजन राई घाईते भएका हुन् । सामान्य विवाद हुँदा हजुरमणिले साउन ८ गते राजनलाई कुटपिट गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको विषयमा जानकारी आए लगत्तै अस्थायी प्रहरीचौकी तालखर्कबाट प्रसनि किशोरकुमार हजारी थारुको कमाण्डमा खटिएको प्रहरीको टोलीले हजुरमणिलाई साउन ९ गते नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कुटपिटबाट राजनको अनुहार तथा टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचारपछि राजनलाई सुविधा सम्पन्न अस्पताल रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।...
पहिरोले क्षतीग्रस्त सडक मर्मत गरेर सञ्चालनमा

पहिरोले क्षतीग्रस्त सडक मर्मत गरेर सञ्चालनमा

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, ९ साउन । खोटाङको साकेला गाउँपालिकाले पहिरोले क्षतीग्रस्त सडक मर्मत गरेर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ग्याबिन जाली पहिरोले बगाएपछि अवरुद्ध बनेको बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ सडक मर्मत गरेर पुःन सञ्चालनमा ल्याएको हो । बाँझेच्यानडाँडा–रतन्छा–मानेभन्ज्याङ सडकको रुपुवा खोला नजिक लगाईएको ग्याविन जाली गत साउन ६ गते राती पहिरोले बगाएको थियो । गाउँपालिकाको ‘आकस्मिक पूर्वाधार सेवा’ अन्तगत साउन ८ गते गाउँपालिका अध्यक्ष रबिप्रकाश राई नेतृत्वको टोलीले सो सडक मर्मत गरेर सञ्चालनमा ल्याएको हो । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
नेबिसंघको अगुवाईमा दिक्तेल क्याम्पस जाने बाटो मर्मत

नेबिसंघको अगुवाईमा दिक्तेल क्याम्पस जाने बाटो मर्मत

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ६ साउन । नेपाल विद्यार्थी संघ, जिल्ला समिति खोटाङको अगुवाईमा दिक्तेल बहुमुखी क्याम्पस जाने बाटो मर्मत गरिएको छ । बीपी कोईरालाको ४३ औं स्मृति दिवसको अवसर पारेर नेबिसंघको नेतृत्वमा साउन ६ गते दिक्तेल बहुमुखकी क्याम्पस परिषर आसपासको बाटो मर्मत गरिएको हो । क्याम्पसको गेट नजिकै श्रमदानमार्फत बाटो मर्मत गरिएको नेपाल विद्यार्थी संघ, जिल्ला समिति खोटाङका सभापति मोतीचन्द्र राईले बताए । श्रमदानमा क्याम्पसका प्राध्यपक तथा अन्य विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताको पनि सहभागीता रहेको थियो । बीपी स्मृति दिवसकै अवसरमा साँझ त्रिबेणीचोकमा दिप प्रज्वलन गर्ने नेबिसंघले जनाएको छ । बीपी स्मृति दिवसको दिन जिल्लामा कांग्रेस चुपचाप बसेको अवस्थामा नेविसंघले गतिविधि देखाएको हो ।...
वर्षाका कारण घर भत्किएपछि एक परिवार विस्थापित

वर्षाका कारण घर भत्किएपछि एक परिवार विस्थापित

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ६ साउन । वर्षाका कारण घर भत्किएपछि खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका रामकुमार राईको परिवार विस्थापित भएका छन् । वर्षाका कारण बस्नै नमिल्नेगरि घर भत्किएपछि राई परिवार विस्थापित भएका हुन् । घर भत्किएपछि रामकुमार श्रीमती र एक छोरीसहित छिमेकी धनबहादुर राईको आश्रयमा बसिरहेको स्थानीय युवा नेता हरि थापा ‘उमेश’ले जानकारी दिए । मुनिबाट चर भासिँदैगएपछि घरको तल्लोपट्टीको गारो भत्किएको हो । वर्षाका कारण केही दिनअघि घरको चर दबिएको थियो । साउन ५ गते दिउँसो भने घरको गारो ढलेर क्षतीग्रस्त बनेको थापाले बताए ।...
‘सुनपहेंले’को बिहेले ‘खुइली’लाई तनाव

‘सुनपहेंले’को बिहेले ‘खुइली’लाई तनाव

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
काठमाडौं, ३ साउन । नयाँ हास्य शृंखला ‘गावैं रमाइलो’लाई पछिल्लो समय दर्शकले निकै रुचाएका छन् । सात हप्ता अघिको बिहिबारदेखि सुरु भएको सो सिरियल सातौं भागसम्म आउदा धेरै दर्शकले मन पराउन थालेका हुन् । हरेक बिहीबार साँझ आउने उक्त सिरियल हेर्नेको ग्राफ बढ्दै गइरहेको निर्देशक नेत्र राउतले बताए । सातौं भागमा ट्विस्ट आएपछि दर्शकहरुलाई आठौं भाग कस्तो होला भनेर प्रतिक्षा गर्न उत्साहित बनाएको छ । सातौं भागमा भर्खरै जेलबाट छुटेका सुवास घिसिङ ‘सुनपहेंले’सँग नवीना सिलवाल ‘खुइली’ बिहे गर्न राजी हुन्छिन् । तर, जब खुइलीको साथीको भूमिकामा पत्रकारको इन्ट्रि हुन्छ । त्यसपछि बिहेको लागि तयार भएको खुइलीलाई धोका दिन्छिन् । ‘सुनपहेंले’ खराब हुन् भन्दै खुइलीलाई भड्काउछन् । लास्टमा पत्रकारले नै ‘सुनपहेंले’सँग बिहे गर्छिन् । अनि तनावमा हुन्छिन् खुइली । यो सिरियल सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य ग...
दिक्तेलमा एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन गर्ने योजना

