मुख्य खबर

मुढे ब्यारेकमा ११३ जनाको स्वास्थ्य परीक्षण

मुढे ब्यारेकमा ११३ जनाको स्वास्थ्य परीक्षण

ताजा अपडेट, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, १९ चैत । खोटाङको दिक्तेलस्थित रणभीम गण मुढे व्यारेकमा स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कक्षा, स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ । व्यारेकमा कार्यरत सैनिक, भुपु सैनिक तथा अवकाश प्राप्त सैनिकका परिवारलाई लक्षित गर्दै नेपाली सेनाले चैत १९ गते स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कक्षा, स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा जनरल मेडिसिन, नाक, कान, घाँटी र अर्थोपेडिकसँग सम्वन्धित बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरिएको रणभीम गणले जनाएको छ । स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कक्षा, स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण कार्यक्रमका लागि सैनिक अस्पताल इटहरीबाट डा. अधिकृत सहितको टोली मुढे व्यारेकमा आएका थिए । गणका अनुसार कार्यक्रमबाट ११३ जना लाभान्वित भएका छन् ।...
अगाडि बियर राखेको तस्बीर पोष्ट गरेपछि…

अगाडि बियर राखेको तस्बीर पोष्ट गरेपछि…

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १७ चैत । फेसबुकमा गरिएको पोष्टका कारण खोटाङका एक शिक्षक तनावमा परेका छन् । अगाडि बियरको बोत्तल र गिलाससहितको तस्बीर पोष्ट गर्दा केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्बी माविका शिक्षक बलबहादुर अधिकारी तनाव झेल्न बाध्य बनेका हुन् । शिक्षक अधिकारीले चैत १६ गते ‘यसो गर्दा पो जनजाति भइन्छ कि ?’ भन्ने स्टाटस सहित अगाडि बियरको बोत्तल र बियर भरिएको गिलास देखिने आफ्नो तस्बीर पोष्ट गरेका थिए । सो स्टाटसप्रति आदिवासी जनजाती संगठनहरुले आपत्ती जनाएपछि अधिकारीले चैत १७ गते पोष्ट डिलेट गरेर माफी नै मागेका छन् । शिक्षक अधिकारीले गत होलीको दिन स्टाफसँग विद्यालयकै क्यान्टिनमा खानपिन गर्नेक्रममा खिचेको तस्बीर पोष्ट गरेका थिए । उनले व्यक्तिगत सम्झनाको लागि भन्दै तस्बीर र स्टाटर पोष्ट गरे पनि जनजाती संगठनले विज्ञाप्ती नै निकालेर विरोध जनाएका छन् । स्टाटसले जनजाती समुदायको संस्कार संस्कृतिलाई होच्...
लगातार दोश्रो दिन कालोपट्टी बाँधेर सञ्चारकर्ममा

लगातार दोश्रो दिन कालोपट्टी बाँधेर सञ्चारकर्ममा

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १७ चैत । राजावादीको हिंसात्मक आन्दोलनको क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा खोटाङका पत्रकारले लगातार दोश्रो दिन हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । नेपाल पत्रकार महासंघ शाखाको नेतृत्वमा चैत १६ गते नै हातमा कालोपट्टी बाँधेर कर्मक्षेत्रमा खटिएका पत्रकारले दोश्रो दिन पनि कालोपट्टी बाँधेर कामलाई निरन्तरता दिएका हुन् । चैत १७ गते भने केन्द्रीय समितिको निर्देशन अनुसार हातमा कालोपट्टी बाँधेर काम गरिएको नेपाल पत्रकार महासंघ शाखा, खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताए । आन्दोलनको भिडियो खिचिरहेका पत्रकार रजकलाई एउटा कम्प्लेक्सभित्र थुनेर आगो लगाएर जलाएर हत्या गरिएको भन्दै नेपाल पत्रकार महासंघ शाखाको नेतृत्वमा जिल्लाका पत्रकार बिरोधमा उत्रिएका छन् । चैत १५ गते राजावादी समूहले काठमाडौंमा गरेको आन्दोलनका क्रममा तीनकुनेस्थित एक कम्प्लेक्समा आगजनी गरिएको थियो । त्यही कम्प्लेक्सबाट...
पत्रकारलाई जलाएर हत्या गरिएको भन्दै विरोध

