मुख्य खबर

लोक सेवा परीक्षाको तनाव: तयारीसँगै चाहिन्छ सकारात्मक सोच

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
काठमाडौं, १७ पुस । सरकारी सेवामा प्रवेश गर्ने सपना देखेका धेरैलाई परीक्षाको कठिन तयारी, अनिश्चितता र असफलताका कारण मानसिक तनाव हुने भएकाले आफ्नै ढाडस तथा परिवार र समाजको हौसला, साथसहयोगको खाँचो हुन्छ। गत पुस ८ गते बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटस्थित डेराको कोठामा बाबु र छोरा मृत भेटिए। खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीणको शव राति सुतेकै ठाउँमा थियो। दुवैको कानको तल्लो भागमा चोट थियो। घटनापछि कुलप्रसादका जेठा छोरा मिलन आचार्य फरार थिए। शव भेटिएको भोलिपल्टै उनले बाबु र भाइको हत्या आफूले गरेको भन्दै प्रहरीमा आत्मसमर्पण गरे। केही वर्षयता लोक सेवा आयोगको परीक्षाको तयारी गरिरहेका उनले पटक पटक परीक्षा दिंदा पनि नाम ननिस्किएपछि मानसिक तनावमा रहेको र यस्तो बीभत्स हत्या गरेको बयान प्रहरीमा दिएका छन्। उनले बुब...
केपिलासगढीः चौंरमा बैठक, थुन्चेमा खाजा

केपिलासगढीः चौंरमा बैठक, थुन्चेमा खाजा

ताजा अपडेट, पर्यटन, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, ११ पुस । खोटाङको केपिलासगढी गाउँपालिकाको कार्यपालिका बैठक ऐतिहासिक स्थल केपिलासगढीमा आयोजना गरिएको छ । गाउँपालिकाको सभाहलमा सञ्चालन हुँदै आएको बैठक यसपटक भने ऐतिहासिक स्थल केपिलासगढीमा आयोजना गरिएको हो । जलवायु परिवर्तनको असर न्यूनिकरण गर्नुपर्ने सांकेतिक अभियान तथा प्रयासको सन्देश प्रवाहका लागि प्रकृतिमा गएर कार्यपालिकाको बैठक सञ्चालन गरिएको हो । कंक्रिट सिमेन्टको बन्द कोठाभित्र सोफाको सट्टा प्रकृतिको काखमा बसेर गाउँपालिकाको बैठक सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सौधन राई (युनिक)ले जानकारी दिए । ऐतिहासिक गढी केपिलासगढी गाउँपालिका–४ मा पर्छ । गाउँपालिकाको नाम नै यही गढीको नामबाट राखिएको हो । तर अधिकांश कार्यपालिका सदस्य हालसम्म केपिलासगढी पुगेका थिएनन् । बैठकको माध्यमबाट कार्यपालिका सदस्यलाई ऐतिहासिक केपिलासगढी भ्रमण पनि गराइएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए । कार्यपालि...
डेण्टल सेवा थप गर्दै फेमिली केयर अस्पताल

डेण्टल सेवा थप गर्दै फेमिली केयर अस्पताल

ताजा अपडेट, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, ११ पुस । खोटाङको दिक्तेलमा सञ्चालित फेमिली केयर अस्पतालले डेण्टल सेवा थप गर्ने तयारी गरेको छ । अस्पतालको पुस १० गते दिक्तेलमा सम्पन्न १३ औं साधारणसभामा केही समयपछि डेण्टल सेवा थप गर्ने तयारी गरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष जेपी राईले जानकारी दिए । अस्पतालको डेण्टल दिक्तेल, संगमटोलका पेशल श्रेष्ठको घरमा सञ्चालन गर्ने तयारी गरिएको छ । डेण्टलका लागि आवश्यक उपकरणहरु राखिसकिएको अध्यक्ष राईले बताए । जिल्लावासीलाई आफ्नै गाउँठाउँमा इमरजेन्सी स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ काठ्माण्डौं धुम्बाराहीमा रहेको अस्पताललाई २०६७ सालमा दिक्तेल स्थानान्तरण गरिएको हो । फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टर प्रालिको नामबाट दर्ता भएको अस्पतालले ५० शैयाको स्वीकृति पाए पनि हाल १५ शैयाको वार्ड सञ्चालन गरिरहेको छ । अस्पतालको साधारणसभा रुपाकोट होटलमा आयोजना गरिएको थियो । साधारणसभाम...
जीप दुर्घटनामा गम्भीर घाइते बृद्धको मृत्यु

