मुख्य खबर

दिक्तेलमा मुन्दुम कला संग्रहालय निर्माणका लागि ३ करोड

दिक्तेलमा मुन्दुम कला संग्रहालय निर्माणका लागि ३ करोड

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २१ जेठ । खोटाङमा मुन्धुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३ करोड बजेट प्रदान गर्ने भएको छ । २०८० सालमा दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीका क्रममा बनाइएका चित्रलाई राखेर कला संग्रहालय बनाउनका लागि मन्त्रालयले बजेट उपलव्ध गराउने भएको हो । नगरपालिकाले २०८० असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । त्यही चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी कलाकारले बनाएको तथा अन्य चित्रकारले तयार पारेको क्यानभासलाई समावेश गरेर नगरपालिकाले मुन्धुम अन्तर्राष्ट्रिय कला संग्रहालय निर्माण गर्ने तयारी गरेको हो । (भिडियो समाचार Views Of Nepal को फेसबुक पेजमा उपलव्ध छ ।)...
खोटाङका दश स्थानीय तहलाई संघको ३ अर्व ८१ करोड ६० लाख अनुदान

खोटाङका दश स्थानीय तहलाई संघको ३ अर्व ८१ करोड ६० लाख अनुदान

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, २० जेठ । संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि खोटाङका १० स्थानीय तहलाई ३ अर्व ८१ करोड ६० लाख अनुदान हस्तान्तरण गर्नेभएको छ । अर्थ मन्त्रालयबाट जेठ १९ गते सार्वजनिक अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकालाई चालुतर्फ ३ अर्व ४६ करोड ६९ लाख र पुँजीगतमा ३४ करोड ९१ लाख हस्तान्तरण गर्ने भएको हो । आर्थिक वर्ष २०८२/०८३ का लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संघीय सरकारबाट कुल ६९ करोड २० लाख पाउने छन् । दिक्तेल रुपाकोट मझुवागढीले चालुतर्फ ६६ करोड २३ लाख र पुँजीगततर्फ २ करोड ९७ लाख पाउने अर्थमन्त्रालयले जनाएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकालाई कुल ४७ करोड ३६ लाख वित्तीय अनुदान हस्तान्तरण हुनेछ । सो नगरपालिकाले चालुतर्फ ४४ करोड ९६ लाख र पुँजीगतमा २ करोड ४० लाख प्राप्त गर्नेछन् । ऐसेलुखर्क गाउँपालिकालाई चालुतर्फ ३५ करोड ६२ लाख र पुँ...
‘माईतीघर’को टाईटल गीतमा उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा

‘माईतीघर’को टाईटल गीतमा उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
इटहरी, १८ जेठ । एक समयको सुपरहिट गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’ अहिले पनि उत्तिकै हिट छ । सबैको मनमा बस्न सफल छ यो गीत । हाल छायांकन भइरहेको फिल्म ‘माईतीघर’मा यही गीतलाई समावेस गरिँदैछ । ‘माईतीघर’मा समावेश गरिएको सो गीतको भिडियो जेठ १८ गतेदेखि छायांकन सुरु गरिएको छ । छायांकन सेटबाट केही तस्विर समेत सार्वजनीक गरिएको छ जहाँ उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा देखिन्छिन् । परम्परागत भेषभूषामा सजिएकी दुई अभिनेत्री कोरस डान्सरका साथ गीतको भिडियोमा नाच्नेछन् । निर्माता रोहित अधिकारीका अनुसार गीतको ‘मर्म र भाव जीवन्त रहोस्’ भनेर सुप्रसिद्ध भारतीय गायिका संजीवनीको स्वरमा यो गीतलाई पुनः ‘माईतीघर’ फिल्मका लागि रेकर्ड गराईएको थियो । भिडियोमा पनि ‘कहीँकतै कमजोरी नहोस्’ भन्नका लागि गीत छायांकनको लागि मात्रै चार दिनको सेड्युल तय गरिएको निर्माता अधिकारीले बताए । फिल्मका प्रमुख दुई अभिने...
कांग्रेसको साथीहरुबाट म चैं त्यो खोज्छुः डा. शेखर कोईराला

कांग्रेसको साथीहरुबाट म चैं त्यो खोज्छुः डा. शेखर कोईराला

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १७ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालाले दलका नेतृत्वले नै ‘राजा आइहालेजस्तो’ आभास दिएको बताएका छन् । खोटाङको हलेसीमा जेठ १७ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता डा. कोईरालाले कांग्रेस, एमाले र माओवादीले नै ‘राजा आइहालेजस्तो’ आभास दिएको बताएका हुन् । ‘हिन्दुराष्ट्र र राजतन्त्रको यो लडाई बेकार लाग्छ । राजा आइहाल्यो कि जस्तो आभास कल्ले–कल्ले दिइराख्याछ भने हाम्रै नेतृत्वहरुले दिइरहनुभएको छ । नेपाली कंग्रेस, एमाले, माओवादीहरुबाटै आइरहेको छ,’ डा. कोईरालाले भने, ‘किनभने उहाँहरुले सुशासन दिनसक्नु भएको छैन । भ्रष्टाचार बढिरहेको छ । सेवा राम्ररी दिन सकेको छैन । रोजगारीको अवसर सिर्जना गर्न सकेको छैन ।’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने तुवाचुङ जायजुममा किराती पुर्खा तयामा, खियामा र रैछाकुलेको पाउमा पितृ पुजा एवं साकेला सिली प्रदर्शन कार्यक्रम उद्घाट...
‘लेखेको भाबी भेटिदैन’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक (भिडियो सहित)

