मुख्य खबर

ट्याक्टरले ठक्कर दिँदा एकको मृत्यु

ट्याक्टरले ठक्कर दिँदा एकको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १० बैसाख । ट्याक्टरले ठक्कर दिँदा खोटाङमा एकको मृत्यु भएको छ । प्र.२–०१–००१ त १५६४ नम्बरको ट्याक्टरको ठक्करबाट ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ४५ वर्षीय यादवराज राईको मृत्यु भएको हो । राईलाई बैसाख ९ गते राती राखाबाङदेलको कालिका मावि नजिकै रहेको टर्निङमा ट्याक्टरले ठक्कर दिएको थियो । उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सुशान्त मिश्रले बताए । - (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
शिक्षक आन्दोलन रोक, सरकार अब मौन नबस !

शिक्षक आन्दोलन रोक, सरकार अब मौन नबस !

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
अर्जुन फुयल  खोटाङ, ९ बैसाख । नेपालमा अहिले भइरहेको शिक्षक आन्दोलनले देशभरका हजारौँ विद्यार्थीको शिक्षा प्रभावित बनाइरहेको छ । विशेष गरी अहिले १२ कक्षाको परीक्षा नजिकिँदै गर्दा शिक्षालयहरू बन्द हुनु, पठनपाठन अवरुद्ध हुनु र विद्यार्थी मानसिक तनावमा पर्नु गम्भीर विषय हो । शिक्षकहरूको माग जायज हुनसक्छ, तर त्यसको मूल्य विद्यार्थीले तिर्नु नपर्ने हो । शिक्षालाई राष्ट्र निर्माणको आधार भन्ने सरकार नै शिक्षाको धज्जी उडाउने आन्दोलनलाई बेवास्ता गरेर कुन भविष्यको ग्यारेन्टी दिन खोज्दैछ ? सरकार अझै मौन बस्ने हो भने, यसले देशको सम्पूर्ण शैक्षिक प्रणालीमा गम्भीर असर पार्नेछ । हामी चाहन्छौं–वार्तामार्फत समाधान होस्, शिक्षकको न्यायोचित माग पूरा होस्, तर शिक्षाको कुनै पनि हालतमा क्षति नहोस् । अब सरकार जिम्मेवार बनोस् । आन्दोलनको चपेटामा विद्यार्थीको भविष्य जल्न दिनु अमानवीय हो । शिक्षक पनि जनताको सेवक ...
काठमाडौंमा ‘याङरुप’को परिचर्चा

काठमाडौंमा ‘याङरुप’को परिचर्चा

ताजा अपडेट, मुख्य खबर, साहित्य
काठमाडौं, ६ बैसाख । काठमाडौंमा उपन्यासकार ज्ञानु बुढाथोकीको उपन्यास ‘याङरुप’का विषयमा परिचर्चा गरिएको छ । उपन्यास समाज नेपालको आयोजनामा रामशाहपथ स्थित ग्रिनलिफ रेस्टुरेन्टको सभाकक्षमा उपन्यास ‘याङरुप’का विषयमा परिचर्चा गरिएको हो । करिव डेढ घण्टा चलेको उक्त कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल, डा. शान्तिमायाँ गिरी, पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’, केशव आचार्य, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा, भद्रगोल किराती लगायतले कृति र कृतिकारको विषयमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा प्रकाश घायल, दुर्गा अधिकारी ‘भमरकोटे’, बासुदेव गुरागाईँ, नरेद्रजंग पिटर, कृष्णप्रसाद नेपाल, हरि थापा, डा. इन्दुल के.सी शुकदेव उपाध्याय, तारा सुवेदी, प्रकाश तिवारी, लगायतका वरिष्ठ साहित्यकारहरूको उपस्थिति थियो । उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसीप्रसाद ...
फेदीमा रेडपाण्डाको तस्बीर र भिडियो कैंद

फेदीमा रेडपाण्डाको तस्बीर र भिडियो कैंद

ताजा अपडेट, पर्यटन, मुख्य खबर, समाचार
खोटाङ, ४ बैसाख । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित चिलिम लाहुरे सामुदायीक वनमा पुःन रेडपाण्डा देखिएको छ । यसअघि पनि रेडपाण्डा देखिएको चिलिम लाहुरे सामुदायीक वनमा बैसाख २ गते पुःन रेडपाण्डा भेटिएको हो । रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा जनकल्याण समाज नेपाल खोटाङद्धारा सञ्चालित पुर्वी नेपालमा समुदायमा आधारित रेडपाण्डा (हाब्रे) संरक्षण परियोजना अन्तरगत समेटिएको सामुदायीक वनमा स्थानीय मनोज राईले रेडपाण्डा भेट्टाएका हुन् । राई रेडपाण्डाको तस्बीर र भिडियो कैंद गर्न सफल भएका छन् । जनकल्याण समाजका कार्यक्रम अधिकृत तेजबिनोद पोखरेलका अनुसार रेडपाण्डाको संरक्षणका लागि चिलिम लाहुरे सामुदायीक वनमा चिलिम–लाहुरे रेडपाण्डा ब्लक बनाइएको छ । परियोजनाले सो ब्लकमा धनकुमार राई र कुमारजङ राईलाई हेरालुको रुपमा राखेको छ । गत वर्ष सर्भेक्षणका क्रममा पनि रेडपाण्डा देखिएको जनकल्याण समाज नेपाल खोटाङका अध्...
तीनकुने घटनाः मानव अधिकार आयोगको मौनता र नागरिकको कौतुहलता