जीप दुर्घटनामा गम्भीर घाइते बृद्धको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ११ पुस । खोटाङमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका बृद्धको मृत्यु भएको छ । पुस १० गते काठमाडौंबाट खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो पल्टिँदा गम्भीर घाइते भएका फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको हो । केपिलासगढी गाउँपालिकाको एम्बूलेन्समार्फत जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएका राईको उपचारको क्रममा पुस १० गते राती मृत्यु भएको प्रहरीले जनाएको छ । बेलैमा सुविधा सम्पन्न अस्पताल पुर्‍याउन सकिएको भए घाइतेलाई बचाउन सकिने सम्भावना थियो । एक जना मात्रै यात्रु बोकेको सुमो केपिलासगढी गाउँपालिका–३ बासपानीको राँटीस्थित भदौरेडाँडाबाट तापखोला किनारमा झरेको स्थानीय प्रताप राईले बताए । सडकबाट गुल्टिँदै झरेको सुमो क्षतबिक्षत बनेको छ । घाइतेलाई इलाका प्रहरी कार्यालय बाक्सिला, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयले उद्धार गरेका थिए । स...
गाडी रोकेर बाहिर निस्केर काठ निकाल्न खोज्दा दुर्घटनाः प्रहरी

गाडी रोकेर बाहिर निस्केर काठ निकाल्न खोज्दा दुर्घटनाः प्रहरी

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १० पुस । खोटाङमा सुमो दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन् । पुस १० गते काठमाडौंबाट खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो पल्टिँदा फेदीका दुर्गाप्रसाद राई गम्भीर घाइते भएका हुन् । एक जना मात्रै यात्रु बोकेको सुमो केपिलासगढी गाउँपालिका–३ बासपानीको राँटीस्थित भदौरेडाँडाबाट तापखोला किनारमा झरेको स्थानीय प्रताप राईले बताए । गुल्टिँदै करिब पाँच सय मिटर तल झरेको सुमो क्षतबिक्षत बनेको छ । घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ । घाइतेलाई ईलाका प्रहरी कार्यालय बाक्सिला, केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी एबं स्थानीयले उद्धार गरेका थिए । सुमो चालक ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका सत्रुधन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक बिष्टका अनुसार आफै सम्पर...
हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासहित मृत फेला

हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासहित मृत फेला

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ८ पुस । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्य छोरासहित मृत फेला परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय आचार्य र उनका कान्छो छोरा २२ वर्षका प्रविण आचार्य भक्तपुरको सुर्यबिनायक नगरपालिका–२ बालकोटमा कोठामा मृत फेला परेका हुन् । आचार्य खोटाङबाट केही दिनअघि मात्रै जेठो छोरो मिलन आचार्य र कान्छो छोरो प्रविण बसिरहेको बालकोट पुगेका थिए । पुस ८ गते बिहान बाहिरबाट चाँबी लगाएको कोठाभित्र बाबु छोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । बाबुछोराको मृत्युको अपुष्ट खबर आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । आफन्तहरुले भने आचार्य बाबुछोराको मृत्यु भएको पुष्टी गरेका छन् । बाबु छोराको शरीरमा चोट देखिएको छ । सँगै बसिरहेका जेठो छोरो भने सम्पर्क बिहिन छन् ।...
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम बारे अन्तरक्रिया

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम बारे अन्तरक्रिया

ताजा अपडेट, प्रदेश, मुख्य खबर, समाचार, समाज
खोटाङ, ६ पुस । खोटाङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन प्रक्रिया विषयक अन्तरक्रिया गरिएको छ । कोशी प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा अन्तरक्रिया गरिएको हो । खोटाङ र उदयपुरका सबै स्थानीय तहका उपप्रमुख र महिला शाखा प्रमुखहरुसँग हलेसीमा पुस ६ गते अन्तरक्रिया गरिएको हो । सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पिके)को प्रमुख आतिथ्यता तथा सामाजिक विकास मन्त्रालयको महाशाखाकी प्रमुख दुर्गा भण्डारी बरालको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा करुणा फाउण्डेसनको संयुक्त जिल्ला कार्यलयको संयोजक मनोज पौडेलले जन्मजात हुने अपाङ्गता रोकथाम गर्न अपाङ्गता भएको व्यक्तिसहितको समावेशी समाज निर्माण गर्न करुणा फाउण्डेसनले विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिए । सा...
काठमाडौंमा दिरुमनपाको शैक्षिक सुझाव संकलन

