मुख्य खबर

साहित्यकार एवं पत्रकार श्रीराम राईलाई गोधूलि साहित्य सम्मान

साहित्यकार एवं पत्रकार श्रीराम राईलाई गोधूलि साहित्य सम्मान

ताजा अपडेट, मुख्य खबर, समाचार, साहित्य
काठमाडौं, २८ असार । खोटाङका साहित्यकार एवं पत्रकार श्रीराम राईलाई ‘गोधूलि साहित्य सम्मान–२०८२’ प्रदान गरिएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वद्र्घन र संरक्षण पुर्‍याएको योगदानको कदर गर्दै गोधूलि साहित्य प्रतिष्ठान, काठमाडौंले साहित्यकार एवं पत्रकार राईलाई ‘गोधूलि साहित्य सम्मान’ प्रदान गरेको हो । २१२ औं भानुजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान (लेखनाथ प्रवचन कक्ष)मा असार २८ गते आयोजित कार्यक्रममा प्रतिष्ठानले साहित्वकार एवं पत्रकार राईलाई सम्मान गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा सिर्जनाकुञ्ज निवासी राईले यसअघि इडन व्रिज एकेडेमी बाल पत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघ, स्वर्ण महोत्सव (२०८०) लगयातका सम्मान तथा पुरस्कार पाइसकेका छन् । १० वर्षे शिक्ष...
पाँच जनालाई पुरस्कार र दुई जनालाई सम्मान गर्ने किरात राई साँस्कृतिक कलाकार संघको निर्णय

पाँच जनालाई पुरस्कार र दुई जनालाई सम्मान गर्ने किरात राई साँस्कृतिक कलाकार संघको निर्णय

ताजा अपडेट, मुख्य खबर, संगीत, समाचार
खोटाङ, २७ असार । किरात राई साँस्कृतिक कलाकार संघले पाँच जनालाई पुरस्कार र दुई जनालाई सम्मान गर्ने निर्णय गरेको छ । २० औं स्थापना दिवसको अवसर पारेर कलाकार संघले चलचित्र निर्देशक मिलन चाम्स, प्राज्ञ धनु याक्खा, कवि तथा गीतकार शुभ मुकारुङ, गायक तथा संगीतकार कन्काइष्ट राई र गायीका इन्द्रकला राईलाई नगद सहित पुरस्कृत गर्ने तयारी गरेको हो । यस्तै, वरिष्ठ गायक तथा संगीतकार सुर्य थुलुङ र सँस्कृतिकर्मी गंगाराज राईलाई सम्मान गर्ने निर्णय गरिएको किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिका महासचिव पदम थुलुङले जानकारी दिए । चलचित्र निर्देशक चाम्सलाई युवराज राईले २०७१ सालमा स्थापना गरेको २२ हजार २२२ रुपैयाँ राशीको नरमायाँ–सबिरमान राई भिडियो निर्देशन पुरस्कार प्रदान गर्न लागिएको हो । प्राज्ञ याक्खालाई समाजसेवी मनिकुमार राईले २०६८ सालमा स्थापना गरेको १८ हजार ८८८ रुपैयाँ राशीको हर्कजङ–छलिशोभा किरात ...
प्रशान एलुङ राईको ‘घर हाम्रो सोलुखुम्बु’ सार्वजनिक (भिडियो सहित)

प्रशान एलुङ राईको ‘घर हाम्रो सोलुखुम्बु’ सार्वजनिक (भिडियो सहित)

मल्टिमिडिया, मुख्य खबर, संगीत, समाचार
काठमाडौँ, २६ असार । गीतकार तथा निर्देशक प्रशान एलुङ राईको ‘घर हाम्रो सोलुखुम्बु’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रशानको शब्द, अनिल कोयी राईको पूर्वेली लयमा तयार भएको सोलुखुम्बुको परिचय बोल्ने गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर रेकर्ड छ । गीतको भिडियोमा कलाकार हरि निरौला ‘कक्रोच’, बबिन राई ‘गल्फने बाजे’, क्रिसला तामाङ, तथा भिमफेदी गाइजका निर्मल लामा र उनको टिमको आकर्षक प्रस्तुति देख्न पाइन्छ । गीत निर्माणमा १५ लाख बढी लगानी भएको निर्माण पक्षको दाबी छ । रोचक के छ भने भिडियोमा काम गरेका गीतकार तथा निर्देशक प्रशान एलुङ राई, कलाकार द्वय हरि निरौला ‘कक्रोच’ र बबिन राई ‘गल्फने बाजे’ सोलुखुम्बुको नेचासल्यानका हुन् । १७ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका राईले यसअघि ‘दिलैको दरबार’ र ‘साइँली’मा आफ्नो कलात्मक खुबी देखाइसकेका छन् । गीतमा सोलुखुम्बुको साबिकको ३४ वटै गाविसको नाम जोडिएको छ । स...
सदैव खोटाङ्गे कांग्रेसीहरुका साथ रहनेछुः बिष्णुकुमार राई