‘लेखेको भाबी भेटिदैन’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, संगीत, समाचार
काठमाडौं, १७ जेठ । चर्चित गायक राजेश पायल राईले गाएको ‘लेखेको भाबी भेटिदैन’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ । दुई वर्षअघि राईले गाएको गीतलाई पुःन पछिल्लो पुस्ताकी लोकप्रीय गायीका सुनिता थेगिमको स्वरमा सार्वजनिक गरिएको हो । गीतको फिमेल भर्सनको भिडियो यूटुवमार्फत सार्वजनिक गरिएको छ । सो गीतलाई गायीका थेगिमले केही फरक शैलीमा गाएकी छन् । गीतकार बिकास संगम राईले लेखेको तथा बिक्रम राईको संगीत रहेको गीतको भिडियोमा बिकास राई, चाहना मगर, चर्चित कलाकार श्याम राई र कबिता आले मगर लगायतको अभिनय रहेको छ । सशक्त अभिनय र उत्कृष्ट निर्देशन रहेको भिडियो मकवानपुरको चित्लाङ्गमा छायाङ्कन गरिएको हो । पहिलो संस्करणमा सबैको मन मुटुमा बस्न सफल गीतको दोश्रो संस्करणले पनि सबैको मन जित्ने अपेक्षा गरिएको छ । कथा निर्देशन कुशुम लत्ता राईको रहेको भिडियो रौरभ लामाले चिखेका हुन् । गीतको एरेञ्जर राजु कार्की छन...
जव ‘माइतिघर’को छायांकन मै रुवाबासी चल्यो

जव ‘माइतिघर’को छायांकन मै रुवाबासी चल्यो

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
इटहरी, १६ जेठ । फिल्म ‘माइतिघर’को छायांकनका क्रममा एउटा अविस्मरणीय क्षण सिर्जना भएको छ । म्याग्दीको दरवाङमा छायांकन भइरहेको फिल्मको क्लाइमेक्स दृश्य छायांकन ‘यति भावनात्मक बन्यो कि केही समयका लागि छायांकन नै रोक्नुपर्‍यो’ । कथा अनुसार दृश्यमा बेहुली पक्ष मात्रै भावुक देखिनु पर्ने थियो तर, त्यो सीन यति गहिरो र मनछुने बन्यो कि पर्दामा अभिनय गरिरहेका पात्र मात्र होइन, पर्दापछाडि उभिएका सबैको मन भक्कानियो । बेहुला पक्षका केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’देखि लिएर अन्य कलाकारहरू समेत भावुक भएर रोए । आँखामा आँशु थाम्न सकेनन् । ‘माइतिघर’को सो दृश्यले स्पष्ट पारेको छ कि फिल्मको कथा केवल दृश्यमा मात्र सीमित छैन, यो भावनामा बग्छ र त्यो भावनाले जो–कोहीलाई छुन सफल हुनेछ । बलियो स्क्रिप्ट, सशक्त निर्देशन र मनछुने अभिनयको संगमले सिर्जना गरेको दृश्यले फिल्मप्रतिको उत्साह अझै बढाएको छ । आगामी दशैंको फुलपा...
तराईमा पाइने विषालु सर्प पहाडमा देखिन थाले

तराईमा पाइने विषालु सर्प पहाडमा देखिन थाले

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १४ जेठ । तराईमा पाइने विषालु सर्प पहाड देखिन थालेका छन् । तराईमा पाइने गोमन, करेत, बाघेजस्ता सर्प पछिल्लो समय पहाडमा देखिन थालेका हुन् । तराईमा तातो हावा बढेसँगै विभिन्न प्रजातिका विषालु सर्प पहाडी जिल्लामा उक्लिन थालेका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार पहाडी क्षेत्रमा समेत गर्मी बढ्न थालेपछि तराईका सर्प पहाडमा निस्किएका हुन् । उपचारका क्रममा अस्पताल पुगेका बिरामीको ठेगानाको आधारमा पहाडी जिल्लामा तराईका सर्प उक्लिएको पत्ता लागेको हो । विषालु सर्प पहाडतिर समेत उक्लिन थालेकाले सचेत हुनुपर्ने प्रवक्ता बुढाथोकीको भनाई छ । डब्लुएचओका अनुसार सर्पको टोकाइबाट नेपालमा वार्षिक तीन हजारको मृत्यु हुन्छ  तर, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार एक वर्षमा सरदर १५० जनाको मृत्यु भएको देखिन्छ । गत वर्ष सर्पको टोकाइबाट १४६ जनाको मृत्यु भएको मन्त्रालयसँग रेकर्ड छ । ...
‘माइतीघर’मा बाबाको भेषमा ‘माग्ने बुढा’