पत्रकारलाई जलाएर हत्या गरिएको भन्दै विरोध

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १७ चैत । राजावादीको हिंसात्मक आन्दोलनको क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको भन्दै खोटाङका पत्रकार बिरोधमा उत्रिएका छन् । आन्दोलनको भिडियो खिचिरहेका पत्रकार रजकलाई एउटा कम्प्लेक्सभित्र थुनेर आगो लगाएर जलाएर हत्या गरिएको भन्दै नेपाल पत्रकार महासंघ शाखाको नेतृत्वमा जिल्लाका पत्रकार बिरोधमा उत्रिएका हुन् । पत्रकार हत्याको बिरोधमा खोटाङका पत्रकारले चैत १६ गते हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । रिपोर्टिङमा हिँडेको पत्रकारले जिउँदै जलेर मर्नुपर्ने अवस्था आउनु र सञ्चार–गृहमाथि आक्रमण हुनु दुःखद भएको नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष हरिबोल आचार्यले बताए । महासंघले प्रेस विज्ञाप्ती जारी गर्दै मुलुकको व्यवस्थामाथि नै प्रहार गर्नेगरि सञ्चार–गृह र पत्रकारमाथि भएको हर्कतको कडा शव्दमा भत्र्सना गरेको छ । महासंघका सचिव राजकुमार भट्टराईले जारी गरेको विज्ञाप्तीमा घटनाको निष्पक्ष छानविन गर...
डढेलोको क्षतीबाट बच्न यस्तो प्रयास

डढेलोको क्षतीबाट बच्न यस्तो प्रयास

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १४ चैत । डढेलो नियन्त्रणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सुरक्षा सावधानीका उपाय अपनाउने निर्णय गरिएको छ । डढेलो नियन्त्रण सञ्जालको चैत १४ गते बसेको बैठकले खाल्ले र लफ्याङमा पर्ने सामुदायीक वन तथा वस्तीलाई डढेलोबाट जोगाउनका लागि पुर्वसावधानीका उपाय अवलम्बन गर्ने निर्णय गरेको हो । बैठकले खाल्लेमा पर्ने चन्द्रमान राई र भाला सिरुवानी सामुदायीक वन तथा लफ्याङमा पर्ने देउले, चालिसे र जोरआँप सामुदायीक वन वरपर अग्नी रेखा निर्माण गर्ने निर्णय गरेको छ । यस्तै, डढेलोबाट जोखिमयुक्त घर पहिचान गरेर डढेलोबाट जोगाउनका लागि ‘नियन्त्रित आगलागी विधि’ अपनाउने, डढेलोबाट बच्न सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरिएको डढेलो नियन्त्रण सञ्जालका अध्यक्ष सन्तोष घिमिरेले बताए ।...
बारबरा फाउन्डेसनद्धारा खोजमुलक पत्रकारिता फेलोसिप आव्हान

बारबरा फाउन्डेसनद्धारा खोजमुलक पत्रकारिता फेलोसिप आव्हान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
काठमाडौं, ८ फागुन । बारबरा फाउण्डेसनले खोजमुलक पत्रकारिता फेलोसिप आव्हान गरेको छ । भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान तथा खोज पत्रकारिता गर्न चाहने पत्रकारलाई लक्षित गर्दै फाउण्डेसनले खोजमुलक पत्रकारिता फेलोसिप आव्हान गरेको हो । फेलोसिपका लागि इच्छुक पत्रकारहरूले आगामी चैत मसान्तभित्र प्रस्ताव पेश गर्नुपर्ने फाउण्डेसनले जनाएको छ । फेलोसिप अन्तर्गत तयार गरिने अनुसन्धान तथा खोजमूलक सामग्री २०८२ चैत मसान्तभित्र प्रकाशित भइसकेको हुनुपर्ने सूचनामा उल्लेख छ । प्रतिस्तर्धामा उक्त सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडिया वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित भएको हुनुपर्ने छ । फाउन्डेसनले खोजमूलक पत्रकारिताको विकासमा टेवा पुर्‍याउने उद्देश्यले फेलोसिप प्रदान गर्दैआएको छ ।...
खोटाङमा २५ वटा केन्द्रबाट एसइई परीक्षा सुरु