काठमाडौंमा दिरुमनपाको शैक्षिक सुझाव संकलन

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ६ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी शैक्षिक–सत्रलाई शैक्षिक जागरण वर्षको रूपमा मनाउने तयारी थालेको छ । शैक्षिक जागरण वर्षको पुर्व तयारीमा नगरपालिकाले काठमाडौंमा पुगेर शैक्षिक क्षेत्रमा कार्यरत विज्ञहरुबाट सुझाव संकलन गरेको छ । शैक्षिक जागरण वर्षलाई थप प्रभावकारी बनाउन पुस ६ गते नयाँ बानेश्वरमा शैक्षिक सुझाव अभियान कार्यक्रम गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । शैक्षिक जागरण वर्षको खाकालाई परिस्कृत र फलदायी बनाउन विज्ञहरुको सुझाव संकलन गरिएको नगरपालिकाले जनाएको छ । नगरको शैक्षिक सुझाव अभियान कार्यक्रममा मावधप्रसाद अधिकारी, डा. तोयानाथ खनाल, डा. बिष्णु राई, डा. धनप्रसाद सुबेदी, जयकुमार राई, डा. राजकुमार राई, कुमारीकमला राई लगायतको सहभागीता रहेको थियो ।...
१ लाख ११ हजार १११ रुपैयाँ राशीको जस–मैयाँ किरात राई चाम्लिङ लाफेहँछा अक्षयकोष स्थापना

१ लाख ११ हजार १११ रुपैयाँ राशीको जस–मैयाँ किरात राई चाम्लिङ लाफेहँछा अक्षयकोष स्थापना

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ५ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेमा जस–मैयाँ किरात राई चाम्लिङ लाफेहँछा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय जसबहादुर राईको स्मृतिमा उनका श्रीमती मैयाँकुमारी राई, छोरी रिनादेबी राई, छोरा सञ्जयकुमार राई र छोरी रबिना राईले १ लाख ११ हजार १११ रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेका हुन् । भुपु भारतीय सेना जसबहादुरको निधन भएको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर पुस ५ गते श्रीमती मैयाँकुमारी र नाती सौहाद्र राईले अक्षयकोष स्थापनार्थ विद्यालयका अक्षयकोष परिचालक समितिका संयोजक ज्ञानेन्द्र राईलाई नगद हस्तान्तरण गरेका छन् । श्रीमाबिमा अध्ययन गर्ने दलित तथा अभिभावकबिहिन छात्र÷छात्रालाई वार्षिक रुपमा आउने व्याजबाट छात्रबृत्ति दिनेगरि बुवाआमाको नाममा अक्षयकोष स्थापना गरेको संस्थापक सन्जयकुमार राईले बताए । २०१६ साल साउन १६ गते जन्मिएका राईको २०८० प...
तावा खोला दोभानमा पक्की पुल बनाउन डिपिआरको काम सुरु

तावा खोला दोभानमा पक्की पुल बनाउन डिपिआरको काम सुरु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २ पुस । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ जोड्ने तावाखोला दोभानमा पक्की पुल बनाउन डिपिआरको काम सुरु गरिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई दिक्तेलसँग जोड्ने छोटो दुरीको बाटो खोल्नेगरि तावाखोला दोभानमा पक्की पुल बनाउन डिपिआरको काम सुरु गरिएको हो । तावादोभानबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकातर्फ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकातर्फ कच्ची सडक बनिसकेको अवस्थामा पक्की पुल बनाउने योजना अघि सारिएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाको संगमस्थलको रुपमा रहेको तावा दोभानमा हाल झोलुङ्गे पुलबाट वारपार गर्नेगरिएको छ । पुल बनाउनका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बजेटबाट डिपिआरको काम थालिएको पहलकर्ता कांग्रेसका युवा नेता नइन्द्र राईले बताए । बिआई इन्जिनियरिङ कन्सल्टेन्सी टोखा...