सदैव खोटाङ्गे कांग्रेसीहरुका साथ रहनेछुः बिष्णुकुमार राई

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २५ असार । वर्ष दिनका पार्टीबाट निष्कासित भएका नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले आगामी दिन ‘सदैव स्वाभिमानी निष्ठावान खोटाङ्गे कांग्रेसीहरुको साथमा रहने’ बताएका छन् । २०७९ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीबाट निष्कासनमा परेका राईले फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस केन्द्रीय अनुशासन समितिको असार १७ गते बसेको बैठकले राईलाई एक वर्षको लागि कांग्रेसको सदस्यताबाट निस्काशन गर्ने निर्णय गरेको थियो । चुनावी तालमेल र टिकट वितरणमा केन्द्रिय नेतृत्वबाट भएको अन्याय र अपमान विरुद्ध डटेर लागेको चर्चा गर्दै राईले कांग्रेस केन्द्रीय अनुशासन समितिको निर्णयलाई सहर्ष ग्रहण गरेको उल्लेख गरेका छन् । ‘२०७९ सालको गठबन्धनका क्रममा खोटाङ कांग्रेसलाई केन्द्रिय नेतृत्...
तीन दिनसम्म सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङको आग्रह

तीन दिनसम्म सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङको आग्रह

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २४ असार । भारी वर्षाका कारण हुने सम्भावित खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले तीन दिनसम्म सजगता अपनाउन आग्रह गरेको छ । खोटाङमा पनि नदी तथा खोलाको वहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सतर्कता अपनाउन आव्हान गरेको हो । प्रशासनले असार २४ गते सूचना जारी गर्दै सवारी साधन सञ्चालन गर्ने, आवतजावत गर्ने तथा यात्रा गर्ने क्रममा सजगता अपनाउन, अत्यावश्यक परे बाहेक रातको समयमा यात्रा नगर्न र ढिस्को खस्न सक्ने तथा पहिरोको जोखिम क्षेत्रमा हिडडुल गर्दा विशेष सजगता अपनाउन अनुरोध गरेको छ । (थप समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
विनापुर्वाधार जिल्ला अस्पतालबाट ५० बेड सेवा विस्तार शुभारम्भ

विनापुर्वाधार जिल्ला अस्पतालबाट ५० बेड सेवा विस्तार शुभारम्भ

ताजा अपडेट, प्रदेश, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, २२ असार । जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नतीको शुभारम्भ गरिएको छ । कोशी प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णय अनुसार १५ शैयाको अस्पताललाई ५० शैयामा स्तरोन्नतीको शुभारम्भ गरिएको हो । असार २२ गते जिल्ला अस्पतालको परिषरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पुर्वाधार विकास एबं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले स्तरोन्नतीको शुभारम्भ गरेका छन् । २०४८ सालमा स्थापना गरिएको १५ बेडको अस्पताललाई तीन दशकपछि मात्रै ५० बेडको बनाउने कार्य शुभारम्भ गरिएको हो । तामझामका साथ आयोजना गरिएको कार्यक्रमसँगै जिल्ला अस्पतालमा ५० शैयाको सेवा विस्तारको शुभारम्भ भएको छ । कार्यक्रममा मन्त्रालयकातर्फबाट मन्त्री राईले जिल्ला अस्पताललाई करिब २८ लाख पर्ने इको डप्लर सहितको यूएसजी मेसिन, औषधिजन्य सामग्री हस्तान्तरण गरेका छन् । जिल्ला अस्पतालमा क्रमशः विशेषज्ञ चिकित्सक, आवश्यक उपकरणको व्यवस्था हुने जिल...
अस्पतालको भवन बनिनसक्दै स्तरोन्नतीको हतारोः रास्वपा

अस्पतालको भवन बनिनसक्दै स्तरोन्नतीको हतारोः रास्वपा

ताजा अपडेट, प्रदेश, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, २१ असार । पुर्वाधार तयार नहुँदै जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नती गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएको छ । अस्पतालको ५० शैयाको भवन निर्माणको काम सम्पन्न नहुँदै ५० शैयाको सेवा स्तरोन्नती गर्न लागिएको भन्दै रास्वपाको जिल्ला समितिले असार २१ गते विज्ञाप्तीमार्फत विरोध जनाएको हो । हाल १५ शैयाको सेवा सञ्चालन भइरहेको जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नतीका लागि असार २२ गते कोशी प्रदेशका भौतिक पुर्वाधार विकास एबं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला अस्पतालले कार्यक्रममा उपस्थितिका लागि असार १९ गते पत्र पठाए पनि सो कार्यक्रममा उपस्थिति नजनाउने रास्वपाले जनाएको छ । १५ शैयाकै सेवा सुबिधा प्रवाह भइरहने तर घोषणाचैं ५० शैयाको गर्नुको कुनै अर्थ नभएको राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङका अध्यक्ष मुकुन्दकृष्ण थापाले बताए । रास्वपाल...
बनिनसक्दै फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स बिक्री