तीनकुने घटनाः मानव अधिकार आयोगको मौनता र नागरिकको कौतुहलता

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
लोकनाथ घिमिरे काठमाडौं, २९ चैत । यस वर्षको प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा एक सन्देश जारी गर्दै राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन सबैलाई आह्वान गरे । उनले जारी गरेको संदेशमा देश र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ रहरिहने, राष्ट्रको रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनु पर्ने उल्लेख थियो । उनले आफूले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भन्ने उद्देश्यले त्याग गर्नु परेको उल्लेख गरेका थिए । उनको संदेशमा नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो आफू तयार रहेको भनी एउटा भिडियो सन्देशमा भनेका थिए । ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई साथ दिन आह्वान गर्दछौँ।’ ‘हाम्रो यो नेपाल देशभक्त पूर्खाहरूले फलाएको र...
‘हेलो हाई नमस्कार’ सार्वजनिक (भिडियो सहित)

‘हेलो हाई नमस्कार’ सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, समाचार
काठमाडौं, २६ चैत । गायीका मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्रजयपाल राईको शब्द तथा डि आर अटुको संगीत रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । यु–टुवमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मायाँ र प्रेमका भावहरुलाई समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जसबहादुर याक्खाको निर्देशन रहेको गीतमा पुनम श्रेष्ठको कोरियोग्राफी रहेको छ । गीतमा सोनम तामाङ र सन्जना गुरुङको फिचरिङ रहेको छ । भिडियो-...
शैक्षिक सुधार कार्यदलले नगरलाई बुझायो १२६ पृष्ठको प्रतिबेदन (भिडियो सहित)

शैक्षिक सुधार कार्यदलले नगरलाई बुझायो १२६ पृष्ठको प्रतिबेदन (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २३ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गठन गरेको शैक्षिक सुधार कार्यदलले आफ्नो प्रतिबेदन बुझाएको छ । २०८० माघ १८ गतेको नगर कार्यपालिका बैठकबाट शैक्षिक अभियान्ता सुर्य राईको संयोजकत्वमा गठन गरिएको कार्यदलले १२६ पृष्ठको प्रतिबेदन बुझाएको हो । चैत २१ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रतिबेदन बुझाइएको कार्यदलका संयोजक सुर्य राईले बताए । भिडियो-...
दुर्घटनामा गम्भीर घाइते भएका युवाको लागि १२ लाख संकलन

दुर्घटनामा गम्भीर घाइते भएका युवाको लागि १२ लाख संकलन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २३ चैत । बाईक दुर्घटनामा गम्भीर घाइते भएका युवाको उपचारका लागि १२ लाखभन्दा बढी सहयोग संकलन गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे कालापानी घर भइ हाल मोरङ सुन्दरहरैंचा–१ बस्दै आएका विकास कार्कीको उपचारका लागि २१२ जनाबाट १२ लाख ३४ हजार ३६९ रुपैयाँ सहयोग जुटाइएको हो । हाल दोहा, कतारमा रहेका अभियान्ता दिलीप श्रेष्ठ र नेपालमै रहेका भूपिन अधिकारीको पहलमा घाइते कार्कीको उपचारका लागि सहयोग जुटाइएको हो । कार्की गत फागुन २९ गते गच्छाको पुलबाट बाईकसँगै खसेका थिए । उनको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेको कलेको फुटेको, दायाँ पाटो खुस्किएको, दायाँ मिर्गौला फेल भएको, कम्मरको हाड फुटेको अस्पतालले जनाएको छ । कार्कीको उपचारका लागि घरको आर्थिक अवस्थाले धान्ने अवस्था नभएपछि अभियान्ता श्रेष्ठ र अधिकारीले गत चैत ५ गतेदेखि ‘विकास कार्की बचाऔं’ अभियान सु...
मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका ९६ जनाको उपचार

मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका ९६ जनाको उपचार

ताजा अपडेट, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, १९ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका ९६ जनाको उपचार गरिएको छ । कोशी प्रदेश, नगरपालिका र करुणा फाउण्डेसनको त्रि–पक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्र्थापना कार्यक्रम अन्तर्गत चैत १७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन गरिएको शिविरमार्फत मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका स्थानीयको उपचार गरिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलमा आयोजना गरिएको तीन दिने शिबिरमा मेडिसिटि अस्पताल काठमाडौंमा कार्यरत डा. ऋचा अमात्य र कान्तीबाल अस्पतालमा कार्यरत डा. दिनुजा खड्काले मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तीको उपचार गरेका थिए । शिबिरका लागि राष्ट्रिय स्वास्थ्य कोष, समाज कल्याण परिषदबाट औषधि प्राप्त भएको नगरपालिकाका महिला विकास शाखाका निर्मला रिजालले बताईन् ।...
दिक्तेल इंलिस बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित बनाउन कार्यक्रम सुरु

दिक्तेल इंलिस बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित बनाउन कार्यक्रम सुरु

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, १९ चैत । खोटाङको दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित विद्यालय बनाउने कार्यक्रम सुरु गरिएको छ । गुणस्तरिय तथा संस्कार सहितको शिक्षा प्रदान गर्ने लक्ष्यका साथ ग्लोबल क्वालिटी काउन्सिलको समन्वयमा दिक्तेल इंलिस बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित विद्यालय बनाउने कार्यक्रम सुरु गरिएको हो । स्कुललाई वर्ष दिनभित्र ‘आइएसओ’को प्रमाण–पत्र प्रदान गर्नेगरि चैत १८ गते ग्लोबल क्वालिटी काउन्सिलका प्रतिनिधि सुदिप शर्मा र दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सीपल धनकर्ण श्रेष्ठबीचमा सम्झौता गरिएको छ । अन्तर्राष्ट्रिय गुणस्तर प्राप्तीका लागि दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलले ५२ वटा सूचक पुरा गर्नेपर्ने ग्लोबल क्वालिटी काउन्सिलका प्रतिनिधि शर्माले बताए । २०४८ सालमा स्थापना गरिएको विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित विद्य...