‘बाँदर मार्ने कि बिचौलियालाई जेल हाल्ने ?’
खोटाङ, २३ माघ । प्राध्यपक डा. युवराज संग्रौलाले किसानको समस्या बाँदर नभएर ‘बिचौलिया’ भएको बताएका छन् । जिल्ला समन्वय समिति खोटाङले माघ २२ गते दिक्तेलमा आयोजना गरेको ‘कृषि सम्वन्धी बृहत अन्तरक्रिया तथा छलफल’ कार्यक्रममा डा. संग्रौलाले बाँदरले भन्दा बिचौलियाले किसानको धेरै नोक्सान गरिरहेको उल्लेख गरेका छन् । ‘हामी बाँदरलाई गाली गरिरहेका छौँ । बाँदर त छ्यापछ्याप्ती छन् अरु नै । मान्छे बाँदरले सिध्याएको छ । बाँदरले तपाई हाम्रो दुईटा फल खाएर केही पनि सिध्याउँदैन । म त त्यी बाँदरहरुलाई नमारौं नमस्ते गरौं भन्छु,’ डा. संग्रौलाले भने, ‘बिचौलिया बाँदरले देश सिध्याएको छ, त्यसलाईचैं के गर्ने, त्यो चैं सोचौं न ।’
संग्रौलाले बाँदर मार्ने कानुन भन्दा बिचौलियालाई जेलभित्र हाल्ने कानुन बनाउनुपर्नेमा जोड दिए । ‘किसानलाई बाँदरले सिध्यायो’ भनेर बिचौलियाले नै हल्ला फिँजाएर सबैको ध्यान बाँदरतिर केन्द्रित गराएक...




