मुख्य खबर

कोरिया पठाउने वाहनामा ठगी गर्ने सुजन विरुद्ध प्रहरीमा जाहेरी

कोरिया पठाउने वाहनामा ठगी गर्ने सुजन विरुद्ध प्रहरीमा जाहेरी

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३० चैत । कोरिया पठाउने वाहनामा ठगी गर्ने गोरखाको गोरखा नगरपालिका–७ का सुजन उपरकोटी विरुद्ध प्रहरीमा जाहेरी परेको छ । भिजिट भिसामा कोरिया पठाउने भन्दै धरानकी अनुसा तामाङलाई एक लाख ठगी गर्ने उपरकोटी विरुद्ध प्रहरीमा जाहेरी परेको हो । भनेको समयमा कोरिया नपठाएपछि पैसा फिर्ता माग्दा ‘दिन्छु–दिन्छु’ भन्दै झुलाएपछि पीडितले उपरकोटी विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका हुन् । ठगी गर्ने उपरकोटीलाई पक्राउ गरी आवश्यक कारवाही गर्न र रकम फिर्ता दिलाइदिन माग गर्दै जाहेरी दिइएको अनुशाका बुवा पहलमान तामाङले बताए । खोटाङको बाक्सिला पुर्खौली थलो भएका अनुशाबाट उपरकोटीले कोरिया पठाइदिने भन्दै गत साउनमा एक लाख लिएका थिए । हाल मनमैजु बस्दैआएका उपरकोटीले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको अनुशाले गुनासो गरिन् । कोरिया जान...
काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यकः आरेन राई

काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यकः आरेन राई

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
काठमाडौं, २८ चैत । प्रतिनिधिसभा सदस्य आरेन राईले खोटाङबाट सामान्य सेवा सुविधाको लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सामूहिक पहल आवश्यक रहेको औंल्याएका छन् । खोटाङ सेवा समाजले चैत २८ गते भक्तपुरमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य राईले खोटाङमै शिक्षा, स्वास्थ्य, रोजगारी तथा प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखेका हुन् । कार्यक्रमका अन्य वक्ताहरूले पनि दीर्घकालीन विकासका लागि स्थानीय श्रोत र सम्भावनाको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन् । उनीहरूले जिल्लाको पूर्वाधार विकास, लगानी प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न राज्यसँगै निजी क्षेत्रको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरेका थिए । सल्लाघारीमा आयोजित कार्यक्रम समाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य व...
जनआस्थाद्धारा अर्को प्रतिवेदन सार्वजनिक

जनआस्थाद्धारा अर्को प्रतिवेदन सार्वजनिक

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
काठमाडौं, २८ चैत । भदौ २३ र २४ को घटनाका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन हेरफेर नभए प्रधानमन्त्री बालेन्द्र साहदेखि गृहमन्त्री सुधन गुरुङ, प्रधानसेनापति अशोकराज सिग्देल हुँदै पूर्वप्रधानमन्त्री केपी ओली र रास्वपा सभापति रवि लामिछानेसम्मको विदेश यात्रामा रोक लाग्ने सम्भावना छ । अर्बौंको भौतिक क्षतिसहित ७६ जनाको ज्यान जानेगरी भएको उक्त हिंसात्मक घटनामा जिम्मेवार ठहर्‍याउँदै आयोगद्वारा गठित छानबिन समितिले उल्लेखित पात्रमाथि अनुसन्धान र कारवाही सिफारिस गरेको छ । अहिले अध्यक्ष तपबहादुर मगरको दराजमै रहेको प्रतिवेदन हुबहु सिंहदरबार पुगे वर्तमान र पूर्वप्रधानमन्त्रीसहितका भिआइपीहरूको विदेश भ्रमण कठिन हुने देखिन्छ । मानव अधिकारको विश्वव्यापी मान्यताअनुसार मानव अधिकार उल्लङ्घनमा दोषी ठहरिएका वा गम्भीर आरोप लागेका व्यक्तिलाई विदेश जान प्रतिबन्ध लाग्ने अवस्था रहन्छ । खासग...
बाम्राङका १० महिलाले पाए तीन महिने सिलाइकटाइ तालिम