बनिनसक्दै फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स बिक्री

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
इटहरी, २० असार । यतिबेला फिल्म माईतीघरको धमाधम पोस्ट प्रोडक्सन भइरहेको छ । यो फिल्मको हालसम्म अफिसियल पोष्टर, टिजर, ट्रेलर तथा गीत लगायतका प्रोमोसनल कन्टेन्ट केही सार्वजनिक भएको छैन । तर, यसको हाईप भने निकै बढेको बुझ्न सकिन्छ । मिलन तामाङ निर्देशित र रोहित अधिकारी निर्मित बहुप्रतीक्षित फिल्म ‘माइतीघर’ ले विदेशी बजारमा धमाका मच्चाउन सुरु गरेको छ । आगामी दशैंको फूलपातिबाट एकैसाथ विश्वव्यापी रूपमा प्रदर्शन हुने तयारीमा रहेको यो फिल्मको अस्ट्रेलिया राइट्स निकै महँगो मूल्यमा बिक्री भएसँगै यसको अन्तर्राष्ट्रिय चर्चा र यात्रा सुरु भएको छ । अस्ट्रेलियाको हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामी र प्रकाश गैरेले खरिद गरेको यो अधिकारसँगै फिल्मको लगानीको ठूलो हिस्सा सुरक्षित भएको निर्माण टिमले जनाएको छ । पोस्टर नआउँदै गरिएको यस्तो ठुलो डिलले फिल्मप्रति वितरकको भरोसा र बजारको उत्सुकता झल्काएको छ । नि...
दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अंग्रेजी हस्तलेखन प्रतियोगिता

दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अंग्रेजी हस्तलेखन प्रतियोगिता

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, असार १७ । खोटाङको दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अंग्रेजी हस्तलेखन प्रतियोगिता आयोजना गरिएको छ । बोर्डिङ स्कुलमा क्रियासिल युवा रेडक्रस सर्कलले असार १७ गते अंग्रेजी हस्तलेखन प्रतियोगिता गरेको हो । प्रतियोगीतामा जालपा मावि नुनथलाकी छात्रा पूर्णीमा तामाङ प्रथम, दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलका सोमिया राई दोश्रो, जिसिका भुजेल तेश्रो र जालपा आवि पाथेकाका सेमीहाङमा राई शान्त्वना भएका छन् । प्रतियोगीतामा १५ विद्यालयका २६ जना विद्यार्थी सहभागी भएको दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक संयोग राईले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुने विद्यार्थीलाई युवा रेडक्रस सर्कलको वार्षिक उत्सवमा पुरस्कार प्रदान गर्ने जनाइएको छ । युवा रेडक्रस सर्कलका सभापति रितेश्ना कार्कीको सभापतित्वमा भएको कार्यक्रममा दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सि...
श्रमदानबाट सडक मर्मत गर्दै गाउँपालिका अध्यक्ष राई

श्रमदानबाट सडक मर्मत गर्दै गाउँपालिका अध्यक्ष राई

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, १६ असार । खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रबिप्रकाश राई वर्षाका कारण बिग्रेको सडक मर्मतमा जुटेका छन् । गाउँपालिका अध्यक्ष राई वर्षाका कारण बिग्रेको साप्सुखोला–मात्तिम–मानेभन्ज्याङ–पाँचधारे सडक, बाँझेच्यानडाँडा–रतन्छा–मानेभन्ज्याङ सडक, कात्तिके–सोस्तुङ–रतन्छा लगायतका सडक मर्मतमा जुटेका हुन् । वर्षाको भलपानीको कटानका कारण ठाउँ–ठाउँमा खाल्डाखुल्डी हुँदा, पहिरो जाँदा र हिलाम्मे हुँदा यात्रुलाई आवतजावत गर्न कठिन भएपछि गाउँपालिका अध्यक्ष राई श्रमदानमार्फत सडक मर्मतमा जुटेका हुन् । गाउँपालिका अध्यक्ष राई गत असार १३ गतेदेखि कर्मचारी सहित मेसिन र ट्याक्टर लिएर बिहानदेखि बेलुकासम्म सडक मर्मतमा खटिइरहेका छन् । वर्षाका कारण बिग्रिएका अन्य सडकलाई पनि क्रमशः मर्मत गर्दै सुचारु गराइने गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाभित्र हुने विकासका कार्यहरु, पालिकाले सञ्चालन गरेको पूर्ण सरसफाई तथ...