‘माइतीघर’मा बाबाको भेषमा ‘माग्ने बुढा’

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
इटहरी, १२ जेठ । छायांकन भइरहेको नेपाली फिल्म ‘माइतीघर’का चर्चित अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को दोश्रो लुक्स सार्वजनिक भएको छ । हाल म्याग्दीको दरबाङ क्षेत्रमा छायांकन भइरहेको ‘माइतीघर’का चर्चित कलाकार घिमिरेको दोश्रो नयाँ लुक्स सार्वजनिक भएको हो । सार्वजनिक भएको लुक्समा ‘माग्ने बुढा’ त्रिशुल र डमरु बोकेको, रुद्राक्षको माला र जटाधारी स्वरूपमा शिवभक्त बाबाको भूमिकामा देखिएका छन् । यसअघि उनको खाटमा बसेर हँसिलो मुहारमा मोबाईल चलाउदै गरेको लुक्स सार्वजनिक भएको थियो । ‘माग्ने बुढा’को फरक अवतार दर्शकमाझ चर्चा र कौतूहलताको विषय बनेको छ । एउटै फिल्मबाट उनको दुई लुक्स सार्वजनिक हुँदा उनको ‘कस्तो चरित्र छ’ भन्ने विषय प्रतिक्षित बनेको छ । फिल्मको छायांकन हिमाली गाउँ ताकम र धारापानीमा सकिएपछि अहिले म्याग्दीको दरबाङस्थित खोला किनारमा भइरहेको निर्माता रोहित अधिकारीले बताए । निर्माता अधिकारी...
शिक्षक आन्दोलनको उपहास र आम निराशा

शिक्षक आन्दोलनको उपहास र आम निराशा

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
अप्सरा पोखरेल काठमाडौं, ११ जेठ । संसदिय उपसमितिले बिद्यालय शिक्षा बिधेयकको प्रतिबेदन जो तयार पारेको छ, त्यसप्रति शिक्षकहरुले असन्तुष्टी पोखिरहेका छन् । २०८१ चैत्र बैशाखमा नेपाल शिक्षक महासंघको नेतृत्वमा २९ दिने लामो राजधानी केन्द्रित आन्दोलन भयो । लाखौं शिक्षक गाँस काटेर न्यून खर्चमा सडक आन्दोलनमा समाहित भए, यसको बिसर्जन सम्बोधनपूर्ण देखियो तर आन्दोलनपछि शिक्षकहरु जुन आशा उत्साह बोकेर फर्किएका थिए । संसदिय उपसमितिको सो प्रतिबेदनले आशालाई निराशामा बद्ल्यो । सरकारले अहिलेका शिक्षकहरुका मागलाई सुबिधालाई मात्रै नजरान्दाज गरेको देखियो । बास्तबमा यो शिक्षा सुधारको ऐतिहासिक लडाइँ थियो । आर्थिक, सामाजिक......तथा मनोबैज्ञानिक उन्नति र सुदृढीकरणको मुख्य आधारशिला शिक्षा हो, यो कुरालाई कसैले पनि नकार्न मिल्दैन तर त्यो कसरी पुस्तान्तरणमा हस्तान्तरण हुँदैछ त्यस मुलुकको पद्धतिमा भर पर्ने देखिन्छ । सँस...
दिक्तेल बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम

दिक्तेल बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ९ जेठ । खोटाङको दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम सञ्चालन गरिएको छ । बोर्डिङ स्कुलले शिक्षक र शिक्षिकालाई सहभागी गराएर जेठ ९ गते प्राथमिक उपचार तालिम सञ्चालन गरेको हो । प्रशिक्षणमा सहभागी शिक्षक शिक्षिकालाई आकस्मिक चोटपटक, रक्तश्राव, बेहोस अवस्था, मर्किएको, जलन जस्ता दुर्घटनामा परेका घाइतेलाई गर्नुपर्ने प्राथमिक उपचार सम्वन्धी ज्ञान तथा सीप प्रदान गरिएको छ । तालिममा सहभागीलाई प्रमुख प्रशिक्षकको रूपमा स्वास्थ्य सहायक सन्तोष बजिमयले प्रयोगात्मक विधिबाट प्राथमिक उपचार सम्वन्धी आधारभुत ज्ञान तथा सीप सिकाएका छन् । सामान्य दुर्घटनामा परेका व्यक्तीको उपचार गर्ने/गराउने योग्य जनशक्ती उत्पादनका लागि प्राथमिक उपचार तालिम सञ्चालन गरिएको दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताए । कार्यक्रममा विद्यालयकै स्वास्थ्य सहायक अप्सरा खड्का...