दिक्तेलमा एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन गर्ने योजना

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, ३१ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालयमा एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन गर्ने योजना बनाएको छ । १५ वडा रहेको नगरपालिकाले २०८३ सालदेखि प्राथमिक तहबाटै एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको हो । २०८२ सालभित्र विद्यालयमा एआई तथा आइसिटी बेस्ड लर्निङ, वैज्ञानिक खोज तथा अनुसन्धानमा आधारित प्रोग्रेसिभ एजुकोसनको अभ्यास गर्ने र २०८३ सालमा ‘एक वडा एक रोबोटिक्स तथा एआई ल्याव’ स्थापना सँगै एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन लक्ष्य तय गरेको हो । रोबोटिक्स, एआई तथा इन्जिनियरिङ परामर्श सेवामा प्राविधिक सहकार्यकालागि नगरपालिका र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसबीच गत असार १२ गते समझदारी कायम गरिसकिएको छ । नगरपालिकाले असार २१ गते आयोजना गरेको वृहत शैक्षिक सम्मेलनले पनि सो समझदारी अनुसार २०८३ सालमा रोबोटिक्स तथा एआई ल्...
खोटाङका सिडियोको सरुवा, नयाँ सिडियोको रुपमा कल्पना श्रेष्ठ आउँदै

खोटाङका सिडियोको सरुवा, नयाँ सिडियोको रुपमा कल्पना श्रेष्ठ आउँदै

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३१ असार । खोटाङका सिडियो नरहरि घिमिरेको सरुवा भएको छ । गृह–मन्त्रालयले हाल प्रमुख जिल्ला अधिकारीकोरुपमा कार्यरत घिमिरेको सरुवा गर्दै सह–सचिव कल्पना श्रेष्ठलाई नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा खटाउने निर्णय गरेको छ । मन्त्रालयले असार ३१ गते घिमिरेलाई अध्यगमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थलमा सरुवा गर्ने निर्णय गरेको छ । गृह–मन्त्रालयमै कार्यरत सह–सचिव श्रेष्ठलाई नयाँ प्रमुख जिल्ला अधिकारीकोरुपमा खोटाङ पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत रहेको अवस्थामा घिमिरे खोटाङको प्रमुख जिल्ला अधिकारीकोरुपमा खटाइएका थिए ।...
‘क्या मिठो बोली मैच्याङ्ग’ सार्वजनिक (भिडियो सहित)

‘क्या मिठो बोली मैच्याङ्ग’ सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, संगीत, समाचार
काठमाडौं, २९ असार । गायक दिलिप तामाङको ‘क्या मिठो बोली मैच्याङ्ग’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । खोटाङको दिक्तेल स्थायी घर भई हाल बेलायत बस्दै आएका गायक तामाङको अफिसिलय युट्ब च्यानलमार्फत गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । स्टेजमा आफ्नो सांगीतिक प्रस्तुती दिँदैआएका तामाङ ‘क्या मिठो बोली मैच्याङ्ग’मार्फत औपचारिकरुपमा नेपाली संगीत जगतमा प्रवेश गरेका छन् । प्रवासबाट औपचारिकरुपमा संगीतमा ‘डेव्यु’ गरेका तामाङलार्ई गायिका लिला गोम्देनले साथ दिएकी छिन् । श्रुतीमा श्रेष्ठ तामाङको प्रस्तुति रहेको गीतमा डिल्लीराम राईको शब्द र आशुसेन लामाको संगीत रहेको छ । सेलो विटमा रहेको गीतले नेपाली संगीतको परम्परागत मिठासलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको गायक तामाङले बताए । ‘क्या मिठो बोली मैच्याङ्ग’ को म्युजिक भिडियोमा मोडल डोना थापा र याङजी दोङलगायतले अभिनय गरेका छन् । भिडियोले गीतक...
जन्तेढुंगा गाउँपालिकाले उत्पादन गर्‍यो ६ हजार केजी आलु

जन्तेढुंगा गाउँपालिकाले उत्पादन गर्‍यो ६ हजार केजी आलु

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, २८ असार । खोटाङको जन्तेढुंगा गाउँपालिकाले करिब ६ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवद्र्धन अन्तरगत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा उपलव्ध गराएको सशर्त बजेटबाट गाउँपालिकाले अनुमानित ६ हजार केजी आलु फलाएको हो । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा गत फागुनमा करिब ६१ रोपनी सार्वजनिक जग्गामा आलु खेती लगाइएको थियो । गत असार १२ गतेदेखि असार २७ गतेसम्म लगाएर आलु खनिएको गाउँपालिकाका सूचना अधिकारी प्रवेश निरौलाले बताए । उत्पादित आलुलाई गाउँपालिकाले चिसापानीबजारमा निर्माण गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेलीघरबाटै प्रतिकेजी ५५ रुपैयाँका दरले आलु बिक्री भइरहेको जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले बताए । कृषि शाखाबाट कुपन लिएर कुपनको आधारमा आलु किन्ने व्यवस्था मिलाइएको छ । हालसम्म १ हजार १०६ केजी आलु ...