बाम्राङका १० महिलाले पाए तीन महिने सिलाइकटाइ तालिम

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
योगीन राई  खोटाङ, २५ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा तीन महिने सिलाइकटाइ तालिम आयोजना गरिएको छ । उद्यमशीलताको विकासका लागि स्थानीय सिर्जना महिला कल्याण कोषको आयोजनामा सिलाइकटाइ तालिम आयोजना गरिएको हो । गत पुस १५ गते सुरु गरिएको तालिम चैत २४ गते समापन गरिएको छ । व्यवसायीक सीप सिकाएर महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजना गरिएको तालिममा १० महिलाको सहभागीता रहेको थियो । बाम्राङकै स्थानीय एवं कांग्रेस नेता राजेन्द्र राई र मंगीता राईको पहलमा जनसुधार युवा उत्थान तथा युकेमा रहेका जयकला राई र हरि राईको प्रायोजनमा सिलाइकटाइ तालिम आयोजना गरिएको हो । तालिममा कान्छी टेलर्स एण्ड ट्रेनिङ सेन्टर, दिक्तेलका नवमती तामाङले प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिईन् । जनसुधार युवा उत्थानका उपाध्यक्ष शंकर राईको सभापतित्वमा भएको समापन कार्यक्रममा सहभागीलाई बाम्र...
तावाभञ्ज्याङमा प्रथम मुन्दुम ट्रेल अल्ट्रा रेस

तावाभञ्ज्याङमा प्रथम मुन्दुम ट्रेल अल्ट्रा रेस

खेलकुद, ताजा अपडेट, पर्यटन, मुख्य खबर, समाचार
खोटाङ, २२ चैत । पुर्वमा चर्चित मुन्दुम ट्रेलको प्रस्थानविन्दु तावाभञ्ज्याङमा प्रथम मुन्दुम ट्रेल अल्ट्रा रेस आयोजना गरिएको छ । भोजपुरको आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको आयोजना तथा खोटाङको साकेला गाउँपालिकाको व्यवस्थापनमा ६० किलोमिटर र ४५ किलोमिटर दुरीको महिला तथा पुरुष मुन्दुम ट्रेल अल्ट्रा रेस आयोजना गरिएको हो । पुरुषतर्फको ६० किलोमिटर दुरीको अल्ट्रा रेसमा ओखलढुंगाका विनोद थापा मगरले प्रथम, सोलुखुम्बुका अर्जुन कुलुङले दोश्रो र मिलन कुलुङले तेश्रो स्थान प्राप्त गरेका छन् । यस्तै, महिला ६० किलोमिटर दुरीको अल्ट्रा रेसमा खोटाङका निर्मला राईले प्रथम, रोल्पाकी आश्मा विकले दोश्रो र सोलुखुम्बुकी आङफुर्वा शेर्पाले तेश्रो स्थान प्राप्त गरेकी छन् । ४५ किलोमिटर दुरीको खुल्ला पुरुषतर्फ काठमाडौंका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बु दोश्रो र भोजपुरका उमेश राई तेस्रो भएका छन् । महिला...
‘किमजोङ’ सहित खोटाङका तीन युवा काठमाडौंबाट पक्राउ

‘किमजोङ’ सहित खोटाङका तीन युवा काठमाडौंबाट पक्राउ

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २१ चैत । गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले खोटाङका तीन युवालाई काठमाडौंबाट पक्राउ गरेको छ । राजधानीका विभिन्न क्षेत्रमा भएको गुण्डागर्दीमा संलग्न भएको भन्दै प्रहरीले खोटाङका तीन सहित १८ युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका ‘किमजोङ’ भनिने सुरेश गुरुङ, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका संजिव राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका राहुल राई लगायत छन् । प्रहरीले चलाएको ‘अपरेशन सेफ्टी काठमाडौं’ अन्तरगत उनीहरुलाई अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंले चैत २० गते राती पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयले १३ जना र जिल्ला प्रहरी परिसले ५ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।...
हैदरावादमा ज्यान गुमाएका तिलकको घरबाट खर्च पठाएर दाहसंस्कार