खोटाङमा २५ वटा केन्द्रबाट एसइई परीक्षा सुरु

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ७ फागुन । कुनैबेला ‘आइरन गेट’ मानिने एसइई परीक्षा सुरु भएको छ । खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकामा निर्धारण गरिएको २५ वटा परीक्षा केन्द्रबाट एसइई परीक्षा सुरु भएको छ । ठीक बिहान ८ बजेदेखि मर्यादित वातावरणमा परीक्षा सुरु भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तिर्थबहादुर बिश्वकर्माले बताए । खोटाङमा साधारणधारतर्फ २ हजार ४८३ र प्राविधिकधारतर्फ नियमित १७२ जनागरि कुल ३ हजार २२६ जना विद्यार्थीले एसइई परीक्षा फर्म भरेका छन् । साधारणधारतर्फ ५७१ विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिँदैछन् । एसइईमा जिल्लाका ९८ वटा सामुदायीक र ६ वटा निजी माविका विद्यार्थी सहभागी छन् ।...
एसइईलाई मध्यनजर गर्दै एक महिने कोचिङ कक्षा सञ्चालन

एसइईलाई मध्यनजर गर्दै एक महिने कोचिङ कक्षा सञ्चालन

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ६ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बडहरेमा एसइईलाई मध्यनजर गर्दै एक महिने निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिएको छ । आसन्न एसइई परीक्षाको पुर्वतयारीमा नेकपा एमाले वडा कमिटि बडहरेको आयोजनामा कोचिङ कक्षा सञ्चालन गरिएको हो । एसइईको तयारी गरिरहेका लक्ष्मी माविका छात्र/छात्रालाई लक्षित गर्दै अंग्रेजी, विज्ञान र गणित विषयको कोचिङ कक्षा सञ्चालन गरिएको हो । अध्यापन गराउने शिक्षकहरुलाई एमाले वडा कमिटिले पारिश्रमिक प्रदान गरेको छ । कोचिङ कक्षामा लक्ष्मी माबिका १८ जना विद्यार्थीको सहभागीता रहेको एमाले हलेसी–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए । लक्ष्मी माविका विद्यार्थीको एसइई परिक्षाको पुर्वतयारीमा आगामी प्रत्येक बर्ष निःशुल्क कोचिङ कक्षा सञ्चालनका लागि एमाले वडा कमिटि अध्यक्ष लालबहादुर खत्री र प्रधानाध्यपक नयनकुमार राईबिच सम्झौता भएको छ । एमाले जिल्ला कमिटि लेखा ...
खोटाङ: डढेलोले एक विद्यालय सहित नौ घर जले

खोटाङ: डढेलोले एक विद्यालय सहित नौ घर जले

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ५ चैत । डढेलोले खोटाङमा एक विद्यालय सहित नौ घर जलेको छ । चैत ४ गते सामुदायीक वनमा लागेको डढेलो वस्तीमा छिर्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका कृष्णबहादुर राई, अदमे राई, हिरासेर राई, नगेन्द्र राई, पविन्द्र राई, हिराधन राई, चैनकुमार राई, टंकबहादुर राई र रणबहादुर राईको घर जलेको हो । बाल्सीखोला पाखा सामुदायीक वनमा लागेको डढेलो बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका वस्तीमा छिर्दा घर जलेको स्थानीय हर्क राईले जानकारी दिए । डढेलोले डढेलोले वालकन्य आधारभुत विद्यालयमा पनि क्षती पुगेको छ । विद्यालयको काठबाट बनाइएको दुईकोठे भवनको अफिस कोठा जलेको छ । डढेलोमा कृष्णबहादुरको एउटा व्याउने गाई, दुई वटा बाछी र चार वाटा बाख्रा डढेर मरेको छ । अदमेको ३ वटा र हिरासेरको ३ वटा खसी बाख्रा मरेको छ । यस्तै, छोटाकुमार राईको जंगलमा चराउन छाडिएको १० वटा खसीबाख्रा पनि डढेर मरेको वडाध्यक्ष देबेन्द्र राईले बताए...
डढेलोले खोटाङमा एक विद्यालय सहित छ घर जल्यो

डढेलोले खोटाङमा एक विद्यालय सहित छ घर जल्यो

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ४ चैत । डढेलोले खोटाङमा एक विद्यालय सहित छ घर जलेको छ । सामुदायीक वनमा लागेको डढेलो वस्तीमा छिर्दा चैत ४ गते हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका ६ घर जलेको हो । (विस्तृत समाचार भ्युज अफ नेपालको पेजमा )