हैदरावादमा ज्यान गुमाएका तिलकको घरबाट खर्च पठाएर दाहसंस्कार

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १४ चैत । पैसा कमाउनका लागि भारतको हैदरावाद पुगेकाबेला गाडीको ठक्करबाट ज्यान गुमाएका खोटाङका एक युवाको घरबाट खर्च पठाएर दाहसंस्कार गरिएको छ । रोजगारी खोज्दै हैदरावाद पुगेकाबेला गाडीको ठक्करबाट ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको हैदरावादमै दाहसंस्कार गरिएको हो । रोजगारीका लागि हैदरावाद पुगेको हप्ता दिन नवित्दै गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका परियारको चैत ११ गते मृत्यु भएको थियो । घरबाट दुई पटकगरि २८ हजार खर्च पठाएपछि परियारको विद्युतीय शवगृहमा दाहसंस्कार गरिएको स्थानीय अगुवा अमरसिं बस्नेतले बताए । हैदरावादमै रहेका आफन्तहरु भेला भएर १६ हजार भारतीय रुपैयाँ खर्च गरेर परियारको दाहसंस्कार गरेका हुन् । चैत ५ गते हैदरावाद पुगेका तिलक चैत ६ गते गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा तिलकको मृत्यु भ...
निर्वाचन प्रहरीपछि हैदरावाद पुगेका तिलकको दुर्घटनामा मृत्यु

निर्वाचन प्रहरीपछि हैदरावाद पुगेका तिलकको दुर्घटनामा मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ११ चैत । रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका एक युवाले गाडीको ठक्करबाट ज्यान गुमाएका छन् । होटलमा काम गर्नका लागि साथीहरुसँगै हैदरावाद पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको मृत्यु भएको हो । पैसा कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै परियारले ज्यान गुमाएको स्थानीय अगुवा अमरसिं बस्नेतले बताए । होटलमा काम गर्ने भन्दै तिलक गाउँकै सन्तोष परियार र कृष्ण परियारको साथमा चैत २ गते हैदरावादतर्फ हिँडेका थिए । चैत ५ गते हैदरावाद पुगेका तिलक चैत ६ गते गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनलाई सडक पार गर्नेक्रममा गाडीले ठक्कर दिएको थियो । गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा चैत ११ गते बिहान तिलकको मृत्यु भएको हैदरावादमा रहेका आफन्तले जानकारी दिएका छन् । विपन्न आर्थिक अवस्थाका तिलक र सन्तोष निर्वाचन प्रहरीको रुपमा काम गरेर फर्...
भ्रष्टाचार मुद्धामा तत्कालिन दुई जिल्ला शिक्षा अधिकारी सहित ६ जनालाई सफाइ

भ्रष्टाचार मुद्धामा तत्कालिन दुई जिल्ला शिक्षा अधिकारी सहित ६ जनालाई सफाइ

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, १० चैत । भ्रष्टाचार मुद्धामा मुछिएका खोटाङका तत्कालिन दुई जिल्ला शिक्षा अधिकारी सहित ६ जनाले विशेष अदालतबाट सफाइ पाएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित जनता माविको भवन निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्धा दायर गरिएका तत्कालिन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं र गणेशप्रसाद भट्टराई, तत्कालिन जिल्ला शिक्षा कार्यालयका लेखा अधिकृत भुवनप्रसाद आचार्य, तत्कालिन लेखापाल सुरेशकुमार श्रेष्ठ, तत्कालिन विव्यास अध्यक्ष चर्चबहादुर विश्वकर्मा र बबेन्द्र राईले सफाइ पाएका हुन् । जनता माविको चार कोठे भवन निर्माणका क्रममा साँढे ३० लाख अनियमितता गरेको भन्दै अख्तियारले गत असोज २६ गते वडाध्यक्ष राई सहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको थियो । (विस्तृत भिडियो समाचार Views Of Nepal TV पेजमा प्रकाशित छ ।) ...
२०८० सालमै बन्नुपर्ने अस्पतालको भवन अलपत्र, ठेकेदारको गाडी नगरले लियो नियन्त्रणमा

२०८० सालमै बन्नुपर्ने अस्पतालको भवन अलपत्र, ठेकेदारको गाडी नगरले लियो नियन्त्रणमा

ताजा अपडेट, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, ९ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभुत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधिन आधारभुत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामाग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्मका लागि चैत ८ गतेदेखि गाडी, गाडीको चाँबी र सवारी साधन दर्ता प्रमाण–पत्र नियन्त्रणमा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् । (विस्तृत समाचार Views Of Nepal TV पेजमा मा प्रकाशित छ ।) ...